Janjati Khabar – जनजाति खबर | २०७४ माघ १६, मंगलबार
“आयो हल्लाई भुकम्प गयो भत्काई त्यो अमूल्य इतिहास झन झन म त लेखक म त साहित्यकार आखिरमा परे पत्रकार जहाँ उभिएको छु हेर्दै विलाउँछु मल्लकालमा एकैछिन...”
भूकम्प गएको तीन बर्ष नवित्दै आज पनि उहि हिसाबले सम्पदा पुनःनिर्माणले गति लिन नसक्दा आज आएर कुन नेपालीको मन नरोला ?
हिजो भर्खरै सुन्दर कमलको फूलबारी सरी बनेको सम्पदा आज अकस्मात एउटा मृत्यु शैयाको लास सरि बन्दा ओहो ! जिन्दगी हाम्रो कसरी पो यस्तो ?
आहा ! र ओहो ! मा खर्च गरि ललितपुरको पुल्चोकस्थित लाबिन मल र क्याफे दि लगनखेलको दोस्रो तल्लामा बसी गफ लडाएर बस्ने युवापुस्तालाई के थाहा यसको महत्त्व आज आएर ? अबको ३ महिनामा रातो मच्छिन्द्रनाथ अनि दुई महिनामा सेतो मच्छिन्द्रनाथको जात्रा छ ।
के त्यो मनाउँदैमा सम्पदा जोगिएला त ? पाटन मंगलबजार निवासी सम्पदा विशेषज्ञका रुपमा र स्काउट मास्टरका रुपमा परिचित रामप्रसाद अमात्यको पनि यही भनाइ रहेको छ । कहिले सम्म यस्तो लापरबाही पनले के देश बन्छ त ? सम्पदा जोगिन्छ त ?
हुन पनि आजकालका युवामाँझ इतिहास संस्कृतिप्रति ज्ञान र चासोमा कमि हुनु ऐतिहासिक विषयमा अध्ययन गर्न गराउन नसक्नु यो नै हाम्रो कमजोरी रहेको छ। के यसरी सम्पदा जोगिएला त ?
जोगाउन त जोगाउँला जेनतेन गरि कति दिन सम्म यसरी ? भूकम्पका पराकम्पनहरु रोकिएका छैनन् । भविष्यमा यदि बैशाख १२ को जस्तो ठूलो भूकम्प गए फेरि जोगाई दिने कसले ? के यसरी हाम्रो अस्तित्व रहला त ? युवापुस्ता पश्चिमी संगीतप्रति आकर्षित भइरहँदा यसको ऐतिहासिकता उनीहरू माँझ बुझाउने कसले ? के मूर्त–अमूर्त सम्पदाको महत्त्व आज आएर यति नै हो त ? के अब पनि नगरे कसले गर्ने ?