STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सुरेशकिरण मानन्धर भाषा आयोगको सदस्यमा मनोनित

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख २७, बिहिबार

काठमाडौं – भाषा आयोगको रिक्त सदस्य पदमा नेपालभाषाका कवि एवं वरिष्ठ पत्रकार सुरेश किरण मानन्धरलाई मनोनित गरिएको छ ।

मन्त्रिपरिषदको आज बिहीबार बसेको बैठकले संस्कृति मन्त्रालयको सिफारिसमा मानन्धरलाई मनोनित गरेको हो ।

बागमती प्रदेशमा भाषा ऐन लागू भएपछि तामाङ र नेपालभाषालाई सरकारी कामकाजी भाषासरह मान्यता दिइसकेपछि आयोगको रिक्त पदमा नेवारलाई नै मनोनित गरिनुपर्ने माग नेवार समुदायले राख्दै आएको थियो । नेवार समुदायको यही मागको सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सो पदमा नेवारलाई नै राख्न निर्देशन दिनुभएको थियो । भाषा ऐन लागू भएको उत्सव सभामा प्रमुख आतिथ्यको स्थानबाट गत सोमबा प्रधानमन्त्री प्रचण्डले सो निर्देशन दिनुभएको थियो । फलस्वरुप आजको मन्त्रिपरिषद्को बैठकले सुरेशकिरण मानन्धरलाई सो पदमा मनोनित गरेको हो । 

भाषा आयोग डा. गोपाल ठाकुरको अध्यक्षतामा रहेको छ ।

नेपालभाषाको दैनिक नेपालभाषा टाइम्सका सम्पादक वरिष्ठ पत्रकार मानन्धर नेपालभाषा साहित्यका लोकप्रिय कवि पनि हुन् ।

 

Categorized in राष्ट्रिय