relans
ni new 83
nib 2082 5

सरकारको नीति तथा कार्यक्रम वैशाख ३० गते

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख २६, बुधबार

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख ३० गते ल्याउने भएको छ। 

नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम यही ३० गते ल्याउने सरकारले तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ। 

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा बजेट संसदबाट सार्वजनिक गर्नुपर्छ। त्यसअघि नीति तथा कार्यक्रम ल्याउने गरिएको छ। 

संसद्मा नीति तथा कार्यक्रम सरकारका तर्फबाट राष्ट्रपतिले प्रस्तुत गर्नेछन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारको नीति तथा कार्यक्रम वैशाख दोस्रो हप्ता नै संकलन गरिसकेको छ।

कार्यालयले आगामी आवका लागि तय भएका सबै योजना तथा कार्यक्रम सबै सम्बन्धित निकायबाट संकलन गरेको थियो। 

सरकारले बजेट अधिवेशन २८ गतेदेखि बोलाइसकेको छ। 

Categorized in राजनीति
ppp 2