STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ मङ्सिर १५, आइतबार

    भक्तपुरमा काँग्रेसको अग्रता

    क्षेत्र नं १ कमा प्रदेशसभा सदस्यका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । चाँगुनारायण नगरपालिकाका नौवटै वडा र भक्तपुर नगरपालिका–१० गरी कूल १० वडामा भएको उपनिर्वाचनपछि भएको मतगणनामा आज बिहान ७ः०० बजेसम्मको मतगणनामा काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले दुई हजार ३१२ मतको अग्रता लिनुभएको छ । चाँगुनारायण नगरपालिका–१ देखि ६ सम्मको मतगणनामा काँग्रेसका...

  • २०७६ मङ्सिर १५, आइतबार

    घरघरै प्लाष्टिक टनेल

    बेमौसमी तरकारी खेती गर्ने क्रम बढेपछि जुम्ला र आसपासका क्षेत्रमा घरघरै प्लाष्टिक टनेल निर्माण हुन थालेका छन् । हिउँदे मौसममा जिल्लामा ताजा तरकारीको अभाव हुने गरेकाले किसानले प्लाष्टिक टनेल निर्माण गरी बेमौसमी तरकारीको उत्पादन थालेका हुन् । जुुम्लामा हिउँदको समयमा तरकारी अभाव हुन्छ । अहिले जिल्लामा नेपालगञ्ज र सुर्खेतबाट गाडीबाट तरकारी ढुवानी भइरहेको छ । तराईबाट आएको तरकारी महङ्गो हुने भएपछि किसान...

  • २०७६ मङ्सिर १५, आइतबार

    उपनिर्वाचन २०७६ वडाध्यक्षमा नेकपाको वर्चस्व

    शनिबार सम्पन्न उपनिर्वाचनमा अधिकांश वडाहरुको निर्वाचन परिणाम प्राप्त भएको छ । प्राप्त मतपरिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी नेकपा ले अधिकांश वडामा जितेको छ भने गणना जारी रहेका वडामा पनि नेकपाले नै अग्रता लिएको जनाइएको छ । मार्तडी ः बाजुराको त्रिवेणी नगरपालिका–१ छतारामा वडाअध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पाटी ९नेकपा०का मनराज बुढा विजयी हुनुभएको छ । बुढाले ३६७ मत प्राप्त गरी...

  • २०७६ मङ्सिर १५, आइतबार

    पहाडी नेपाली कागज बिक्री नहुँदा उद्योग नै सङ्कटमा

    एक दशक अघिबाट उत्पादन गरेको नेपाली हातेकागजले बजार नपाउँदा नौगाड गाउँपालिका–४ सिप्टीमा स्थापना भएको जीवन ज्योति नेपाली कागज उद्योग सङ्कटमा परेको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै स्थापना गरिएको उद्योगले बजार नपाउँदा सङ्कटमा परेको सञ्चालक राइमले ठगुन्नाले बताउनुभयो । उहाँका अनुसार सडक पहुँचभन्दा टाढा रहेको उद्योगको प्रवद्र्धन नहुँदा सङ्कटमा परेको हो । आर्थिक वर्ष ०६२र०६३ मा स्थापना भएको...

  • २०७६ मङ्सिर १५, आइतबार

    पाँचथरमा नेकपा र काँग्रेस विजयी

    फिदिमनगरपालिका–१ मा सतारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार गजाधर भट्टराई भारी मत अन्तरले विजयी हुनुभएको छ । भट्टराई ४७४ मत अन्तरले विजयीहुनुभएको हो । कूल तीन हजार ६७६ मतदातामध्ये दुई हजार ६८२ मत खसेकामा भट्टराईले एक हजार ४४६ मत प्राप्त गरी विजयी हुनुभएको हो । नेपाली काँग्रेसका उम्मेदवार सुबराज थापाले ९७२ मत पाउनुभयो । यहाँ यसअघिको चुनावमा काँग्रेसले जितेको थियो । त्यसबेला भट्टराई...

  • २०७६ मङ्सिर १५, आइतबार

    भारत र भूटानका प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना

    प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भूटान अधिराज्यका प्रधानमन्त्री डा लोते छिरिङले शुभेच्छा सन्देश पठाउनुभएको छ । भारत र भूटानका प्रधानमन्त्रीले बेग्ला–बेग्लै शुभेच्छा सन्देश पठाएर प्रधानमन्त्री ओलीको पूर्ण स्वास्थ्य र सुस्वास्थ्यको कामना गर्नुभएको परराष्ट्र मन्त्रालयले आज जनाएको छ ।

  • २०७६ मङ्सिर १५, आइतबार

    उपनिर्वाचन २०७६ ३९ स्थानको मत परिणाम सार्वजनिक

    बिभिन्न ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन २०७६ को हालसम्म ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का २२, नेपाली काँग्रेसका ११, राष्ट्रिय जनता पार्टी ९नेपाल०का तीन र समाजवादी पार्टीका उम्मेदवारले तीन स्थानमा विजय प्राप्त गरेका छन् । कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य, भक्तपुरको प्रदेशसभा सदस्य...

  • २०७६ मङ्सिर १५, आइतबार

    खोटाङमा नेकपा र कपिलवस्तुमा राजपा विजयी

    साकेला गाउँपालिका–३ खिदिमाको वडाध्यक्षमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का उम्मेदवार शिवकला राई विजयी हुनुभएको छ । तत्कालीन वडाध्यक्षको मुत्यु भएपछि रिक्त रहेको वडाध्यक्ष पदका लागि शनिबार भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार शुक्रबहादुर तामाङलाई १७ मतले पराजित गर्दै शिवकला वडाध्यक्षमा विजयी हुनुभएको हो । मतगणनाको परिणामअनुसार खसेको ७९८ मतमध्ये शिवकलाले ३९१ र शुक्रबहादुरले ३७४...

  • २०७६ मङ्सिर १५, आइतबार

    विश्व एड्स दिवस एचआइभी सङ्क्रमण दर घट्दो क्रममा

    यहाँ एचआइभी सङ्क्रमण दर घट्दो क्रममा रहेको पाइएको छ । स्वास्थ्य कार्यालयका अनुसार पछिल्ला वर्षमा जिल्लामा नयाँ सङ्क्रमित पत्ता लाग्ने दर घट्दै गइरहेको हो । विगत ११ वर्षको तथ्याङ्कअनुसार जिल्लामा एचआइभी एड्सका नयाँ बिरामी फेला पर्ने दर निकै सुधारोन्मुख रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०६४÷६५ मा ३४३ नयाँ सङ्क्रमित फेला परेकामा आर्थिक वर्ष ०७५÷७६ मा ४३ जना मात्रै नयाँ बिरामी पत्ता...

  • २०७६ मङ्सिर १५, आइतबार

    कास्कीमा नेकपाको अग्रता कायमै

    कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदको मतगणनामा नेकपाकी विद्या भट्टराईले तीन हजार ७०४ मतको अग्रता लिनुभएको छ । उहाँले पछिल्लो मतगणनाअनुसार छ हजार ७९९ मत पाउनुभएको छ भने नेपाली काँग्रेसका खेमराज पौडेलले तीन हजार ७०४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङले १०९ र राप्रपाका रोम भण्डारीले १३७ मत प्राप्त गर्नुभएको छ । पोखरा...

  • २०७६ मङ्सिर १५, आइतबार

    पोथी चितुवा नियन्त्रणमा

    चितुवा नियन्त्रणका लागि तनहुँको भानु नगरपालिकाका विभिन्न सामुदायिक वनमा काठका खोर राखिएपछि आज बिहान एउटा चितुवा खोरमा परेर नियन्त्रणमा आएको छ । दिनप्रतिदिन चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि चितुवा नियन्त्रणका लागि वडा नं ३ रिढीपानीस्थित कालिका सामुदायिक वनमा राखिएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो । अन्दाजी १० वर्ष र ५० केजी तौल भएको पोथी चितुवा खोरमा परेर नियन्त्रणमा आएको...

  • २०७६ मङ्सिर १५, आइतबार

    दाङमा मतगणना शुरु

    उपनिर्वाचन २०७६ अन्तर्गत दाङ क्षेत्र नं ३ ख को मतगणना शुरु भएको छ । घोराहीमा रहेको जिल्ला समन्वय समितिको सभाहलमा मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । मतगणना आज बिहान ९ः०० बजेबाट शुरु गरिएको हो । मतगणना वडागत रुपमा शुरु गरिएको छ । शनिबार सम्पन्न मतदानमा कूल मतदाता ६८ हजार ७१९ मध्ये ४५ हजार ७१८ मतदाता मतदानमा सहभागी भएका थिए ।

Pages