STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ मङ्सिर १५, आइतबार

    कसले, कहाँ–कहाँ जिते

    प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत हालसम्म ३९ वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । हालसम्म प्राप्त पछिल्लो परिणामअनुसार, नेपाल कम्युनिष्ट पार्टी नेकपा २२, नेपाली काङ्ग्रेस ११, राष्ट्रिय जनता पार्टी नेपाल तीन र समाजवादी पार्टीका वडाध्यक्षका तीन उम्मेदवार विजयी हुनुभएको छ । पाँचथरको फिदिम नपा–१ मा गजाधर राई, सङ्खुवासभा खाँदवारी नपा–३ भरतकुमार घिमिरे,...

  • २०७६ मङ्सिर १५, आइतबार

    प्रधानमन्त्री ओलीको घाउ निको हँुदै

      एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । उहाँको मिर्गौलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा सम्लग्न चिकित्सकले जानकारी दिनुभएको छ । “प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ, शल्यक्रिया गरिएको घाउ निको हुँदै गएको छ ।” उपचारमा सम्लग्न महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक...

  • २०७६ मङ्सिर १५, आइतबार

    आममाफी दिने गरी कानून बन्दैन अध्यक्ष दाहाल

    नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्वन्द्वकालीन घटनामा आममाफी दिने गरी कानून नबनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज शहीद बुद्धिमान पाख्रिनको १७औँ स्मृतिका अवसरमा शहीद बुद्धिमान स्मृति प्रतिष्ठान दोलखाद्वारा आयोजित कार्यक्रममा उहाँले द्वन्द्वकालका हत्या, बलात्कारजस्ता जघन्य अपराधीले उन्मुक्ति पाउने गरी कानून नबन्ने...

  • २०७६ मङ्सिर १५, आइतबार

    किड क्विन नेपाल ट्यालेण्ट शो सम्पन्न

    नेप्लीज फेसन होमले आयोजना गर्दै आइरहेको बालिका तथा किशोरीहरुको सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्ने प्रतियोगिता ‘किड क्विन नेपाल–२०१९’ का प्रतिस्पर्धीले आ–आफ्नो प्रतिभा प्रस्ततु गरेका छन् । शनिवार प्रज्ञा भवनमा आयोजित ट्यालेन्ट शोमा २२ जना प्रतिस्पर्धिहरुले आ–आफ्नो प्रतिभा प्रदर्शन गरेका हुन् । प्रतियोगितामा सहभागि काठमाडौंका विभिन्न विद्यालयमा अध्ययनरत बालिका तथा किशोरीहरुमध्ये अधिकांशले...

  • २०७६ मङ्सिर १५, आइतबार

    भरतपुर विमानस्थल १० दिनका लागि बन्द

    भरतपुर विमानस्थल आजदेखि १० दिन बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग मर्मतसम्भार गर्न आजदेखि मङ्सिर २४ गतेसम्म बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले जानकारी दिएको छ । कार्यालयका प्रमुख पवनकुमार गौतमका अनुसार विमानस्थल १० दिन बन्द रहने सूचना जारी गरिसकिएको छ । धावनमार्गको ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेकाले धावनमार्ग र पार्किङस्थल मर्मतसम्भारका लागि प्राधिकरणले...

  • २०७६ मङ्सिर १५, आइतबार

    खुटिया र बिपीनगरदेखि ताक्लाकोटसम्मको सडक खण्ड पहिलो प्राथमिकताः मुख्यमन्त्री भट्ट

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले खुटिया र बिपीनगर हुँदै बझाङको ताक्लाकोट जोड्ने सडक प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । ताक्लाकोट सडक पु¥याउन सके मानसरोवर क्षेत्रमा आउने पर्यटकका कारण यहाँको विकास हुनसक्ने उहाँले बताउनुभयो । डोटीको जोरायल गाउँपालिका–५ मा रहेको महेन्द्र आधारभूत विद्यालयको ५८औँ वार्षिकोत्सवमा मुख्यमन्त्री भट्टले कैलालीको खुटियादेखि डोटीको दिपायल...

  • २०७६ मङ्सिर १४, शनिबार

    आज उपनिर्वाचन ः मतदान शुरु

    प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचनका लागि आज बिहान सात बजेदेखि मतदान शुरु भएको छ । मतदानका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भएको र भरपर्दो व्यवस्था मिलाइएको हुँदा कुनै शङ्का, डर र त्रासमा नपरी निर्धक्क भएर मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आह्वान गर्नुभएको छ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,...

  • २०७६ मङ्सिर १४, शनिबार

    बालक्लव नै बालविवाहको माध्यम

    मुगुको मुगुम कार्मारोङ गाँउपालिका–८ माङ्ग्रीस्थ्ति बुद्ध माविमा कक्षा ९ मा अध्ययनरत सीता कामी र छिरिङ कामी बालक्लवमा आबद्ध छन् । उनीहरु दुवै सरकारी तथा गैह्रसरकारी संस्थाका बालअधिकार संरक्षण तथा बालविवाह न्यूनीकरणसम्बन्धी तालीम, गोष्ठी, बैठक र छलफलमा पुगिरहन्छन् । बालविवाह न्यूनीकरणसम्बन्धी सडक नाटक देखाउन गाउँ–गाउँमासँगै पुगेर उनीहरु बालविवाह नगर्न गाउँका धेरैलाई सचेतना दिँदै हिँडिरहेका हुन्छन्...

  • २०७६ मङ्सिर १४, शनिबार

    कक्षाकोठामै बनाउन थाले विद्यार्थीले लिम्पियाधुरासम्मको नक्सा

    झापाको कचनकबलस्थित लक्ष्मी माध्यमिक विद्यालयमा लिम्पियाधुरासम्मको नेपाली भू–भाग समेटेर विद्यार्थीलाई नेपालको नक्सा बनाउन सिकाइएको छ । कक्षा ७ को सामाजिक शिक्षा विषयमा ‘राष्ट्रियता’ सम्बन्धी पाठ पढाउने क्रममा शुक्रबार लिम्पियाधुरासम्मको भू–भागसहित नक्सा कोर्न सिकाइएको सामाजिक शिक्षक रत्न बुढाथोकीले जानकारी दिनुभयो । सुगौली सन्धीमा नेपालको पश्चिम सीमा कालीनदी कायम भएको र कालीनदीको मुहान...

  • २०७६ मङ्सिर १४, शनिबार

    भारतीय पक्षले एकतर्फी कुलो बनाएकामा चर्को विरोध

    पश्चिमी पर्साको ठोरी गाउँपालिका–३ स्थित ठुटेखोलामा भारतीय पक्षले जबर्जस्ती एकतर्फी कुलो बनाएर पानी लैजाने गरेकामा ठोरीवासीले निन्दा गरेका छन् । ठोरीमा आयोजित कार्यक्रममा ठोरी गाउँपालिका–३ का वडाध्यक्ष सूर्यबहादुर लामाले भारतीय पक्षले पानी मुहान थुनेर दुईवटा कुलो बनाई भारततर्फ पानी लैजाने गरेको बताउनुभयो । ठुटे खोलाको पूर्वतर्फको भिरसँगै रहेको तीनवटा कुलोमध्ये दुईवटा ठूला कुलाबाट भारतीय पक्षले...

  • २०७६ मङ्सिर १३, शुक्रबार

    सरकारसँग भएको सहमति कार्यान्वयन गर्न थाल्यौँः चितवन मेडिकल कलेज

    चितवन मेडिकल कलेजले सरकारसँग भएको सहमतिअनुसार बढी लिइएको रकम फिर्ता वा समायोजन गर्ने प्रक्रिया शुरु गरेको जनाएको छ । कलेजले बिहीबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी मङ्सिर १० गते शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको अध्यक्षतामा मेडिकल कलेजका सञ्चालकसहितको बैठकपछि भएका सहमति कार्यान्वयन प्रक्रियाअन्तर्गत बढी लिइएको शुल्क फिर्ता वा समायोजनको प्रक्रिया शुरु गरेको जनाएको हो । कलेजका अध्यक्ष एवं...

  • २०७६ मङ्सिर १३, शुक्रबार

    पनौती विश्व सम्पदामा सूचीकृत हुने

    ऐतिहासिक, धार्मिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ । युनेस्कोद्वारा प्रस्तावित पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने काम तीव्र गतिमा अघि बढिरहेकोसमेत नगरपालिकाले जनाएको छ । पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य अघि बढाइएपछि युनेस्कोका नेपाल प्रतिनिधि क्रिष्टियन मनहर्टले हालै पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाको अवलोकन गर्दै पनौती नगर...

Pages