राष्ट्रिय
-
२०७६ मङ्सिर १३, शुक्रबार
चमेरो ओढार सिँचाइ आयोजनाको निर्माण शुरु
उत्पादन वृद्धिका लागि जिल्लाको विकट मानिएको महाभारत गाउँपालिका–२ कुपिन्टारमा चमेरो ओढार सिँचाइ आयोजनाको निर्माण कार्य सुरु भएको छ । प्रदेश सरकारको रु एक करोड ८२ लाखको सहयोगमा निर्माण शुरु भएको सो आयोजनाबाट करिब ३०० हेक्टर खेतीयोग्य जमीन सिञ्चित हुने आयोजनाले जनाएको छ । कृषिको प्रचुर सम्भावना बोकेको कुपिन्टार क्षेत्रमा पानीको चरम समस्या भएकाले यो आयोजना शुरु गरिएको आयोजना उपभोक्ता समितिका सचिव...
-
२०७६ मङ्सिर १३, शुक्रबार
कृषि अनुदानको अवस्था बुझ्न मन्त्री नै स्थलगत अनुगमनमा
प्रदेश नं ५ सरकारले किसानका लागि वितरण गरेको कृषि अनुदान रकममा सञ्चालन भएका योजनाको जिल्लामा नै पुगेर स्थलगत अनुगमन थालेको छ । कृषि क्षेत्रको विकास र किसानको जिवनस्तर माथि उकास्न प्रदेश सरकारले उपलब्ध गराएको कृषि अनुदान रकमको प्रभाव र यसको कार्यान्वयनको अवस्था बारे बुझ्न प्रदेश सरकार कृषि, सहकारी तथा भूमि व्यवस्थामन्त्रीसहितको उच्चस्तरीय टोलीले विभिन्न जिल्लाको अनुगमन गरेको हो । प्रदेशसभाको कृषि...
-
२०७६ मङ्सिर १३, शुक्रबार
चन्दननाथ नगरपालिकामा आगलागीका घटनामा वृद्धि
जुम्लाको चन्दननाथ नगरपालिकामा आगलागीका घटना बढ्दै भएका छन् । चन्दननाथ नगरपालिका–२ भण्डारीवाडाका मानसिंह भण्डारीको घरमा बिहीबार साँझ आगलागी भएको छ । भान्साको चुलोबाट सल्केर भएको आगलागीको धुँवाले गोठभित्र रहेको तीन वटा गोरु, एक वटा गाई र एउटा बाच्छो निसास्सिएर मरेको जुम्लाका प्रहरी वरिष्ठ उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको पनि उहाँले बताउनुभयो ।...
-
२०७६ मङ्सिर १३, शुक्रबार
हिमाली भेगमा हिमपात
जिल्लाका उच्च हिमाली भेगमा हिमपात भएको छ । हिमाली भेगमा हिमपात शुरु भएसँगै जिल्लामा चिसो बढेको छ । हिमपात बिहीबार साँझदेखि शुरु भएको हो । हिमाली भेगमा हिमपातसँगै तल्लो क्षेत्रमा पानी पर्न थालेको छ । असोजपछि पहिलोपटक पानी पर्न थालेको हो । आकाशको पानीले खेती गर्नु पर्ने हुँदा किसानले हालसम्म पनि पाखो जमीनमा हिउँदे खेती गरेका छैनन् । पानी पर्न थालेपछि किसानलाई केही आश थपिएको कृषि ज्ञान केन्द्र...
-
२०७६ मङ्सिर १३, शुक्रबार
सरकारसँग भएको सहमति कार्यान्वयन गर्न थाल्यौँः चितवन मेडिकल कलेज
चितवन मेडिकल कलेजले सरकारसँग भएको सहमतिअनुसार बढी लिइएको रकम फिर्ता वा समायोजन गर्ने प्रक्रिया शुरु गरेको जनाएको छ । कलेजले बिहीबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी मङ्सिर १० गते शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको अध्यक्षतामा मेडिकल कलेजका सञ्चालकसहितको बैठकपछि भएका सहमति कार्यान्वयन प्रक्रियाअन्तर्गत बढी लिइएको शुल्क फिर्ता वा समायोजनको प्रक्रिया शुरु गरेको जनाएको हो । कलेजका अध्यक्ष एवं...
-
२०७६ मङ्सिर १२, बिहिबार
जिल्लाकै ठूलो लिफ्ट खानेपानी आयोजनाको परीक्षण शुरु
उत्तरी पर्वतको जलजला गाउँपालिकाको वारीबेनीमा निर्माण भएको जिल्लाकै ठूलो ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजनाको परीक्षण शुरु भएको छ । आयोजनाको पूर्वाधार निर्माण सकेर परीक्षणका लागि पानी वितरण शुरु गरेको उपभोक्ता समितिले जनाएको छ । पानी तान्ने पम्पको परीक्षण सफल भएको समितिका अध्यक्ष लोकनाथ रेग्मीले जानकारी दिनुभयो । “कालीगण्डकी किनारबाट रिजर्भ ट्याङ्कीसम्म पानी तान्ने उपकरणको परीक्षण सफल भयो”, उहाँले...
-
२०७६ मङ्सिर १२, बिहिबार
अभिभावकलाई दैनिक रु १५
दिवा खाजासहित विद्यालय पठाउने विद्यार्थीका अविभावकलाई दैनिक रु १५ दिइने भएको छ । अमरगढी नगरपालिकामा दैनिक दिवा खाजासहित विद्यालय पठाउने विद्यार्थीका अविभाकलाई दैनिक रु १५ का दरले भुक्तानी दिने गरेको अमरगढी नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्रका २७ विद्यालयका बालविकासदेखि ५ सम्मका एक हजार ८२५ विद्यार्थीलाई दैनिक उक्त सेवा उपलब्ध गराउने गरेको जनाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको...
-
२०७६ मङ्सिर १२, बिहिबार
अष्टमहादान, दश महादानजस्तै नेत्रदान
अष्टमहादान, दश महादान, पञ्चधेनुजस्तै आँखादानबाट पुण्य प्राप्ति हुने पुरोहितहरुले जनाएका छन् । नेपाल नेत्रज्योति सङ्घ चितवनअन्तर्गतको आँखा बैंक व्यवस्थापन समितिले बुधबार यहाँ आयोजना गरेको पुरोहितहरुसँगको अन्तक्र्रियामा सहभागीले आँखादान गर्न जनचेतना जगाउने कार्यमा सहयोग पु¥याउने बताएका हुन् । सो अवसरमा पुरोहित समाज नेपालका अध्यक्ष खेमराज अधिकारीले आँखादानलाई सबै दानजस्तै नेत्र महादान सम्झेर...
-
२०७६ मङ्सिर १२, बिहिबार
के गर्नु हँदैन मौन अवधिमा
निर्वाचन आयोगले यही मङ्सिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका सदस्यको विभिन्न पदको उपनिर्वाचनका लागि आवश्यक सबै तयारी पूरा गरेको छ । उपनिर्वाचनको पूर्वसन्ध्यामा बुधबार राति १२ः१० बजेपछि मौन अवधि शुरु भएको छ । मौन अवधिमा कुनै पनि सञ्चारमाध्यमबाट निर्वाचन प्रचार–प्रसार कार्य गर्न÷गराउन पाइँदैन । मौन अवधिमा आफ्ना वेभसाइड, ट्वीटर, फेसबुक, भाइवर वा एसएमएसजस्ता सामाजिक सञ्जाल वा...
-
२०७६ मङ्सिर १२, बिहिबार
नरैनापुरमा ‘झोले चिकित्सक’को दबदबा
स्वास्थ्यचौकीमा चिकित्सक नहुनु र भए पनि उपचारका लागि चाहिने प्रविधि र औषधि अभाव हुँदा गाउँमा ‘झोले चिकित्सक’को दबदबा कायम छ । पैतालीस हजार जनसङ्ख्या रहेको नरैनापुर गाउँपालिकामा छ स्वास्थ्यचौकी छन्, तर औषधिको अभाव भने सधैँ भइरहन्छ । नरैनापुरका गाउँहरुमा ‘झोले चिकित्सक’ले स्वास्थ्य सुविधा धानिरहेका छन् । ‘झोले चिकित्सक’कै उपचारका कारण वर्षेनी ज्यान गुमाउनेको सङ्ख्या धेरै छ । गाउँमा कोही बिरामी...
-
२०७६ मङ्सिर १२, बिहिबार
राज्यमन्त्री लाई चलचित्र संघको बधाई
प्रधानमन्त्री के.पी.शर्मा ओलीबाट केहि दिन अगाडि गरिएको मन्त्री मण्डलको पुनर्गठनमा शहरी राज्यमन्त्री नियुक्त भएका रामबीर मांनन्धरलाई नेपाल चलचित्र संघले एउटा कार्यक्रम आयोजना गरी बधाइ ज्ञापन गरिएको छ । संघका कार्यवाहक अदयक्ष्य बसन्त कुंमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा मन्त्री मांनन्धरले आफु पनि एक चलचित्रकर्मि भएकोले आफु सधै यो क्षेत्रको विकास र संम्बद्र्धनमा लाग्ने कुरा...
-
२०७६ मङ्सिर १२, बिहिबार
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको ८४ प्रतिशत काम सकियो ः सन् २०२० को मार्चभित्रै सञ्चालनको तयारी
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको अवस्थामा छ । अहिले यो विमानस्थलको ८४ दशमलव २५ प्रतिशत निर्माणको काम सकिएको छ । टर्मिनल भवन फिनिसिङ, प्राविधिक उपकरण जडानलगायतका बाँकी काम धमाधम भइरहेको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा यो विमानस्थल सञ्चालन गर्ने गरी पूर्वाधार निर्माणको काम तीव्रगतिमा भइरहेको छ ।...


