राष्ट्रिय
-
२०७६ मङ्सिर ११, बुधबार
जिल्ला र प्रदेश कमिटीको एकता टुङग्याउन निर्देशन
प्रेस सङ्गठन नेपालले यही मङ्सिर २० गतेसम्म जिल्ला र प्रदेश कमिटीको एकता टुङ्गाउन निर्देशन दिएको छ । सङ्गठनले प्रदेश र जिल्ला कमिटी दुवैमा केन्द्रीय कमिटीकै अनुपातमा सदस्य निर्धारण गरे अनुसार टुङग्याउन निर्देशन दिएको सङ्गठनका संयोजक महेश्वर दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश कमिटी संयोजक र सहसंयोजकसहित बढीमा १९ सदस्यीय र जिल्ला कमिटी बढीमा ४१ सदस्य नबढ्ने गरी प्रदेश कमिटीले तय गर्ने...
-
२०७६ मङ्सिर ११, बुधबार
उपनिर्वाचन २०७६ ः पुरुषभन्दा महिला मतदाता बढी
मङ्सिर १४ गते हुने उपनिर्वाचनमा दाङमा पुरुषभन्दा महिला मतदाता बढी रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार दाङ क्षेत्र नं ३ ख र घोराही–१६ मा ७३ हजार १७२ मतदाता रहेकामा ३७ हजार ३०५ महिला मतदाता छन् । पुरुष मतदाता ३५ हजार ८६६ रहेका छन् भने तेस्रोलिङ्गी मतदाताको सङ्ख्या एक रहेको सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो । दङ्गीशरण गाउँपालिकामा सात हजार ९८१ महिला तथा सात हजार ७१५ पुरुष...
-
२०७६ मङ्सिर ११, बुधबार
प्रारम्भिक बालविकास बाध्यकारी मुख्यमन्त्री राउत
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रारम्भिक बालविकासको अधिकार कार्यान्वयनका लागि बाध्यकारी कानून बनाइने जनाउनुभएको छ । ‘प्रारम्भिक बालविकासको लागि प्रदेशसभा सदस्यको समन्वय समूह’ ले आज आयोजना गरेको परामर्श कार्यक्रमको उद्घाटन गर्दैै मुख्यमन्त्री राउतले भविष्यका कर्णाधार बालबालिकाको विकासको क्रम आमाको गर्भबाटै शुरु हुने भएकाले उनीहरुको स्वास्थ्य र सक्षम हुने अधिकारलाई बाध्यकारी...
-
२०७६ मङ्सिर ११, बुधबार
‘प्रधानमन्त्रीको उच्चमनोवल हामी सबैको प्रेरणा’
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको उच्चमनोवल हामी सबैको प्रेरणा भएको बताउनुभएको छ । उहाँले प्रधानमन्त्रीको उच्चमनोवल, दूरदर्शिता तथा विकासका धारणा सबै नेपालीका लागि प्रेरणाको स्रोत भएको उल्लेख गर्नुभयो । मुख्यमन्त्री पौडेलले आज एक सन्देश दिँदै स्वस्थ्यमा समस्या आएर अस्पतालमा उपचार गराइरहनुभएका प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
-
२०७६ मङ्सिर ११, बुधबार
उपनिर्वाचन २०७६ मदिरा सेवन र बिक्री वितरणमा रोक
यही मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरी स्थानीय प्रशासनले सिरहाको कल्याणपुर नगरपालिका–१२ मा आजदेखि मदिराजन्य पदार्थको सेवन तथा खरीद बिक्रीमा रोक लगाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले उपनिर्वाचन हुने वडा नम्बर १२ मा आजदेखि उपनिर्वाचन सकिएको भोलिपल्ट मङ्सिर १५ गतेसम्म मदिराको बिक्री वितरण तथा सेवनमा रोक लगाउने निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी...
-
२०७६ मङ्सिर ११, बुधबार
उपनिर्वाचन २०७६ तयारी तीव्र, दलहरु घरदैलोमा
नवलपरासीपूर्व नवलपुरको बौदीकाली गाउँपालिका–५ मा मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि तयारी तीव्र पारिएको छ । निर्वाचनका लागि आवश्यक मतपेटिका, मतपत्रलगायत सामग्री आइपुगेको छ । निर्वाचन सामग्री सुरक्षित राखिएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनुभयो । दलहरुले प्रचार–प्रसार शान्तिपूर्णरूपमा गरिरहेको र निर्वाचनको तयारी सौहार्दपूर्णरूपमा चलिरहेको अधिकारीले बताउनुभयो । मतदान हुने वडामा...
-
२०७६ मङ्सिर ११, बुधबार
वर्तमान सरकार पाँच वर्ष चल्छ अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँच वर्षसम्म चल्ने र यसको स्थिरतामा कमी नआउने स्पष्ट पार्नुभएको छ । नेकपाद्वारा आज आयोजित वृहत चुनावी सभालाई सम्बोधन गर्दै उहाँले पार्टीमा अन्योल पनि नरहेकाले अब मुलुकलाई विकास र समृद्धितर्फ डो¥याउन प्रतिबद्ध भएर लाग्नुपर्ने विषयमा जोड दिनुभयो । नेकपाका कारण ७० वर्षपछि मुलुकमा राजनीतिक स्थायित्व भएको जनाउँदैै...
-
२०७६ मङ्सिर ११, बुधबार
वृद्धवृद्धालाई सेनाद्वारा न्यानो लुगा वितरण
नेपाली सेनाले कञ्चनपुरको भीमदत्तनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा आज न्यानो लुगा वितरण गरेको छ । सो अवसरमा सेनाले केन्द्रलाई खाद्य सामग्रीसमेत उपलब्ध गराएको छ । नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेक र देवीदल गण मझगाउँ ब्यारेकले वृद्धाश्रमका ६२ वृद्धवद्धालाई न्यानो लुगा, चामल, दाल, चिनी, तेललगायत सामग्री वितरण गरेको हो । सेनाले बढ्दै गरेको जाडोलाई मध्यनजर गर्दै न्यानो लुगा...
-
२०७६ मङ्सिर ११, बुधबार
बैंकको रकम जोगाउन जोडिहाल्नुस् एसएमएस सेवा
तपाई बैंकको एसएसएस सेवा लिन छुटाउनु भएको त छैन छुटाएको भए तत्कालै जोडिहाल्नुस् । नत्र बैंकको मौज्दात रकम अरु कसैले लगिसकेको हुनसक्छ । यसरी लगेको पैसा न बैंकलाई थाहा हुन्छ न तपाईलाई । काठमाडौँमा यस्तै एउटा ठूलो घटना सार्वजनिक भएको छ । जुन तपाईले पत्याउनै सक्नुहुन्न । रकम सुरक्षित हुन्छ र चाहेको बेलामा निकाल्न पाइन्छ भनेर ढुक्कसँग बैंकमा पैसा राखिन्छ तर बैंकको कर्मचारीको लापर्वाहीले त्यो पैसा...
-
२०७६ मङ्सिर ११, बुधबार
बैठक नबस्दा शिक्षक तलबबाट बञ्चित
गौशाला नगरपालिकाको नगर शिक्षा समितिको बैठक नियमितरूपमा नबस्दा यहाँका ३४ शिक्षकले महिनाँैदेखि तलब पाउन सकेका छैनन् । गौशाला नगरपालिकामा गठन भएको नगर शिक्षा समितिको बैठक पाँच महिनादेखि नबस्दा यहाँका ३२ सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तलबबाट बञ्चित भएका हुन् । नगरको अनुदानमार्फत यहाँका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले वैशाखदेखि तलब पाउन नसकेको नेपाल शिक्षक महासङ्घका उपाध्यक्ष सुनिताकुमारी...
-
२०७६ मङ्सिर ११, बुधबार
जिम्मेवारी हेरफेरबाट अपमान भएको छैन उपप्रधानमन्त्री यादव
उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले मन्त्रिपरिषद्मा आफ्नो जिम्मेवारी हेरफेर अपमानको विषय नभएको स्पष्ट गर्नुभएको छ । जनकपुरधाममा आज सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री यादवले जिम्मेवारी हेरफेर सामान्य प्रक्रिया भएको बताउनुभयो । उहाँले मन्त्रिपरिषद्मा आफ्नो जिम्मेवारी हेरफेरका सन्दर्भमा चर्चामा रहेको प्रसङ्ग भ्रामक भएको टिप्पणी गर्नुभयो । एक प्र्रश्नको...
-
२०७६ मङ्सिर ११, बुधबार
तीन वर्षभित्र आर्थिक वृद्धिदर दोब्बर हुन्छ ः मुख्यमन्त्री पोखरेल
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले अबको तीन वर्षभित्र प्रदेशको आर्थिक वृद्धिदर दोब्बर हुने बताउनुभएको छ । हापुरेमा मङ्गलबार भएको चुनावीसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश ५ का इञ्चार्जसमेत रहनुभएका उहाँले वर्तमान सरकारले सबैभन्दा बढी आर्थिक वृद्धिदरको लक्ष्य हासिल गरेको उल्लेख गर्नुभयो । नेपालले पाँच वर्षपछि दक्षिण एशियालाई नै चकित पार्ने गरी आर्थिक वृद्धिदर हासिल...


