राष्ट्रिय
-
२०७६ मङ्सिर १२, बिहिबार
महिला हिंसा अन्त्यका लागि सामाजिक दृष्टिकोणमै परिवर्तन ल्याउनुपर्छः मन्त्री गुरुङ
नवनियुक्त महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिला, बालबालिका, ज्येष्ठ नागरिकको उत्थानका लागि बनाइएका ऐन, नियम र कानुनहरुको प्रभावकारी कार्यान्वयनमा लागि पर्ने बताउनुभएको छ । उहाँको सम्मानमा बुधबार गृह जिल्ला दोलखामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री गुरुङले महिला हिंसा, बाल विवाह गर्ने जस्ता सामाजिक विकृतिको अन्त्यका लागि सामाजिक दृष्टिकोणमै परिवर्तन ल्याउने...
-
२०७६ मङ्सिर १२, बिहिबार
नेविसङ्घका कार्यकर्तामाथि आक्रमणको निन्दा
नेपाली काँग्रेसले शान्तिपूर्ण रुपमा छलफलमा भाग लिई फर्केका नेपाल विद्यार्थी सङ्घका कार्यकर्तामाथि सत्तारुढ नेकपानिकट अनेरास्ववियुका कार्यकर्ताबाट आक्रमण भएको भन्दै निन्दा गरेको छ । नेपाल कमर्श क्याम्पस, मीनभवनमा बुधबार क्याम्पस प्रमुखको कार्यकक्षमा नेविसङ्घ र अनेरास्ववियुको बीच छलफल सकेर बाहिर निस्कने क्रममा सो घटना भएको थियो । सो क्याम्पसका अनेरास्ववियुका अध्यक्ष बम रावलको निर्देशनमा विमल...
-
२०७६ मङ्सिर १२, बिहिबार
नेपाल विष्फोटन पदार्थ उत्पादनमा आत्मनिर्भर
अति संवेदनशील विष्फोटन पदार्थ इमल्सन उत्पादनमा नेपाल आत्मनिर्भर भएको छ । विकासका ठूला परियोजनाको पूर्वाधार तयार गर्नलाई अति आवश्यक पर्ने इमल्सनलाई विशेषगरी ठूला जलविद्युत् आयोजना तथा सडक पूर्वाधारका सुरुङमार्ग तथा हिमाली तथा पहाडी भेगमा अत्यन्त कठिन सडक निर्माणमा चट्टानका भिर फोर्नेलगायतका काममा उपयोग गरिन्छ । नेपाली सेना र नेपाल सरकारको संयुक्त सहकार्यमा मकवानपुरस्थित सुनचरीमा स्थापित नेपालको...
-
२०७६ मङ्सिर १२, बिहिबार
महिला उद्योमी मेला हुने
उद्योग वाणिज्य सङ्घ जिल्ला शाखाले आगामी पुस ५ देखि ७ गतेसम्म महिला उद्यमी मेला, २०७६ आयोजना गर्ने भएको छ । उद्योग वाणिज्य सङ्घ चितवन अन्तर्गतको महिला उद्यमी विकास समितिको सक्रियतामा उक्त मेला आयोजना गर्न लागिएको हो । महिला उद्यमीद्वारा उत्पादित वस्तुको आवश्यक प्रचारप्रसार गर्दै महिला उद्यमशीलता विकासमा टेवा पु¥याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष सहनलाल प्रधानले बताउनुभयो ।...
-
२०७६ मङ्सिर १२, बिहिबार
अदालतको आदेश विपरित इँटा उत्पादन
अदालतको आदेशको अवज्ञा गर्दै नमोबुद्ध नगरपालिका–२ भकुण्डेस्थित सत्यनारायण ब्रिक इण्ड्रष्ट्रिज प्रालिले इँटा उत्पादन तथा बिक्री वितरण थालेको छ । उच्च अदालत पाटन, ललिपतपुरद्वारा नमोबुद्धमा रहेका इँटा उद्योगलाई कुनै पनि कार्य नगर्न जारी गरेको अल्पकालीन अन्तरिम आदेशको अवज्ञा गर्दै सो उद्योगले इँटा उत्पादन तथा बिक्री वितरण थालेको हो । उच्च अदालतको आदेशको अवज्ञा गर्दै सत्यनारायण ब्रिक इण्ड्रष्ट्रिज...
-
२०७६ मङ्सिर १२, बिहिबार
निर्वाचन हुने क्षेत्रमा विद्यालय बिदा
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–२ मा वडाध्यक्ष पदका लागि यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा आजबाट लागू हुनेगरी तीन दिन सार्वजनिक बिदा दिइएको छ । निर्वाचन कार्यालयले मतदान केन्द्र तोकेका शारदा मावि मौवानगरदह, कोटाञ्जर मावि कोटाञ्जर तथा साउदकडा माविमा मङ्सिर १२ देखि १४ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो । जिल्ला निर्वाचन कार्यालयले ती...
-
२०७६ मङ्सिर १२, बिहिबार
ढुक्क हुनुस्, निर्धारित समयमै सकिन्छ धरहरा पुनःनिर्माण
एतिहासिक धरहरा पुनःनिर्माणको कामले गति लिएको छ । निर्माणको क्रममा हालसम्म करिब ३० प्रतिशत काम सकिएको छ । भूकम्प गएको तीन वर्ष बितेपछि निर्माणको कामले गति लिएको हो । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्सट्रक्शनले धरहराको पुनःनिर्माण शुरु गरेको छ । रु तीन अर्ब ४८ करोड लाग्ने धरहराको पुनःनिर्माणमा हालसम्म रु ६२ करोड सकिएको जनाइएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त...
-
२०७६ मङ्सिर १२, बिहिबार
उपनिर्वाचनको तयारी पुरा
कास्की क्षेत्र नं २ मा मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारी लगभग पूरा भएको छ । सो क्षेत्रका ८२ वटै मतदानकेन्द्रमा मतपेटिकालगायत निर्वाचनका सम्पूर्ण सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटिसकिएको जिल्ला निर्वाचन कार्यालय, कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी गराउनुभयो । मतदानअधिकृतसहित खटिएका टोलीले २०७४ सालपछि थपिएका नयाँ र छुट भएका मतदाता नामावलीमा समावेश भएका मतदाताको लागि परिचयपत्र...
-
२०७६ मङ्सिर ११, बुधबार
वृद्धाद्वारा २५ लाखको जग्गा दान
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी ७१ वर्षीया कमला श्रेष्ठले रु २५ लाख मूल्य बराबरको जग्गा वडा कार्यालयलाई निःशुल्क प्रदान गर्नुभएको छ । उहाँले पाँच रोपनी जग्गा वडा कार्यालयलाई दान गर्नुभएको हो । जेठा छोरा प्रतापसँगै दिक्तेल आउनुभएकी कमलाले जिल्ला मालपोत कार्यालयमा गएर आफ्नो नाममा रहेको जग्गा वडा कार्यालयको नाममा निःशुल्क हाल्न लगाएको वडासचिव चित्रकुमार सुवेदीले जानकारी दिनुभयो ।...
-
२०७६ मङ्सिर ११, बुधबार
तातियो दाङ निर्वाचन क्षेत्र नं ३ को ९२०, १४ जना चुना
आवी मैदानमासन्न उपनिर्वाचनका लागि यतिखेर पश्चिम दाङ निकै तात्तिएको छ । यहाँका गाउँ टोलमा बिहानदेखि अबरे रातिसम्म उमेदवारसँग केन्द्रीय नेतासहित कार्यकर्ता मत माग्न व्यस्त छन् । निर्वाचन आफ्नो पक्षमा पार्न नेता कसरतमा जुटेका छन् । नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले चुनावी प्रक्रिया शुरु हुनुभन्दा एक दिन अघि तुलसीपुरमा आएर बृहत् भेलालाई सम्बोध गर्नुभएको थियो ।...
-
२०७६ मङ्सिर ११, बुधबार
माडी प्रदेश सरकारको प्राथमिकतामा ः मन्त्री नेपाल
प्रदेश नं ३ का पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले माडीको विकासलाई प्रदेश सरकारले प्रथमिकतामा राखेको बताउनुभएको छ । माडीको सोमेश्वरगढीमा भएको राष्ट्रिय प्रस्तर मूर्ति कार्यशालाको समापन गर्दै उहाँले यहाँको पर्यटन प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने उल्लेख गर्नुभयो । स्थानीय तह र प्रदेश सरकारको पहलबाट माडीको पर्यटन विकासका लागि काम गर्ने मन्त्री नेपालले बताउनुभयो । नेपाल भ्रमण वर्ष २०२० लाई...
-
२०७६ मङ्सिर ११, बुधबार
बर्थिङ सेन्टरमा सेत्केरी गराउनेलाई बाल पोषण पोको
सङ्खुवासभाको खाँदबारी नगरपालिकाले बर्थिङ सेन्टरमा सेत्केरी गराउनेलाई बाल ‘पोषण पोको’ दिने व्यवस्था गरेको छ । आमा र बच्चालाई कुपोषित हुनबाट बचाउन र बर्थिङ सेन्टरमा नै सुत्केरी गराउन प्रोत्साहन गर्ने उद्देश्यका साथ यो कार्यक्रम ल्याएको हो । बालबालिका र आमालाई आवश्यकपर्ने पोषणयुक्त खानेकुरा खरीद गर्न सहयोग पु¥याउने उद्देश्यका साथ आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा ल्याइएको खाँदबारी...


