STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ मङ्सिर १३, शुक्रबार

    माछा लोप हुन थालेपछि करेन्टमा प्रतिबन्ध

    करेन्ट लगाएर माछा मार्ने क्रम बढेपछि ब्यास नगरपालिका–५ ले त्यसरी माछा मार्न प्रतिबन्ध लगाएको छ । करेन्टको प्रयोगले नदीमा माछा लोप हुन थालेपछि वडा कार्यालयले माछा मार्न प्रतिबन्ध लगाएको हो । वडा अन्तर्गत पर्ने मादी, सेती, साङ्गे खोला र प्राकृतिक तालमा विस्फोटक पदार्थ विषादी तथा विद्युतीय प्रक्रियाबाट माछा मारे कारवाही गरिने वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।...

  • २०७६ मङ्सिर १३, शुक्रबार

    ठेकेदारको लापरवाहीले बेनी अस्पतालको भवन अलपत्र

    तोकिएअनुसारको काम गरेको भए बेनी अस्पतालको भवन बनिसक्थ्यो । निर्माण व्यवसायी र सम्बद्ध कार्यालयको लापरवाहीका कारण भवन बनिसक्नुपर्ने समयमा आधा पनि प्रगति हुन नसकेको हो । गत असारदेखि कार्यक्षेत्र छोडेका मजदूर र निर्माण व्यवसायी अझै काममा फर्किएका छैनन् । तीनतले ५० श्ययाको अस्पताल भवन अन्डरग्राउन्ड ढलान गरेपछि अलपत्र छाडिएको हो । भवन निर्माणमा भएको ढिलासुस्तीका कारण सेवा प्रवाहमा असर परेको बेनी...

  • २०७६ मङ्सिर १३, शुक्रबार

    उपत्यकाको तापक्रम घट्दो क्रममा

    केही दिनयता काठमाडौँ उपत्यकाको तापक्रम दिनहुँ घट्दो क्रममा रहेको छ । गत बुधबारदेखि उपत्यकाको तापक्रम दैनिक दुई देखि तीन डिग्री सेल्सियसले घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभइ मौसमी कारण भएको मौसमविद् प्रतिभा मान्नधरले बताउनुभयो । “डिसेम्बरदेखि जनावरी २० सम्म निरन्तर तापक्रम घट्दै जाने छ”, उहाँले भन्नुभयो, “आज काठमाडौँ उपत्यकाको...

  • २०७६ मङ्सिर १३, शुक्रबार

    झ्याउमा प्रतिबन्ध लगाउँदा राजश्व घाटा

    झ्याउ सङ्कलन तथा निकासीमा सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्न यहाँका व्यवसायीले माग गरेका छन् । राज्यले हचुवाको भरमा झ्याउ सङ्कलन तथा निकासीमा प्रतिबन्ध लगाउँदा आफ्नो लगानी डुबेको भन्दै जडीबुटी व्यवसायीहरुले वैज्ञानिक अध्ययन गरी संकलन तथा निकासीको वातावरण मिलाउन सरकारसँग माग गरेका छन् । राज्यले झ्याउ सङ्कलन तथा निकासीमा प्रतिबन्ध लगाएपछि व्यवसायीले आफूहरु मारमा परेको बताएका छन् । “राज्यले नीति...

  • २०७६ मङ्सिर १३, शुक्रबार

    सरकार सञ्चार क्षेत्रमा ‘मेजर अप्रेशन’ गर्न चाहन्छ मन्त्री बाँस्कोटा

    सञ्चार क्षेत्रका विज्ञहरुले प्रेस काउन्सिल नेपालले पछिल्लो पटक सार्वजनिक गरेको पत्रपत्रिका वर्गीकरण निष्पक्ष नभएको भन्दै पुनः वर्गीकरण गर्नुपर्ने माग गरेका छन् । नेपाल पत्रकार महासङ्घ, काठमाडौँ, ललितपुर र भक्तपुर शाखाको प्रतिनिधि टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई भेटेर आर्थिक वर्ष २०७४÷७५ को पत्रपत्रिकाको नतिजा मनोमानी, पूर्वाग्रही, विभेदपूर्ण र अवैज्ञानिक...

  • २०७६ मङ्सिर १३, शुक्रबार

    पाल्पामा एकै पटक एक सय ४१ शिक्षक विस्थापित

    पाल्पा जिल्लामा कार्यरत १४१ शिक्षक एकै पटक विस्थापित भएका छन् प्राथमिक तहमा शिक्षक सेवा आयोगबाट उत्तीर्ण भएर नयाँ शिक्षक आएपछि एकै पटक १४१ शिक्षकको जागीर गुमेको छ । बिहीबार शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पाल्पाले पुराना शिक्षक विस्थापन गरी दुई सय ६३ नयाँ शिक्षक नियुक्ति गरेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रमेशराज पौडेलले बताउनुभयो । “१४१ जागीरबाटै विस्थापित भएका छन् भने कार्यरतमध्ये...

  • २०७६ मङ्सिर १३, शुक्रबार

    हिउँ चितुवाको ‘सेटलाइट कलार’बाट आउन थाल्यो सूचना

    शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्रमा दुई हिउँ चितुवामा सफलतापूर्वक जडान गरिएको सेटलाइट कलारबाट हिउँ चितुवाको अवस्थितसम्बन्धी सूचनाको नियमित जानकारी आउन थालेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग नेतृत्वको प्राविधिक कर्मचारी टोलीले गत कात्तिक ३० गते करीब चार वर्ष उमेर र ३८ केजी तौल भएको ‘जेदोराङ’ नामको वयस्क भाले हिउँ चितुवामा ‘सेटलाइट कलार’...

  • २०७६ मङ्सिर १३, शुक्रबार

    बाँदरबाट हैरान भएपछि विकल्पमा मेकाडामिया नट

    खेतीबाली लगाउँदादेखि नपाक्दासम्म अहोरात्र बाँदर कुरेर बस्नुपर्ने बाध्यता सहेका कृषक यतिखेर मेकाडामिया नट खेतीतर्फ आकर्षित बनेका छन् । बाँदरबाट जोगाउन सकिने भएपछि विगत चार वर्षयता मेकाडामिया नट लगाउन थालेका पुतलीबजार नगरपालिका–२ भैँसेगौँडाका किसान यसलाई वैकल्पिक खेतीका रुपमा अघि बढाएका हुन् । दुःख गर्नुसम्म ग¥यो क्षणभरमा बाँदरले सखाप बनाइदिन थालेसँगै त्यसको विकल्प खोजेका कृषकका लागि मेकाडामिया नट...

  • २०७६ मङ्सिर १३, शुक्रबार

    तस्वीरसहितको परिचयपत्र देखाएर मतदान गर्न सकिने

    प्रतिनिधिसभा, प्रदेसभा सदस्य र स्थानीय तहको शनिबार हुने उपनिर्वाचनमा मतदाताले कुनै करणवश मतदाता परिचयपत्र प्राप्त हुन नसकेमा, हराएमा वा नष्ट भएमा सरकारी निकायबाट फोटोसहित जारी भएको परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिने व्यवस्था गरिएको छ । मतदाताले कुनै करणवश मतदाता परिचयपत्र प्राप्त हुन नसकेमा, हराएमा वा नष्ट भएमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा...

  • २०७६ मङ्सिर १३, शुक्रबार

    निर्वाचन आयुक्त दाहालले मतदान केन्द्रको अनुगमन

    मङ्सिर १४ गते शनिबार भक्तपुर क्षेत्र नं १ क मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनमा निर्धारण गरिएको मतदान केन्द्रको अनुगमन गरिएको छ । निर्वाचन आयुक्त नरेन्द्र दाहालले यहाँका विभिन्न मतदानस्थलको बिहीबार साँझ अनुगमन गर्नुभएको हो । उहाँले भक्तपुर नगरपालिका–१० मा पाँच वटा मतदान केन्द्र रहेको सरस्वती विद्यागृह मावि नवदुर्गा स्थानको मतदान केन्द्रको स्थलगत निरीक्षण गर्नुभएको हो । त्यसैगरी उहाँले...

  • २०७६ मङ्सिर १२, बिहिबार

    नेपाल विष्फोटन पदार्थ उत्पादनमा आत्मनिर्भर

    अति संवेदनशील विष्फोटन पदार्थ इमल्सन उत्पादनमा नेपाल आत्मनिर्भर भएको छ । विकासका ठूला परियोजनाको पूर्वाधार तयार गर्नलाई अति आवश्यक पर्ने इमल्सनलाई विशेषगरी ठूला जलविद्युत् आयोजना तथा सडक पूर्वाधारका सुरुङमार्ग तथा हिमाली तथा पहाडी भेगमा अत्यन्त कठिन सडक निर्माणमा चट्टानका भिर फोर्नेलगायतका काममा उपयोग गरिन्छ । नेपाली सेना र नेपाल सरकारको संयुक्त सहकार्यमा मकवानपुरस्थित सुनचरीमा स्थापित नेपालको...

  • २०७६ मङ्सिर १२, बिहिबार

    महिला उद्योमी मेला हुने

    उद्योग वाणिज्य सङ्घ जिल्ला शाखाले आगामी पुस ५ देखि ७ गतेसम्म महिला उद्यमी मेला, २०७६ आयोजना गर्ने भएको छ । उद्योग वाणिज्य सङ्घ चितवन अन्तर्गतको महिला उद्यमी विकास समितिको सक्रियतामा उक्त मेला आयोजना गर्न लागिएको हो । महिला उद्यमीद्वारा उत्पादित वस्तुको आवश्यक प्रचारप्रसार गर्दै महिला उद्यमशीलता विकासमा टेवा पु¥याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष सहनलाल प्रधानले बताउनुभयो ।...

Pages