राष्ट्रिय
-
२०७६ मङ्सिर १५, आइतबार
भक्तपुरमा काँग्रेसको अग्रता
क्षेत्र नं १ कमा प्रदेशसभा सदस्यका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । चाँगुनारायण नगरपालिकाका नौवटै वडा र भक्तपुर नगरपालिका–१० गरी कूल १० वडामा भएको उपनिर्वाचनपछि भएको मतगणनामा आज बिहान ७ः०० बजेसम्मको मतगणनामा काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले दुई हजार ३१२ मतको अग्रता लिनुभएको छ । चाँगुनारायण नगरपालिका–१ देखि ६ सम्मको मतगणनामा काँग्रेसका...
-
२०७६ मङ्सिर १४, शनिबार
आज उपनिर्वाचन ः मतदान शुरु
प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचनका लागि आज बिहान सात बजेदेखि मतदान शुरु भएको छ । मतदानका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भएको र भरपर्दो व्यवस्था मिलाइएको हुँदा कुनै शङ्का, डर र त्रासमा नपरी निर्धक्क भएर मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आह्वान गर्नुभएको छ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,...
-
२०७६ मङ्सिर १४, शनिबार
बालक्लव नै बालविवाहको माध्यम
मुगुको मुगुम कार्मारोङ गाँउपालिका–८ माङ्ग्रीस्थ्ति बुद्ध माविमा कक्षा ९ मा अध्ययनरत सीता कामी र छिरिङ कामी बालक्लवमा आबद्ध छन् । उनीहरु दुवै सरकारी तथा गैह्रसरकारी संस्थाका बालअधिकार संरक्षण तथा बालविवाह न्यूनीकरणसम्बन्धी तालीम, गोष्ठी, बैठक र छलफलमा पुगिरहन्छन् । बालविवाह न्यूनीकरणसम्बन्धी सडक नाटक देखाउन गाउँ–गाउँमासँगै पुगेर उनीहरु बालविवाह नगर्न गाउँका धेरैलाई सचेतना दिँदै हिँडिरहेका हुन्छन्...
-
२०७६ मङ्सिर १४, शनिबार
कक्षाकोठामै बनाउन थाले विद्यार्थीले लिम्पियाधुरासम्मको नक्सा
झापाको कचनकबलस्थित लक्ष्मी माध्यमिक विद्यालयमा लिम्पियाधुरासम्मको नेपाली भू–भाग समेटेर विद्यार्थीलाई नेपालको नक्सा बनाउन सिकाइएको छ । कक्षा ७ को सामाजिक शिक्षा विषयमा ‘राष्ट्रियता’ सम्बन्धी पाठ पढाउने क्रममा शुक्रबार लिम्पियाधुरासम्मको भू–भागसहित नक्सा कोर्न सिकाइएको सामाजिक शिक्षक रत्न बुढाथोकीले जानकारी दिनुभयो । सुगौली सन्धीमा नेपालको पश्चिम सीमा कालीनदी कायम भएको र कालीनदीको मुहान...
-
२०७६ मङ्सिर १४, शनिबार
भारतीय पक्षले एकतर्फी कुलो बनाएकामा चर्को विरोध
पश्चिमी पर्साको ठोरी गाउँपालिका–३ स्थित ठुटेखोलामा भारतीय पक्षले जबर्जस्ती एकतर्फी कुलो बनाएर पानी लैजाने गरेकामा ठोरीवासीले निन्दा गरेका छन् । ठोरीमा आयोजित कार्यक्रममा ठोरी गाउँपालिका–३ का वडाध्यक्ष सूर्यबहादुर लामाले भारतीय पक्षले पानी मुहान थुनेर दुईवटा कुलो बनाई भारततर्फ पानी लैजाने गरेको बताउनुभयो । ठुटे खोलाको पूर्वतर्फको भिरसँगै रहेको तीनवटा कुलोमध्ये दुईवटा ठूला कुलाबाट भारतीय पक्षले...
-
२०७६ मङ्सिर १३, शुक्रबार
खानेपानी र कृषि कार्यालयमा अझै कर्मचारी अपुग
प्रदेश सरकारमातहत रहेका डडेल्धुराका अधिकांश कार्यालयमा अझै कर्मचारीको अभाव रहेको छ । कर्मचारीको अभाव हुँदा सेवाग्राहीले सहजै सेवा पाउन सकिरहेका छैनन् । जिल्लास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कृषि ज्ञान केन्द्र र भेटेरेनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रमा कर्मचारीको अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुरामा १३ कर्मचारीको दरबन्दी रहेकामा...
-
२०७६ मङ्सिर १३, शुक्रबार
मध्य पहाडमा पाइने सालक सिरहामा भेटियो
सिरहाको सुखीपुरमा फेला परेको मध्यपहाडी क्षेत्रमा मात्र पाइने अनौठो जनावर सालक वन कार्यालयको जिम्मा लगाइएको छ । सुखीपुर नगरपालिका–१० निवासी कारी साहको करेसाबारीमा बिहीबार साँझ फेला परेको सालक डिभिजन वन कार्यालय लहानलाई जिम्मा लगाएको हो । झट्ट हेर्दा यो जीव अनौठो र तराई मधेशमा कहिले नदेखिएको र कसैलाई नाम पनि थाहा नभएको सो जनावर रौँ हेर्दा गोहीजस्तो देखिन्छ । उक्त जनावर सालक भएको डिभिजन वन कार्यालय...
-
२०७६ मङ्सिर १३, शुक्रबार
अधिकार दिए, पैसा दिएनन् विकास निर्माणका काम गर्न बजेट माग्दै स्थानीय सरकार
विकास निर्माणका काम बजेट अभावले पूरा गर्न मुस्किल भएपछि जाजरकोटका जनप्रतिनिधि सङ्घीय सरकारको ढोका घचघच्याउन बाध्य भएका छन् । जिल्लाका स्वास्थ्य संस्था, खानेपानी, विद्युत् र सडक निर्माण गर्नका लागि स्थानीय तहका प्रमुख सङ्घीय सरकारसँग बजेट माग गरेका हुन् । स्थानीय तहले काम तीव्रताका साथ गर्नका लागि बोलपत्र आह्वान गरिसकेको तर सङ्घीय सरकारले पठाउनुपर्ने बजेट नपठाउँदा काम अवरुद्ध भएपछि उनीहरु बजेट...
-
२०७६ मङ्सिर १३, शुक्रबार
टुँडिखेल खुला गर्नुपर्नेमा कामपा सकारात्मक
काठमाडौँ महानगरपालिकाले टुँडिखेल खुला गर्नुपर्छ भन्ने अभियान सकारात्मक रहेको स्पष्ट पारेको छ । टुँडिखेलको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई जीवन्त राखी संरक्षण र खुला बनाउने दायित्व महानगरपालिकाको नै रहेको जनाइएको छ । करीब दुई हप्तादेखि सम्पदा संरक्षण अभियानकर्मीले ‘अकुपाईँ टुँडिखेल अभियान’ सञ्चालन गर्दै विभिन्न दबाबमूलक कार्यक्रम गरिरहँदा महानगरपालिकाले यस्तो जनाएको हो । रासससँग कुरा गर्दै...
-
२०७६ मङ्सिर १३, शुक्रबार
नेपाली सेनाद्वारा सामुदायिक विपद् प्रतिकार्य तालीम
विपद् परेको अवस्थामा समुदायमा रहेका साधारण जनतालाई प्रयोग गरी घाइतेको उद्धार गर्न दक्ष बनाउने उद्देश्यसहित कृष्णदल गण चापाघाट व्यारेकले विपद् प्रतिकार्य तालीम प्रदान गरेको छ । कृष्णदल गणले चार वटा विपद्का घटनालाई प्राथमिकतामा राखेर सामुदायिक विपद् प्रतिकार्य तालीम प्रदान गरेको हो । सडक दुर्घटना, बाढीपहिरो, भूकम्प र आगलागीका घटना न्यूनीकरणका लागि स्थानीय समुदायको सहभागिता वृद्धि गर्न जिल्लाका सात...
-
२०७६ मङ्सिर १३, शुक्रबार
सुस्ताको अतिक्रमित भूमि फिर्ताको पहल गर्न माग
पश्चिम नवलपरासीको सुस्तास्थित भारतबाट अतिक्रमित भूमि फिर्ताको पहल गर्न सुस्तावासीले माग गरेका छन् । कालापानी, लिम्पियाधुरामा अतिक्रमित भूमि फिर्ताको माग भइरहँदा सुस्ताको समस्या ओझेलमा परेको उनीहरुको गुनासो छ । सरकारले कूटनीतिक तथा राजनीतिक माध्यमबाट सुस्तासहित मिचिएको सबै नेपाली भूमि फिर्ताका लागि पहल गर्नुपर्ने सुस्तावासीले माग गरेका हुन् । मिचिएको भूमि फिर्ताका लागि अहिले सम्पूर्ण नेपाली एकजुट...
-
२०७६ मङ्सिर १३, शुक्रबार
उपराष्ट्रपतिद्वारा नुवाकोटको पर्यटकीयस्थलको भ्रमण
उपराष्ट्रपति नन्दबहादुर पुनले नुवाकोटका विभिन्न धार्मिक एवम् पर्यटकीयस्थलको भ्रमण तथा अवलोकन गर्नुभएको छ । काठमाडौँको सुन्दरीजल, सिन्धुपाल्चोक हुँदै नुवाकोटको चिसापानीसम्म आइपुग्नुभएका उपराष्ट्रपति पुनले बिहीबार नुवाकोटको शिवपुरी, पञ्चकन्या, दुप्चेश्वरलगायत गाउँपालिकाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुभएको हो । अवलोकनका क्रममा उपराष्ट्रपति पुनले यस क्षेत्रलाई हाइकिङ, पदमार्ग एवं...


