relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ मङ्सिर १७, मंगलबार

    महाकालीको बगरमा पुरिँदै मुख्य सीमास्तम्भ

    चार वर्षअघि महाकाली नदीमा आएको बाढीका कारण ढलेको मुख्य स्मास्तम्भ जीर्णोद्धार नहुँदा बगरमा पुरिँदै गएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेटी क्षेत्रमा पर्ने महाकाली नदीको बगरमा रहेको नेपाल–भारत मुख्य सीमास्तम्भ नं ८१३ विगत चार वर्षदेखि बगरमा अलपत्र अवस्थामा रहेको छ । “नेपाल र भारतका सीमा सुरक्षाकर्मी यहाँ आएर सीमास्तम्भको निगरानी राख्ने गरेको भए पनि मर्मतका लागि कसैको ध्यान पुगेको छैन”,...

  • २०७६ मङ्सिर १७, मंगलबार

    प्रदेश नं १ मा सबैभन्दा बढी अपाङ्गता मोरङमा

    प्रदेश नं १ मा सबै किसिमका अपाङ्गता भएका व्यक्तिको सङ्ख्या ९४ हजार ६४० छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल प्रदेश नं १ समितिद्वारा अपाङ्गता भएका व्यक्तिको २८औँ अन्तरराष्ट्रिय दिवसको अवसरमा सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ मा कूल जनसङ्ख्या ४५ लाख ३४ हजार ९४३ रहेकामा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या दुई दशमलव शून्य आठ प्रतिशत रहेको जानकारी दिइएको छ । त्यसमा महिला ४२ हजार ६८१ र पुरुष...

  • २०७६ मङ्सिर १७, मंगलबार

    सागमा आज पन्ध्र खेल हँुदै, कुन खेल कहाँ

    नेपालले तेस्रो पटक आयोजना गर्ने मौका पाएको १३आँै दक्षिण एशियाली खेलकूद ९साग० अन्तर्गत आज काठमाडौँ र पोखरामा गरी १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स, ब्याडमिन्टन, साइक्लिङ, गल्फ, कराते, खोखो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथोलन र उसु खेलमा प्रतिस्पर्धा हुँदैछ । ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथलन पोखरामा हुनेछ भने बाँकी खेल काठमाडौँमा हुनेछ । भलिबल–...

  • २०७६ मङ्सिर १७, मंगलबार

    ‘भर्चुअल’ बन्दै सामुदायिक विद्यालय

    सूचना र प्रविधिले विश्वव्यापकता पाएको धेरैपछि नेपालका विद्यार्थीले बेला मौकामा कम्प्युटर, टेलिभिजन र प्रयोगशाला देख्न थालेका थिए । त्यस्ता साधन देखिँदा अनेक प्रश्नसहित विद्यार्थी झुम्मिन्थे । शिक्षकका लागि पनि यो नवीन विषय हुन्थ्यो तर अब शिक्षण पद्धतिमा सूचना तथा सञ्चार प्रविधिको पहुँच अनिवार्य र सहज भइसकेको छ । मुलुकका बहुदलीय व्यवस्थाको पुनःस्थापना भएका बखत शहरी तथा सीमित सार्वजनिक र निजी...

  • २०७६ मङ्सिर १७, मंगलबार

    बृहत् बुद्ध परिपथः लुम्बिनी पर्यटन विकासको आधार

    नेपाल सरकारले आउँदो अङ्ग्रेजी वर्षको शुरुआतसँगै शुरु गर्न लागेको नेपाल भ्रमण वर्ष २०२० र प्रदेश नं ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ प्रदेशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण हुने विश्वास गरिएको छ । लुम्बिनी भ्रमण वर्ष २०७६ र आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गर्दै प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सोमबार बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरेको सरोकारसँगको...

  • २०७६ मङ्सिर १७, मंगलबार

    चार हजार पुनःनिर्माण लाभग्राही थप

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ४२ हजार ७४२ गुनासो सम्बोधन सम्पन्न गरी चार हजार ६४४ पुनःनिर्माण लाभग्राही थप गरेको छ । प्राधिकरण कार्यकारी समितिको सोमबारको बैठकले छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त गुनासो विश्लेषणपछि ती भूकम्प प्रभावितलाई लाभग्राही कायम गरेको हो । कार्यकारी समितिले ४१० जनालाई सम्भावित लाभग्राही र दुई हजार ६०९ जनालाई प्रबलीकरण लाभग्राही कायम गरेको छ । त्यसैगरी ३५ हजार ७९...

  • २०७६ मङ्सिर १७, मंगलबार

    विद्यालय भवन हस्तान्तरण

    बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित सरस्वती आधारभूत विद्यालयमा निर्माण गरिएको नयाँ भवन सोमबार विद्यालयलाई हस्तान्तरण गरिएको छ । जापानी अन्तरराष्ट्रिय सहयोग नियोग ९जाइका०को ऋण सहयोगमा नेपाल सरकार, जिल्ला आयोजना कार्यान्वयन एकाइ ९शिक्षा० ले रु एक करोड ४० लाख लागतमा बनाएको चारकोठे बहुविपद् प्रतिरोधी भवन प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले विद्यालयलाई हस्तान्तरण गर्दै सामुदायिक विद्यालयमा...

  • २०७६ मङ्सिर १७, मंगलबार

    कृत्रिम हातखुट्टा पाउँदा सबै दङ्ग

    मोरङ, पथरी–३ का १९ वर्षीय चन्द्र दर्जीले एक वर्षअघि करेन्ट लागेर दाहिने हात गुमाउनुप¥यो । झापाको अर्जुनधारा जलेश्वरधाममा निःशुल्करूपमा कृत्रिम हात प्रत्यारोपण गर्न पाउँदा उहाँले हर्षको आँशु खसाउनुभयो । सत्तरी वर्षको बुढ्यौलीमा बागलुङ नगरपालिका–३ का रेवतीरमण पौडेलले पनि अर्जुनधाराधाममा कृत्रिम खुट्टा लगाउनुभएको छ । भारतको नागाल्याण्डमा रोजगारीका सिलसिलामा काम गर्दा २५ वर्षअघि गाडी दुर्घटनामा परेर...

  • २०७६ मङ्सिर १७, मंगलबार

    नेकपा डडेल्धुराले तोक्यो सातै स्थानीय तहमा इञ्चार्ज

    नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० डडेल्धुराले जिल्लाका सातै स्थानीय तहमा इञ्चार्ज तोकेको छ । पार्टीको जिल्ला सचिवालयको बैठकले दुई नगरपालिका र पाँच गाउँपालिकामा इञ्चार्ज तोकेको हो । नेकपा डडेल्धुराले सोमबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी परशुराम नगरपालिकामा हरिप्रसाद भट्ट र अमरगढी नगरपालिकामा करुणाकर ओझालाई इञ्चार्ज तोकिएको जानकारी दिएको छ । त्यस्तै नवदुर्गा गाउँपालिकामा लक्ष्मी धिक्त,...

  • २०७६ मङ्सिर १७, मंगलबार

    पशुको लादी व्यवस्थापनको उपाय बायोग्यास

    मासुका लागि प्रयोग गरिने जनावरबाट निस्कने दिसाजन्य फोहरबाट बायोग्यास उत्पादन गर्न सके काठमाडौँ उपत्यकामा वातावरण प्रदूषण कम गर्न सकिने विज्ञको सुझाव छ । काठमाडौँ उपत्यकालाई प्रदूषण पार्ने तत्वमध्ये मासुजन्य वस्तुबाट निस्कने फोहर पनि मुख्यरूपमा रहेकाले यसको व्यवस्थितरूपमा व्यवस्थापन गर्नुपर्ने विज्ञ बताउँछन् । काठमाडौँ उपत्यकामा मात्रै दैनिक ८०० राँगाभैँसी बध गर्ने गरिएको छ । यहाँ एउटा...

  • २०७६ मङ्सिर १६, सोमबार

    रक्षाको समीक्षा वित्तीय प्रगति कमजोर

    रक्षा मन्त्रालयमातहत सञ्चालित विकास कार्यक्रम तथा आयोजनामा भौतिक प्रगतिको तुलनामा वित्तीय प्रगति कमजोर देखिएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आइतबार बसेको आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालित विकास कार्यक्रम तथा आयोजनाहरूको पहिलो चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तर विकास समस्या समाधान समितिको बैठकमा मातहतका निकायबाट सञ्चालित कार्यक्रम र आयोजना प्रगतिबारेमा गहन...

  • २०७६ मङ्सिर १६, सोमबार

    जिल्ला अस्पताल भवन निर्माणमा ढिलाइ, चिकित्सक पनि अपुग

    भौतिक पूर्वाधारको अभावमा पर्याप्त सेवा दिन नसकेको जाजरकोट जिल्ला अस्पताल निर्माणको बोलपत्र रद्द भएपछि काम रोकिएको छ । गत असार २ गते नयाँ भवन निर्माणका लागि बोलपत्र आह्वान गरिएकामा खरीद ऐन संशोधनका कारण रद्द गरिएको छ । अस्पताल निर्माणका लागि विस्तृत योजना प्रतिवेदन तयार भई करिब रु ३३ करोडको लागतमा भवन निर्माणका लागि शहरी विकास मन्त्रालयको सङ्घीय आयोजना कार्यान्वयन एकाइ, सुर्खेतले जिल्ला अस्पतालको...

Pages