राष्ट्रिय
-
२०७६ मङ्सिर १३, शुक्रबार
हिमाली भेगमा हिमपात
जिल्लाका उच्च हिमाली भेगमा हिमपात भएको छ । हिमाली भेगमा हिमपात शुरु भएसँगै जिल्लामा चिसो बढेको छ । हिमपात बिहीबार साँझदेखि शुरु भएको हो । हिमाली भेगमा हिमपातसँगै तल्लो क्षेत्रमा पानी पर्न थालेको छ । असोजपछि पहिलोपटक पानी पर्न थालेको हो । आकाशको पानीले खेती गर्नु पर्ने हुँदा किसानले हालसम्म पनि पाखो जमीनमा हिउँदे खेती गरेका छैनन् । पानी पर्न थालेपछि किसानलाई केही आश थपिएको कृषि ज्ञान केन्द्र...
-
२०७६ मङ्सिर १३, शुक्रबार
सरकारसँग भएको सहमति कार्यान्वयन गर्न थाल्यौँः चितवन मेडिकल कलेज
चितवन मेडिकल कलेजले सरकारसँग भएको सहमतिअनुसार बढी लिइएको रकम फिर्ता वा समायोजन गर्ने प्रक्रिया शुरु गरेको जनाएको छ । कलेजले बिहीबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी मङ्सिर १० गते शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको अध्यक्षतामा मेडिकल कलेजका सञ्चालकसहितको बैठकपछि भएका सहमति कार्यान्वयन प्रक्रियाअन्तर्गत बढी लिइएको शुल्क फिर्ता वा समायोजनको प्रक्रिया शुरु गरेको जनाएको हो । कलेजका अध्यक्ष एवं...
-
२०७६ मङ्सिर १३, शुक्रबार
पनौती विश्व सम्पदामा सूचीकृत हुने
ऐतिहासिक, धार्मिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ । युनेस्कोद्वारा प्रस्तावित पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने काम तीव्र गतिमा अघि बढिरहेकोसमेत नगरपालिकाले जनाएको छ । पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य अघि बढाइएपछि युनेस्कोका नेपाल प्रतिनिधि क्रिष्टियन मनहर्टले हालै पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाको अवलोकन गर्दै पनौती नगर...
-
२०७६ मङ्सिर १३, शुक्रबार
खानेपानी र कृषि कार्यालयमा अझै कर्मचारी अपुग
प्रदेश सरकारमातहत रहेका डडेल्धुराका अधिकांश कार्यालयमा अझै कर्मचारीको अभाव रहेको छ । कर्मचारीको अभाव हुँदा सेवाग्राहीले सहजै सेवा पाउन सकिरहेका छैनन् । जिल्लास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कृषि ज्ञान केन्द्र र भेटेरेनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रमा कर्मचारीको अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुरामा १३ कर्मचारीको दरबन्दी रहेकामा...
-
२०७६ मङ्सिर १२, बिहिबार
राज्यमन्त्री लाई चलचित्र संघको बधाई
प्रधानमन्त्री के.पी.शर्मा ओलीबाट केहि दिन अगाडि गरिएको मन्त्री मण्डलको पुनर्गठनमा शहरी राज्यमन्त्री नियुक्त भएका रामबीर मांनन्धरलाई नेपाल चलचित्र संघले एउटा कार्यक्रम आयोजना गरी बधाइ ज्ञापन गरिएको छ । संघका कार्यवाहक अदयक्ष्य बसन्त कुंमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा मन्त्री मांनन्धरले आफु पनि एक चलचित्रकर्मि भएकोले आफु सधै यो क्षेत्रको विकास र संम्बद्र्धनमा लाग्ने कुरा...
-
२०७६ मङ्सिर १२, बिहिबार
नरैनापुरमा ‘झोले चिकित्सक’को दबदबा
स्वास्थ्यचौकीमा चिकित्सक नहुनु र भए पनि उपचारका लागि चाहिने प्रविधि र औषधि अभाव हुँदा गाउँमा ‘झोले चिकित्सक’को दबदबा कायम छ । पैतालीस हजार जनसङ्ख्या रहेको नरैनापुर गाउँपालिकामा छ स्वास्थ्यचौकी छन्, तर औषधिको अभाव भने सधैँ भइरहन्छ । नरैनापुरका गाउँहरुमा ‘झोले चिकित्सक’ले स्वास्थ्य सुविधा धानिरहेका छन् । ‘झोले चिकित्सक’कै उपचारका कारण वर्षेनी ज्यान गुमाउनेको सङ्ख्या धेरै छ । गाउँमा कोही बिरामी...
-
२०७६ मङ्सिर १२, बिहिबार
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको ८४ प्रतिशत काम सकियो ः सन् २०२० को मार्चभित्रै सञ्चालनको तयारी
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको अवस्थामा छ । अहिले यो विमानस्थलको ८४ दशमलव २५ प्रतिशत निर्माणको काम सकिएको छ । टर्मिनल भवन फिनिसिङ, प्राविधिक उपकरण जडानलगायतका बाँकी काम धमाधम भइरहेको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा यो विमानस्थल सञ्चालन गर्ने गरी पूर्वाधार निर्माणको काम तीव्रगतिमा भइरहेको छ ।...
-
२०७६ मङ्सिर १२, बिहिबार
पर्यटन वर्ष २०२० लाई सफल बनाउन समिति गठन
पर्यटन वर्ष २०२० लाई भव्यरूपमा सफल बनाउन सिरहामा पर्यटन वर्ष २०२० जिल्ला समन्वय समिति गठन गरिएको छ । अशोकलाल अमात्यको संयोजकत्वमा गठित २६ सदस्यीय समितिको सदस्यमा सचिदानन्द चौधरी, राजेशकुमार गुप्ता, जिवछ यादव, सुरेन्द्र कामती, सन्तोष चौधरी, श्यामकुमार गुप्ता, रामसेवक यादव, श्यामनन्द यादव, प्रदीपकुमार गुप्ता, नवीनकुमार यादव, विद्यानन्द गिरी, विशाल साह सुडी, राजेश चौधरी, नविता यादव, जगदीश महतो,...
-
२०७६ मङ्सिर १२, बिहिबार
दुर्घटना न्यूनीकरणका लागि विद्यालयका चालकलाई ज्याकेट अनिवार्य
राजमार्गमा हुने दुर्घटना न्यूनीकरणका लागि विद्यालयका सवारी साधन चालक र सहचालकलाई टल्कने ९फ्लोरसेन्ट० ज्याकेट अनिवार्य गरिएको छ । आगामी आइतबारदेखि लागू हुनेगरी गैँडाकोट क्षेत्रका विद्यालयका सवारी साधन चलाउने चालक र सहचालकलाई एउटै प्रकारको फ्लोरसेन्ट ज्याकेट अनिवार्य गरिएको हो । दुर्घटना न्यूनीकरणका लागि विद्यालयका सवारी साधनबाट काम शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी...
-
२०७६ मङ्सिर १२, बिहिबार
भटमास दिँदै ढिके नुन लिँदै
जिल्लाका किसानले धान भित्र्याइसकेपछि अहिले भटमास बिक्री गर्ने होडबाजी चलेको छ । किसानले आफूले उत्पादन गरेका भटमास बिक्रीका लागि यहाँका प्रमुख बजार दिपायल, पिपल्ला, सिलगढी, बिपीनगर, मौवा, सुवाखानलगायतका ठाउँमा धाउने गरेका छन् । किसानले भटमास नगदमा बिक्री गर्नेभन्दा पनि ढिके नुनसँग साट्ने गरेका छन् । जिल्लाका अधिकांश गाउँँका कृषक भटमाससँग ढिके नुन साट्न व्यापारीकहाँ धाउन थालेको बडिकेदार गाउँपालिका–...
-
२०७६ मङ्सिर १२, बिहिबार
मतदाता परिचयपत्र वितरण शुरु
उपनिर्वाचन हुने बैतडीका तीन वडामा आजदेखि मतदाता परिचयपत्र वितरण शुरु गरिएको छ । दोगडाकेदार गाउँपालिका–४, सुर्नया गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–४ मा मङ्सिर १४ गते उपनिर्वाचन हँुदैछ । उपनिर्वाचनका लागि तोकिएका मतदानस्थलबाट आज र भोलि दुई दिन मतदाता परिचयपत्र वितरण गर्ने बैतडीका निर्वाचन अधिकारी माधव फुँयालले जानकारी दिनुभयो । दोगडाकेदार गाउँपालिका–४ मा केदार मावि पिपलकोट र हुनैनाथ आधारभूत...
-
२०७६ मङ्सिर १२, बिहिबार
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे आज बिहान १० बजे सो केन्द्रले जारी गरेको प्रेस विज्ञप्तिमा उहाँलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको उल्लेख छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि यही मङ्सिर...


