राष्ट्रिय
-
२०७६ मङ्सिर १८, बुधबार
गाउँभरि मौरीपालन
गलकोट नगरपालिका–९ मल्म, बरेखानीका किसान मित्रलाल गौतमको घरमा १० घार मौरी छन् । एक घारमा वर्षको १५ किलोसम्म मह उत्पादन हुन्छ । एक किलो महको मूल्य रु एक हजार ५०० छ । गौतमले झैँ बरेखानीका सबै किसानले मौरी पालेका छन् । मह बेचेर यहाँका किसानले वार्षिक रु दुई लाखसम्म कमाउँछन् । स्वस्थ र स्वादिलो भएकाले महको माग बढी छ । गाउँघरमा खपत भएर रहेको मह किसानले बजार पु¥याउँछन् । “मौरीपालन यहाँको पुरानै पेशा हो...
-
२०७६ मङ्सिर १८, बुधबार
महतोको बाहिर निक्लिने सपना पूरा
सप्तरीको राजविराज नगरपालिका–१ का विन्देश्वर महतोको घरबाट बाहिर निक्लिने सपना मङ्गलबार साकार भएको छ । पक्षघातका कारण दुवै खुट्टा नचल्ने भएपछि विगत १० वर्षदेखि घरमै थन्किनुभएका ६५ वर्षीय महतोको बाहिर घुम्ने सपना ह्विल चियर पाएपछि पूरा भएको हो । ‘दिगो विकासको लक्ष्य, अपाङ्गतामैत्री भविष्य’ मूल नारासहित २८औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा राजविराजमा आयोजित एक कार्यक्रममा महतोले ह्विल चियर...
-
२०७६ मङ्सिर १८, बुधबार
गाउँभरि मौरीपालन
गलकोट नगरपालिका–९ मल्म, बरेखानीका किसान मित्रलाल गौतमको घरमा १० घार मौरी छन् । एक घारमा वर्षको १५ किलोसम्म मह उत्पादन हुन्छ । एक किलो महको मूल्य रु एक हजार ५०० छ । गौतमले झैँ बरेखानीका सबै किसानले मौरी पालेका छन् । मह बेचेर यहाँका किसानले वार्षिक रु दुई लाखसम्म कमाउँछन् । स्वस्थ र स्वादिलो भएकाले महको माग बढी छ । गाउँघरमा खपत भएर रहेको मह किसानले बजार पु¥याउँछन् । “मौरीपालन यहाँको पुरानै पेशा हो...
-
२०७६ मङ्सिर १८, बुधबार
होर्डिङ बोर्ड हटाउन कामपाको चासो
काठमाडौँ महानगरपालिकाले नियम विपरीत शहरलाई कुरूप बनाई राखिएका होर्डिङ बोर्ड हटाउनका लागि चासो देखाएको छ । अदालतको आदेशानुसार कामपाले पछिल्लो समय यस कार्यमा सक्रियता देखाएको हो । विज्ञापन होर्डिङ बोर्ड, भित्तेलेखन, भित्तामा टाँसिएको पोस्टरलगायत सामग्री नहटाएको भन्दै महानगरपालिकाविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता भएको थियो । कामपाका प्रवक्ता ईश्वर डङ्गोलका अनुसार हटाउनका लागि गत सोमबार सात...
-
२०७६ मङ्सिर १८, बुधबार
आइएफआरसीको महासचिव पदमा चापागाईं चयन
विश्वको सर्वोच्च मानवीय संस्था रेडक्रस तथा रेडक्रिसियन्ट सोसाइटी महासङ्घ आइएफआरसीको महासचिव पदमा जगन चापागाईं छानिनुभएको छ । उहाँले १ फेब्रुअरी २०२० देखि आफ्नो चार वर्षको कार्यकाल शुरुआत गर्नुहुनेछ । विगत २५ वर्षदेखि रेडक्रस अभियानमा निरन्तर क्रियाशील इन्जिनीयर चापागार्इं सो पदमा पुग्ने पहिलो नेपाली हुनुहुन्छ । देशीय रेडक्रसको विश्व छाता सङ्गठनलाई आइएफआरसी भनिन्छ । नेपाल रेडक्रस सोसाइटीसहित...
-
२०७६ मङ्सिर १८, बुधबार
दलित पत्रकारद्वारा बजेटबारे स्थानीय सरकारसँग छलफल गर्ने
राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपाल काठमाडौँ उपत्यका समन्वय कमिटीले नीति तथा कार्यक्रम र बजेटमा दलित समुदाय विषयमा स्थानीय सरकारसँग बहस सञ्चालन गर्ने भएको छ । काठमाडौँ उपत्यका समन्वय कमिटीका अध्यक्ष सुशील दर्नालको अध्यक्षतामा मङ्गलबार काठमाडौँमा सम्पन्न बैठकले स्थानीय सरकारको नीति तथा कार्यक्रम र बजेटमा दलित समुदायलाई समेत समावेश गराउने उद्देश्यले कम्तीमा महिनामा एक दिन स्थानीय तहका...
-
२०७६ मङ्सिर १८, बुधबार
समयमै पुस्तक नआउँदा दृष्टिविहीनलाई समस्या
सामान्य विद्यार्थीहरुको पुस्तक वैशाखमै आइपुग्छन् तर फरक क्षमता भएका दृष्टिविहीन विद्यार्थीका लागि पुस्तक आउन ढिलाइ हुन्छ । पुस्तक आउन ढिलाइ हुँदा पठनपाठनमा समस्या हुने गरेको तुलसीपुरको गुरुजजुर माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थी रामप्रसाद विकले बताउनुभयो । “अन्य सामान्य विद्यार्थीको पुस्तक समयमै आउँछ”, उहाँले भन्नुभयो, “तर हामी दृष्टिविहीनका लागि पुस्तक ढिला आउँछ ।” यसरी पुस्तक आउन ढिलो हुँदा...
-
२०७६ मङ्सिर १७, मंगलबार
पशुको लादी व्यवस्थापनको उपाय बायोग्यास
मासुका लागि प्रयोग गरिने जनावरबाट निस्कने दिसाजन्य फोहरबाट बायोग्यास उत्पादन गर्न सके काठमाडौँ उपत्यकामा वातावरण प्रदूषण कम गर्न सकिने विज्ञको सुझाव छ । काठमाडौँ उपत्यकालाई प्रदूषण पार्ने तत्वमध्ये मासुजन्य वस्तुबाट निस्कने फोहर पनि मुख्यरूपमा रहेकाले यसको व्यवस्थितरूपमा व्यवस्थापन गर्नुपर्ने विज्ञ बताउँछन् । काठमाडौँ उपत्यकामा मात्रै दैनिक ८०० राँगाभैँसी बध गर्ने गरिएको छ । यहाँ एउटा...
-
२०७६ मङ्सिर १७, मंगलबार
स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या
तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित धरमपानी स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सर्वसाधारणको उपचारमा समस्या परेको छ । समायोजनका क्रममा दुई महिनाअघि अन्यत्र गएका र सरुवा भएर आउनुपर्ने स्वास्थ्यकर्मी नआएका कारण कर्मचारीको अभाव भएको हो । स्वास्थ्यचौकीका प्रमुख सिनिअर अहेव धर्मराज बढुले स्वास्थ्यकर्मीको अभावमा सेवा दिन असहज भएको बताउनुभयो । दैनिक १५ देखि २० सर्वसाधारण उपचार सेवा लिन आउने...
-
२०७६ मङ्सिर १७, मंगलबार
पूँजीगत खर्च हुन सकेन
जिल्लाको विकासका लागि प्रदेश सरकारले विनियोजन गरेको बजेटमध्ये चालू आर्थिक वर्षको पहिलो चार महिनामा १ दशमलव ९४ प्रतिशत मात्र खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनका अनुसार प्रदेश सरकारले जिल्लाको विकासका लागि विनियोजन गरेको रु दुई अर्ब पाँच करोड १२ लाख ५८ हजारमध्ये प्रथम चौमासिकमा जम्मा रु तीन करोड ९७ लाख ४९ हजार ६३७ खर्च भएको हो । कार्यालयका कोष नियन्त्रक शरदचन्द्र शर्मा भट्टराईका...
-
२०७६ मङ्सिर १७, मंगलबार
राहतको आशमा पाँच महिना बित्यो
बाढी, पहिरोले घरखेत बगाएको पाँच महिना पूरा भए पनि पीडितले अझै राहत पाउन नसकेको गुनासो गरेका छन् । गत असार २८ गते मुड्केचुला गाउँपालिका–१ काँशिला खोला डोल्पामा आएको बाढीले यहाँका स्थानीयवासीको घरखेत, खानेपानी र विद्युत् बगाएपछि समस्यामा परेका स्थानीयवासीले अझै राहत पाउन सकेका छैनन् । पहिरोका कारण यहाँका ११ घरपरिवारको थाकथलो नामनिसान नरहने गरी उठेबास बनाएको थियो । तीन गाउँको खानेपानी, विद्युत्...
-
२०७६ मङ्सिर १७, मंगलबार
महासचिव गुटेरर्सद्वारा जलवायु परिवर्तनको क्षेत्रमा व्यापकपरिवर्तन हुने गरी काम गर्न आह्वान
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरर्सले छिटो र गम्भिर तरिकाले सोचेर जलवायु परिवर्तनको क्षेत्रमा आमूल परिवर्तन हुने गरी काम गर्न विश्व जगतलाई आह्वान गर्नुभएको छ । स्पेनको म्याड्रिडमा सोमबारदेखि शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २५औँ सम्मेलन ९कोप–२५० को उद्घाटन सत्रमा उहाँले सो आह्वान गर्नुभएको हो । महासचिव एन्टोनियो गुटेरर्सले...


