राष्ट्रिय
-
२०७६ मङ्सिर १७, मंगलबार
चार हजार पुनःनिर्माण लाभग्राही थप
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ४२ हजार ७४२ गुनासो सम्बोधन सम्पन्न गरी चार हजार ६४४ पुनःनिर्माण लाभग्राही थप गरेको छ । प्राधिकरण कार्यकारी समितिको सोमबारको बैठकले छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त गुनासो विश्लेषणपछि ती भूकम्प प्रभावितलाई लाभग्राही कायम गरेको हो । कार्यकारी समितिले ४१० जनालाई सम्भावित लाभग्राही र दुई हजार ६०९ जनालाई प्रबलीकरण लाभग्राही कायम गरेको छ । त्यसैगरी ३५ हजार ७९...
-
२०७६ मङ्सिर १७, मंगलबार
विद्यालय भवन हस्तान्तरण
बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित सरस्वती आधारभूत विद्यालयमा निर्माण गरिएको नयाँ भवन सोमबार विद्यालयलाई हस्तान्तरण गरिएको छ । जापानी अन्तरराष्ट्रिय सहयोग नियोग ९जाइका०को ऋण सहयोगमा नेपाल सरकार, जिल्ला आयोजना कार्यान्वयन एकाइ ९शिक्षा० ले रु एक करोड ४० लाख लागतमा बनाएको चारकोठे बहुविपद् प्रतिरोधी भवन प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले विद्यालयलाई हस्तान्तरण गर्दै सामुदायिक विद्यालयमा...
-
२०७६ मङ्सिर १७, मंगलबार
कृत्रिम हातखुट्टा पाउँदा सबै दङ्ग
मोरङ, पथरी–३ का १९ वर्षीय चन्द्र दर्जीले एक वर्षअघि करेन्ट लागेर दाहिने हात गुमाउनुप¥यो । झापाको अर्जुनधारा जलेश्वरधाममा निःशुल्करूपमा कृत्रिम हात प्रत्यारोपण गर्न पाउँदा उहाँले हर्षको आँशु खसाउनुभयो । सत्तरी वर्षको बुढ्यौलीमा बागलुङ नगरपालिका–३ का रेवतीरमण पौडेलले पनि अर्जुनधाराधाममा कृत्रिम खुट्टा लगाउनुभएको छ । भारतको नागाल्याण्डमा रोजगारीका सिलसिलामा काम गर्दा २५ वर्षअघि गाडी दुर्घटनामा परेर...
-
२०७६ मङ्सिर १७, मंगलबार
नेकपा डडेल्धुराले तोक्यो सातै स्थानीय तहमा इञ्चार्ज
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० डडेल्धुराले जिल्लाका सातै स्थानीय तहमा इञ्चार्ज तोकेको छ । पार्टीको जिल्ला सचिवालयको बैठकले दुई नगरपालिका र पाँच गाउँपालिकामा इञ्चार्ज तोकेको हो । नेकपा डडेल्धुराले सोमबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी परशुराम नगरपालिकामा हरिप्रसाद भट्ट र अमरगढी नगरपालिकामा करुणाकर ओझालाई इञ्चार्ज तोकिएको जानकारी दिएको छ । त्यस्तै नवदुर्गा गाउँपालिकामा लक्ष्मी धिक्त,...
-
२०७६ मङ्सिर १७, मंगलबार
पशुको लादी व्यवस्थापनको उपाय बायोग्यास
मासुका लागि प्रयोग गरिने जनावरबाट निस्कने दिसाजन्य फोहरबाट बायोग्यास उत्पादन गर्न सके काठमाडौँ उपत्यकामा वातावरण प्रदूषण कम गर्न सकिने विज्ञको सुझाव छ । काठमाडौँ उपत्यकालाई प्रदूषण पार्ने तत्वमध्ये मासुजन्य वस्तुबाट निस्कने फोहर पनि मुख्यरूपमा रहेकाले यसको व्यवस्थितरूपमा व्यवस्थापन गर्नुपर्ने विज्ञ बताउँछन् । काठमाडौँ उपत्यकामा मात्रै दैनिक ८०० राँगाभैँसी बध गर्ने गरिएको छ । यहाँ एउटा...
-
२०७६ मङ्सिर १७, मंगलबार
स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या
तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित धरमपानी स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सर्वसाधारणको उपचारमा समस्या परेको छ । समायोजनका क्रममा दुई महिनाअघि अन्यत्र गएका र सरुवा भएर आउनुपर्ने स्वास्थ्यकर्मी नआएका कारण कर्मचारीको अभाव भएको हो । स्वास्थ्यचौकीका प्रमुख सिनिअर अहेव धर्मराज बढुले स्वास्थ्यकर्मीको अभावमा सेवा दिन असहज भएको बताउनुभयो । दैनिक १५ देखि २० सर्वसाधारण उपचार सेवा लिन आउने...
-
२०७६ मङ्सिर १७, मंगलबार
पूँजीगत खर्च हुन सकेन
जिल्लाको विकासका लागि प्रदेश सरकारले विनियोजन गरेको बजेटमध्ये चालू आर्थिक वर्षको पहिलो चार महिनामा १ दशमलव ९४ प्रतिशत मात्र खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनका अनुसार प्रदेश सरकारले जिल्लाको विकासका लागि विनियोजन गरेको रु दुई अर्ब पाँच करोड १२ लाख ५८ हजारमध्ये प्रथम चौमासिकमा जम्मा रु तीन करोड ९७ लाख ४९ हजार ६३७ खर्च भएको हो । कार्यालयका कोष नियन्त्रक शरदचन्द्र शर्मा भट्टराईका...
-
२०७६ मङ्सिर १७, मंगलबार
राहतको आशमा पाँच महिना बित्यो
बाढी, पहिरोले घरखेत बगाएको पाँच महिना पूरा भए पनि पीडितले अझै राहत पाउन नसकेको गुनासो गरेका छन् । गत असार २८ गते मुड्केचुला गाउँपालिका–१ काँशिला खोला डोल्पामा आएको बाढीले यहाँका स्थानीयवासीको घरखेत, खानेपानी र विद्युत् बगाएपछि समस्यामा परेका स्थानीयवासीले अझै राहत पाउन सकेका छैनन् । पहिरोका कारण यहाँका ११ घरपरिवारको थाकथलो नामनिसान नरहने गरी उठेबास बनाएको थियो । तीन गाउँको खानेपानी, विद्युत्...
-
२०७६ मङ्सिर १७, मंगलबार
महासचिव गुटेरर्सद्वारा जलवायु परिवर्तनको क्षेत्रमा व्यापकपरिवर्तन हुने गरी काम गर्न आह्वान
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरर्सले छिटो र गम्भिर तरिकाले सोचेर जलवायु परिवर्तनको क्षेत्रमा आमूल परिवर्तन हुने गरी काम गर्न विश्व जगतलाई आह्वान गर्नुभएको छ । स्पेनको म्याड्रिडमा सोमबारदेखि शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २५औँ सम्मेलन ९कोप–२५० को उद्घाटन सत्रमा उहाँले सो आह्वान गर्नुभएको हो । महासचिव एन्टोनियो गुटेरर्सले...
-
२०७६ मङ्सिर १७, मंगलबार
केराबाट मःमः देखि सोमोसासम्म
सामान्यतया हामी केरा पाकेपछि छोडाएर खान्छौँ । केराको स्वाद लिन धेरै जानेको यो एउटा तरिका हो तर अहिले केराका अनेक उत्पादन बन्न थालिसकेका छन् । इलामको रोङ गाउँपालिका–६ सलकपुरका विकास राईले केराका ४० भन्दा बढी परिकार बनाएर बिक्री वितरण गरिरहनुभएको छ । गाउँपालिकाको सहयोगमा कैलालीमा गएर तालीम लिएर फर्किएका राईले गाउँमै उत्पादित केराबाट मःमः, समोसा, मिटवल, चिप्स, निम्की, जुस, वाइन, कपौडा, खीर, अचार,...
-
२०७६ मङ्सिर १७, मंगलबार
महाकालीको बगरमा पुरिँदै मुख्य सीमास्तम्भ
चार वर्षअघि महाकाली नदीमा आएको बाढीका कारण ढलेको मुख्य स्मास्तम्भ जीर्णोद्धार नहुँदा बगरमा पुरिँदै गएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेटी क्षेत्रमा पर्ने महाकाली नदीको बगरमा रहेको नेपाल–भारत मुख्य सीमास्तम्भ नं ८१३ विगत चार वर्षदेखि बगरमा अलपत्र अवस्थामा रहेको छ । “नेपाल र भारतका सीमा सुरक्षाकर्मी यहाँ आएर सीमास्तम्भको निगरानी राख्ने गरेको भए पनि मर्मतका लागि कसैको ध्यान पुगेको छैन”,...
-
२०७६ मङ्सिर १७, मंगलबार
प्रदेश नं १ मा सबैभन्दा बढी अपाङ्गता मोरङमा
प्रदेश नं १ मा सबै किसिमका अपाङ्गता भएका व्यक्तिको सङ्ख्या ९४ हजार ६४० छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल प्रदेश नं १ समितिद्वारा अपाङ्गता भएका व्यक्तिको २८औँ अन्तरराष्ट्रिय दिवसको अवसरमा सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ मा कूल जनसङ्ख्या ४५ लाख ३४ हजार ९४३ रहेकामा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या दुई दशमलव शून्य आठ प्रतिशत रहेको जानकारी दिइएको छ । त्यसमा महिला ४२ हजार ६८१ र पुरुष...


