STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ मङ्सिर १९, बिहिबार

    ‘मातृभाषा शिक्षालाई प्रभावकारी एवं व्यवस्थित बनाइनेछ’

    पाँचथरको फाल्गुनन्द गाउँपालिकाले मातृभाषा शिक्षालाई प्रभावकारी एवं व्यवस्थित बनाउनका लागि फाल्गुनन्द भाषा शिक्षालय निर्माण तथा सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष वीरबहादुर कुरुम्बाङले गाउँपालिकाको कार्यालय घुर्वीसेपञ्चमीमा बुधबार पदभार ग्रहण गर्दै सो निर्णय गर्नुभएको हो । अध्यक्ष कुरुम्बाङले मातृभाषाका शिक्षक उत्पादन गरी मातृभाषा शिक्षालाई प्रभावकारी एवं व्यवस्थित...

  • २०७६ मङ्सिर १९, बिहिबार

    मोहियानी हकसम्बन्धी निवेदनको टुङ्गो लगाउन बाँकी

    बाँकेमा अहिलेसम्म परेको ११ हजारभन्दा बढी जग्गाको सम्पूर्ण खाले मोहियानी हक दाबी निवेदनमध्ये करीब आठ हजार बढी फछ्र्यौट भइसकेको छ । नेपालगञ्जस्थित भूमिसुधार तथा मालपोत कार्यालयका अनुसार, अब झण्डै तीन हजार बढी मोहीसम्बन्धी निवेदनको टुङ्गो लगाउन बाँकी छ । सो कार्यालयले मोही छुट्याउन २०७४ भदौमा आह्वान गरेको एकवर्षे समयसीमा २०७५ भदौ ४ गते नै सकिएको थियो । अहिले पुनः२०७६ फागुन २९ गतेसम्मका लागि निवेदन...

  • २०७६ मङ्सिर १९, बिहिबार

    सहाराविहीन विद्यार्थीलाई विद्यालयमै खाने–बस्ने व्यवस्था

    रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ रुकुमकोटस्थित रुक्मिणी माध्यमिक विद्यालयले सहाराविहीन विद्यार्थीलाई विद्यायमै पढाउन थालेको छ । विभिन्न कारणले सहाराविहीन बनेका जिल्लाका १३ विद्यार्थीलाई विद्यालयमै राखेर पढाउन थालिएको हो । कक्षा १ देखि ९ सम्मका नियमित विद्यालय आउन नसक्ने सहाराविहीन विद्यार्थी छनोट गरेर विद्यालयले पठनपाठनका साथै खाने र बस्ने व्यवस्था पनि विद्यालयमै गरिदिएको विद्यालयले जनाएको छ ।...

  • २०७६ मङ्सिर १९, बिहिबार

    प्रधानमन्त्री निवास फिर्ता हुँदै

    प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि पूर्ण स्वास्थ्यलाभ गरेर त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन सस्थान मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट आज निवास फिर्ता हुँदै हुनुहुन्छ । उहाँ यही मङ्सिर १० गते एपेन्डिसाइटिसको शल्यक्रियाका निम्ति सेन्टर भर्ना हुनुभएको थियो । “सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली आज अपराह्न उक्त सेन्टरबाट...

  • २०७६ मङ्सिर १९, बिहिबार

    मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालन

    सुदूरपश्चिम प्रदेशमा कृषि व्यवसायलाई प्रतिस्पर्धी बनाई उत्पादनमा अभिवृद्धि गर्नका लागि ‘मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम’ सञ्चालन गरिएको छ । कार्यक्रमअन्तर्गत नमूना कृषिगाउँ स्थापनाका लागि कैलाली र कञ्चनपुरमा १५ स्थानीय तहलाई छनोट गरिएको छ । प्रत्येक स्थानीय तहमा बालीको छनोट गरी रु ५० लाखका दरले बजेटको व्यवस्था मिलाइएको छ । कृषि उपजको आन्तरिक माग पूर्ति गर्दै आयात प्रतिस्थापन...

  • २०७६ मङ्सिर १९, बिहिबार

    मुआब्जामाथि पुनःमूल्याङ्कन गर्नुपर्ने माग

    बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित आरुघाट, गोर्खा र विशालनगर खहरे धादिङ क्षेत्रमा निर्धारण गरिएको मुआब्जामाथि पुनःमूल्याङ्कन गर्नुपर्ने माग गरिएको छ । बूढीगण्डकी जलविद्युत् आयोजना सरोकार समितिको नेतृत्वमा पीडितहरुले उचित मुआब्जा निर्धारण गर्नुपर्ने र नभएमा रोक्का जग्गाको क्षतिपूर्तिसहित फिर्ता गर्नुपर्नेलगायत मागसहित आज माइतीघर मण्डलामा धर्नासमेत दिएका छन् । धर्नामा सहभागीहरुले ‘मुआब्जा...

  • २०७६ मङ्सिर १९, बिहिबार

    निकुञ्जमा जङ्गल सफारी खुला

     भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ । दुई वर्ष पहिले नै जङ्गल सफारी खुला गरिएको भए पनि अपेक्षाकृतरूपमा पर्यटक भित्र्याउन नसकेको निकुञ्जले भ्रमण वर्ष २०२० लाई लक्षित गरी जङ्गल सफारी खुला गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद श्रेष्ठले जानकारी दिनुभयो । प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज अथक, प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमुना...

  • २०७६ मङ्सिर १९, बिहिबार

    कालापानी विषय शुरुमा नै अन्तरराष्ट्रियकरण गरिएमा समस्या जटिल बन्छः दाहाल

    नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिला राजनीतिक र कूटनीतिक पहलबाट संवाद गरेर कालापानी सीमा समस्याको समाधान गर्ने कोशिश गर्नुपर्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपालद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले कालापानीको विषयलाई अन्तरराष्ट्रियकरण गर्न पाइँदैन, आवश्यक छैन भन्ने भाषामा आफूले नभनेको बताउँदै शुरुमा नै अन्तरराष्ट्रियकरण गरिएमा समस्या झन् जटिल बन्ने विचार...

  • २०७६ मङ्सिर १९, बिहिबार

    रानीपोखरीको जीर्णोद्धार गरेकामा सेनाको प्रशंसा

    नेपाली सेनाको ब्यारेकभित्र रहेको रानीपोखरीको जीर्णोद्धार गर्न नेपाली सेनाले अनुमति दिई सहयोग गरेको भन्दै भक्तपुर नगरपालिकाले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई मयूर झ्याल उपहार दिएको छ । नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा गएको नगरपालिकाको टोलीले जङ्गीअड्डामा बुधबार आयोजना भएको समारोहमा थापालाई विश्वमै आकर्षक मानिने कलात्मक मयूर झ्याल उपहार दिएको हो । भक्तपुर नगरपालिका–१...

  • २०७६ मङ्सिर १९, बिहिबार

    गुठीको समस्या चाँडै समाधान हुन्छ मन्त्री अर्याल

    भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गुठीको समस्या चाँडै नै सरकारले समाधान गर्ने बताउनुभएको छ । आज मन्त्रालयमा गुठी बचाऊ अभियानको ध्यानकर्षणपत्र बुझ्दै उहाँले गुठीको समस्या अब लामो समय नरहने बताउनुभयो । विगतको गुठी विधेयकमा पनि गुठी संस्थानले हेरेको राजगुठी, सरकारी र निजी तीनवटा गुठी व्यवस्थित गर्ने कुरामा मन्त्रालय केन्द्रित भएको भन्दै उहाँले निजी गुठी निजी...

  • २०७६ मङ्सिर १९, बिहिबार

    फिस्टुला रोगबारे अभिमुखीकरण

    महिलामा देखिएको फिस्टुला रोगको न्यूनीकरणका लागि महिला स्वास्थ्य स्वयंसेविकालाई ‘फिस्टुला रोग’बारे अभिमुखीकरण तालीम दिइएको छ । नारायण नगरपालिका स्वास्थ्य शाखाको समन्वय र साइनिङ अस्पतालको आयोजनामा शुरु भएको सो तालीममा नगरपालिकाभित्रका महिला स्वयंस्वसेविकाहरुको सहभागिता रहेको छ । फिस्टुला शरीरको कुनै पनि भित्री अङ्गमा पर्ने अनावश्यक प्वाल हो । महिलामा फिस्टुला बच्चा जन्माउँदा हुने जटिलताका कारण हुने...

  • २०७६ मङ्सिर १९, बिहिबार

    विद्यालय भवन बनेपछि पठनपाठन सहज

    तनहुँको भीमाद नगरपालिका–१ डुम्रीबेँसीस्थित शङ्कर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएपछि पठनपाठनमा सहजता आएको छ । पुरानो र जीर्ण भवनमा पठनपाठन हुँदै आएको यस विद्यालयको चारकोठे नयाँ भवन निर्माण सम्पन्न भएपछि विद्यार्थीलाई पठनपाठनमा सहज भएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत रु ७१ लाख ६१ हजार २६ को लागतमा भवन निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक यमबहादुर श्रेष्ठले जानकारी...

Pages