relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ मङ्सिर २२, आइतबार

    कालोपत्रको काम निर्धारित समय अगावै सम्पन्न हुने

    भोजपुर–टक्सार सडक कालोपत्रको कामले तीव्रता पाएको छ । शुरुआत भएको सात महिनामा ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ । समयमा काम सकिने आशा बढेको छ । वर्षौँसम्म धेरै योजना अलपत्र बनिरहेका उदाहरण धेरै छन् । भोजपुर सदरमुकामबाट टक्सार विमानस्थलसम्मको यो सडकखण्ड कालोपत्र १८ महिनामा सक्नुपर्ने सम्झौता भएको थियो । अहिले काम शुरु भएको सात महिनामै ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको पूर्वाधार विकास...

  • २०७६ मङ्सिर २२, आइतबार

    मुख्यमन्त्री पौडेलद्वारा खेलाडीको प्रशंसा

    प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दक्षिण एशियाली खेलकुद प्रतियोगिता९साग०मा नेपाली खेलाडीले गरेको प्रदर्शनको प्रशंसा गर्नुभएको छ । आज एक सन्देशमार्फत मुख्यमन्त्री पौडेलले नेपालले सागको शुरुआत अत्यन्तै सुखद ढङ्गले गरेको र नेपाली खेलाडीले राम्रो खेलेको उल्लेख गर्नुभएको छ । “हालसम्म पनि नेपाली खेलाडीहरुको प्रदर्शन अत्यन्तै सुखद् नै छ । विभिन्न विधामा विश्व कीर्तिमानसमेत राख्न सफल हुँदै...

  • २०७६ मङ्सिर २२, आइतबार

    लैङ्गिक हिंसा नियन्त्रण गर्न समन्वकारी काम गर्न आग्रह

    मानव बेचबिखन एवं लैङ्गिक हिंसा नियन्त्रण गर्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको छ । सोह्रदिने लैङ्गिक हिंसाविरुद्धको अवसरमा सुनगाभा सामुदायिक विकास केन्द्र रुपन्देहीद्वारा शनिबार आयोजित कार्यक्रममा मानव बेचबिखन एवं लैङ्गिक हिंसा नियन्त्रण गर्न सरकार तथा नागरिक समाजले समन्वयकारी काम गर्न आग्रह गरियो । कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्यालले लैङ्गिक हिंसा अन्त्य गर्न...

  • २०७६ मङ्सिर २२, आइतबार

    बिरुवा होइन, रुख रोप्ने गण्डकी प्रदेशको तयारी

    गण्डकी प्रदेश सरकारले वातावरण संरक्षण एवं हरियाली कायम राख्न रुख रोप्ने अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि १० फिटभन्दा बढी उचाइको विरुवा रोप्ने तयारी भएको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिनुभयो । पारिवारिक निजी वन सङ्घ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको शनिबार उद्घाटन गर्दै आर्थिक समृद्धि ल्याउन प्राकृतिक सोतसाधनलाई उपयोग गरिने तयारी छ...

  • २०७६ मङ्सिर २२, आइतबार

    अध्यक्ष शाहीद्वारा अलपत्र बालबालिकाको उद्धार

    जनप्रतिनिधिले विकास निर्माणमा मात्र होइन, मानवीय सेवामा तल्लीन हुनुपर्दछ । जिल्लाको स्वामिकार्तिक गाँउपालिका अध्यक्ष चिरञ्जीवी शाही गर्नुभएको मानवीय सेवा अन्यका लागि नमूना बनेको छ । अध्यक्ष शाहीले गाँउपालिका–१ साप्पाटामा आमाको मृत्युपछि अलपत्र बनेका तीन वर्षीय बालक देवदत्त लुवार र ट महिनाकी वसन्ती लुवारलाई संरक्षणको व्यवस्था मिलाउनुभएको छ । उहाँ आफँै ती बालबालिकालाई लिएर एसओएस बालग्राम धनगढीमा...

  • २०७६ मङ्सिर २२, आइतबार

    अब गाउँबस्तीमै विकास योजना सम्झौता

    यहाँका केही गाउँपालिकाले नयाँ तरिकाले विकास योजना सम्झौता शुरुआत गरेका छन् । यसक्रममा तेमाल गाउँपालिकाले अघिल्ला वर्षभन्दा फरक ढङ्गले गाउँमै पुगी स्थानीय उपभोक्तासँग विकासका योजना सम्झौताको अभियान शुरु गरेको छ । काभ्रेपलाञ्चोकको अन्य स्थानीय तहभन्दा फरक गतिविधिका साथ गाउँपालिकाले स्थानीयवासीका योजनासँग उनीहरुसँगै छलफल गरी गाउँबस्तीमै उपभोक्ता समितिसँग विकासका योजना सम्झौता शुरु गरेको हो ।...

  • २०७६ मङ्सिर २२, आइतबार

    पच्चीस जिल्ला अनुगमनमा तीन निरीक्षक

    औषधि व्यवस्था विभाग नेपालगञ्ज शाखामा पर्याप्त जनशक्ति नहुँदा प्रभावकारीरूपमा अनुगमन हुनसकेको छैन । जनशक्तिको अभावमा वजारमा कम गुणस्तर, म्याद सकिएका , विभागमा दर्ता नभएका र चिकित्सक प्रमाणपत्रबिना बिक्री गर्न नपाइने औषधि बिक्री भइरहेको पाइन्छ । विभागको कार्यक्षेत्र तत्कालीन मध्य र सुदूरपश्चिमका २५ जिल्ला रहेको छ । तर अनुगमनका लागि दक्ष प्राविधिक जनशक्ति कार्यालय प्रमुखसहित तीन जना मात्रै रहेका छन्...

  • २०७६ मङ्सिर २२, आइतबार

    घरबासको आकर्षण ‘लाठीनाच’

    नवलपरासीपूर्व नवलपुरमा थारु समुदायले सञ्चालन गरेको घरबास पर्यटनको प्रमुख आकर्षण लाठीनाच९लठ्ठीनाच० हुने गरेको छ । लठ्ठीलाई एकार्कामा जुधाएर र घुमाएर नाचिने यो नाच यहाँ आउने पर्यटकका लागि आकर्षण बन्ने गरेको छ । यहाँका अमलटारी घरबास, बोटे घरबास, पिप्रहर घरबासलगायतका घरबास पर्यटन चलेको छ । थारु, बोटे, माझी र मुसहर समुदायले सञ्चालन गरेका ती घरबासमा आउने पर्यटकलाई यहाँ प्रस्तुत गरिने लाठीनाच आकर्षण...

  • २०७६ मङ्सिर २२, आइतबार

    घरेलु हिंसाले टुटेका परिवार जोडिँदै

     कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाका गोविन्द रानाले मदिरा सेवन गर्न छाडेका छन् । हिजोआज मदिराका कारण परिवारमा हुने कलह हटेको छ । तीन जनाको परिवारमा खुशी छाएको छ । मदिरा सेवन गरी सधैं श्रीमतीलाई दुःख दिएको कुरा उहाँका लागि विगत भएको छ । त्यसलाई उनी सम्झन पनि चाहँदैन । मदिराकै कारण श्रीमतीमाथि हुने हिंसाले उनको परिवारमा सधैं कलह मात्रै हुन्थ्यो । त्यसकै कारण परिवारमा विवाद बढ््दै जाँदा...

  • २०७६ मङ्सिर २२, आइतबार

    ‘दाङको ५५ झ्याले दरबार’ जीर्णावस्थामा

    भक्तपुरमा राजा जितामित्र मल्लका पालामा निर्मित ५५ झ्याले दरबारलाई सम्झाउने यहाँ पनि अर्को ‘दरबार’ छ । दाङ जिल्लाको लमही नगरपालिकाबाट दक्षिणमा पर्ने गढवा गाउँपालिका वडा नं ३ मा अवस्थित गोबरडिहाको चारैतिर प्राकृतिक मनोरम दृश्यबीच राप्ती नदी छेउको विशाल भवनलाई जिल्लाबासीले ५५ झ्याले दरबार भनेर चिन्ने गर्छन् । एक सय ५० वर्षअघि भारतबाट सिकर्मी लिएर सो भवन तयार पारिएको थियो । भारतको गोरखपुरदेखि...

  • २०७६ मङ्सिर २२, आइतबार

    रोजगारीको थलो बन्यो महाकालीको बगर

    कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाकी ५० वर्षीया विमला महताको दिन महाकाली नदीको बगरमै मजदूरी गर्दै बित्ने गर्छ । पारिवारिक अवस्था कमजोर भएकाले तीन वर्षदेखि बस्ती छेउमै बगिरहेको महाकालीको बगरमा बालुवा र गिट्टी छानेर परिवारको खर्च चलाउन लागिपरेको महताको भनाइ छ । उहाँको परिवारको आम्दानीको स्रोत भनेकै बालुवा बनेको छ । “आपूmसित भएको चार कठ्ठा खेत पनि चार वर्षअघि आएको बाढीले बगाइदियो” उहाँले भन्नुभयो...

  • २०७६ मङ्सिर २०, शुक्रबार

    सुन्दरीजल खानेपानी प्रशोधन केन्द्र आगामी महिना सम्पन्न हुने

    मेलम्चीबाट आएको पानी प्रशोधनका लागि सुन्दरीजलमा निर्माणाधीन दुई प्रशोधन केन्द्रमध्ये एउटा केन्द्र आगामी महिनासम्ममा सम्पन्न हुने भएको छ । प्रशोधन केन्द्रको निरीक्षणका लागि बिहीबार निर्माणस्थल पुग्नुभएका खानेपानी तथा सरसफाइमन्त्री बीना मगरलाई मेलम्ची खानेपानी विकास समितिले प्रशोधन केन्द्रको बाँकी काम तीव्ररूपमा भइरहेको जानकारी गराएको हो । मन्त्री मगरसँगै मन्त्रालयका सचिव माधव बेल्वासे, मेलम्ची...

Pages