relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ मङ्सिर २४, मंगलबार

    अब काठमाडौँमा माग्न नपाइने नत्र दुई महिना कैद र रु दुई हजारसम्म जरिवाना

    के तपाईले काठमाडौँ महानगरपालिकाभित्र असहायलाई प्रयोग गरी मगन्ते पेशा अपनाउनुभएको छ  अथवा मगन्ते बनी बसिरहनुभएको छ  अब पेशा छोडिहाल्नुस् । नत्र कारवाहीमा परिएला । महानरपलिकाले आज तीन दिनभित्र यस्ता गतिविधि रोक्न सार्वजनिक अपिल जारी गरेको छ । कामपाले माग्ने पेशा नरोके कारवाही गर्ने चेतावनीसमेत दिएको छ । मुलुकी अपराध संहितामा सडक, गल्ली, उद्यान, सवारी बिसौनीस्थल, सरकारी कार्यालय, कार्यालयको परिसर र...

  • २०७६ मङ्सिर २४, मंगलबार

    काठमाडौँमा आज बिजोर नम्बरका सवारी सञ्चालनमा रोक

    तेह्रौँ दक्षिण एशियाली खेलकूद साग को समापनको दिन आज काठमाडौँका मुख्य सडक क्षेत्रमा बिजोर नम्बरप्लेट भएका गाडीलाई सञ्चालनमा रोक लगाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्थापनका लागि जोरबिजोर प्रणाली लागू गरेको जनाउँदै आज जोर नम्बरप्लेटका गाडी मात्रै चलाउन अनुरोध गरेको छ । यसअघि साग उद्घाटनका दिन जोर नम्बर प्लेटका गाडी चलाउन रोक लगाइएको थियो । सरकारी, अत्यावश्यक सेवा, खेलसँग आबद्ध...

  • २०७६ मङ्सिर २४, मंगलबार

    पर्यटकलाई रात्रिकालीन सफारी सहित चेपाङ खाना

    भ्रमण वर्ष सन २०२० लाई लक्षित गर्दै सौराहामा आउने पर्यटकलाई रात्रिकालीन सफारीसहित चेपाङ खाना खुवाउँदै उनीहरुको संस्कृति देखाउने तयारी गरिएको छ । दिनको समयमा निकुञ्ज सफारी गरेर रमाउने र साँझमा थारु संस्कृति हेर्नका लागि अहिले पर्यटक सौराहा आउने गरेका छन् । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनका अनुसार सौराहाबाट राप्ती नदी ड्यागको बाटो हुँदै लोथरसम्म रात्रिकालीन सफारी गर्ने तयारी गरिएको छ । करिब...

  • २०७६ मङ्सिर २४, मंगलबार

    आँखा अस्पतालको भौतिक विकासका लागि ५० लाख विनियोजन

    यहाँको आँखा अस्पतालको भौतिक विकासका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ । नेपाल नेत्रज्योति सङ्घ लमही आँखा अस्पतालको विकासोन्नति र समृद्धिका लागि स्थानीय निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत रु ५० लाख रकम विनियोजन गरिएको हो । गत वर्ष पनि रु ५० लाख रकम विनियोजित भएको र सो रकमले लमही आँखा अस्पतालमा कर्मचारी आवास भवन निर्माण शुरु गरिएको नेपाल नेत्रज्योति सङ्घ दाङका सचिव...

  • २०७६ मङ्सिर २४, मंगलबार

    कलेज सञ्चालनको जिम्मेवारी नगरपालिकालाई

    शिक्षा मन्त्रालयले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इञ्जिनीयरिङ कलेज सञ्चालनको जिम्मेवारी चाँगुनारायण नगरपालिकालाई दिएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको नेतृत्वमा सोमबार मन्त्रालयमा बसेको बैठकले कलेज सञ्चालनको जिम्मेवारी नगरपालिकालाई दिने निर्णय गरेको हो । बैठकले नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समितिसमेत गठन गरेको छ । समितिका सदस्यमा सहायक प्रमुख जिल्ला...

  • २०७६ मङ्सिर २४, मंगलबार

    भ्रमण वर्ष लक्षित ‘गाइडबुक’ र ‘ब्रोसर’ प्रकाशन

    ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ नजिकिँदै गर्दा पनौतीलाई चिनाउने खालको तयारी अभियान शुरु गरिएको छ । ‘भिजिट नेपाल २०२०’ मा धेरैभन्दा धेरै पर्यटकलाई काभे्रपलाञ्चोकको पनौती नगरपालिकामा भित्र्याउन नगरपालिकाले विभिन्न योजना ल्याउने तयारी थालिसकेको पनौती पर्यटन विकास समितिले जनाएको छ । पर्यटन विकास समितिको आयोजनामा भएको बैठकमा पर्यटन वर्ष केन्द्रित पनौतीको चिनारीसहितको ब्रोसर र पर्यटन गाइडबुक निकाल्ने...

  • २०७६ मङ्सिर २४, मंगलबार

    झापा कारागारलाई कलबलगुढी सार्न सिफारिस

    क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी रहेको झापा कारागारलाई सुविधाजनक ठाउँमा स्थानान्तरण गर्ने पहल शुरु भएको छ । विसं २०२० मा भद्रपुर–८ मा बनेको सो कारागार भवनमा ३५० कैदीबन्दी अटाउने क्षमता भएपनि हाल एक हजार १५९ कैदीबन्दी रहेका छन् । कारागारभित्र पुरुष एक हजार ६२, महिला ९१ र आश्रित बालवालिका ६ जना बस्दै आएका छन् । क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा दुर्घटना जोखिम बढेको चौतर्फी गुनासो बढेकै बेला...

  • २०७६ मङ्सिर २४, मंगलबार

    जैविक कृषि गाउँपालिका बनाउन महोत्सव

    वित्र तीर्थस्थलका रूपमा परिचित देवघाटमा कृषि महोत्सव गरिने भएको छ । भौगोलिकरूपमा कृषि उत्पादनमा उत्कृष्ट मानिएको गाउँपालिकाले स्थानीय कृषि उत्पादन तथा कृषकलाई प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजनक देवघाट गाउँपालिकाले जनाएको छ । क्षेत्रफलको हिसाबले ठूलो रहेको गाउँपालिकामा १५ वडा छन् । गाउँपालिकालाई आगामी तीन वर्षभित्र अग्र्यानिक कृषि नमूना गाउँपालिका बनाउने लक्ष्य लिएको...

  • २०७६ मङ्सिर २४, मंगलबार

    नेपाल र भूटानबीच खेलमा नेपालको जित

    दक्षिण एशियाली खेलकूद प्रतियोगिता साग अन्तर्गत दशरथ रङ्गशालामा जारी नेपाल र भूटानबीचको पुरुष फुटबलको फाइनल खेलमा नेपालको जित हात पारेको छ । शुरुआती चरणमा नेपालले अग्रता लिएपनि खेलको ३६ अ‍ैं मिनेटमा भुटानी खेलाडी चेन्चो ग्याल्सेनले जवाफी गोल गरेका थिए । खेल शुरु भएको १६ औं मिनेटमा नेपाली खेलाडी अभिषेक रिजालले नेपालको तर्फबाट पहिलो गोल गरेपनि त्यो लामो समय टिक्न सकेन । तर दोस्रो हाफमा सुनीलले एक...

  • २०७६ मङ्सिर २४, मंगलबार

    गाउँमा बस पुग्दा खुशीयाली

    गलकोट नगरपालिका–३ को बोहोराफाँट–लमाइ सडकमा शनिबार पहिलोपटक बस गुड्यो । दुई गाउँ जोड्ने सडक ‘लिङ्क रोड’ उद्घाटनका लागि नगरप्रमुख भरत शर्मा गरैलगायत बसमा सवार थिए । उद्घाटनस्थलमा प्रमुख अतिथिसहितलाई गाउँलेले स्वागत गरे । अबिर र माला पहिराए । भजनकीर्तन गरे, नाचे । एकापसमा खुसी साटे । बोहोराफाँट र लमाइ वारिपारिका गाउँ हुन् । छिमेकी भएर पनि दुई बस्तीबीच आउजाउ सहज थिएन । मोटरबाट जान तल हटिया बजार झरेर...

  • २०७६ मङ्सिर २४, मंगलबार

    ग्रामीण बस्तीका सामुदायिक विद्यालय सुनसान

    सघन धान काट्ने बेला परेपछि महोत्तरीका ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय अहिले सुनसान भएका छन् । गरीब, दलित र अवसरबाट पछि परेका जनजाति समुदायका नानीहरु मङ्सिर लागेसँगै धान काट्न, धानखेतमा सिला खोज्न र बाबुआमालाई सघाउन व्यस्त भएपछि जिल्लाका ग्रामीण भेगका सामुदायिक विद्यालय अहिले सुनसान देखिएका हुन् । जिल्लाका ग्रामीण भेगका सामुदायिक विद्यालयमा दलित, विपन्न र विभिन्न अवसरबाट पछि पर्दै आएका जनजाति...

  • २०७६ मङ्सिर २४, मंगलबार

    दुलेगौडा–हर्कपुर मोटरमार्गमा कालोपत्रे शुरु

    तनहुँको शुक्लागण्डकी नगरपालिका–३ स्थित वनकेवाबाट शुरु हुने दुलेगौडा–हर्कपुर मार्गमा कालोपत्र शुरु गरिएको छ । ट्र्याक खुलेको २४ वर्षपछि उक्त मार्गमा सोमबारदेखि कालोपत्र शुरु गरिएको हो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत रु २५ करोडको लागतमा उक्त मार्गमा कालोपत्र शुरु भएको हो । भौतिक पूर्वाधार विकासमन्त्री एवं गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले उक्त मार्गमा कालोपत्रको...

Pages