राष्ट्रिय
-
२०७६ मङ्सिर २२, आइतबार
बिरुवा होइन, रुख रोप्ने गण्डकी प्रदेशको तयारी
गण्डकी प्रदेश सरकारले वातावरण संरक्षण एवं हरियाली कायम राख्न रुख रोप्ने अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि १० फिटभन्दा बढी उचाइको विरुवा रोप्ने तयारी भएको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिनुभयो । पारिवारिक निजी वन सङ्घ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको शनिबार उद्घाटन गर्दै आर्थिक समृद्धि ल्याउन प्राकृतिक सोतसाधनलाई उपयोग गरिने तयारी छ...
-
२०७६ मङ्सिर २२, आइतबार
अध्यक्ष शाहीद्वारा अलपत्र बालबालिकाको उद्धार
जनप्रतिनिधिले विकास निर्माणमा मात्र होइन, मानवीय सेवामा तल्लीन हुनुपर्दछ । जिल्लाको स्वामिकार्तिक गाँउपालिका अध्यक्ष चिरञ्जीवी शाही गर्नुभएको मानवीय सेवा अन्यका लागि नमूना बनेको छ । अध्यक्ष शाहीले गाँउपालिका–१ साप्पाटामा आमाको मृत्युपछि अलपत्र बनेका तीन वर्षीय बालक देवदत्त लुवार र ट महिनाकी वसन्ती लुवारलाई संरक्षणको व्यवस्था मिलाउनुभएको छ । उहाँ आफँै ती बालबालिकालाई लिएर एसओएस बालग्राम धनगढीमा...
-
२०७६ मङ्सिर २२, आइतबार
अब गाउँबस्तीमै विकास योजना सम्झौता
यहाँका केही गाउँपालिकाले नयाँ तरिकाले विकास योजना सम्झौता शुरुआत गरेका छन् । यसक्रममा तेमाल गाउँपालिकाले अघिल्ला वर्षभन्दा फरक ढङ्गले गाउँमै पुगी स्थानीय उपभोक्तासँग विकासका योजना सम्झौताको अभियान शुरु गरेको छ । काभ्रेपलाञ्चोकको अन्य स्थानीय तहभन्दा फरक गतिविधिका साथ गाउँपालिकाले स्थानीयवासीका योजनासँग उनीहरुसँगै छलफल गरी गाउँबस्तीमै उपभोक्ता समितिसँग विकासका योजना सम्झौता शुरु गरेको हो ।...
-
२०७६ मङ्सिर २२, आइतबार
पच्चीस जिल्ला अनुगमनमा तीन निरीक्षक
औषधि व्यवस्था विभाग नेपालगञ्ज शाखामा पर्याप्त जनशक्ति नहुँदा प्रभावकारीरूपमा अनुगमन हुनसकेको छैन । जनशक्तिको अभावमा वजारमा कम गुणस्तर, म्याद सकिएका , विभागमा दर्ता नभएका र चिकित्सक प्रमाणपत्रबिना बिक्री गर्न नपाइने औषधि बिक्री भइरहेको पाइन्छ । विभागको कार्यक्षेत्र तत्कालीन मध्य र सुदूरपश्चिमका २५ जिल्ला रहेको छ । तर अनुगमनका लागि दक्ष प्राविधिक जनशक्ति कार्यालय प्रमुखसहित तीन जना मात्रै रहेका छन्...
-
२०७६ मङ्सिर २०, शुक्रबार
नेपाल हवाई खेलकूद संस्थामा भण्डारी
नेपाल हवाई खेलकूद संस्था ना को अध्यक्ष पदमा कृष्ण भण्डारी निर्वाचित हुनुभएको छ । पोखरामा बिहीबार साँझ सम्पन्न संस्थाको आठौँ अधिवेशन तथा १७औँ साधारणसभामा शोभित बानियाँलाई पराजित गरी भण्डारी अध्यक्षमा निर्वाचित हुनुभएको हो । संस्थाको वरिष्ठ उपाध्यक्षमा वसन्तराज दवाडी, प्रथम उपाध्यक्षमा इन्द्र भण्डारी, द्वितीय उपाध्यक्षमा भरतप्रसाद तिमिल्सिना, तृतीय उपाध्यक्षमा नारायण पराजुली, प्राविधिक उपाध्यक्षमा...
-
२०७६ मङ्सिर २०, शुक्रबार
शिक्षा क्षेत्रको विकासका लागि राजनीति नगर्न आग्रह
पूर्वराष्ट्रपति डा रामवरण यादवले शिक्षा नागरिकको नैसर्गिक अधिकार रहेको र मौलिक हकका रूपमा संविधानमा पनि उल्लेख भइसकेकाले यसको प्रत्याभूत गर्न कसैले पनि राजनीति गर्न नहुने बताउनुभएको छ । उहाँले शिक्षा क्षेत्रको विकासका लागि सरकार र जनप्रतिनिधि मुख्य जिम्मेवार रहेको र यसका लागि गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । बारबर्दिया नगरपालिका–६ मा सदाशिव बहुमुखी क्यापसको जग्गा खरीद र पूर्वाधार निमार्णका लागि...
-
२०७६ मङ्सिर २०, शुक्रबार
हात्ती महोत्सव पुस १० देखि
अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्न पर्यटकीय नगरी सौराहामा आगामी पुस १० गतेदेखि हात्ती महोत्सव गरिने भएको छ । छ दिनसम्म सञ्चालन हुने सो महोत्सव १६औँ संस्करण हो । भ्रमण वर्ष सन् २०२० लाई विशेष रुपमा महोत्सवबाटै स्वागत गरिँदैछ । महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार महोत्सवमा हात्ती फुटबल, हात्तीपोलो, हात्ती फास्टवाक, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको...
-
२०७६ मङ्सिर २०, शुक्रबार
मुस्ताङबाट ६५ हजार मेट्रिक टन स्याउ निकासी
मुस्ताङबाट यस वर्ष ६५ हजार मेट्रिक टन स्याउ निकासी भएको छ । स्याउ बेचेर कृषकले मुस्ताङमा रु साठी करोडभन्दा बढी रकम भित्र्याएका छन् । जिल्लामा उत्पादन भएको मध्ये ८० प्रतिशत स्याउ देशका विभिन्न बजारमा निकासी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख माधव लम्सालले जानकारी दिनुभयो । “जिल्लाभर एक हजार ५०० हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा सात सय हेक्टरमा उत्पादन हुन्छ”, उहाँले भन्नुभयो...
-
२०७६ मङ्सिर २०, शुक्रबार
लोपोन्मुख भन्दा सीमान्तकृत समुदायको अवस्था विकराल
परम्परागत पेशालाई निरन्तरता दिँदै आएका आदिवासी जनजातिलाई सरकारले लोपोन्मुख, सीमान्तकृत र अल्पसङ्ख्यक समुदायमा सूचीकृत गरेको छ । लोपोन्मुख अवस्थामा पुगेका १० जातिले सामाजिक सुरक्षाभत्ता प्राप्त गर्दै आएका छन् । ती लोपोन्मुख जातीमा राजी, राउटे, कुसुण्डा, हायु, किसान, लेप्चा, मेचे, कुशवाडिया, सुरेल, वनकरिया पर्दछन् । सरकारले उनीहरुलाई प्रतिव्यक्ति रु तीन हजारका दरले मासिकरूपमा सामाजिक सुरक्षाभत्ता...
-
२०७६ मङ्सिर २०, शुक्रबार
सुन्दरीजल खानेपानी प्रशोधन केन्द्र आगामी महिना सम्पन्न हुने
मेलम्चीबाट आएको पानी प्रशोधनका लागि सुन्दरीजलमा निर्माणाधीन दुई प्रशोधन केन्द्रमध्ये एउटा केन्द्र आगामी महिनासम्ममा सम्पन्न हुने भएको छ । प्रशोधन केन्द्रको निरीक्षणका लागि बिहीबार निर्माणस्थल पुग्नुभएका खानेपानी तथा सरसफाइमन्त्री बीना मगरलाई मेलम्ची खानेपानी विकास समितिले प्रशोधन केन्द्रको बाँकी काम तीव्ररूपमा भइरहेको जानकारी गराएको हो । मन्त्री मगरसँगै मन्त्रालयका सचिव माधव बेल्वासे, मेलम्ची...
-
२०७६ मङ्सिर २०, शुक्रबार
हप्तैपिच्छे दुर्घटना, असुरक्षित पैदलयात्री
हप्तैपसडक दुर्घटना हाम्रा लागि सामान्य भइसकेको छ । नेपालगञ्जमा दिनहुँजसो सानाठूला दुर्घटना भइरहेका हुन्छन् । कतिपय दुर्घटना भयानक हुन्छन् त कतिपय सामान्य । तर, दुर्घटनामा पर्ने र सोबाट तिनका परिवारले ब्यहोर्नुपरेको क्षतिका बारेमा सम्बन्धित निकाय संवेदनशील बन्न सकेका छैनन् । सामान्य अर्थमा मानवीय कमजोरीकै कारण सडक दुर्घटना हुने गर्छ र यो भवितव्य घटना हो भन्ने आम बुझाइ छ । यही बुझाइका कारण पछिल्लो...
-
२०७६ मङ्सिर २०, शुक्रबार
खाडीचौर–चरिकोट सडकखण्ड निमार्ण द्रुतगतिमा गर्ने सहमति
ढिलासुस्ती भएको खाडीचौर–चरिकोट सडकखण्ड स्तरोन्नतिको काम द्रुतगतिमा गर्ने सहमति भएको छ । सडक स्तरोन्नतिमा भएको ढिलाइ विरुद्ध आन्दोलनरत नागरिक अगुवा तथा सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका प्रतिनिधिबीच बिहीबार सडक स्तरोन्नति द्रुतगतिमा गर्ने सहमति भएको हो । लामोसाँघु–जिरी सडक विस्तार आयोजनाका प्रमुख दीपक बाराहीको अध्यक्षतामा नागरिक अगुवा तथा सडक निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीका...


