relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ मङ्सिर २३, सोमबार

    महिला स्वास्थ्य स्वयसेविकाका लागि बीमा

    तारकेश्वर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य र जीवन बीमा गर्ने भएको छ । नागरिकको स्वास्थ्यका लागि जुनसुकै अवस्थामा पनि स्वयंसेविका खटिनुपर्ने भएकाले उनीहरुलाई काम गर्न थप हौसला मिलोस् भन्ने उद्देश्यले स्वास्थ्य र जीवन बीमा गर्ने निर्णय गरिएको नगर स्वास्थ्य शाखाप्रमुख अरुणकुमार गिरीले बताउनुभयो । “बीमाले उपचारसँगै उनीहरुमा बचत गर्ने बानीको पनि विकास हुन्छ”, प्रमुख गिरीले भन्नुभयो...

  • २०७६ मङ्सिर २३, सोमबार

    अवैध विदेशी च्यानल प्रसारण गर्नेलाई कारवाहीको दायरामा ल्याइँदै

    अवैधरूपमा विदेशी टेलिभिजन च्यानल डाउनलोड गरी प्रसारण भइरहेको पाइएपछि सरकारले त्यस्ता केवल अपरेटरलाई कारवाहीको दायरामा ल्याउने भएको छ । सूचना तथा प्रसारण विभागले आइतबार अवैधरूपमा भारतीय च्यानल प्रसारण गर्ने डिभाइन स्ट्रीम नेटवर्क प्रालि मेरो टिभी लाई अवैधानिक च्यानल बन्द गर्न पत्राचार गरेको छ । यसअघि मङ्सिर १७ गतेसमेत विभागले सो संस्थालाई त्यस्तो पत्र काटेको थियो । विभागले सोनी, जी र कर्लसलगायतका...

  • २०७६ मङ्सिर २३, सोमबार

    कोहलपुरमा कप्mर्यु आदेश जारी नभएको स्पष्ट

    बाँकेको कोहलपुरमा कप्mर्यु आदेश जारी नभएको जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ । निमित्त प्रजिअ कृष्णप्रसाद उपाध्यायका अनुसार कोहलपुरका केही स्थानमा निषेधित क्षेत्र मात्र घोषणा गरिएको हो । आइतबार कोहलपुरस्थित त्रिभुवन माविकी छात्रा प्रकृति चन्दलाई ना२ख ९४५९ नंको ट्रकले किचेपछि विद्यार्थी समूह र स्थानीयवासीको विरोधका कारण कोहलपुर क्षेत्रमा तनाव उत्पन्न भएको थियो । तनावको अवस्थालाई मत्थर...

  • २०७६ मङ्सिर २३, सोमबार

    वरिष्ठ नेता नेपाल–भारतीय राजदूत भेट

    नेपाल कम्युनिष्ट पार्टी नेकपा का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले आज नेता नेपालको निवास कोटेश्वरमा भेटवार्ता गर्नुभएको छ । आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारी रहनुभएका राजदूत पुरीले पूर्वप्रधानमन्त्री एवं नेकपाका विदेश मामिला विभागका प्रमुख नेपालसँग बिदाइ भेट गर्नुभएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जनाउनुभयो । भेटका अवसरमा नेपाल–भारत...

  • २०७६ मङ्सिर २३, सोमबार

    विपद् पहिचानको नक्सा बनाउँदै कामपा

    काठमाडौँ महानगरपालिकाले विपद् व्यवस्थापन गर्न वडास्तरमा सम्भावित स्थान पहिचानको कार्य शुरु गरेको छ । कामपाको ३२ वटै वडामा रहेका खुला स्थान र विपद्को जोखिमपूर्ण क्षेत्रको पहिचानसहित ती स्थानको नक्सा बनाउने काम भइरहेको जनाएको छ । नेपाल रेडक्रम सोसाइटीको सहयोगमा जोखिम क्षेत्रको नक्सा बनाउने काम भइरहेको कामपाको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो । भूकम्प र आगलागीजस्ता विपद्का दृष्टिकोणले...

  • २०७६ मङ्सिर २३, सोमबार

    साँफे मार्तडी सडकको भाडादर घट्यो

    मार्तडीदेखि अछामको साँफे बगरसम्मको नयाँ भाडादर निर्धारण गरिएको छ । कूल ५७ किलोमिटर सो सडक खण्डको भाडादर रु १६५ कायम गरिएको छ यस अघि जीपले रु ६०० र बसले रु ५०० भाडा लिँदै आएका थिए । यातायात व्यवस्था विभागकै परिपत्रअनुसार नयाँ भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अब यात्रुले मार्तडीदेखि साँफेबगरसम्म रु १६५ भाडा तिरे पुग्छ । नयाँ...

  • २०७६ मङ्सिर २२, आइतबार

    कालोपत्रको काम निर्धारित समय अगावै सम्पन्न हुने

    भोजपुर–टक्सार सडक कालोपत्रको कामले तीव्रता पाएको छ । शुरुआत भएको सात महिनामा ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ । समयमा काम सकिने आशा बढेको छ । वर्षौँसम्म धेरै योजना अलपत्र बनिरहेका उदाहरण धेरै छन् । भोजपुर सदरमुकामबाट टक्सार विमानस्थलसम्मको यो सडकखण्ड कालोपत्र १८ महिनामा सक्नुपर्ने सम्झौता भएको थियो । अहिले काम शुरु भएको सात महिनामै ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको पूर्वाधार विकास...

  • २०७६ मङ्सिर २२, आइतबार

    मुख्यमन्त्री पौडेलद्वारा खेलाडीको प्रशंसा

    प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दक्षिण एशियाली खेलकुद प्रतियोगिता९साग०मा नेपाली खेलाडीले गरेको प्रदर्शनको प्रशंसा गर्नुभएको छ । आज एक सन्देशमार्फत मुख्यमन्त्री पौडेलले नेपालले सागको शुरुआत अत्यन्तै सुखद ढङ्गले गरेको र नेपाली खेलाडीले राम्रो खेलेको उल्लेख गर्नुभएको छ । “हालसम्म पनि नेपाली खेलाडीहरुको प्रदर्शन अत्यन्तै सुखद् नै छ । विभिन्न विधामा विश्व कीर्तिमानसमेत राख्न सफल हुँदै...

  • २०७६ मङ्सिर २२, आइतबार

    लैङ्गिक हिंसा नियन्त्रण गर्न समन्वकारी काम गर्न आग्रह

    मानव बेचबिखन एवं लैङ्गिक हिंसा नियन्त्रण गर्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको छ । सोह्रदिने लैङ्गिक हिंसाविरुद्धको अवसरमा सुनगाभा सामुदायिक विकास केन्द्र रुपन्देहीद्वारा शनिबार आयोजित कार्यक्रममा मानव बेचबिखन एवं लैङ्गिक हिंसा नियन्त्रण गर्न सरकार तथा नागरिक समाजले समन्वयकारी काम गर्न आग्रह गरियो । कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्यालले लैङ्गिक हिंसा अन्त्य गर्न...

  • २०७६ मङ्सिर २२, आइतबार

    बिरुवा होइन, रुख रोप्ने गण्डकी प्रदेशको तयारी

    गण्डकी प्रदेश सरकारले वातावरण संरक्षण एवं हरियाली कायम राख्न रुख रोप्ने अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि १० फिटभन्दा बढी उचाइको विरुवा रोप्ने तयारी भएको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिनुभयो । पारिवारिक निजी वन सङ्घ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको शनिबार उद्घाटन गर्दै आर्थिक समृद्धि ल्याउन प्राकृतिक सोतसाधनलाई उपयोग गरिने तयारी छ...

  • २०७६ मङ्सिर २२, आइतबार

    अध्यक्ष शाहीद्वारा अलपत्र बालबालिकाको उद्धार

    जनप्रतिनिधिले विकास निर्माणमा मात्र होइन, मानवीय सेवामा तल्लीन हुनुपर्दछ । जिल्लाको स्वामिकार्तिक गाँउपालिका अध्यक्ष चिरञ्जीवी शाही गर्नुभएको मानवीय सेवा अन्यका लागि नमूना बनेको छ । अध्यक्ष शाहीले गाँउपालिका–१ साप्पाटामा आमाको मृत्युपछि अलपत्र बनेका तीन वर्षीय बालक देवदत्त लुवार र ट महिनाकी वसन्ती लुवारलाई संरक्षणको व्यवस्था मिलाउनुभएको छ । उहाँ आफँै ती बालबालिकालाई लिएर एसओएस बालग्राम धनगढीमा...

  • २०७६ मङ्सिर २२, आइतबार

    अब गाउँबस्तीमै विकास योजना सम्झौता

    यहाँका केही गाउँपालिकाले नयाँ तरिकाले विकास योजना सम्झौता शुरुआत गरेका छन् । यसक्रममा तेमाल गाउँपालिकाले अघिल्ला वर्षभन्दा फरक ढङ्गले गाउँमै पुगी स्थानीय उपभोक्तासँग विकासका योजना सम्झौताको अभियान शुरु गरेको छ । काभ्रेपलाञ्चोकको अन्य स्थानीय तहभन्दा फरक गतिविधिका साथ गाउँपालिकाले स्थानीयवासीका योजनासँग उनीहरुसँगै छलफल गरी गाउँबस्तीमै उपभोक्ता समितिसँग विकासका योजना सम्झौता शुरु गरेको हो ।...

Pages