STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ मङ्सिर २०, शुक्रबार

    खुम्चियो नौवस्ता औद्योगिक क्षेत्र

    बाँकेमा निर्माण गर्न लागिएको नौवस्ता औद्योगिक क्षेत्रलाई प्रस्ताव गरेअनुसारको जग्गा प्राप्त नहुने भएपछि आकार खुम्चिने भएको छ । बैजनाथ गाउँपालिका–५ नौवस्तामा एक हजार बिघा क्षेत्रफलमा निर्माण गर्ने भनिएको औद्योगिक क्षेत्रको आकार २७७ बिघामा खुम्चिएको छ । औद्योगिक क्षेत्रका लागि शुरुमा एक हजार बिघा खोजी गरिए पनि त्यो क्रमशः घट्दै २७७ बिघामा खुम्चिएको हो । विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरी...

  • २०७६ मङ्सिर २०, शुक्रबार

    अर्जुनधारामा विपन्न परिवारका लागि घर निर्माण गरिँदै

    विपन्न परिवारका लागि अर्जुनधारा नगरपालिकामा ३३ घर निर्माणको काम शुरु भएको छ । लक्षित वर्ग कार्यक्रमअन्तर्गत प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको शहरी विकास तथा भवन कार्यालय इलामले घर निर्माणको काम शुरु गरेको हो । घर निर्माणका लागि रु एक करोड नौ लाख ७२ हजार ५०० बजेट विनियोजन भएको प्रदेश नं १ का प्रदेशसभा सदस्य वृख प्रधानले बताउनुभयो । अर्जुनधारा नगरपालिका–८ स्थित प्रज्वल साहको घर...

  • २०७६ मङ्सिर २०, शुक्रबार

    नेपाल हवाई खेलकूद संस्थामा भण्डारी

    नेपाल हवाई खेलकूद संस्था ना को अध्यक्ष पदमा कृष्ण भण्डारी निर्वाचित हुनुभएको छ । पोखरामा बिहीबार साँझ सम्पन्न संस्थाको आठौँ अधिवेशन तथा १७औँ साधारणसभामा शोभित बानियाँलाई पराजित गरी भण्डारी अध्यक्षमा निर्वाचित हुनुभएको हो । संस्थाको वरिष्ठ उपाध्यक्षमा वसन्तराज दवाडी, प्रथम उपाध्यक्षमा इन्द्र भण्डारी, द्वितीय उपाध्यक्षमा भरतप्रसाद तिमिल्सिना, तृतीय उपाध्यक्षमा नारायण पराजुली, प्राविधिक उपाध्यक्षमा...

  • २०७६ मङ्सिर २०, शुक्रबार

    शिक्षा क्षेत्रको विकासका लागि राजनीति नगर्न आग्रह

    पूर्वराष्ट्रपति डा रामवरण यादवले शिक्षा नागरिकको नैसर्गिक अधिकार रहेको र मौलिक हकका रूपमा संविधानमा पनि उल्लेख भइसकेकाले यसको प्रत्याभूत गर्न कसैले पनि राजनीति गर्न नहुने बताउनुभएको छ । उहाँले शिक्षा क्षेत्रको विकासका लागि सरकार र जनप्रतिनिधि मुख्य जिम्मेवार रहेको र यसका लागि गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । बारबर्दिया नगरपालिका–६ मा सदाशिव बहुमुखी क्यापसको जग्गा खरीद र पूर्वाधार निमार्णका लागि...

  • २०७६ मङ्सिर २०, शुक्रबार

    हात्ती महोत्सव पुस १० देखि

    अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्न पर्यटकीय नगरी सौराहामा आगामी पुस १० गतेदेखि हात्ती महोत्सव गरिने भएको छ । छ दिनसम्म सञ्चालन हुने सो महोत्सव १६औँ संस्करण हो । भ्रमण वर्ष सन् २०२० लाई विशेष रुपमा महोत्सवबाटै स्वागत गरिँदैछ । महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार महोत्सवमा हात्ती फुटबल, हात्तीपोलो, हात्ती फास्टवाक, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको...

  • २०७६ मङ्सिर २०, शुक्रबार

    मुस्ताङबाट ६५ हजार मेट्रिक टन स्याउ निकासी

    मुस्ताङबाट यस वर्ष ६५ हजार मेट्रिक टन स्याउ निकासी भएको छ । स्याउ बेचेर कृषकले मुस्ताङमा रु साठी करोडभन्दा बढी रकम भित्र्याएका छन् । जिल्लामा उत्पादन भएको मध्ये ८० प्रतिशत स्याउ देशका विभिन्न बजारमा निकासी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख माधव लम्सालले जानकारी दिनुभयो । “जिल्लाभर एक हजार ५०० हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा सात सय हेक्टरमा उत्पादन हुन्छ”, उहाँले भन्नुभयो...

  • २०७६ मङ्सिर २०, शुक्रबार

    सुन्दरीजल खानेपानी प्रशोधन केन्द्र आगामी महिना सम्पन्न हुने

    मेलम्चीबाट आएको पानी प्रशोधनका लागि सुन्दरीजलमा निर्माणाधीन दुई प्रशोधन केन्द्रमध्ये एउटा केन्द्र आगामी महिनासम्ममा सम्पन्न हुने भएको छ । प्रशोधन केन्द्रको निरीक्षणका लागि बिहीबार निर्माणस्थल पुग्नुभएका खानेपानी तथा सरसफाइमन्त्री बीना मगरलाई मेलम्ची खानेपानी विकास समितिले प्रशोधन केन्द्रको बाँकी काम तीव्ररूपमा भइरहेको जानकारी गराएको हो । मन्त्री मगरसँगै मन्त्रालयका सचिव माधव बेल्वासे, मेलम्ची...

  • २०७६ मङ्सिर २०, शुक्रबार

    लोपोन्मुख भन्दा सीमान्तकृत समुदायको अवस्था विकराल

    परम्परागत पेशालाई निरन्तरता दिँदै आएका आदिवासी जनजातिलाई सरकारले लोपोन्मुख, सीमान्तकृत र अल्पसङ्ख्यक समुदायमा सूचीकृत गरेको छ । लोपोन्मुख अवस्थामा पुगेका १० जातिले सामाजिक सुरक्षाभत्ता प्राप्त गर्दै आएका छन् । ती लोपोन्मुख जातीमा राजी, राउटे, कुसुण्डा, हायु, किसान, लेप्चा, मेचे, कुशवाडिया, सुरेल, वनकरिया पर्दछन् । सरकारले उनीहरुलाई प्रतिव्यक्ति रु तीन हजारका दरले मासिकरूपमा सामाजिक सुरक्षाभत्ता...

  • २०७६ मङ्सिर २०, शुक्रबार

    खाडीचौर–चरिकोट सडकखण्ड निमार्ण द्रुतगतिमा गर्ने सहमति

    ढिलासुस्ती भएको खाडीचौर–चरिकोट सडकखण्ड स्तरोन्नतिको काम द्रुतगतिमा गर्ने सहमति भएको छ । सडक स्तरोन्नतिमा भएको ढिलाइ विरुद्ध आन्दोलनरत नागरिक अगुवा तथा सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका प्रतिनिधिबीच बिहीबार सडक स्तरोन्नति द्रुतगतिमा गर्ने सहमति भएको हो । लामोसाँघु–जिरी सडक विस्तार आयोजनाका प्रमुख दीपक बाराहीको अध्यक्षतामा नागरिक अगुवा तथा सडक निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीका...

  • २०७६ मङ्सिर २०, शुक्रबार

    हप्तैपिच्छे दुर्घटना, असुरक्षित पैदलयात्री

    हप्तैपसडक दुर्घटना हाम्रा लागि सामान्य भइसकेको छ । नेपालगञ्जमा दिनहुँजसो सानाठूला दुर्घटना भइरहेका हुन्छन् । कतिपय दुर्घटना भयानक हुन्छन् त कतिपय सामान्य । तर, दुर्घटनामा पर्ने र सोबाट तिनका परिवारले ब्यहोर्नुपरेको क्षतिका बारेमा सम्बन्धित निकाय संवेदनशील बन्न सकेका छैनन् । सामान्य अर्थमा मानवीय कमजोरीकै कारण सडक दुर्घटना हुने गर्छ र यो भवितव्य घटना हो भन्ने आम बुझाइ छ । यही बुझाइका कारण पछिल्लो...

  • २०७६ मङ्सिर २०, शुक्रबार

    सामाजिक सुरक्षाभत्ता वितरणमा ढिलाइ

    जिल्लाका वृद्धवृद्धा, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरु सरकारले दिने सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका छन । सात गाउँपालिका रहेको हुम्लामा दशैँ अगाडि नै सरकारले दिने सामाजिक सुरक्षाभत्ता वितरण अहिलेसम्म हुनसकिरहेको छैन । जिल्लाको चङ्खेली गाउँपालिकाबाहेक अन्य छ पालिकाले सामाजिक सुरक्षाभत्ता वितरण गर्न ढिलाइ गरेका छन् । भत्ताबाट आएको रकमले न्यानो र नयाँ कपडा किनौँला, केही मिठोमसिनो खाउँला...

  • २०७६ मङ्सिर २०, शुक्रबार

    अझै हटेन होटल, रेष्टुराँका श्रमिकका समस्या

    होटल, रेष्टुराँलगायतका क्षेत्रमा बालश्रमिकको प्रयोग, न्यून ज्यालामा काम गर्नुपर्ने बाध्यता, रातको समयमा सवारी साधनको व्यवस्था नहुनुलगायतका समस्या हट्न सकेको छैन । श्रम ऐनमा रोजगारदाताले श्रमिकका लागि दिने सेवा–सुविधाका विषयमा उल्लेख भए पनि कार्यान्वयन नहुँदा समस्या नहटेको यस क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिको भनाइ छ । मनोरञ्जन र सत्कार व्यवसायको विद्यमान अवस्थाका बारेमा...

Pages