राष्ट्रिय
-
२०७६ मङ्सिर २५, बुधबार
नेपाल साहित्य महोत्सव शुक्रबारदेखि
आईएमई नेपाल लिटरेचर फेस्टिबलको आठौँ संस्करण यही मङ्सिर २७ गतेदेखि ३० गतेसम्म पर्यटकीय नगरी पोखराको बाराहीघाट लेकसाइडमा गरिने भएको छ । महोत्सवबारे जानकारी दिन आयोजक बुकवर्म फाउन्डेसन र ¥यान्डम रिडर्स सोसाइटीद्वारा मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बुकवर्म फाउण्डेसनका निर्देशक अजीत बरालले महोत्सवका अघिल्ला संस्करणभन्दा यसपटक नयाँ वक्तालाई उभ्याइने जानकारी दिनुभयो । यसअघिका संस्करणमा एउटै...
-
२०७६ मङ्सिर २५, बुधबार
भारी हिमपातको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली आज साँझसम्म नेपालको पश्चिमी भूभागमा प्रवेश गर्ने भएको छ । उक्त प्रणालीको प्रभावले नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेकाले सतर्कता अपाउन मौसमविद्ले आग्रह गरेका छन् । यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको मौसमविद् मञ्जु वासीले बताउनुभयो ।...
-
२०७६ मङ्सिर २५, बुधबार
बन्दै गरेको रङ्गशाला हेर्न आउनेको घुइँचो
रामपुरमा निर्माण थालिएको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला हेर्न आउनेको घुइँचो लाग्न थालेको छ । सोमबार मात्र रु २० को टिकट काटेर दुई हजार ५०० ले निर्माणाधीन रङ्गशाला अवलोकन गरेका छन् । विभिन्न जिल्लाबाट भ्रमणका लागि आएका र यस जिल्ला हुँदै अन्यत्र जिल्ला जाने विद्यालयका विद्यार्थीदेखि सहकारी, आमा समूह, टोल विकास समितिलगायतका सङ्घसंस्थाका भ्रमण टोलीको प्रमुख गन्तव्य रङ्गशाला बन्ने गरेको छ...
-
२०७६ मङ्सिर २५, बुधबार
राष्ट्रपतिद्वारा खेलाडीलाई बधाई
राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद ९साग० मा स्वर्णसहित विभिन्न पदक हासिल गरेका नेपाली खेलाडीलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपतिले आज अपराह्न ट्वीट गर्दै प्रतियोगितामा सहभागी सबै राष्ट्रका खेलाडी तथा खेल पदाधिकारीमा आभार व्यक्त गर्नुभएको छ । साथै उहाँले सागको सफल आयोजनाका निम्ति युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद्, नेपाल ओलम्पिक कमिटी, प्रशिक्षक...
-
२०७६ मङ्सिर २५, बुधबार
वृद्धवृद्धाको बिसाउनी थलो दिवा सेवा केन्द्र
चारैतिर फलामे डण्डीले घेरिएको रमणीयस्थल । घेराबारभित्र विभिन्न प्रजातिका फूल रोपिएको गमला । गमलैपिच्छे उल्लेख गरिएको छ फूल रोप्ने व्यक्तिको नाम र ठेगाना । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित कर्मामन्दिर नजिकै रहेको ज्येष्ठ नागरिकले सञ्चालन गरेको दिवा सेवा केन्द्रकोे पञ्चिमपट्टि प्रवेशद्वार छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा निर्माण गरिएको प्रवेशद्वारबाट भित्र पसेपछि...
-
२०७६ मङ्सिर २५, बुधबार
छात्रालाई साइकल वितरण
प्रदेश नं २ सरकारले सञ्चालन गरेको मुख्यमन्त्री ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सिरहाको बरियारपट्टी गाउँपालिकास्थित जनता माध्यमिक विद्यालय जानकीनगर खोक्सीका ३८ छात्रालाई साइकल वितरण गरिएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतो र उपाध्यक्ष रेखाकुमारी यादवले संयुक्त रुपमा साइकल वितरण गर्नुभएको हो । सो अवसरमा गाउँपालिकाका अध्यक्ष महतोले...
-
२०७६ मङ्सिर २५, बुधबार
गाउँपालिकाले दियो विद्यार्थीलाई सहुलियत
जिल्लामै शैक्षिक क्षेत्रमा नमूनाका रूपमा चिनिएको र शिक्षाका क्षेत्रमा पर्याप्त लगानी गर्दै आएको चिचिला गाउँपालिकाले अनाथ तथा असहाय बालबालिकालाई स्कूल झोला वितरण गरेको छ । गाउँपालिकाले यस वर्षको चालू आवमा रु एक लाख ३० हजार बजेट विनियोजन गरेर विद्यार्थीलाई गाउँपालिकाभित्रका विपन्न तथा गरीब विद्यार्थीलाई लक्षित गरी गाउँपालिकाका अध्यक्ष पासाङनुर्वु शेर्पाले झोला प्रदान गर्नुभएको छ । अध्यक्ष शेर्पाले...
-
२०७६ मङ्सिर २५, बुधबार
मजदूरले बन्द गराए सिमेन्ट उद्योग, आज पनि प्रदर्शन जारी
उद्योग व्यवस्थापनको लापरवाहीका कारण मजदूरले आत्महत्या गरेको भन्दै आज बिहानैदेखि सिरहाको गोलबजार नगरपालिकास्थित मारुति सिमेन्ट उद्योग बन्द गराइएको छ । मारुति सिमेन्ट उद्योग व्यवस्थापनले कामबाट हटाएपछि गोलबजार नगरपालिका–९ निवासी अनिता पासवानले हिजो आत्महत्या गरेकी थिइन् । अखिल नेपाल कारखाना मजदूर सङ्घका सदस्यसमेत रहेकी पासवानले उद्योग नजिकै आत्महत्या गरेको थाहा पाएपछि भेला भएका मजदूरले कामकाज...
-
२०७६ मङ्सिर २५, बुधबार
छ वर्षमा चार हजार उजुरी फछ्र्यौट
अख्तियार दुरुयोग अनुसन्धान आयोगको यहाँस्थित कार्यालयले छ वर्षको अवधिमा चार हजार बढी उजुरी फछ्र्यौट गरेको छ । आव २०७०÷७१ देखि आव २०७५÷७६ सम्मको अवधिमा आयोगको कार्यालयमा परेका पाँच हजार ६०१ उजुरीमध्ये चार हजार ३७९ उजुरी फछ्र्यौट गरेको हो । सोमध्ये ८२२ उजुरी अनुसन्धानका क्रममा रहेका छन् । चालू आवको पहिलो चौमासिकमा आयोगको कार्यालयमा परेका ४०२ उजुरीमध्ये २४७ उजुरी फछ्र्यौट गरेको आयोगको यहाँस्थित...
-
२०७६ मङ्सिर २५, बुधबार
नागढुङ्गा सुरुङमार्ग निर्माणको तयारी शुरु
काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु भएको छ । सुरुङमार्ग निर्माणको जिम्मेवारी पाएका जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनले निर्माणस्थल नजिकै कार्यालय स्थापना गर्ने, प्रविधि र जनशक्तिको व्यवस्थापनलगायतका काम अघि बढाएको हो । सडक विभागको समन्वयमा त्यस स्थानमा कार्यालय भवन निर्माण गर्न शुरु गरेको सडक विभाग, विकास समन्वय कार्यान्वयन...
-
२०७६ मङ्सिर २५, बुधबार
स्रोतमा नै फोहर छुट्याउँदै कामपा
काठमाडौँ महानगरपालिकाले फोहरको अन्तिम व्यवस्थापन स्थानसम्म पु¥याउनका लागि स्रोतमा नै फोहरको वर्गीकरण गरी लैजाने भएको छ । शहरवासीले उत्पादन गरेको फोहर शुरुकै अवस्थामा वर्गीकरण नगरी व्यवस्थापन समस्या आएको भन्दै महानगरपालिकाका सबै वडामा यस किसिमको व्यवस्था गर्न लागिएको हो । स्थानीय तहले स्रोतमा नै कुहिने, नकुहिने र पुनः प्रयोग गर्न मिल्ने फोहर फकर–फरक तरिकाले राख्ने तथा फोहर सङ्कलन गर्न गएका गाडीमा...
-
२०७६ मङ्सिर २५, बुधबार
किसानका खेतमा राप्तीको पानी
राप्ती नदीको पानी सिक्टाको पश्चिमी नहर हुँदै नेपालगञ्ज पुगाइएको छ । कोहलपुर नगरपालिका–१५ का बलिराम हरिजनलाई कुनै बेला राप्तीको पानी खेतमा ल्याएर सिँचाइ गर्ने योजना सुन्दा विश्वास मान्नै सकिँदैन्थ्यो, सपनाजस्तै लाग्थ्यो । तर त्यो सपना पूरा भएको छ । “यही जुनीमा आफ्नो खेतमा राप्ती नदीको पानी देख्न पाइयो”, उमेरले ७० कटेका हरिजनले भन्नुभयो । जानकी गाउँपालिका–६ का कैलाश गडरियाले चार वर्षपछि आफ्नो खेतमा...


