राष्ट्रिय
-
२०७६ मङ्सिर २६, बिहिबार
दुर्लभ चरा राजधनेश र राज लाहाचेको संरक्षणमा नगरपालिका
भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित जैविक मार्ग क्षेत्रमा पर्ने बन्दा ताल आसपासकै क्षेत्रमा विश्वकै दुर्लभ चरा राजधनेश र राज लाहाचे फेला परेपछि संरक्षणको प्रयासको थालनी गरिएको छ । बन्दा ताल क्षेत्रको जैविक विविधता जोगाउन नगरपालिकाले चासो देखाउन थालेको हो । बन्दा ताल क्षेत्रमा दुर्लभ प्रजातिका चरा पाइन थालेपछि संरक्षणका लागि योजनाबद्धरुपमा कार्यक्रम सञ्चालन भइरहेको नगर प्रमुख सुरेन्द्र विष्टले...
-
२०७६ मङ्सिर २६, बिहिबार
पोखरामा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’ गरिने
गण्डकी प्रदेशको व्यवसाय प्रवद्र्धन तथा पर्यटकीय सम्भावनाको खोजी गर्ने उद्देश्यले आगामी पुस १८ देखि २८ गतेसम्म पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’ गरिने भएको छ । राष्ट्रिय औद्योगिक व्यापार मेला, मूल आयोजक समिति र पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने उक्त मेलामा स्थानीय कृषिजन्य उत्पादन, हस्तकलाका वस्तु, सूचना प्रविधि, दैनिक घरायसी सरसामान, लत्ता कपडा,...
-
२०७६ मङ्सिर २६, बिहिबार
‘नेपालको समृद्धिको यात्रामा सघाउन भारत सदैव तत्पर’
नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले राष्ट्रलाई आर्थिक–सामाजिक विकासको मार्गमाा अग्रसर गराउने नेपाल सरकारको समृद्धिको यात्रामा सघाउन भारत सदैव तत्पर रहेको बताउनुभएको छ । आफ्नो सम्मानमा परराष्ट्र सचिव शङ्करदास वैरागीले आज अपराह्न राजधानीमा आयोजना गर्नुभएको बिदाइ समारोहमा उहाँले तीन तहका निर्वाचन सम्पन्न गरेर नेपालले विश्वलाई एकता, शान्ति र प्रगतिका निम्ति पूर्ण प्रतिबद्ध रहेको सन्देश...
-
२०७६ मङ्सिर २६, बिहिबार
हुम्लामा फेरि हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित
दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ । हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । नेपालगञ्ज सुर्खेतबाट बिहान ७ बजेदेखि हुम्लामा उडान गर्दै...
-
२०७६ मङ्सिर २६, बिहिबार
न्यातापोल अर्थात् पाँचतले मन्दिरको जीर्णोद्धार शुरु
विश्व सम्पदामा सूचीकृत भक्तपुर नगरपालिका–५ टौमढीको प्रसिद्ध न्यातापोल अर्थात् पाँचतले मन्दिरको जीर्णोद्धार शुरु भएको छ । भूकम्पले क्षति पु¥याएको चार वर्षपछि भक्तपुर नगरपालिकाले सो मन्दिरको बुधबारबाट विधिवत्रुपमा जीर्णोद्धार शुरु गरेको हो । न्यातापोल मन्दिर संरक्षण कार्यअन्तर्गत उपभोक्ता समिति गठन गरि मन्दिरको जीर्णोद्धार शुरु गरेको नगरपालिकाले जनाएको छ । भूकम्पले मन्दिरको माथिल्लो तलामा क्षति...
-
२०७६ मङ्सिर २६, बिहिबार
योग्य जनशक्तिले स्थान पाउनुपर्छः डीन शर्मा
त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन सङ्कायका डीन प्रा डा डिल्लीराज शर्माले गुणस्तरीय शिक्षाका लागि हाम्रो नभई राम्रो जनशक्तिले स्थान पाउनुपर्ने बताउनुभएको छ । जनप्रिय बहुमुखी क्याम्पसको २८ औँ वार्षिकोत्सवका अवसरमा बुधबार यहाँ आयोजित कार्यक्रममा उहाँले अन्तरराष्ट्रिय बजारमा पठाउन सक्ने किसिमको योग्य जनशक्ति तयार गर्ने गरी शैक्षिक संस्था लाग्नुपर्ने बताउनुभयो । शैक्षिक उन्नयन र दक्ष जनशक्ति...
-
२०७६ मङ्सिर २६, बिहिबार
कर्णालीमा सुत्केरी पोषण कोसेली कार्यक्रम लागू
कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा प्रसूति हुने महिलाले पोषणबापत रु दुई हजार पाउने भएका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले मङ्सिर महिनादेखि लागू गरेको ‘सुत्केरी पोषण कोसेली’ कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई पोषणबापत रु दुई हजार रकम प्रदान गर्ने व्यवस्था गरेको छ । यो व्यवस्थासंगै कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा प्रसूति हुन आउने महिलाले रु चार हजार...
-
२०७६ मङ्सिर २६, बिहिबार
जनप्रतिनिधिको सक्रियताः घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण
दाङको तुलसीपुर उपमहानगरपालिका–६ ले सामाजिक सुरक्षा भत्ता घरमा नै वितरण गरेको छ । बैंकमा पुगेर रकम झिक्न अतिअशक्त, ज्येष्ठ नागरिक, शारीरिक अपाङ्गता, अस्वस्थ भएकालाई असहज भएपछि बैंकका कर्मचारीलाई बोलाएर घरमै सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । “उहाँहरु बैंकमा आएर भत्ता लैजान सक्ने अवस्थामा हुनुहुँदैन, त्यसैले हामीले घरमै गएर भत्ता वितरण गर्न थालेका हौँ”, वडाध्यक्ष नवराज लामिछानेले भन्नुभयो, “...
-
२०७६ मङ्सिर २५, बुधबार
उपमहानगरपालिकाद्वारा प्लाष्टिक बिक्रीको तयारी
घोराही बजारलाई वातावरणीयरूपमा प्रदूषण हुनबाट रोक्ने उद्देश्यले उपमहानगरपालिकाले प्लाष्टिक बिक्री गर्ने भएको छ । जथाभावीरूपमा फोहर फाल्दा शहरमा प्रदूषण बढ्ने र ल्याण्डफिलसाइटसमेत भरिने भएकाले घोराही उपमहानगरपालिकाले नगल्ने फोहरका रूपमा रहेका प्लाष्टिकजन्य वस्तु खरीद गरेर बिक्री गर्ने तयारी गरेको हो । पुनःप्रयोग गर्न सकिने प्लाष्टिक झोला, विभिन्न खाद्यवस्तुका खोललगायतका प्लाष्टिकजन्य वस्तु खरीद...
-
२०७६ मङ्सिर २५, बुधबार
टिस्टुङ–बज्रबाराही चित्र प्रवद्र्धन
वरिपरि डाँडाकाँडा । प्राकृतिक दृश्यले सजिएको एउटा खोंच । त्यही सतहमा लिच्छिवीकालीन मन्दिर । हेर्दै आकर्षक र सुन्दर लाग्ने बज्रबाराही । जो–कोही यहाँ पुग्यो भने पनि आनन्दित हुन्छन् । मकवानपुरको थाहा नगरपालिका–६ स्थित टिस्टुङमा रहेको उक्त मन्दिर अहिले जीर्ण बन्दै गएकाले संरक्षणको पर्खाइमा छ । नागरिकको रक्षा तथा मनोकामना पूरा हुने जनविश्वासका साथ स्थानीयवासीले यहाँ खेतबारीमा उब्जिएका नयाँ बाली...
-
२०७६ मङ्सिर २५, बुधबार
विमानस्थल खुल्यो
भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरले धावन मार्ग मर्मतसम्भार गर्नका लागि मङ्सिर १५ गतेदेखि विमानस्थल बन्द गरेको थियो । धावन मार्ग मर्मत र रङरोगनका काम सम्पन्न भएसँगै विमानस्थल आजदेखि सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख पवनकुमार गौतमले जानकारी दिनुभयो । विमानस्थलको धावनमार्गमा मर्मतसम्भार र माथि कालोपत्रे थप गरिएको छ । गौतमका अनुसार धावनमार्ग मर्मतसँगै भ्रमण...


