राष्ट्रिय
-
२०७६ मङ्सिर २९, आइतबार
निःशुल्क स्वास्थ्य शिविरबाट ४०७ जना लाभान्वित
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सूर्यविनायकमा सञ्चालित एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविरबाट ४०७ जना लाभान्वित भएका छन् । सूर्यविनायक नगरपालिकाको सहकार्यमा शनिबार सम्पन्न शिविरमा बालरोग, स्त्रीरोग, छालारोग, मुटुरोग, नाक, कान, घाँटी, मधुमेह, हाडजोर्नी, अर्बुद्ध लगायतका परीक्षण गरिएको थियो । आँखा, दाँत तथा जनरल परीक्षण विभिन्न अस्पतालमा कार्यरत २० विशेषज्ञ चिकित्सकले गर्नुभएको थियो ।...
-
२०७६ मङ्सिर २९, आइतबार
युवा मृत फेला
पर्वतको फलेवास नगरपालिका–७ चिर्दिखोलामा २६ वर्षीय युवक डिलबहादुर नेपाली मृतावस्थामा फेला परेका छन् । अत्याधिक मादक पदार्थ सेवनका कारण नेपालीको मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । बाजुरा– जिल्लास्थित बडिमालिका नगरपालिका–९ चौराटाका ३५ वर्षीय जङ्गबहादुर विष्ट ठुलीगाड नजिक मृत अवस्थामा भेटिएका छन् । प्रहरीले विष्टको...
-
२०७६ मङ्सिर २९, आइतबार
बाइस वर्षमा नभएका काम दुई वर्षमा भयो मन्त्री बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल भ्रमण वर्ष २०२० विशेषरूपमा मनाउन लागिएको र यसपछिका वर्ष पर्यटनकै वर्ष हुने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित नमोबुद्ध तिमाल समाजद्वारा नेपाल भ्रमण वर्षका अवसरमा शनिबार आयोजित हाफ म्याराथुन प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको पर्यटन पृथ्वी रहेसम्म चलिरहने छ भन्नुभयो । मन्त्री बाँस्कोटाले...
-
२०७६ मङ्सिर २९, आइतबार
उद्यमशील महिला मेला आकर्षणको केन्द्र
नेपाल राष्ट्रिय उद्यमशील महिला महासङ्घद्वारा यहाँ आयोजित उद्यमशील महिला मेलाले पूर्वको मुख्य व्यापारिक नाका इटहरीलाई आकर्षित बनाइराखेको छ । १५० प्रदर्शनी कक्ष रहेको मेलामा महिलाले मात्र उत्पादन गरेको वस्तु प्रर्दशनी तथा बिक्री वितरणमा राखिएका छन् । महिलाले उत्पादन गरेका घरेलु खाना तथा हस्तकलाका सामग्रीले आकर्षण बनाइराखेको छ । पुस ६ गतेसम्म मेला जारी रहने छ । उद्योग वाणिज्य तथा आपूर्ति...
-
२०७६ मङ्सिर २९, आइतबार
दमकल सेवा विस्तार
काठमाडौँ महानगरपालिका९कामपा० ले वडा नं ६ स्थित बौद्ध रामहिटीबाट दमकल सेवा विस्तार गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले घनाबस्तीलाई ध्यान दिँदै सम्भावित आगोजन्य विपद् व्यवस्थापन गर्न दमकल सेवा विस्तार गरिएको जानकारी दिनुभयो । साठी मिटर अग्लो भ¥याङ र छ हजार लिटर पानीट्याङ्की क्षमताको दमकल खरीद प्रक्रियामा रहेका छन् । महानगरको २५औँ वार्षिकोत्सवको अवसरमा सो स्थानमा नवनिर्मित महानगर...
-
२०७६ मङ्सिर २७, शुक्रबार
सिँचाइ आयोजना निर्माणपछि किसान हर्षित
पश्चिमी पर्साको पर्सागढी नगरपालिका–२ हरपुरमा लोटाहा बाँध सिँचाइ आयोजना निर्माण भएपछि सो भेगका किसान हर्षित भएका छन् । सङ्घीय सरकारको रु तीन करोड ८८ लाख २५ हजार ३२८ लागतमा निर्माण भएको सो आयोजनाबाट २०२ दशमलव ५७ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वीरगञ्जका डिभिजन प्रमुख शिवनन्दनप्रसाद साहले राससलाई बताउनुभयो । ९५४ जनसङ्ख्या रहेको सो वडाका १३९...
-
२०७६ मङ्सिर २७, शुक्रबार
उच्च पहाडी र हिमाली भू–भागमा हिमपात, उपत्यकामा हल्का वर्षा
पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर पूर्ण बदली भई उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । महाशाखका अनुसार हुम्ला, डोल्पा, मुगुलगायतको उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातसँगै जनजीवन प्रभावित भएको छ । बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागले पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी...
-
२०७६ मङ्सिर २७, शुक्रबार
चन्द्रागिरी नपाको सहयोगमा संचालन रञ्जना लिपि तालिम समय थप
काठमाडौंर चन्द्रागिरी नगरपालिकाको सहयोगमा चन्द्रागिरी एकिकृत समाजको आयोजनामा ‘रञ्जना लिपि’ प्रशिक्षण तालिमको समयावधी थप गरिएको छ । नगर पालिकाको वडां। ५ किसिपिडिमा रहेको सनसाइन स्कुलको प्रांगणमा गत मंसिर ५ गते बिहीवारदेखि सुरु भएको थियो । समाजका कोषाध्यक्षद्धय महेश्वर श्रेष्ठले भन्नुभयो, तालिममा सहभागीहरुले एक दमै उत्सुक्ता साथ ध्यान दिइ अध्ययन गरिरहेको जनाउनु भयो । श्रेष्ठले तालिममा समयको अपुग...
-
२०७६ मङ्सिर २७, शुक्रबार
मुस्ताङमा जम्यो ताल तथा खोलाको पानी
चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ । बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवासी तिलक विकले जानकारी दिनुभयो । उहाँका अनुसार उपल्लो मुस्ताङमा न्यूनतम तापक्रम माइनल १५ डिग्री सेल्सियस पुगेको छ । खाना पकाउन, गाईवस्तुलाई खुवाउन, सरसफाइ र घरायसी...
-
२०७६ मङ्सिर २७, शुक्रबार
नियम विपरीतका होर्डिङ बोर्ड हटाउन शुरु
सम्बन्धित संस्था वा व्यक्तिले निर्धारित समयमा नियम विपरीत राखिएको विज्ञापन हटाउने कार्य नगरेपछि काठमाडौँ महानगरपालिकाले शहरलाई कुरूप बनाई राखिएका होर्डिङ बोर्ड हटाउन शुरु गरेको छ । गत सोमबारसम्म कामपाले सम्बन्धित व्यक्ति वा संस्थालाई नियम विपरीत राखिएका होर्डिङ बोर्ड हटाउन निर्देशन दिएको थियो । निर्देशन पालना नगरेपछि अहिले कामपाले बानेश्वर, कोटेश्वर, माइतीघर, त्रिपुरेश्वर, लैनचौरलगायतका स्थानमा...
-
२०७६ मङ्सिर २७, शुक्रबार
लि नेवाः गुथियात अनुरोध पत्र हस्तान्तरण
हलि नेवाः गुथिलाई नेवाः विद्यार्थी युनियनद्धारा गत मंगलवार अनुरोध पत्र हस्तान्तरण गरियो । हलि नेवाः गुथिका भाषा, लिपि शाखाकी संयोजक सुष्मा श्रेष्ठलाई अध्यक्षद्धय रीदेन महर्जनद्धारा पत्र हस्तान्तरण गरेका थिए । उक्त पत्रमा अनुसार नेवाः विद्यार्थी युनियन उपत्यकाका क्याम्पसहरुमा नेपाल भाषा विषय लिइ अध्ययनरत विद्यार्थीहरुको संगठन हो । संस्थाको मुख्य उद्देश्य नै क्याम्पसहरुमा नेपाल भाषा...
-
२०७६ मङ्सिर २७, शुक्रबार
नेपालभाषानेपालभाषाको पुस्तक धर्म पासाया गजल गंगा विमोचनमा साहित्यको चिन्ता
नेपालभाषा सफू सहकारी बहुउद्देशीय संस्थायात लिमिटेड को आयोजनामा सम्पन्न एक कार्यक्रम नेपालभाषा साहित्यको ‘धर्म पासाया गजल गंगा’ पुस्तक विमोचनमा मा साहित्यकार हरुलेनेपालभाषा साहित्यको गुणस्तर, पुस्तक वितरण प्रणालीदेखि बजार व्यवस्थापनको विषयमा सरोकारवाला पक्षले चासो र चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय नेपालभाषा बोल्नेको संख्या न्यून भएसँगै साहित्यमा परेको प्रभावप्रति साहित्यकारहरुले चासो दिएका...


