STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ पौष २, बुधबार

    अमेरिकाद्वारा नेपाली सेनालाई दुुई विमान हस्तान्तरण

    नेपाली सेनालाई अमेरिकी सरकारले दुुई वटा एम २८ स्काई ट्रक हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूूत ¥याण्डी डब्ल्यू बेरीले बलाधिकृत रथी शरद गरीलाई ती विमान हस्तान्तरण गर्नुुभयो । छोटो समयमा उडान र अवतरण गर्नसक्ने क्षमतासहितको उक्त विमान नेपालको भूूगोलका लागि उपयुुक्त मानिन्छन् । नेपालको मानवीय सहायता र विपद् व्यवस्थापन प्रतिकार्य...

  • २०७६ पौष २, बुधबार

    पूर्वका धार्मिक तथा पर्यटकीय क्षेत्र हवाई सेवामार्फत जोडिँदै

    पूर्वमा निजी हवाई सेवा कम्पनीले प्याकेज नै बनाएर हवाई सेवा शुरु गरेपछि यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु हवाई सेवामार्फत जोडिएका छन् । सीता एयर र माउण्टेन एयरले आपसी सहकार्य गरी झापाको भद्रपुर र विराटनगरबाट ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर, खोटाङको हलेसी, लुक्लालगायतका ठाउँमा हवाई सेवा शुरु गरेपछि यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्र हवाई सेवामार्फत जोडिएका हुन् । सीता...

  • २०७६ पौष २, बुधबार

    सुकुम्वासीका घर बनाउँदै रत्ननगर

    रत्ननगर नगरपालिकाले सुकुम्वासी समुदायका लागि घर निर्माण शुरु गरेको छ । विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर घर बनाउन थालिएको हो । रत्ननगर नगरपालिका–८ बगर टोलमा रहेका सुकुम्वासीमध्ये नौ परिवारका लागि अहिले लुमन्ती आवासका लागि सहयोग समूहको सहकार्यमा घर निर्माणकार्य थालिएको छ । पछि सोही बस्तीमा यो सङ्ख्या २६ पु¥याइने छ । नगरपालिकाका प्रमुख नारायण वनका अनुसार घर निर्माणका लागि शुरुमा समूहले छ प्रतिशत...

  • २०७६ पौष १, मंगलबार

    प्रत्येक स्थानीय तहलाई दुई करोड

    जिल्ला समन्वय समितिले प्रत्येक स्थानीय तहलाई रु दुई करोड बजेट बाँडफाँड गरेको छ । तत्कालीन जिल्ला विकास समितिको आन्तरिक कोषमा रहेको रु ४३ करोडबाट स्थानीय तहलाई चालू आर्थिक वर्षमै प्रशासनिक भवन निर्माणार्थ हालै बजेट प्रदान गरिएको हो । जिससले आफ्नो भवन निर्माणका लागि भने रु चार करोड राखेको छ । जिल्लाका १३ स्थानीय तहलाई रु २६ करोड छुट्याइएको हो । “केही गाउँपालिकालाई रु दुई करोडबाट थप सहयोग गर्नुपर्ने...

  • २०७६ पौष १, मंगलबार

    चिसो बढेपछि विद्यार्थीको उपस्थिति घट्यो

    एक÷डेढ हप्तायता आएर मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि उदयपुरका विभिन्न विद्यालयमा बिद्यार्थीको उपस्थिति घट्न थालेको छ । ह्वात्तै चिसो बढेपछि अहिले जिल्लाका बेलका नगरपालिका, चौदण्डी नगरपालिका, त्रियुगा नगरपालिकाका विद्यालयसहित पहाडी क्षेत्रका विद्यालयमा कक्षा १ देखि ५ सम्मका कक्षामा विद्यार्थीको उपस्थिति घट्न थालेको सम्बन्धित विद्यालयका शिक्षक बताउँछन् । चिसो बढे्दै गएपछि रौतामाई गाउँपालिकाको...

  • २०७६ पौष १, मंगलबार

    शीतलहरले जनजीवन प्रभावित

    बर्दियालगायत पश्चिम तराईका जिल्लामा शीतलहर शुरु भएको छ । बिहान अबेरसम्म बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा जनजीवन निकै प्रभावित भएको छ । शीतलहरसँगै जाडोका कारण बिहान स्कूल एवं कलेज पढ्ने विद्यार्थी, पढाउने शिक्षकलगायत बिहानै काम गर्ने मजदुर धेरै प्रभावित बनेका छन् । शीतलहरका कारण वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित भएका छन् । शीतलहरसँगै अत्यधिक चिसो...

  • २०७६ पौष १, मंगलबार

    दुई जिल्ला हेर्ने कार्यालयमा दुई कर्मचारी

    नेपाल सरकारको अधिनमा रहेको सरकारी कार्यालयमा दुई जना कर्मचारी मात्र रहेको सुन्दा अचम्म लाग्न सक्छ, तर वीरगञ्ज महानगरपालिका वडा नं ५ मा यस्तै एउटा सरकारी कार्यालय रहेको छ । उक्त कार्यालयको क्षेत्राधिकार बारा र पर्सा गरी दुई जिल्ला रहे पनि कर्मचारीचाहिँ दुई जना मात्रै छन् । खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय वीरगञ्जमा तीन कर्मचारीको दरबन्दी रहे पनि हाल दुई मात्र कर्मचारी रहेका छन् । एक वर्षअघि...

  • २०७६ पौष १, मंगलबार

    दर्ताबिनै चलिरहेका छन् साढे ६ हजार उद्योग

    दाङमा अधिकांश उद्योग दर्ताबिनै सञ्चालनमा आएको पाइएको छ । दाङमा सञ्चालित १४ हजार ४२१ उद्योगमध्ये ७ हजार ९०३ उद्योग मात्रै दर्ता भएर सञ्चालनमा आएको जिल्ला तथ्याङ्क कार्यालय दाङले जनाएको छ । कार्यालय प्रमुख तुलसीराम पोख्रेलेका अनुसार अझै पनि ६ हजार ५१८ वटा साना उद्योग दर्ताबिनै सञ्चालनमा आएका छन् । यी उद्योगलाई दर्ता प्रक्रियामा ल्याउने गरी प्रक्रिया अघि बढाउनु पर्नेसमेत उहाँको भनाइ छ । “दाङमा...

  • २०७६ पौष १, मंगलबार

    राहदानी लिने महिलाको सङ्ख्या बढ्दो

    वैदेशिक रोजगारका लागि रसुवाबाट राहदानी लिने महिलाको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । निमित्त प्रशासक एवं सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईका अनुसार यस आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म राहदानी प्राप्त गरेका कुल ४०१ जनामध्ये ६० प्रतिशत महिला छन् । उनीहरुले विदेश जानकै लागि नेपाली नागरिकता लिने र त्यसको भोलिपल्टै राहदानी प्राप्तिको लागि आवेदन पेश गर्न थालेका छन् । चालू आवको...

  • २०७६ पौष १, मंगलबार

    बोर्डर आउट पोष्टको स्थापना

    झापाको बाह्रदशी गाउँपालिका–१ स्थित भागुडुब्बामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट बीओपी स्थापना भएको छ । रू एक करोड ६१ लाख ७९ हजारको लागतमा भवन निर्माण भएसँगै पोस्ट स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल २ नं गण हेडक्वार्टर झापाका प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले जानकारी दिनुभयो । उक्त पोस्टमा प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टुकडी रहनेछ । भारतीय सीमा क्षेत्रमा हुने सीमा अतिक्रमण, अवैध निकासी–...

  • २०७६ पौष १, मंगलबार

    बज्राचार्य वर्ल्ड अवार्ड २०१९ का लागि आवेदन

    बज्राचार्य युवाहरुको संगठनको रुपमा रहेको बज्राचार्य क्लबले पौष १२ गते शनिवार आयोजना गर्न लागेको बज्राचार्य वर्ल्ड अवार्ड २०१९ का लागि आवेदन दर्ता अवधि पुष २ गतेसम्म थप गरेको छ । नेपाल प्रंज्ञा प्रतिष्ठानमा हुने अवार्डमा सहभागी हुन समय कम भएको गुनासो आएपछि ५ दिन म्याद थप गरिएको कुरा आयोजक संस्थाले जानकारी गराएको छ। शिक्षा क्षेत्रमा प्रोत्साहन दिन यो अवार्डको आयोजना गरिएको हो भने विभिन्न विषयमा...

  • २०७६ पौष १, मंगलबार

    पर्यटन प्रवद्र्धन गर्न ‘बहानेपोखरी महोत्सव’

    जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित ऐसेलुखर्क गाउँपालिकाले ‘बहानेपोखरी महोत्सव’ गर्ने भएको छ । वडा–१ राखाबाङ्देलमा रहेको पर्यटकीयस्थल बहाने पोखरीको प्रचार–प्रसार गर्दै पर्यटन प्रवद्र्धन गर्न आगामी फागुन १३, १४ र १५ गते महोत्सव गर्ने तयारी गरेको हो । महोत्सव सफल बनाउन स्थानीय गृहबहादुर राईको संयोजकत्वमा २१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । तीन दिनसम्म सञ्चालन हुने महोत्सव सफल बनाउन छिमेकी...

Pages