relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ पौष १, मंगलबार

    बज्राचार्य वर्ल्ड अवार्ड २०१९ का लागि आवेदन

    बज्राचार्य युवाहरुको संगठनको रुपमा रहेको बज्राचार्य क्लबले पौष १२ गते शनिवार आयोजना गर्न लागेको बज्राचार्य वर्ल्ड अवार्ड २०१९ का लागि आवेदन दर्ता अवधि पुष २ गतेसम्म थप गरेको छ । नेपाल प्रंज्ञा प्रतिष्ठानमा हुने अवार्डमा सहभागी हुन समय कम भएको गुनासो आएपछि ५ दिन म्याद थप गरिएको कुरा आयोजक संस्थाले जानकारी गराएको छ। शिक्षा क्षेत्रमा प्रोत्साहन दिन यो अवार्डको आयोजना गरिएको हो भने विभिन्न विषयमा...

  • २०७६ पौष १, मंगलबार

    पर्यटन प्रवद्र्धन गर्न ‘बहानेपोखरी महोत्सव’

    जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित ऐसेलुखर्क गाउँपालिकाले ‘बहानेपोखरी महोत्सव’ गर्ने भएको छ । वडा–१ राखाबाङ्देलमा रहेको पर्यटकीयस्थल बहाने पोखरीको प्रचार–प्रसार गर्दै पर्यटन प्रवद्र्धन गर्न आगामी फागुन १३, १४ र १५ गते महोत्सव गर्ने तयारी गरेको हो । महोत्सव सफल बनाउन स्थानीय गृहबहादुर राईको संयोजकत्वमा २१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । तीन दिनसम्म सञ्चालन हुने महोत्सव सफल बनाउन छिमेकी...

  • २०७६ पौष १, मंगलबार

    साधुसन्तलाई कम्बल र कमाण्डलु

    सप्तरीको विष्णुपुर गाउँपालिका–६ का अशोक यादव र सीतादेवी यादवले सोमबार १८५ साधुसन्तलाई कम्बल र कमण्डलु वितरण गर्नुभएको छ । छोराको मृत्यु भोजमा हुने खर्चको साटो सो रकमबाट कम्बल र कमण्डलु खरीद गरी उहाँहरूले वितरण गर्नुभएको हो । सप्तरीको विभिन्न गाउँबाट तथा भारत बिहारको मधुवनी र सुपौल जिल्लाबाट आएका साधुसन्तलाई कम्बल र कमण्डलु वितरण गरिएको स्थानीय जयराम यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “...

  • २०७६ पौष १, मंगलबार

    जब सिडिओ आफैँ टिकट जाँच गर्न हिँडेपछि।।

    यातायात व्यवसायीले तोकिएको भाडा दरभन्दा बढी असुलेको गुनासो आएपछि सोमबार प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलगायत सरोकारवालाको टिमले यात्रुहरुको टिकट जाँच आफँै गरेको छ । गाडीभित्र गएर प्रत्येक यात्रुबाट टिकट मागेर बढी रकम फिर्ता गराई सचेत गराएको प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो । भेरी नगरपालिकाको कुदुमा गएर अनुगमन गर्दा बढी रकम लिएको फेला परेको हो । सदरमुकामभन्दा पैदल तीन घण्टा टाढाको दूरीमा...

  • २०७६ पौष १, मंगलबार

    मेलुङमा दुई करोड सुन्तला उत्पादन

    दोलखा जिल्लाको उत्पादनको भण्डारका रूपमा मानिने दक्षिणी गाउँपालिका मेलुङमा वार्षिक रु दुुई करोड बराबरको सुन्तला उत्पादन हुने गरेको छ । कृषि उत्पादनको राम्रो सम्भावना बोकेको मेलुङ गाउँपालिकाको विभिन्न क्षेत्रमा वार्षिकपमा दुई करोड रकम बराबरको सुन्तला उत्पादन हुने गरेको मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताउनुभयो । मेलुङ गाउँपालिका समुद्री सतहदेखि ३३० मिटरको उचाइ सितलीदेखि तीन हजार ३००...

  • २०७६ पौष १, मंगलबार

    गाउँपालिकाद्वारा वडाबाटै योजना सम्झौता

    तनहुँको बन्दीपुर गाउँपालिकाले वडास्तरमै पुगेर योजना सम्झौता गरेको छ । चालू आर्थिक वर्ष २०७६र७७ को नीति, कार्यक्रम तथा बजेटबमोजिम चालू आवमा सञ्चालन हुने विभिन्न योजना वडास्तरमै पुगेर सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ । स्थानीयवासीलाई घरदैलोबाटै सेवा दिने उद्देश्यका साथ वडामा पुगेर योजना सम्झौताको अभियान सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । अध्यक्ष थापाका अनुसार...

  • २०७६ पौष १, मंगलबार

    सम्बन्धविच्छेद गर्ने पुरुषको सङ्ख्या बढ्यो

    मुलुकी संहिताले दिएको अधिकार प्रयोग गर्दै दाङमा पनि पुरुष सम्बन्धविच्छेदका लागि अदालत पुग्ने गरेका छन् । चालू आर्थिक वर्ष २०७६÷७७ को मङ्सिरसम्म जिल्ला अदालतमा १८४ पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गरेका छन् । मुलुकी संहिताले सम्बन्धविच्छेदका लागि पुरुष पनि सोझै अदालतमा जान सक्ने व्यवस्था गरेपछि पुरुष पनि सम्बन्धविच्छेदका लागि अदालत जाने गरेका हुन् । जम्मा ४७२ सम्बन्धविच्छेदका मुद्दा...

  • २०७६ पौष १, मंगलबार

    नेकपाले तोक्यो स्थानीय तहका इञ्चार्ज र सहइञ्चार्ज

    नेपाल कम्युनिस्ट पार्टी नेकपा इलामका विभिन्न नगर तथा गाउँपालिकाका इञ्चार्ज र सहइञ्चार्ज चयन गरिएको छ । नेकपा इलामको सचिवालय बैठकको निर्णयबाट सर्वसम्मतबाट इञ्चार्ज र सहइञ्चार्ज चयन गरिएको हो । नेकपाको इलाम नगरपालिकाका इञ्चार्जमा भक्त केसी र सहइञ्चार्जमा कृष्ण श्रेष्ठ र जीवन शर्मा ढुङ्गाना, सूर्योदय नगरपालिकाका इन्चार्जमा तेजबहादुर राई, सहइन्चार्ज आरबी राई र नरेश तामाङ चयन हुनुभएको छ । यस्तै,...

  • २०७६ पौष १, मंगलबार

    बर्थिङ सेन्टर र प्रयोगशाला सञ्चालनमा

    पनौती नगरपालिकाले वडा नं ७ मा रहेको पनौती स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर र प्रयोगशाला सञ्चालनमा ल्याएको छ । नगरप्रमुख भीम न्यौपानेले बर्थिङ सेन्टर र अहिले सञ्चालनमा ल्याएको ल्याब राम्रोसँग सञ्चालन गर्न निर्देशन दिनुभयो । पनौतीको मुख्य बजारमा बढ्दो जनसङ्ख्याको चापलाई ध्यानमा राखेर बर्थिङ सेन्टर र ल्याब सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । अहिले पनौतीमा नै अस्पातल निर्माणका लागि पुनःनिर्माण...

  • २०७६ पौष १, मंगलबार

    प्रत्येक स्थानीय तहलाई दुई करोड

    जिल्ला समन्वय समितिले प्रत्येक स्थानीय तहलाई रु दुई करोड बजेट बाँडफाँड गरेको छ । तत्कालीन जिल्ला विकास समितिको आन्तरिक कोषमा रहेको रु ४३ करोडबाट स्थानीय तहलाई चालू आर्थिक वर्षमै प्रशासनिक भवन निर्माणार्थ हालै बजेट प्रदान गरिएको हो । जिससले आफ्नो भवन निर्माणका लागि भने रु चार करोड राखेको छ । जिल्लाका १३ स्थानीय तहलाई रु २६ करोड छुट्याइएको हो । “केही गाउँपालिकालाई रु दुई करोडबाट थप सहयोग गर्नुपर्ने...

  • २०७६ पौष १, मंगलबार

    चिसो बढेपछि विद्यार्थीको उपस्थिति घट्यो

    एक÷डेढ हप्तायता आएर मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि उदयपुरका विभिन्न विद्यालयमा बिद्यार्थीको उपस्थिति घट्न थालेको छ । ह्वात्तै चिसो बढेपछि अहिले जिल्लाका बेलका नगरपालिका, चौदण्डी नगरपालिका, त्रियुगा नगरपालिकाका विद्यालयसहित पहाडी क्षेत्रका विद्यालयमा कक्षा १ देखि ५ सम्मका कक्षामा विद्यार्थीको उपस्थिति घट्न थालेको सम्बन्धित विद्यालयका शिक्षक बताउँछन् । चिसो बढे्दै गएपछि रौतामाई गाउँपालिकाको...

  • २०७६ पौष १, मंगलबार

    शीतलहरले जनजीवन प्रभावित

    बर्दियालगायत पश्चिम तराईका जिल्लामा शीतलहर शुरु भएको छ । बिहान अबेरसम्म बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा जनजीवन निकै प्रभावित भएको छ । शीतलहरसँगै जाडोका कारण बिहान स्कूल एवं कलेज पढ्ने विद्यार्थी, पढाउने शिक्षकलगायत बिहानै काम गर्ने मजदुर धेरै प्रभावित बनेका छन् । शीतलहरका कारण वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित भएका छन् । शीतलहरसँगै अत्यधिक चिसो...

Pages