राष्ट्रिय
-
२०७६ पौष ३, बिहिबार
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको ‘हर दिन प्रशिक्षण’ अभियान
बाँकेमा दुर्घटनाका कारण अकालमा ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएपछि ट्राफिक प्रहरीले ‘हर दिन प्रशिक्षण’ अभियान शुरु गरेको छ । ट्राफिक नियमको पालन, सडकमा कसरी सुरक्षित हिँड्ने भन्नेबारेमा प्रशिक्षण दिन प्रहरीले जिल्लाव्यापी अभियान शुरु गरेको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख पविन्द्र बमले जानकारी दिनुभयो । “दुर्घटना नै नहोस् भनेर सडकमा हिँड्ने यात्रु र सवारीसाधन चालकलाई लक्षित गरेर दैनिकरुपमा...
-
२०७६ पौष ३, बिहिबार
पर्यटकका लागि थारु सङ्ग्रहालय खुला गरिँदै
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ भल्कामा रहेको थारु सङ्ग्रहालय आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिने भएको छ । थारु समुदायको आस्थाको धरोहरका रुपमा रहेको भल्कामा वडा कार्यालयको सहयोगमा सङ्ग्रहालयका लागि परम्परागत शैलीको घर निर्माण गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि सङ्ग्रहालयमा सौय ऊर्जा र शौचालयको व्यवस्था गरिएको छ । सङ्ग्रहालय अवलोकनका...
-
२०७६ पौष ३, बिहिबार
पहिलोपटक फाइबरबाट फोन र इन्टरनेट
नेपाल टेलिकमले फाइबर प्रविधिबाट धवलागिीरका चार जिल्लामा एकसाथ फोन र इन्टरनेट सेवा शुरुआत गरेको छ । पहिलोपटक टेलिकमले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा बुधबारदेखि सेवा थालनी गरेको हो । यसअघि बागलुङ सदरमुकाममा मात्र फाइबर प्रविधिको इन्टरनेट सेवा उपलब्ध रहेको थियो । नेपाल टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले म्याग्दीको गलेश्वरमा बुधबार सो सेवाको शुभारम्भ गर्दै इन्टरनेट र...
-
२०७६ पौष २, बुधबार
चितवनमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा
चितवनमा विषादी अवशेष दु्रत विश्लेषण परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । भरतपुर–२ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण मङ्गलबारदेखि शुरु गरिएको छ । प्रदेश सरकार, भरतपुर महानगरपालिका, कृषि ज्ञान केन्द्र र महानगर फलफूल तथा तरकारी बजारको संयुक्त पहलमा प्रयोगशाला सञ्चालनमा आएको हो । प्रयोगशालाले बजारमा आएका तरकारी र...
-
२०७६ पौष २, बुधबार
झापामा पर्यटकीय क्षेत्रको विकास र विस्तार गरिँदै
झापाका पर्यटकीय क्षेत्र विकास र विस्तार गर्न सरकारले चालू आर्थिक वर्ष २०७६÷७७ मा रु १५ करोड ७५ लाख बजेट विनियोजन गरेको छ । प्रदेश नम्बर १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत खर्च हुने गरी जिल्लाका ३७ पर्यटकीय क्षेत्रको विकास र विस्तार गर्न सो बजेट विनियोजन भएको पर्यटन बोर्ड काँकडभिट्टाका प्रमुख वासुदेव ढकालले जानकारी दिनुभयो । पन्ध्र स्थानीय तह रहेको झापामा सबैभन्दा बढी बजेट...
-
२०७६ पौष २, बुधबार
पाँच किलो ट्युमरको शल्यक्रिया
महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–३ स्थित खखना माविमा नेपाली सेनाले सञ्चालन गरेको १० दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरअन्तर्गत मङ्गलबार एक महिलाको पाँच किलोको ट्युमरको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । जिल्लाको सोनमा गाउँपालिका–३ बस्ने ६२ वर्षीया कोशीदेवीको पाठेघरको शल्यक्रिया गर्दा त्यसभित्र रहेको ४।९ किलोको ट्युमर सफलतापूर्वक शल्यक्रिया गरिएको जिल्लामा अवस्थित रणभीम गणका गणपति विदुर...
-
२०७६ पौष २, बुधबार
एउटै बोटमा २७ हजारको सुन्तला
यो त्यही सुन्तलाको बोट हो, जसलाई टोपबहादुर खड्काले ३९ वर्षअघि रोप्नुभएको थियो । चार दिन लगाएर गुल्मी, भाडगाउँबाट ल्याएको बोटमा योपालि ४५० किलो सुन्तला फल्यो । गाउँमा चलेको मूल्य अनुसार त्यही एउटै बोटले रु २७ हजार कमाइ दियो । बजारसम्म आइपुग्दा सुन्तलाको मूल्य अझ बढ्छ । बगैँचाबाटै किन्दा भने प्रतिकिलो रु ५० देखि ६० सम्म पर्छ । “तीन–चार रोपनीको अन्नबालीलाई एउटै बोटको सुन्तलाले जित्यो”, बागलुङ...
-
२०७६ पौष २, बुधबार
चौँतीस वर्षदेखि १८० बिघा सरकारी जमीन अतिक्रमित
बाँकेको खजुरा गाउँपालिकाको पुरैना गिजरामा रहेको १८० बिघा जमीन ३४ वर्षदेखि अतिक्रमित हुँदै आएको छ । सरकारी उदासीनता र राजनीतिक आडमा उक्त जमीन अतिक्रमित भएको हो । यसको रोकथाम तथा संरक्षणका लागि सरकारी तवरबाट कुनै पनि पहल हुनसकेको छैन । खजुरा गाउँपालिकाले पनि सरकारी स्वामित्वको उक्त जमीन अतिक्रमण रोक्नेतर्फ चासो देखाएको छैन । खजुरामा उखुखेती र चिनी मिल सञ्चालन गर्न सरकारले ३४ वर्षअघि हदबन्दी छुटमा...
-
२०७६ पौष २, बुधबार
साँघुरो सडक बन्यो डम्पिङसाइड
पोखरा महानगरपालिका–५ र ८ जोड्ने जिरो किलोमिटरस्थित फिर्के खोला पुल क्षेत्रमा सडक साँघुरो छ । त्यो पनि डम्पिङसाइड बन्न थालेपछि स्थानीयवासी आक्रोसित बनेका छन् । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिको प्रधान कार्यालयबाट पश्चिमतर्फ ७२ मिटर सडक अति साँघुरो भएका कारण उक्त स्थानमा दुर्घटना बढिरहेको स्थानीयवासी मुक्तिनाथ सुवेदीले बताउनुभयो । साँघुरो बाटोका साथै सडकको उत्तर तर्फको केही खाली जग्गामा...
-
२०७६ पौष २, बुधबार
चन्द्रनगर पोलिटेक्निक इन्स्टिच्युट सञ्चालनमा
चन्द्रनगर गाउँपालिका र सिटीइभीटीको संयुक्त साझेदारीमा चन्द्रनगर पोलिटेक्निक इन्स्टिच्युट सञ्चालनमा आएको छ । चन्द्रनगर गाउँपालिकाको बबरगञ्जस्थित श्री दुर्गा खोभारी माध्यमिक विद्यालय भवनमा इन्स्टिच्युट सञ्चालनमा ल्याइएको छ । आफ्नो भवन नभएसम्म विद्यालयको भवनमा कक्षा सञ्चालनमा ल्याइने बताइएको छ । इन्स्टिच्युटमा अहिले तीनवर्षे सिभिल इञ्जिनीयरिङ र सूचना प्रविधिको पढाइ हुने गाउँपालिकाका प्रमुख प्रशासकीय...
-
२०७६ पौष २, बुधबार
शिक्षामा अलगअलग तीन सङ्घीय ऐनको तयारी
सरकारले विद्यालय तह, उच्चशिक्षा र प्राविधिक धारको शिक्षाका लागि तीन अलगअलग सङ्घीय शिक्षा ऐनको मस्यौदामा तयारी गरिरहेको छ । यसअघि ती तीनै वटा तहलाई समेटेर एकीकृत नयाँ ऐन ल्याउने तयारी भएकामा ‘राष्ट्रिय शिक्षा नीति, २०७६’ जारी भएपछि तीन फरकफरक कानूनको आवश्यकता रहेको निचोडमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुगेको हो । सङ्घीय शिक्षा ऐनहरु जारीपछि विद्यमान शिक्षा ऐन ९२०२८० विस्थापन हुनेछ । नयाँ...
-
२०७६ पौष २, बुधबार
नमोबुद्धमा इँटा उत्पादन बन्द
उच्च अदालत पाटन, ललितपुरको आदेश अवज्ञा गर्दै इँटा उत्पादन तथा बिक्री वितरण थालेको नमोबुद्ध नगरपालिका–२ भकुण्डेस्थित रहेको सत्यनारायण ब्रिक इण्डष्ट्रिज प्रालिले नगरपालिका कार्यालयको आदेश मानेको छ । उच्च अदालतको नमोबुद्धमा रहेका आठ इँटा उद्योगलाई कुनै पनि कार्य नगर्न गरेको जारी अन्तरिम आदेशको अवज्ञा गर्दै उक्त प्रालिले मङ्सिर पहिलो सातादेखि इँटा उत्पादन तथा मौज्दात बिक्री वितरण गर्दै आएको थियो ।...


