relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ पौष ८, मंगलबार

    भ्रमण वर्ष शुभारम्भका दिन बाँकेमा विशेष कार्यक्रम हुने

    भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन बाँकेमा विशेष कार्यक्रमको तयारी गरिएको छ । नेपालगञ्जमा भव्य विशेष कार्यक्रम आयोजना हुने तथा जमुनाहनाका हुँदै आउने विदेशी पर्यटकलाई भव्य स्वागत गरिने होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार भ्रमण वर्ष शुभारम्भको दिन जमुनाहनाकामा दुई हजार बढी पर्यटक भित्र्याइने र उनीहरुलाई भव्य स्वागत गर्ने योजना बनाइएको छ । पर्यटन...

  • २०७६ पौष ८, मंगलबार

    आचार्य समाजद्वारा घाइतेलाई सहयोग

    आचार्य बन्धु समाज नेपालले सडक दुर्घटनामा गम्भीर घाइते भई अचेत अवस्थामा उपचाररत खोटाङका युवराज आचार्यलाई रु ५७ हजार आर्थिक सहयोग गरेको छ । गत असोज ३ गते दुर्घटनामा गम्भीर घाइते भई अचेत अवस्थामा रहनुभएका आचार्य हाल काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत हुनुहुन्छ । समाजका महासचिव बाबुराम आचार्यको संयोजकत्वमा सोमबार अस्पतालमै पुगी उहाँलाई ‘युवराज आचार्य बचाऊ अभियान’अन्तर्गत...

  • २०७६ पौष ८, मंगलबार

    असुरक्षित गर्भपतन बढ्दै

    सन्धिखर्कमा असुरक्षित गर्भपतन बढिरहेको छ । नेपाल सरकारको सूचीकृत संस्थाबाट मात्र गर्भपतन सेवा दिनुपर्ने भए पनि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेका निजी स्वास्थ्य संस्थाहरुले नियम मिचेर गर्भपतनको सेवा दिइरहेका छन् । सन्धिखर्क नगरपालिकाले मेडिकल, पोलिक्लिनिक र फार्मेसीमा अनुगमन गर्दा नियमविपरीत कार्य सञ्चालन गरेको भेटिएको हो । नियमविपरीत मेडिकल र पोलिक्लिनिकले गर्भपतन सेवा दिने, बेच्न नहुने...

  • २०७६ पौष ८, मंगलबार

    मेचीनगरमा अन्तरराष्ट्रिय महोत्सवको तयारी पूरा

    झापाको मेचीनगरमा बुधबारदेखि शुरु हुने तेस्रो अन्तरराष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सवको तयारी पूरा भएको छ । हङकङ बजारको रुपमा बहुचर्चित धुलावारी बजारको बिजनेस पार्कमा सञ्चालन हुने महोत्सवमा नेपाल, भारत र बङ्गलादेशका २०० कक्ष रहने आयोजक संस्था मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिनाले जानकारी दिनुभएको छ । निर्यातमूलक स्वदेशी कृषि वस्तुको व्यापारिक प्रवद्र्धनका लागि स्टलमा...

  • २०७६ पौष ८, मंगलबार

    विद्युतीय रेलमार्गको ट्रयाक निर्माण कार्यले गति लिँदै

    पूर्व पश्चिम राजमार्गअन्तर्गत रौतहट जिल्लाको वाग्मतीदेखि धन्सार खण्डमा निर्माण हुने विद्युतीय रेलमार्गको ट्रयाक निर्माणको कामले गति लिन थालेको छ । रौतहट जिल्लाको वाग्मतीदेखि धन्सार सडकखण्डमा ट्रयाक निर्माणको कार्यलाई ठेकेदार कम्पनीले तीव्रता दिएको रेल्वे विभागका इञ्जिनीयर सुमोद पोखरेलले राससलाई बताउनुभयो । सङ्घीय सरकारको करिब सवा तीन अर्बको लागतमा निर्माण भइरहेको सो ट्रयाकको ठेक्का पाएका...

  • २०७६ पौष ८, मंगलबार

    पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता टोल अभियान शुरु

    घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन पाल्पाको निस्दी गाउँपालिकाले पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता अभियानलाई तीव्रता दिएको छ । नेपाल सरकारको संस्थागत सुत्केरी बढाउने नीतिअनुरूप पाल्पाका निस्दी गाउँपालिकामा पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता गर्न टोल अभियान शुरु गरेको हो । निस्दी गाउँपालिका–४ स्थित मित्याल स्वास्थ्य चौकीले गाउँपालिकामा नै पहिलो पटक पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता...

  • २०७६ पौष ८, मंगलबार

    ‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ बहस हुँदै

    ‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ विषयक आर्थिक बहस हुने भएको छ । यही पुस १० गते बागलुङ महोत्सवको अवसरमा आयोजना हुने सो बहसमा नीति निर्माता तथा उद्योग व्यवसायी सहभागी हुनेछन् जिल्लामा लगानीका सम्भावना औँल्याउन आर्थिक बहसको आयोजना गरिएको आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ । बहसमा नेपाल उद्योण वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र उद्योगपति मीनबहादुर...

  • २०७६ पौष ८, मंगलबार

    भुवा पर्व’ मा पुस १० गते बिदा

    सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा मनाइने ‘भुवा पर्व’को अवसरमा यही पुस १० गते सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज प्रकाशित सूचनामा प्रदेश सरकारको निर्णयबमोजिम भुवा पर्व मनाइने पुस १० गते बिहीबार सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ । यो पर्व खास गरी प्रदेशको अछाम, बाजुरा, बझाङलगायतका जिल्लामा उल्लासपूर्वक मनाउने गरिन्छ । डोजरमा आगजनीः कैलालीको पूर्वी क्षेत्र...

  • २०७६ पौष ८, मंगलबार

    कृषकले अलैँचीको लागत मूल्य पनि पाएनन

    अलैँचीको ‘हब’ बन्दै गरेको पहाडी जिल्ला लमजुङमा कृषकहरुले अलैँची दाना बिक्रीबाट गत वर्षभन्दा यस वर्ष झण्डै दोब्बर आम्दानी गरेका छन् । जिल्लामा उत्पादित दुई हजार क्विन्टल अलैँची बिक्रीबाट कृषकले मनग्ये आम्दानी गरेका हुन् । गत वर्षभदा यस वर्ष रु चार करोड पाँच लाख बढी आम्दानी जिल्लाका कृषकले गरेका छन् । गत वर्ष उत्पादित ७५० क्विन्टल बिक्रीबाट कृषहरुले रु पाँच करोड २५ लाख आम्दानी गरेका थिए । यहाँका...

  • २०७६ पौष ८, मंगलबार

    ‘शून्य शैक्षिक बेरोजगार’का लागि निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा

    शैक्षिक बेरोजगार न्यूनीकरणका लागि वालिङ नगरपालिकाले निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा प्रशिक्षण शुरु गरेको छ । ‘मानव संसाधनको विकास समृद्धिको निकास–समृद्ध स्मार्ट वालिङ निर्माणको आधार, शून्य शैक्षिक बेरोजगार’ भन्ने मूल नाराका साथ सोमबारदेखि वालिङ नगरपालिकाले तयारी कक्षा प्रशिक्षण शुरु गरेको हो । मानव संसाधनको विकास जस्तो दरिलो र दिगो विकास अरू हुन नसक्ने भएकाले यसको विकासमा बढी चासो दिन आवश्यक...

  • २०७६ पौष ८, मंगलबार

    रानीकोटगढी पर्यटकीय आकर्षणको केन्द्र

    सूर्यविनायक नगरपालिका वडा नं ७ र ८ को ऐतिहासिक रानीकोटगढी, घ्याम्पेडाँडा क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । सस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ती क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरेपछि आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्य बनेको हो । नगरकोट र धुलिखेलपछिको अर्को पर्यटकीय क्षेत्रका रूपमा विकास भएपछि पर्यटन व्यवसायी उत्साहित बनेका छन् । करोडदेखि अर्बसम्मको लगानीमा होटल...

  • २०७६ पौष ८, मंगलबार

    दु्रतमार्ग निर्माणका क्रममा काटिए २८ हजार रूख

    नेपाली सेनाको व्यवस्थापनमा बन्दै गरेको निजगढ–काठमाडौं द्रुतमार्ग निर्माणका क्रममा २७ हजार ६९ रूख काटिएका छन् । करिब ७७ किलोमिटर निजगढ–काठमाडौँ दु्रतमार्ग निर्माणका क्रममा सो क्षेत्रमा पर्ने करिब ३८ हजार ६६४ रूखमध्ये २७ हजार ६९ रूख काटिएको दु्रतमार्ग आयोजना कार्यान्वयन माहाशाखाका प्रमुख तथा प्रमुख सेनानी विश्वबन्धु पहाडीले बताउनुभयो । तत्काल काट्नै पर्ने भएकाले सो सङ्ख्यामा रूख काटिएको र बाँकी ११...

Pages