राष्ट्रिय
-
२०७६ पौष ७, सोमबार
राहत शिक्षकको लागि छुट्टै नीति ः मन्त्री पोखरेल
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राहत शिक्षकको व्यवस्थापनका लागि सरकारले छुट्टै नीति ल्याउने तर स्वतः स्थायी नबनाउने बताउनुभएको छ । नेकपा स्थायी कमिटी आमन्त्रित सदस्य पेशल खतिवडाका पिता मनोरथ खतिवडाको श्रद्धाञ्जलिसभामा मन्त्री पोखरेलले सरकारले आउँदो हिउँदे अधिवेशनबाट शिक्षासँग सम्बन्धित तीनवटा महत्वपूर्ण विधेयक पास गर्न लागेको जानकारी दिनुभयो । त्यसलगत्तै राहत शिक्षकको...
-
२०७६ पौष ७, सोमबार
माडीको बघौडा अस्पताल २५ श्यया
माडीको एकमात्र बघौँडा अस्पताललाई २५ श्ययाको अस्पतालका रुपमा स्तरोन्नति गरिने भएको छ । प्रदेश नं ३ सरकारको सहयोगमा श्यया थप गरेर स्तरोन्नति गर्न लागिएको हो । माडी नगरपालिकाको निर्णयअनुसार अस्पताललाई २५ श्ययाको बनाउन प्रदेश सरकार सकारात्मक देखिएको बघौडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा आलोक कुमारले बताउनुभयो । विसं २०३४ मा स्वास्थ्य चौकीका रुपमा स्थापना भई आफ्नो सेवा शुरु गरेको अस्पताललाई २०५४...
-
२०७६ पौष ७, सोमबार
बगर खेतीले सञ्चयमा लाग्दै मुसहर
तराईमा ‘राख्ने लुगा र साँच्ने धन नहुने’ आहानका लागि उदाहरणमा उभ्याइने मुसहर समुदाय पनि अब आर्जन र धन सञ्चयका काममा सक्रिय हुन थालेका छन् । कृषि मजदुरी नै मुख्य पुख्र्यौली पेशा धान्दै आएका महोत्तरीका मुसहर अब अतिरिक्त आर्जन गरेर सञ्चय गर्न थालेका छन् । जिल्लाको गौशाला नगरपालिका–८ बेलगाछीका ६२ घरपरिवारका मुसहर बगर खेतीबाट अतिरिक्त आम्दानीमा जुटेका छन् । बस्ती नजिकैको सोनी खोला किनारको नदीउकास बगर...
-
२०७६ पौष ७, सोमबार
बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण
यही पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास ९आधा ढाक्ने० सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण शुरु हुनेछ । बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ । पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुने...
-
२०७६ पौष ६, आइतबार
नेपाल भ्रमण वर्षको शुभारम्भ भव्य तयारी
प्रदेश १का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा विशेष कार्यक्रम आयोजना गरिने जानकारी दिनुभएको छ । यही पुस १६ गते विराटनगरस्थित शहीद रङ्गशालामा आयोजना हुने उद्घाटन समारोहलाई भव्य बनाउन सबै उपसमितिहरु सक्रियरूपमा लागेको शनिबार आयोजित पर्यटन प्रवद्र्धन समितिको बैठकमा उहाँले जानकारी दिनुभयो । मन्त्री कुसियतले उद्घाटन कार्यक्रमलाई व्यवस्थित एवं...
-
२०७६ पौष ६, आइतबार
प्राविधिक विश्वविद्यालय स्थापना हुने
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा प्राविधिक विश्वविद्यालय स्थापना हुनलागेको जानकारी दिनुुभएको छ । नेपाल तराई इञ्जिनीयर्स एशोसिएशनद्वारा शनिबार जनकपुरमा शनिबार आयोजित इञ्जिनीयरिङ कलेजको आवश्यकता विषयक गोष्ठीलाई सम्बोधन गर्नुहुँदै उहाँले प्राविधिक विश्वविद्यालय स्थापना गर्न सदनमा विधेयक प्रस्तुत भई छलफलका क्रममा रहेको बताउनुभयो । मुख्यमन्त्री राउतले प्रदेशलाई प्राविधिक शिक्षाको...
-
२०७६ पौष ६, आइतबार
लठ्यायो डाँडाको नाकले
चिसो मौसममा पारिलो घाम । खुलेको सुन्दर मनमोहक सुन्दर हिमाल । हिउँदको समय । गाउँघरमा खेतीपातीका कामको भ्याई नभ्याई छैन । लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा डाँडाको नाकमा बिहीबारदेखि शुरु सौह्रौँ संस्करणको लेखनाथ महोत्सव स्थानीयवासीको आकर्षण बनेको छ । भिन्न भिन्न कला सांस्कृति झल्किने नाचगानकोे प्रस्तुतिले महोत्सवमा आउनेलाई मोहित बनाएको छ । एकै ठाउँबाट घरायासी प्रयोगका धेरै सामग्री किन्न पाउने...
-
२०७६ पौष ६, आइतबार
हावाबाट विद्युत् सेवा शुरु
पाल्पाको निस्दी गाउँपालिकाको मित्यालमा हावाबाट बिजुली बत्ती बालिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नेपालको रु एक करोड ८० लाख र गाउँपालिकाको रु ४२ लाख १३ हजार ८०० को लागतमा हावाबाट बिजुली निकालिएको हो । हावाबाट १५ किलोवाट र वायु तथा सौर्य ऊर्जा हाइब्रिड प्रणलीमार्फत १० किलोवाट गरी २५ किलोवाट क्षमताको बिजुली निकालिएको उपभोक्ता समितिका अध्यक्ष भुपिन्द्र सुनारी मगरले जानकारी दिनुभयो । करीब...
-
२०७६ पौष ६, आइतबार
ठूलीगाडमा माछा मार्न प्रतिबन्ध
दक्षिणी क्षेत्रमा पर्ने ठूलीगाड नदीमा गैरकानूनीरूपमा माछा मार्न प्रतिबन्ध लगाइएको छ । जलीय जैविक विविधता संरक्षण गर्न बडीकेदार र जोरायल गाउँपालिकाले नदीमा माछा मार्न बन्द गर्ने निर्णय गरेका हुन् । जलचर संरक्षण ऐन कार्यान्वयनमा ल्याई जलीय जैविक विविधता संरक्षणमा ती दुई स्थानीय तह संयुक्त रुपमा जुटेका हुन् । अब नदीमा तथा खोलामा बम विष्फोट गरी, विषादी प्रयोग गरी तथा करेन्ट प्रयोग गरी माछा मार्न...
-
२०७६ पौष ६, आइतबार
सांसद विकास कोषको रकम विकास निर्माणमा
संसद् विकास कोषबाट विनियोजित रकमबाट पाल्पामा विभिन्न विकास निर्माणका काम भइरहेका छन् । सरकारले एक निर्वाचन क्षेत्रमा रु ६ करोड विनियोजन गरेको छ । सांसद दलबहादुर रानाले विनियोजन भएको रकम मध्ये ठूला योजनामा रु ५० लाख बराबर र साना योजनामा रु १० लाख बराबरका योजना रहेको जानकारी दिनुभयो । तिनाउ–चर्चरे–मराम मोटरबाटो स्तरोन्नति, तानसेन–गुन्द्रीखोल्सा सामुदायिक रेडियो मदनपोखरासम्म मोटरबाटो, माथगढी–५...
-
२०७६ पौष ६, आइतबार
देउखुरीलाई कृषि सुपर जोन बनाउन अध्ययन
प्रदेश नं ५ सरकारले दाङको देउखुरी क्षेत्रमा कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न विशेष अध्ययन सुरु गरेको छ । देउखुरीमा रेशम सुुपरजोन, भैँसी तथा माहुरीको स्रोतकेन्द्रका रुपमा विकास गर्न सम्भाव्यता अध्ययनन शुरु गरेको छ । किट विकास केन्द्रका प्रमुख हरिहर अधिकारी, प्रदेश नं ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ अधिकृत श्रीधर ज्ञवाली, कार्यक्रम अधिकृत जगन्नाथ शर्मा, प्रदेशसभा सदस्य...
-
२०७६ पौष ६, आइतबार
सूचना केन्द्र स्थापना
तनहुँको भिमाद नगरपालिका–९ स्थित मोहोरियामा सूचना केन्द्र निर्माण गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले रु १९ लाखको लागतमा सूचना केन्द्रका लागि भवन निर्माण गरेको हो । डिभिजन वन कार्यालयको वन उद्यान कार्यक्रमअन्तर्गत निर्माण गरिएको वातावरणमैत्री उद्यानभित्र सूचना केन्द्रका लागि भवन निर्माण गरिएको कार्यालयका प्रमुख केदार बरालले जानकारी दिनुभयो । वातावरणमैत्री उद्यानका लागि काठमाडौँस्थित एशियन सेन्टर...


