राष्ट्रिय
-
२०७६ पौष १६, बुधबार
पोखरामा नयाँ वर्षको स्वागतमा पर्यटक भरिभराउ
पर्यटकीयस्थल पोखरामा अङ्ग्रेजी नयाँ वर्ष २०२० को स्वागतका लागि व्यापकरूपमा तयारी गरिएको छ । पोखराको लेकसाइड बाह्य र आन्तरिक पर्यकटले भरिभराउ रहेको छ । मङ्गलबार मध्यरातमा १२ बजे नयाँ वर्षको शुभारम्भको अवसरमा आयोजित समारोहलाई अवलोकन गर्नका लागि पर्यटकको आगमन भएको हो । सोही अवसरमा रेष्टुरेन्ट एण्ड बार एशोसिएशनद्वारा आयोजित २१औँ सडक महोत्सवस्थलमा चहलपहल बढेको छ । सन् २०१९ को बिदाइका साथै सन् २०२० को...
-
२०७६ पौष १६, बुधबार
बाँध निर्माण शुरु
बर्सेनि करीब ७०० घर डुबानमा पार्ने हेटौँडा उपमहानगरपालिकाको क्याम्पाडाँडामा रु एक करोड २५ लाखको लागतमा बाँध निर्माणकार्य शुरु भएको छ । बाढी–पहिरोबाट वर्षैपिच्छे हुने डुबान र पहिरोबाट मुक्त पार्न उपमहानगरपालिकाले क्याम्पाडाँडाबाट गर्दोसम्म बाँध निर्माण गर्न लागेको हो । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जनताको सेवा, सुरक्षा तथा विकास गर्नु आफ्नो दायित्व रहेको बताउँदै जनतालाई बाढीपहिरोबाट...
-
२०७६ पौष १६, बुधबार
साहित्यकार बैरागी काइँला र राससकर्मी पौडेल सम्मानित
कवि शिरोमणि लेखनाथ पौड्यालको १३६औँ जन्मजयन्तीका अवसरमा वरिष्ठ साहित्यकार तिलविक्रम नेम्वाङ बैरागी काँइला र राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश कार्यालयका समाचारदाता वासुदेव पौडेल सम्मानित हुनुभएको छ । लेखनाथ साहित्य प्रतिष्ठान र कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिद्वारा मङ्गलबार कवि शिरोमणिको जन्मस्थल अर्घौअर्चलेमा संयुक्तरूपमा आयोजित कार्यक्रममा लेखनाथ साहित्य प्रतिष्ठानद्वारा स्थापित...
-
२०७६ पौष १६, बुधबार
विदेशी शिक्षण संस्था सञ्चालनबारे नयाँ मापदण्ड
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका, २०५९ संशोधन गरी नयाँ मापदण्ड लागू गरेको छ । गत मङ्सिर २४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार दोस्रो संशोधनसहित जारी गरिएको यो निर्देशिका जारीपछि अब विदेशी शिक्षण संस्थाको सम्बन्धनमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने प्रयोजनका लागि अनुमति प्रदान गर्दा वा सम्बन्धन परिवर्तन र कार्यक्रम...
-
२०७६ पौष १६, बुधबार
खरका छाना टल्काउँदै रम्भा गाउँपालिका
रम्भा गाउँपालिकामा अझै पनि ३३३ खरका छानासहितका घर छन् । खरका छाना बर्सेनि छाउनुपर्ने बाध्यता हुँदा बढी खर्चिलो हुँदै आएको छ । गाउँपालिकाले घरका छानासहितका घरलाई कर्कटपाताले छाइदिइने भएपछि स्थानीय बासिन्दा खुशी देखिएका छन् । चालू आव २०७६÷७७ मा ३३३ घरमा खरका छाना गाउँपालिकाले हटाउने गरी काम थालेको छ । गाउँपालिकालाई यसै आवमा पूर्णरूपमा खरका छानामुक्त बनाउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष...
-
२०७६ पौष १६, बुधबार
अति विपन्न परिवारलाई सौर्यबत्ती
तनहुँको बन्दीपुर गाउँपालिकाले विपन्न परिवारलाई सौर्यबत्ती वितरण गरेको छ । गाउँपालिकाले बिजुली नबलेको र बिजुली जडानका लागि मिटर राख्नसक्ने क्षमता नभएका घरधुरी छनोट गरी गाउँपालिका–६ स्थित बाक्से र खहरेका सात परिवारलाई सौर्यबत्ती वितरण गरेको हो । अन्धकारमा रहँदै आएका सर्वसाधारणको घर उज्यालो बनाउने उद्देश्यसहित विपन्न घरधुरीलाई सौर्यबत्ती वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी...
-
२०७६ पौष १६, बुधबार
पत्रकार महासङ्घको छानबिन समिति गठन
नेपाल पत्रकार महासङ्घ सुनसरीले दुई पत्रकारको सदस्यताका विषयमा छानबिन समिति गठन गरेको छ । महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्काको अध्यक्षतामा बसेको बैठकले महासङ्घ सुनसरीका सदस्य चन्दन रौनियार र विजय राईको सदस्यता राख्ने वा खारेज गर्ने भन्ने विषयमा छानबिन गर्नका लागि समिति गठन गरेको हो । महासङ्घ सुनसरीका महिला उपाध्यक्ष शुभद्रा प्याकुरेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको महासङ्घ...
-
२०७६ पौष १६, बुधबार
रसुवा–भोटेकोशी तीन वर्षमै निर्माण गरिने
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ रसुवा–भोटेकोशी जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । एक सय २० मेगावाट क्षमताको उक्त आयोजनाको मङ्गलबार गोसाइँकुण्ड गाउँपालिका–१ रोङ्गामा शिलान्यास गरिएको हो । गोसाइँकुण्ड–१ र आमाछोदिङ्मो गाउँपालिका–५ मा निर्माण गर्न लागिएको उक्त आयोजनाको आयोजना निर्देशक दीपक खड्का, गोसाइँकुण्डका अध्यक्ष कैसाङ नुर्पू तामाङ तथा चिनियाँ निर्माण कम्पनी सिचुवान हुवानी...
-
२०७६ पौष १६, बुधबार
काठमाडौँ विश्वविद्यालयमा पुनः ताला
काठमाडौँ विश्वविद्यालयका प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले मङ्गलबारबाट पुनः तालाबन्दी गरेका छन् । काठमाडौँ विश्वविद्यालय कार्यकारी परिषद्ले गठन गरेको अधिकारसम्पन्न वार्ता टोलीबीच गत भदौ ३० गते विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, डिन, प्राध्यापक तथा कर्मचारीको उपस्थितिमा आफूहरूसँग भएको सम्झौता कार्यान्वयनका लागि पटक–पटक स्मरण गराउँदा पनि बेवास्ता गरेको भन्दै आन्दोलन थप चर्काउन बाध्य भएर...
-
२०७६ पौष १६, बुधबार
भ्रमण वर्ष २०२० बाँके निकुञ्ज मुख्य गन्तव्य
नेपालगञ्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा बाँके राष्ट्रिय निकुञ्ज छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ । स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ । भारत ओहोरदोहोर हुने सीमा नजिकै छ । यस्तै अनुकूलताले मुलुकको कान्छो निकुञ्ज घुम्न आउने पर्यटक बढ्न थालेका छन् । यहाँका प्राकृतिक सम्पदा र वन्यजन्तुले पाहुनाको मन जित्न थालेका छन् । यही निकुञ्ज भएर मुलुकका विभिन्न जिल्ला...
-
२०७६ पौष १६, बुधबार
भ्रमण वर्षलाई स्वागत गर्न रातभर जाग्यो बागलुङ
अरुबेला रातको ९ बजे सुनसान हुने बागलुङ बजार आज बिहान १ बजेसम्म जाग्यो । सरकारले घोषणा गरेको भ्रमण वर्ष सन् २०२० स्वागत गर्न बागलुङ रातभर जाग्राममै बस्यो । भ्रमण वर्षको सन्दर्भ पारेर यहाँ बागलुङ महोत्सव–२०७६ जारी छ । रातको १२ बजेदेखि शुरु हुने नयाँ वर्ष र भ्रमण वर्षलाई एकसाथ बागलुङवसीले भव्य स्वागत, नाचगान र भ्रमण वर्ष सफलताको कामनासमेत गरे । भ्रमण वर्षलाई सघाउँदैै आन्तरिक तथा बाह्य पर्यटकलाई...
-
२०७६ पौष १६, बुधबार
मौसम सफा हुँदै गएपछि जनजीवन सामान्य हुँँदै
दुई साताभन्दा बढी चिसो स्याँठ र मुटु कमाउने जाडो खेपेका महोत्तरीवासी मौसम सफा हुँदै गएपछि सामान्य हुँदैछन् । सोमबारयता क्रमशः पारिलो घाम लाग्दै हुस्सु घटेर स्याँठ चल्ने क्रम पातलिँदै गएपछि यहाँको जनजीवन सामान्य हुँदै गएको हो । गत मङ्सिर २७ गते रातभरि पानी परेपछि एक्कासि बढेको जाडोले महोत्तरीसहित मध्यपूर्वी तराईको जनजीवन निकै कष्टकर बनेको थियो । दिनभरि बाक्लो हुस्सु लाग्ने र रातभरि तुषारो...


