राष्ट्रिय
-
२०७६ पौष ९, बुधबार
मुख्यमन्त्री गुरुङद्वारा शुभकामना व्यक्त
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा मनाइने विभिन्न चाडपर्वले सामाजिक एकता र भातृत्व कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । इसाई धर्मावलम्बीको महान् पर्व ख्रीष्टमसको अवसरमा मंलबार शुभकामना सन्देश जारी गर्दै उहाले सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । मुलुक संवैधानिकरूपमा धर्मनिरपेक्ष राष्ट्र भएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले सन्देशमा धार्मिक...
-
२०७६ पौष ९, बुधबार
मीरगञ्ज पुल बन्द , भीमनगरको बाटो प्रयोग गर्न व्यपारीको माग
नेपालको दोस्रो ठूला नाका विराटनगरमा मीरगञ्ज पुलका कारण उद्योग र व्यापारमा समस्या आएको छ । भारतबाट जोगबनी आउन मीरगञ्ज पुल पार गर्नुपर्छ । पूर्व क्षेत्रको उद्योग र व्यापारलाई आवश्यक पर्ने सामान सोही पुल भएर ल्याउनुपर्छ । नेपालको बूढीखोला भनिने भारतका मीरगञ्ज पुल बन्नुपर्ने उद्योगी र व्यापारीको धेरै पुरानो माग हो । जीर्ण अवस्थामा रहेको सो पुलको अहिले मर्मतकार्य शुरुआत भएकाले नेपाल आउने सामान...
-
२०७६ पौष ९, बुधबार
अझै निर्माण सम्पन्न भएनन् प्रहरी चौकी
जिल्लाको विकट दूधपोखरी गाउँपालिका–६ गौडामा नवनिर्मित भूकम्प प्रतिरोधी गौडा प्रहरी चौकी भवनको सञ्चालनमा आएको छ । नवनिर्मित प्रहरी भवनको गण्डकी प्रदेशका प्रहरी प्रमुख विनोद शर्मा घिमिरेले मङ्गलबार उद्घाटन गर्दै शान्ति सुरक्षा तथा सु–व्यवस्था कायम गराउन नेपाल प्रहरी दत्तचित्त रहेको बताउनुभयो । प्रहरी चौकीको क्षेत्रफल तीन रोपनी चार आना रहेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक सहयोगमा साढे...
-
२०७६ पौष ८, मंगलबार
चिसोबाट बच्न प्रहरीद्वारा दाउरा वितरण
केही दिनयता बढिरहेको चिसोका कारण सर्वसाधरणको जनजीवन प्रभावित हुन थालेपछि प्रहरीले आज विदुरमा दाउरा वितरण गरेको छ । चिसोको प्रभाव बढेपछि प्रहरीले आज विदुर, बट्टार, ढुङ्घे र त्रिशूलीसहितका क्षेत्रमा वृद्धवृद्धा तथा ज्येष्ठ नागरिक र साना नानीका लागि आगो ताप्न दाउरा वितरण गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो । नायब उपरीक्षक थापाका अनुसार जाडोका कारण बिहान...
-
२०७६ पौष ८, मंगलबार
हिल्सानाका सुनसान, चिसो छल्न सबै बेँसी झरेँ
चिसो बढेपछि जिल्लाको उत्तरी क्षेत्रको हिल्सानाका सुनसान देखिन थालेको छ । नेपाल–चीन सीमाक्षेत्र हिल्सामा होटल तथा पसल व्यवसाय गर्दै आएका स्थानीयवासी बेँसी झरेपछि हिल्सानाका अहिले सुनसान बनेको हो । यहाँ मङ्सिरको अन्तिम सातादेखि भारी हिमपात र तापक्रम शुन्यमा झरेसँगै चिसो बढी हुने भएकाले कोही बस्न सक्दैनन् । सबै मानिस बेँसी झरेपछि यो क्षेत्रमा अहिले सुनसान छाएको छ । उत्तरी हिल्सानाका क्षेत्र आसपासमा...
-
२०७६ पौष ८, मंगलबार
इन्द्रेणीपोखरीको मुहार फेरिँदै
खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा रहेको पर्यटकीयस्थल इन्द्रेणीपोखरीको स्तरोन्नति शुरु गरिएको छ । ‘परापूर्वकालमा इन्द्रले वाण हानेपछि उम्रिएको पानी जमेर पोखरी बनेका’े भन्ने कथन यहाँ रही आएको छ । समुद्री सतहदेखि करीब एक हजार ७०० मिटर उचाइमा रहेको उक्त पोखरी स्तरोन्नतिका गर्न रु एक करोड १० लाख ३१ हजार ४४० रकम विनियोजन गरिएको छ । पोखरी आसपास बालउद्यान, पानीको फोहोरासहितको पोखरी निर्माणलगायतका...
-
२०७६ पौष ८, मंगलबार
फिदिमदेखि प्राङबुङ सडक कालोपत्र तीव्रगतिमा
पाँचथर सदरमुकाममा केन्द्रीय सडक सञ्जालले जोडिएपछि सदरमुकामदेखि गाउँ–गाउँसम्म सडक सञ्जाल विस्तार गर्ने क्रम द्रुत गतिमा अगाडि वढेको छ । फिदिम–फालोट सडकको अवस्था दशकौँपछि अहिले फेरिएको छ । पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्मे हुने सडक अहिले कालोपत्र हुने चरणमा पुगेको छ । फिदिमदेखि प्राङबुङसम्म सडक निर्माण गर्न उपकरण र कामदार दिनरात खटिएका छन् । फिदिम नगरपालिका वडा नं १०, ११, १२ र १३ तथा...
-
२०७६ पौष ८, मंगलबार
भवन हस्तान्तरण भएन, ३५ जना क्षमताको कारागारमा १४८ बस्न बाध्य
तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला कारागार परिसरमा निर्माण गरिएको बन्दीगृह बजेट अभावका कारण हस्तान्तरणमा ढिलाइ भएको छ । उक्त भवनको जिम्मा ऋषि शक्ति बिल्र्डस एण्ड इञ्जिनीर्यस प्रालि डुम्रेले सम्झौताअनुरुप मङ्सिर १५ गते निर्माण सम्पन्न गरे पनि भुक्तानी हुन नसकेका कारण भवन हस्तान्तरण गर्न नसकिएको हो । हस्तान्तरण नहुँदा ३५ क्षमताको कारागारमा हाल १४८ जना कैदीबन्दी बस्न बाध्य रहेका छन् । उनीहरुलाई...
-
२०७६ पौष ८, मंगलबार
रिपिटर टावर नहुँदा डोल्पामा सञ्चार सेवा समस्या
नेपाल टेलिकमको रिपिटर टावर कम हँुदा डोल्पाका विभिन्न ठाउँमा सञ्चार सेवा अवरुद्ध हुने गरेको छ । जिल्लामा रहेका १३ टावरमध्ये छ स्थानमा स्याटेलाइट, पाँचस्थानमा माइक्रोवेभ र दुईवटा रिपिटर प्रविधिबाट सञ्चालन आएका छन् । नेपाल टेलिकम डोल्पाका प्राविधिक नवराज भट्टराईले जिल्लाको मौरे, रसीकोलेकमा रिपिटर टावर रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “कोरियान स्याटेलाइटबाट जोडिएका टावरबाट एकपटकमा १६...
-
२०७६ पौष ८, मंगलबार
फुर्सदको सयमा केरा र सुन्तला खेती गर्दै विद्यार्थी
अधिकांश विद्यालयका विद्यार्थीले कक्षामा पढाइ नहुँदा समय कसरी बिताउँछन् होला रु सायद धेरै सामुदायिक विद्यालयका विद्यार्थीले साथीभाइसँग खेलेर वा आपसमा रमाइलो गर्दै समय काट्छन् होला । तर, बागलुङको नगरपालिकास्थित सिगाना माध्यमिक विद्यालय तित्याङका छात्र ÷छात्रा खेलेर होइन, व्यवहारिक सीप सिक्न व्यस्त छन् । विद्यालयले एक वर्षदेखि विद्यार्थीको फुर्सदको समयलाई व्यवहारिक अभ्यासमा परिचालन गराएको छ । उनीहरु...
-
२०७६ पौष ८, मंगलबार
सार्वजनिक शौचालय भवनमा पसल सञ्चालन , बटुवालाई शौच गर्न समस्या
सार्वजानिक शौचालय भवनको कोठामा किराना पसल सञ्चालन हुन्छ रु अचम्म नमान्नुहोला । दिपायल सिलगढी नगरपालिका वडा नं ४ पिपल्लामा आम नागरिकका लागि निर्माण गरिएको सार्वजनिक शौचालयमा अहिले किराना पसल सञ्चालनमा रहेको छ । स्थानीय खन्टी केसीले सो शौचालय भवनको कोठामा पसल सञ्चालन गरिरहनुभएको छ । यसबाट यात्रु तथा बटुवालाई शौच गर्न समस्या भएको छ । सार्वजानिक भवनको कोठाबाट पसल सञ्चालन गर्दासमेत सम्बन्धित निकायले...
-
२०७६ पौष ८, मंगलबार
भ्रमण वर्ष शुभारम्भका दिन बाँकेमा विशेष कार्यक्रम हुने
भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन बाँकेमा विशेष कार्यक्रमको तयारी गरिएको छ । नेपालगञ्जमा भव्य विशेष कार्यक्रम आयोजना हुने तथा जमुनाहनाका हुँदै आउने विदेशी पर्यटकलाई भव्य स्वागत गरिने होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार भ्रमण वर्ष शुभारम्भको दिन जमुनाहनाकामा दुई हजार बढी पर्यटक भित्र्याइने र उनीहरुलाई भव्य स्वागत गर्ने योजना बनाइएको छ । पर्यटन...


