राष्ट्रिय
-
२०७६ पौष ११, शुक्रबार
एकपाते सुइरोमा विदेशी मख्ख
पाँचथरको याङ्वरक गाउँपालिका वडा नं ३ स्थित पाथीभरा चिया बगानको चिया प्रतिकिलो रु पाँच हजारसम्ममा बिक्री हुने गरेको छ । प्राङ्गारिक प्रमाणित भइसकेको यहाँ उत्पादित चियाको ठूलो हिस्सा युरोपका विभिन्न मुलुकमा निर्यात हुने गरेको छ । आफ्नो स्वादअनुसारको चिया खरीद गरी लैजान तथा यहाँको चियाको अन्तरराष्ट्रिय ब्यापार गर्न युरोपेली विभिन्न मुलुक तथा छिमेकी मुलुक चीनका नागरिक यहाँ आउने गरेका छन् । उनीहरुले...
-
२०७६ पौष ११, शुक्रबार
पार्किङ समस्या समाधान
लामो समयदेखि अव्यवस्थित रहेको पार्किङ समस्या हल भएको छ । विराटनगर महानगरपालिका–४ स्थित नेपाल आयल निगम १ नं प्रादेशिक कार्यालयमा इन्धन लिन आउने र जाने ट्याङ्करहरुले पार्किङ गर्ने समस्या व्यहोरिरहेका थिए । पूर्व क्षेत्रलाई इन्धन बिक्री गरिरहेको निगमले लामो समयदेखि पार्किङको समस्या झेलिरहेको थियो भने पार्किङका लागि उपयुक्त जग्गाको खोजी निगमले गरिरहेको थियो । निगमका प्रमुख अशोक साहले स्थानीय वासुदेव...
-
२०७६ पौष ११, शुक्रबार
पर्यटकीय स्थल बन्दै कान्तिताल
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २२ र २१ को बीचमा रहेको ‘कान्तिताल’ लाई पर्यटकीयस्थलका रूपमा पुनःनिर्माण गरिँदैछ । उपमहानगरपालिकाको करिब रु नौ करोड ५० लाखको लागतमा डेढ वर्षमा काम सक्ने गरी ताल पुनःनिर्माणको काम शुरु गरिएको नगरप्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो । कान्तिताल पहिले पुरैना वा पुरैनी तालको नामले चिनिन्थ्यो । उपमहानगरले पर्यटकीयस्थलका रूपमा यसको विकास गर्ने भएपछि नाम परिवर्तन गरेर...
-
२०७६ पौष ११, शुक्रबार
अजिङ्गरको उद्धार
धनगढी बजारको मध्य भाग हुँदै बग्ने कैलाली खोलाबाट बिहीबार दुर्लभ प्रजातिको अजिङ्गरको उद्धार गरिएको छ । धनगढी उपमहानगरपालिका–४ स्थित खानेपानी कार्यालय नजिक रहेको कैलाली खोलाबाट साढे पाँच फिट लामो र अढाइ किलो तौल भएको दुर्लभ प्रजातिको अजिङ्गरको उद्धार गरिएको डिभिजन वन कार्यालय कैलालीका जिल्ला वन अधिकृत रामचन्द्र कँणेलले बताउनुभयो । अजिङ्गरको बासस्थानको रूपमा रहेको स्थानीय खुटिया सामुदायिक वन...
-
२०७६ पौष ११, शुक्रबार
पर्यटक लक्षित यातायात सेवा
पर्यटकीय नगरी पोखरा र रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट जोड्ने गरी बिहीबारदेखि पर्यटक लक्षित यातायात सेवा सञ्चालनमा आएको छ । पोखरामा आउने पर्यटकलाई रुपाकोट रिसोर्टसम्म आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यका साथ यातायात सेवा सञ्चालनमा ल्याइएको हो । सेवा सञ्चालन कार्यको उद्घाटन समारोहमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको पर्यटनमा माछापुच्छ«े, फेवाताल, बेगनास तालजस्ता स्थल र...
-
२०७६ पौष ११, शुक्रबार
मानवअधिकार संरक्षणमा नागरिक सङ्गठनहरु बढी चनाखो बन्नुपर्छ सभामुख शाही
कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले मानवअधिकार रक्षाका सवालमा राज्य निकायभन्दा बढी चनाखो नागरिक सङ्गठन बन्नुपर्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक को अगुवाइमा बिहीबार सुर्खेतमा आयोजित ‘मानवअधिकार परिषद् विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदनको प्रारम्भिक मस्यौदामाथि छलफल’ कार्यशालामा उहाँले नागरिक सङ्गठनले मानवअधिकार हननका क्षेत्रको पहिचान गरेर निगरानी बढाउनुपर्ने बताउनुभयो...
-
२०७६ पौष ११, शुक्रबार
माघ २ गतेदेखि प्रदेश नं २ मा छोरी बीमा सप्ताह
प्रदेश सरकारले ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालनमा ल्याएको छोरी शिक्षा बीमालाई व्यापक बनाउँदै जनस्तरसम्म पु¥याउन छोरी बीमा सप्ताह सञ्चालन गर्ने भएको छ । विसं २०७५ माघ १ गते यता प्रदेशमा जन्मेका छोरीहरुको शिक्षाका लागि बीमा गर्ने सरकारले घोषणा गरे पनि कर्मचारी अभावलगायतका कारणले सोचेअनुरुपको बीमा हुन नसकेपछि प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा शिविर सञ्चालन गरी उनीहरुको घरदैलोमै...
-
२०७६ पौष ११, शुक्रबार
दुर्घटनामा अभिभावक गुमाएकी बालिकालाई मावलीको जिम्मा
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडकको छ किलोमा गत मङ्सिर २९ गते भएको बस दुर्घटनामा बाँच्न सफल छ महिने बालिकालाई बिहीबार आफन्तको जिम्मा लगाइएको छ । बालिकाकी आमा सुनिता तामाङको घटनास्थलमा मृत्यु भएको र बाबु बसका चालक सुमन तामाङ प्रहरी हिरासतमा रहेकाले बालिकालाई १२ दिनपछि मामा र ठूलीआमाको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । बालिकालाई...
-
२०७६ पौष १०, बिहिबार
उपत्यकामा चिसो
काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकाको न्यूनतम तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियसमा झरेको छ । यो काठमाडौँ उपत्यकाको यस वर्ष मापन गरिएको सबैभन्दा कम तापक्रम हो । बुधबार उपत्यकाको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस थियो । मौसमविद् गङ्गा नगरकोटीका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ । “पश्चिमी वायुको प्रभाव पुन दोहोरियो भने यस वर्ष उपत्यकाको तापक्रम...
-
२०७६ पौष ९, बुधबार
नेपाल भ्रमणको उत्कट चाहना छ ः बहराइन पर्यटनमन्त्री
बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनका उद्योग, व्यवस्थापन तथा पर्यटनमन्त्री जायद बीन रसिद अल जायनीलाई नेपाल भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गर्नुभएको छ । आगामी जनवरी १, २०२० मा नेपालमा आयोजना हुने मिनिष्ट्रियल क्यानलेभ तथा नेपाल भ्रमण वर्ष २०२० को समुद्घाटन कार्यक्रममा सहभागिता हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको तर्फबाट पर्यटन मन्त्री जायनीलाई...
-
२०७६ पौष ९, बुधबार
मुख्यमन्त्री पोखरेलद्वारा शुभकामना व्यक्त
प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलले इसाई धर्मावलम्बीको पर्व क्रिसमसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका इसाई समुदायका दाजुभाइ दिदीबहिनीहरुमा शान्ति र सुस्वास्थ्यको कामना गर्नुभएको छ । क्रिसमसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाली समाज विविधतायुक्त समाज भएकाले जाति, भाषा, धर्म र संस्कृतिको विविधताले मुलुक रङ्गिएको चर्चा गर्दै विविधतायुक्त समाजमा अहिले एउटा समुदायले...
-
२०७६ पौष ९, बुधबार
उन्नत बीउ उत्पादनमा सफलता
झण्डै एक लाख किसानलाई प्रत्यक्ष फाइदा पु¥याएर किसानका लागि उन्नत बीउबिजन कार्यक्रम परियोजना समाप्त भएको छ । परियोजनाद्वारा मङ्गलबार बुटवलमा आयोजित समापन कार्यक्रममा ग्रामीण परिवारको आयआर्जन बढाउन कार्यक्रम सफल भएको जानकारी दिइयो । कृषि विकासका लागि अन्तरराष्ट्रिय कोषको आर्थिक सहयोगमा कृषि तथा पशुपक्षी विकास मन्त्रालले गुणस्तरीय बीउबिजनको वितरण तथा कृषि व्यावसायीकरणका माध्यमबाट कृषकको जीवनस्तर...


