राष्ट्रिय
-
२०७६ पौष ६, आइतबार
स्वास्थ्यकर्मी नै बिरामीका रक्तदाता
जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी नै यहाँका बिरामीलाई समय–समयमा रगत दिन बाध्य भएका छन् । कर्णाली प्रतिष्ठानमा रगत अभाव भएका बेलामा कर्मचारीसमेत काम लाग्ने गरेका छन् । “प्रतिष्ठानमा निकै सिकिस्त बिरामी आउँछन् । रगत नपुग्दा मान्छेको ज्यान जोगाउनुपर्छ, रगत नपाइएको समयमा त्यसै टिक्न नसकिने भएकाले पटक–पटक रगत दिने गरेका छौँ”, प्रतिष्ठानको...
-
२०७६ पौष ६, आइतबार
शीतलहर र हुस्सुले विपन्नलाई सास्ती
बाँकेमा शीतलहर शुरु भएपछि जनजीवन कष्टकर भएको छ । चिसो हावासँगै पानीको मसिनो थोपा र बाक्लो हुस्सु लागेका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारण घरबाहिर निस्कनसमेत सकेका छैनन् । शीतलहर र हुस्सुका कारण विपन्नलाई सास्ती भएको छ । अघिल्लो साता परेको वर्षापछि अत्यधिक जाडो बढेको छ । चिसाले बाँकेका अल्पसङ्ख्यक तथा विपन्न समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् । चिडिमार, घँसियार, मगन्ता, कुचबधियालगायत गरीब...
-
२०७६ पौष ६, आइतबार
भारत जान लागेको बालकको उद्धार
अभिभावकलाई भेट्न भारत जान लागेको बताउने २० जना बालबालिकालाई नेपालगञ्जस्थित सीमामा रोकी सम्बन्धित अभिभावक र आफन्तलाई जिम्मा लगाइएको छ । सिविन बाल हेल्पलाइन नेपालगञ्जका प्रमुख सिद्धराज पनेरुले प्रशासनको रोहबरमा बालबालिकालाई अभिभावकको आफन्तको जिम्मा लगाएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसरी असुरक्षित यात्राले बालबालिका जोखिममा पर्र्ने सम्भावना रहन्छ ।” उहाँका अनुसार बेवारिसे अवस्थामा रहेका...
-
२०७६ पौष ६, आइतबार
आँखा उपचारमा नेपालीको पहुँच बढ्दो
नेपालमा अन्धोपन निवारणका लागि भिजन ट्वान्टी–ट्वान्टी कार्यक्रम सञ्चालन भएपछि आँखा उपचार सेवामा सबै नेपालीको पहुँच क्रमशः बढ्दै गएको छ । कार्यक्रमअन्तर्गत नेपालका विभिन्न स्थानमा आँखा अस्पताल र उपचार केन्द्र सञ्चालनमा आएपछि आँखा रोगको समस्या झण्डै आधा घटेको नेपाल नेत्र ज्योति सङ्घ बाँकेका अध्यक्ष रतनकुमार टण्डनले बताउनुभयो । संयुक्त राष्ट्र सङ्घले ‘दृष्टिका लागि अधिकार’ नारासहित भिजन ट्वान्टी–...
-
२०७६ पौष ६, आइतबार
एमसिसीको सहयोग भौतिक पूर्वाधारमा इण्डो प्यासेफिकको रणनीतिमा छैन
नेपालको भौतिक पूर्वाधार विकासका लागि अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसी मार्फत अनुदान सहयोग उपलब्ध गराएको स्पष्ट पार्दै सङ्घीय संसद्बाट अनुमोदन जरुरी रहेको मिलेनियम च्यालेन्ज एकाउन्ट एमसिए नेपालले स्पष्ट पारेको छ । एमसिसीले नेपालको ऊर्जा तथा सडक निर्माणका लागि ५० करोड अमेरिकी डलर उपलब्ध गराएको छ । यस्तै सो कार्यक्रमका लागि नेपाल सरकारले समेत १३ करोड अमेरिकी डलर बजेट उपलब्ध गराएको छ ।...
-
२०७६ पौष ६, आइतबार
नेपाल भ्रमण वर्षको शुभारम्भ भव्य तयारी
प्रदेश १का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा विशेष कार्यक्रम आयोजना गरिने जानकारी दिनुभएको छ । यही पुस १६ गते विराटनगरस्थित शहीद रङ्गशालामा आयोजना हुने उद्घाटन समारोहलाई भव्य बनाउन सबै उपसमितिहरु सक्रियरूपमा लागेको शनिबार आयोजित पर्यटन प्रवद्र्धन समितिको बैठकमा उहाँले जानकारी दिनुभयो । मन्त्री कुसियतले उद्घाटन कार्यक्रमलाई व्यवस्थित एवं...
-
२०७६ पौष ६, आइतबार
प्राविधिक विश्वविद्यालय स्थापना हुने
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा प्राविधिक विश्वविद्यालय स्थापना हुनलागेको जानकारी दिनुुभएको छ । नेपाल तराई इञ्जिनीयर्स एशोसिएशनद्वारा शनिबार जनकपुरमा शनिबार आयोजित इञ्जिनीयरिङ कलेजको आवश्यकता विषयक गोष्ठीलाई सम्बोधन गर्नुहुँदै उहाँले प्राविधिक विश्वविद्यालय स्थापना गर्न सदनमा विधेयक प्रस्तुत भई छलफलका क्रममा रहेको बताउनुभयो । मुख्यमन्त्री राउतले प्रदेशलाई प्राविधिक शिक्षाको...
-
२०७६ पौष ६, आइतबार
लठ्यायो डाँडाको नाकले
चिसो मौसममा पारिलो घाम । खुलेको सुन्दर मनमोहक सुन्दर हिमाल । हिउँदको समय । गाउँघरमा खेतीपातीका कामको भ्याई नभ्याई छैन । लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा डाँडाको नाकमा बिहीबारदेखि शुरु सौह्रौँ संस्करणको लेखनाथ महोत्सव स्थानीयवासीको आकर्षण बनेको छ । भिन्न भिन्न कला सांस्कृति झल्किने नाचगानकोे प्रस्तुतिले महोत्सवमा आउनेलाई मोहित बनाएको छ । एकै ठाउँबाट घरायासी प्रयोगका धेरै सामग्री किन्न पाउने...
-
२०७६ पौष ४, शुक्रबार
‘पत्रकारिता सुशासन प्रवद्र्धनमा केन्द्रित हुनुपर्र्छ’
स्थानीय तहको सुशासन प्रवद्र्धनमा पत्रकारले नीतिगतलगायत विषय उठान गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भएकाले त्यसतर्फ ध्यान जानुपर्नेमा जोड दिइएको छ । पारस्परिक जवाफदेहिता कार्यक्रमअन्तर्गत इक्वेल एक्सेस नेपालले आयोजना गरेको दुईदिने ‘पुनर्ताजगी पत्रकारिता तालीम’का प्रशिक्षक एवं वरिष्ठ पत्रकारले यस विषयमा जोड दिनुभएको हो । सो अवसरमा अन्नपूर्णपोष्ट दैनिकका प्रधानसम्पादक हरिबहादुर थापाले सङ्घीय...
-
२०७६ पौष ४, शुक्रबार
क्षेत्रीय सडक कालोपत्र शुरु
क्षेत्रीय सडकका रुपमा रहेको बागलुङ नगरपालिका–४ कुडुले चोकदेखि काठेखोला गाउँपालिका जाने सडकमा कालोपत्रको काम शुरु भएको छ । कुडुले चोकदेखि– मालिका–पञ्चकोट हुँदै तितौरे काठेखोला गाउँपालिकाको सिमानासम्म जाने १४ किलोमिटर सडकमा कालोपत्रको काम शुरु भएको हो । गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाको पहलमा गण्डकी प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु ४२ करोडको लागतमा सो सडक स्तरोन्नतिसँगै...
-
२०७६ पौष ४, शुक्रबार
प्रवासी नेपालीद्वारा रु पाँच लाख सहयोग
करेन्ट लागेर घाइते हुनुभएका तनहुँको भिमाद नगरपालिका–३ बगुवाका २८ वर्षीय शिव थापामगरको उपचारका लागि तनहुँ समाज युकेले रु पाँच लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ । कष्टकरपूर्ण जीवन बिताइरहनुभएका थापालाई समाजले रु पाँच लाख ४५ हजार ३०० आर्थिक सहयोग गरेको हो । युकेमा रहेमा नेपालीहरुबाट सङ्कलन गरिएको उक्त रकम समाजका उपाध्यक्ष केशरबहादुर राना र भिमाद नगरपालिकाका उपप्रमुख शारदा खनालले घाइते थापा र उहाँका...
-
२०७६ पौष ४, शुक्रबार
खरको छानो विस्थापन हुँदै
“आर्थिक अवस्था कमजोर भएकाले चाहेर पनि घर जस्तापाताले छाउन सकिएको थिएन”, जाजरकोटको बारेकोट गाउँपालिका–६ ताँसीगाउँका गोरखबहादुर नेपालीले भन्नुभयो, “अहिलेसम्म खरको छानामुनि बस्दै आएका थियौँ । अब खर विस्थापित गरेर जस्तापाताले घर छाउन गाउँपालिकामार्फत सङ्घीय सरकारले सहयोग गर्ने खबरले खुशी छु ।” खरको छाना भएको घर गर्मीमा शीतल र जाडोमा न्यानो हुने भए पनि सर्प र आगलागीको खतरा बढी हुने भन्दै उहाँले सजिलै...


