STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ पौष ३, बिहिबार

    पोखराको रत्न मन्दिर खुला गर्ने तयारी

    सरकारले अङ्ग्रेजी नयाँ वर्ष २०२० को अवसर पारेर पोखरास्थित शाही राजाको दरबार रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको छ । फेवाताल किनारमा अवस्थित पर्यटकका लागि आकर्षणको सम्भावना बोकेका रत्नमन्दिर र हिमागृह देशमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापनापछि समेत खुला भएका थिएनन् । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर पुस १६ गते औपचारिक कार्यक्रमसहित रत्न मन्दिर खुला...

  • २०७६ पौष ३, बिहिबार

    मानवमूत्र प्रयोगसम्बन्धी तालीम सम्पन्न

    ‘पिसाबलाई हिसाबमा रुपान्तरण गरौँ’ भन्ने नाराका साथ ‘मानवमूत्र सङ्कलन र प्रयोग’ सम्बन्धी तीनदिने तालीम सन्धिखर्कको किमडाँडामा सम्पन्न भएको छ । सन्धिखर्क नगरपालिकाको आयोजनामा भएको सो तालीममा किमडाँडाका अगुवा किसान, विद्यार्थी र शिक्षक गरी १०० जनाको सहभागिता रहेको थियो । तालीमको समापन अवसरमा सन्धिखर्क नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले कृषि उत्पादन वृद्धि गर्न खेर गइरहेको मानवमूत्र र...

  • २०७६ पौष ३, बिहिबार

    पारस्परिक जवाफदेहितासम्बन्धी पत्रकारिता तालीम शुरु

    पारस्परिक जवाफदेहिता कार्यक्रमअन्तर्गत इक्वेल एक्सेस नेपालले आयोजना गरेको दुई दिने पुनर्ताजगी पत्रकारिता तालीम बुधबारदेखि यहाँ शुरु भएको छ । इक्वेल एक्सेस नेपालले विगत वर्षहरूमा आयोजना गरेको खोजमूलक पत्रकारिता तालीम र पैरवी अनुगमन तथा निगरानी तालीमपछि देशभर क्रियाशील रहेका ३४ जिल्लाका पत्रकार तालीममा सहभागी छन् । तालीमपछि उठान गरिएका विषय तथा प्रकाशन भएका समाचारले स्थानीय विकास खासगरी शिक्षा,...

  • २०७६ पौष ३, बिहिबार

    कर्मचारी अभाव हुँदा सेवाग्राहीलाई सास्ती

    जिल्ला प्रशासन कार्यालय डोटीमा कर्मचारी अभाव भएपछि सेवा प्रवाहमा समस्या भएको छ  । कर्मचारी अभावका कारण सरकारी सेवा लिन स्थानीयवासीलाई घण्टौं कुनुपर्ने बाध्यता भएको छ  । जिल्ला प्रशासन कार्यालयमा अहिले प्रमुख जिल्ला अधिकारी, चार नायब सुब्बा, दुई खरिदार र करारका एक कम्प्युटर अपरेटरमात्र कार्यरत छन् । कर्मचारी अभावका कारण सेवाग्राहीलाई समस्या उत्पन्न हुने गरेको छ । “कार्यालयमा दुई वटा प्रशासकीय...

  • २०७६ पौष ३, बिहिबार

    दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको ‘हर दिन प्रशिक्षण’ अभियान

    बाँकेमा दुर्घटनाका कारण अकालमा ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएपछि ट्राफिक प्रहरीले ‘हर दिन प्रशिक्षण’ अभियान शुरु गरेको छ । ट्राफिक नियमको पालन, सडकमा कसरी सुरक्षित हिँड्ने भन्नेबारेमा प्रशिक्षण दिन प्रहरीले जिल्लाव्यापी अभियान शुरु गरेको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख पविन्द्र बमले जानकारी दिनुभयो । “दुर्घटना नै नहोस् भनेर सडकमा हिँड्ने यात्रु र सवारीसाधन चालकलाई लक्षित गरेर दैनिकरुपमा...

  • २०७६ पौष ३, बिहिबार

    पर्यटकका लागि थारु सङ्ग्रहालय खुला गरिँदै

    नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ भल्कामा रहेको थारु सङ्ग्रहालय आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिने भएको छ । थारु समुदायको आस्थाको धरोहरका रुपमा रहेको भल्कामा वडा कार्यालयको सहयोगमा सङ्ग्रहालयका लागि परम्परागत शैलीको घर निर्माण गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि सङ्ग्रहालयमा सौय ऊर्जा र शौचालयको व्यवस्था गरिएको छ । सङ्ग्रहालय अवलोकनका...

  • २०७६ पौष ३, बिहिबार

    पहिलोपटक फाइबरबाट फोन र इन्टरनेट

    नेपाल टेलिकमले फाइबर प्रविधिबाट धवलागिीरका चार जिल्लामा एकसाथ फोन र इन्टरनेट सेवा शुरुआत गरेको छ । पहिलोपटक टेलिकमले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा बुधबारदेखि सेवा थालनी गरेको हो । यसअघि बागलुङ सदरमुकाममा मात्र फाइबर प्रविधिको इन्टरनेट सेवा उपलब्ध रहेको थियो । नेपाल टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले म्याग्दीको गलेश्वरमा बुधबार सो सेवाको शुभारम्भ गर्दै इन्टरनेट र...

  • २०७६ पौष ३, बिहिबार

    तालिका बनाई काम गर्न कार्यालय प्रमुखलाई मुख्यमन्त्रीको निर्देशन

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेटको प्रभावकारी कार्यान्वयन गर्न समयसीमामा बनाई काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । आज प्रदेश सरकार मातहतका जिल्लास्थित कार्यालय प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई कालिकोटमा निर्देशन दिँदै उहाँले कार्यक्रमको प्रभावकारी कार्यान्वयनले मात्र आर्थिक समृद्धि हासिल हुने र जनताको जीवनस्तर माथि उठ्ने छ भन्नुभयो । सो अवसरमा...

  • २०७६ पौष ३, बिहिबार

    मोतियाफाँटा अझै बनेन नमूना बस्ती

    भारतसँग सीमा जोडिएको मुक्त हलिया बसोबास गर्ने कञ्चनपुरको पुनर्वास नगरपालिका– ८ मोतियाफाँटा बस्ती अझै नमूना गाउँ बन्न सकेको छैन । बस्तीमै आएर यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले गरेको वाचा पूरा भएको छैन । खानेपानी, बस्नका लागि आवास, आवतजावतका लागि सहज सडकको व्यवस्था हुन सकेको छैन । रोजगारीको व्यवस्था नहुँदा अधिकांश बासिन्दाले तीन महिना भारतीय ऊखु फार्ममा थोरै ज्यालामा काम गर्दै आएका छन्...

  • २०७६ पौष ३, बिहिबार

    भरतपुर अस्पतालमा थप सुविधा र सुधार भएन

    भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा स्तरोन्नति गरिएपनि भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन , उपकरण तथा सेवाका क्षेत्रमा सुधार हुन सकेको छैन । ६ सय श्यया रहेको अस्पतालमा पछिल्लो सयम चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका अभाव रहेको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीको दरबन्दी कम भएको जानकारी दिनुभयो । हाल अस्पतालमा कूल १७५ जनाको मात्र दरबन्दी...

  • २०७६ पौष ३, बिहिबार

    ब्लक उद्योगबाट मनग्य आम्दानी

    विदेशमा तीन वर्ष काम गरेर फर्कनुभएका सिन्धुली घ्याङलेक गाउँपालिका वडा नं ३ का सन्तबहादुर श्रेष्ठ यतिबेला बनेपास्थित नयाँबस्तीमा ब्लक उद्योगमा काम गर्दै आइरहनुभएको छ । मलेशियामा श्रमका लागि जानुभएका उहाँले त्यसरी नै खटेर काम गर्नसकेमा नेपालमा नै बसेर काम गर्न सकिने भन्दै घर फर्केपछि काम खोज्न थालेको र अहिले बनेपामा दुई वर्षदेखि ब्लक उद्योगमा काम गरिरहेको बताउनुभयो । त्यसअघि घरको प्लास्टर गर्ने...

  • २०७६ पौष ३, बिहिबार

    रङ्गशाला बनाउन ठेला पसलमा बदाम ,पानी,मःम । बिक्री शुरु

    गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग पु¥याउन ठेला पसल सञ्चालनमा ल्याइएको छ । धुर्मुश सुन्तरी फाउण्डेशनले पश्चिम चितवनको रामपुरमा रङ्गशाला बनाउँदै छ । रङ्गशालाको अवलोकन गर्न आउनेलाई लक्षित गरी ठेला पसल सञ्चालनमा ल्याइएको फाउण्डेसनका अध्यक्ष सीतारम कट्टेलले जानकारी दिनुभयो । उहाँका अनुसार ठेलामा फलफूल, बदाम, पानी लगायतका वस्तु विक्री गरिएको छ । अब मःम, चाउमिन, चना जस्ता खाद्यवस्तु...

Pages