राष्ट्रिय
-
२०७६ पौष २, बुधबार
अमेरिकाद्वारा नेपाली सेनालाई दुुई विमान हस्तान्तरण
नेपाली सेनालाई अमेरिकी सरकारले दुुई वटा एम २८ स्काई ट्रक हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूूत ¥याण्डी डब्ल्यू बेरीले बलाधिकृत रथी शरद गरीलाई ती विमान हस्तान्तरण गर्नुुभयो । छोटो समयमा उडान र अवतरण गर्नसक्ने क्षमतासहितको उक्त विमान नेपालको भूूगोलका लागि उपयुुक्त मानिन्छन् । नेपालको मानवीय सहायता र विपद् व्यवस्थापन प्रतिकार्य...
-
२०७६ पौष २, बुधबार
सुकुम्वासीका घर बनाउँदै रत्ननगर
रत्ननगर नगरपालिकाले सुकुम्वासी समुदायका लागि घर निर्माण शुरु गरेको छ । विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर घर बनाउन थालिएको हो । रत्ननगर नगरपालिका–८ बगर टोलमा रहेका सुकुम्वासीमध्ये नौ परिवारका लागि अहिले लुमन्ती आवासका लागि सहयोग समूहको सहकार्यमा घर निर्माणकार्य थालिएको छ । पछि सोही बस्तीमा यो सङ्ख्या २६ पु¥याइने छ । नगरपालिकाका प्रमुख नारायण वनका अनुसार घर निर्माणका लागि शुरुमा समूहले छ प्रतिशत...
-
२०७६ पौष २, बुधबार
ललितपुरमा साइकल ऐन निर्माण हुने
ललितपुर महानगरपालिकाले नेपालमा पहिलो साइकल ऐन निर्माण गर्ने भएको छ । महानगरपालिकाले मङ्गलबार आयोजना गरेको ‘ललितपुर महानगरपालिकाको साइकल ऐनबारे प्रस्तुतीकरण तथा छलफल’ कार्यक्रममा महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले नेपालमा साइकल ऐनको वकालत गर्ने पहिलो स्थानीय सरकार आफ्नो महानगरपालिका हुने भएको जिकिर गर्नुभयो । उहाँले महानगरपालिकाले साइकल चढ्ने व्यक्तिलाई प्रोत्साहन गर्न आवश्यक योजना बनाएर अघि...
-
२०७६ पौष २, बुधबार
चिटिक्क झ्याडी बस्ती नयाँ घर सरे माझी
रातो–कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ । आकार एउटै र रङ पनि उस्तै भएको घर । एक छेउदेखि अर्को छेउसम्म कुनै वस्तु हार लगाएर राखिएझैँ घरहरु चिटिक्कका छन् । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित इन्द्रावती नदी किनारमा रहेको झ्याडीस्थित माझी बस्तीमा ५३ घर छ । भूकम्पले तहसनहस बनाएको यो बस्तीको अहिले मुहार फेरिएको छ । टाढैबाट सुन्दर...
-
२०७६ पौष २, बुधबार
ठूलाकोटका प्रकृति, संस्कृति र ऐतिहासिकता उजागर गरिँदै
‘सङ्गातीसित रङ्गिँदै म कहिले पुग्थेँ ‘ठूलाकोट’मा कैले समथर फाँट टारहरूका चित्रे घना गोठमा । जान्थ्यो दृष्टि जता उतै प्रकृतिको मुस्कान राम्रो थियो जसमा बाल्य विकासको मधुरिमा स्वर्गीय हाम्रो थियो ।।’ कवि शिरोमणि लेखनाथ पौड्यालले तिनताका रचना गरेको कविताको यस पङ्क्तिले पनि ठूलाकोटका प्रकृति, यहाँका सुन्दरतालगायतका कुरालाई छर्लङ्ग पारेको छ । कवि शिरोमणिले भनेजस्तै उत्तरतर्फ चाँदीजस्तै टलक्क टल्किएका...
-
२०७६ पौष २, बुधबार
पाँच माझी समुदायलाई एकीकृत बस्ती
पूर्वप्रधामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभिभावकत्व ग्रहण गर्नुभएका दुई बालकको घर बन्ने भएको छ । अध्यक्ष प्रचण्डले विसं २०७५ वैशाखमा अभिभावकत्व ग्रहण गर्नुभएको अरुण मुसहर र पत्रुस माझीसहित पाँच घरपरिवारको घर बन्न लागेको हो । भरतपुर–२७ स्थित साझापुरको सडकछेउमा रहेको सरकारी जग्गामा ती बालक काँस निर्मित अव्यवस्थित घरमा बस्दै आएका छन् । अभिभावकत्व...
-
२०७६ पौष २, बुधबार
महोत्तरीमा चिसोले जनजीवन प्रभावित
महोत्तरीसहितका मध्यपूर्वी तराईमा चिसोको कहर निकै बढेको छ । मङ्गलबार मध्याह्नपछि लगातार चिसो स्याँठसँगैको हावाले लगलगी कमाउने जाडो बढेपछि महोत्तरीसहितका मध्यपूर्वी तराईको जनजीवन अत्यन्त कष्टकर बनेको हो । मङ्गलबार अपराह्नपछि घाम देखिन छाडेर लगातार तुसारो परेसँगै चिसो सिरेटो चलिरहेको छ । यसअघि गत शुक्रबार रातिदेखि शनिबार बिहानसम्म परेको पानीले बढाएको चिसो मङ्गलबार अपराह्नपछिको तुसारोसहितको सिरेटोले...
-
२०७६ पौष २, बुधबार
कार्यपालिका सदस्यको परिवारलाई सात लाख आर्थिक सहयोग
बरियारपट्टी गाउँपालिकाले केही महिनाअघि ग्यास सिलिन्डर विस्फोटमा परी निधन भएका आफ्ना कार्यपालिका सदस्य ललिताकुमारी यादवको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । मृतक यादवका परिवारलाई गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतोले रु सात लाखको चेक हस्तान्तरण गर्नुभयो । मृतक यादवका जेठा छोरा तुलसीरामलाई उक्त चेक हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष महतोले जानकारी दिनुभयो । गत वैशाख १० गते घरमै खाना पकाउने...
-
२०७६ पौष २, बुधबार
फोटो पत्रकार सङ्घ कास्कीको अध्यक्षमा पौडेल
नेपाल फोटो पत्रकार सङ्घ कास्कीको छैटाँै अधिवेशनले प्रदीप पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सङ्घको उपाध्यक्षमा नारायणप्रसाद आचार्य, सचिव दुर्गाप्रसाद पौडेल, सहसचिव रमेश पुन, कोषाध्यक्षमा सुरेशकुमार श्रेष्ठ तथा सदस्यमा अशेष शाक्य र सञ्जय शाक्य सर्वसम्मतरूपमा चयन हुनुभएको हो । जनआन्दोलन २०६२÷६३ अप्ठ्यारो अवस्थामा सङ्गठनको आवश्यकता महसुस गरी गठन गरिएको सङ्घले आन्दोलनको वृत्तचित्र,...
-
२०७६ पौष २, बुधबार
महागढीमाईमा रु १७ लाख भेटी
बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरमा लागेको पञ्चवर्षीय गढीमाई मेलामा करिब रु १७ लाख भेटी चढेको छ । हरेक ५÷५ वर्षमा लाग्ने गढीमाई मेलामा चढेको भेटीमध्ये कागजको सबै रुपैयाँ गनिएको गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ । करिब एक हप्ता लगाएर गनिएको सो रकम रु १६ लाख ७० हजार ८६० रहेको गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ । गनिएको सो रकमको ४५ प्रतिशत रु सात लाख ५१ हजार पुजारी...
-
२०७६ पौष २, बुधबार
बहुउद्देश्यीय कभर्डहल सञ्चालनमा
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित माटिकोरेमा बहुउद्देश्यीय कभर्डहल सञ्चालनमा आएको छ । रु एक करोड ६० लाख ३६ हजार ९२९ लागतमा करीब आठ वर्षमा सो हल निर्माण सम्पन्न भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले मङ्गलबार संयुक्त रुपमा हलको शुभारम्भ गर्नुभयो । हल ८१ फिट लम्बाइ, ५७ फिट चौडाइ र ३५ फिट उचाइको रहेको जनाइएको छ । विसं...
-
२०७६ पौष २, बुधबार
महाकवि सङ्ग्रहालय निर्माण हुँदै
प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणानुसार महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीर्ण घर आफ्नो स्वामित्वमा लिएपछि नेपाल प्रज्ञा प्रतिष्ठानले ‘देवकोटा सङ्ग्रहालय’ निर्माणका लागि प्रक्रिया अघि बढाउने भएको छ । काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित कविकुञ्जले चर्चेको जग्गा मङ्गलबारदेखि नेपाल प्रज्ञा प्रतिष्ठानले प्राप्त गरेको हो । विसं २०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले...


