STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ मङ्सिर २७, शुक्रबार

    मुस्ताङमा जम्यो ताल तथा खोलाको पानी

    चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ । बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवासी तिलक विकले जानकारी दिनुभयो । उहाँका अनुसार उपल्लो मुस्ताङमा न्यूनतम तापक्रम माइनल १५ डिग्री सेल्सियस पुगेको छ । खाना पकाउन, गाईवस्तुलाई खुवाउन, सरसफाइ र घरायसी...

  • २०७६ मङ्सिर २७, शुक्रबार

    नियम विपरीतका होर्डिङ बोर्ड हटाउन शुरु

    सम्बन्धित संस्था वा व्यक्तिले निर्धारित समयमा नियम विपरीत राखिएको विज्ञापन हटाउने कार्य नगरेपछि काठमाडौँ महानगरपालिकाले शहरलाई कुरूप बनाई राखिएका होर्डिङ बोर्ड हटाउन शुरु गरेको छ । गत सोमबारसम्म कामपाले सम्बन्धित व्यक्ति वा संस्थालाई नियम विपरीत राखिएका होर्डिङ बोर्ड हटाउन निर्देशन दिएको थियो । निर्देशन पालना नगरेपछि अहिले कामपाले बानेश्वर, कोटेश्वर, माइतीघर, त्रिपुरेश्वर, लैनचौरलगायतका स्थानमा...

  • २०७६ मङ्सिर २७, शुक्रबार

    लि नेवाः गुथियात अनुरोध पत्र हस्तान्तरण

    हलि नेवाः गुथिलाई नेवाः विद्यार्थी युनियनद्धारा गत मंगलवार अनुरोध पत्र हस्तान्तरण गरियो । हलि नेवाः गुथिका भाषा, लिपि शाखाकी संयोजक सुष्मा श्रेष्ठलाई अध्यक्षद्धय रीदेन महर्जनद्धारा पत्र हस्तान्तरण गरेका थिए । उक्त पत्रमा अनुसार   नेवाः विद्यार्थी युनियन उपत्यकाका क्याम्पसहरुमा नेपाल भाषा विषय लिइ अध्ययनरत विद्यार्थीहरुको संगठन हो । संस्थाको मुख्य उद्देश्य नै क्याम्पसहरुमा नेपाल भाषा...

  • २०७६ मङ्सिर २७, शुक्रबार

    नेपालभाषानेपालभाषाको पुस्तक धर्म पासाया गजल गंगा विमोचनमा साहित्यको चिन्ता

    नेपालभाषा सफू सहकारी बहुउद्देशीय संस्थायात लिमिटेड को आयोजनामा सम्पन्न एक कार्यक्रम नेपालभाषा साहित्यको ‘धर्म पासाया गजल गंगा’ पुस्तक विमोचनमा मा साहित्यकार हरुलेनेपालभाषा साहित्यको गुणस्तर, पुस्तक वितरण प्रणालीदेखि बजार व्यवस्थापनको विषयमा सरोकारवाला पक्षले चासो र चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय नेपालभाषा बोल्नेको संख्या न्यून भएसँगै साहित्यमा परेको प्रभावप्रति साहित्यकारहरुले चासो दिएका...

  • २०७६ मङ्सिर २७, शुक्रबार

    सुदूरपश्चिम प्रदेश सरकारले सागका पदक विजेतालाई पुरस्कृत गर्ने

    सुदूरपश्चिम प्रदेश सरकारले भर्खरै सम्पन्न भएको तेह्रौैँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता साग का पदक विजेता खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गर्नेभएको छ । दक्षिण एसियाली खेलकूद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट राष्ट्रको प्रतिनिधित्व गर्दै पदक विजेता खेलाडीहरुलाई मुख्यमन्त्री त्रिलोचन भट्टले सम्मान स्वरुप पुरस्कृत गर्ने घोषणा गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिं ओलीले जानकारी...

  • २०७६ मङ्सिर २७, शुक्रबार

    सातौँ अन्तर्राष्ट्रिय लोकवार्ता भेला शुरु

    नेपाल लोकवार्ता संस्कृति समाजको आयोजनामा सातौँ अन्तर्राष्ट्रिय लोकवार्ता भेला आजदेखि यहाँ शुरु भएको छ । मङ्सिर २९ सम्म सञ्चालन हुने भेलामा अमेरिका, जापान, बङ्गलादेश, भारत, बेलायत, श्रीलङ्का, स्पेन, रुस, नेपालसहित विभिन्न मुलुकका ९६ विज्ञले आ–आफ्ना मुलुकका कला, संस्कृति, लोकबाजा, जातजाति, वेशभूषा आदि ८६ कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालसहित विभिन्न...

  • २०७६ मङ्सिर २७, शुक्रबार

    स्वास्थ्य चौकी भवन उद्घाटन

    तनहुँको व्यास नगरपालिका–१३ पोखरीभञ्ज्याङमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण भएको छ । रु एक करोड ४४ लाख दुई हजार ९२७ को लागतमा आवाससहितको भवन निर्माण भएको हो । दुई तल्लामा १३ कोठा रहेको उक्त भवनमा ६ कोठा स्वास्थ्य कर्मीहरुका लागि कार्यालय र आवास तथा सात कोठा स्वास्थ्य परीक्षणको लागि प्रयोग गरिएको छ । सङ्घीय सरकारको आर्थिक लगानी तथा भवन निर्माण डिभिजन कार्यालय गोरखाको प्राविधिक सहयोगमा...

  • २०७६ मङ्सिर २७, शुक्रबार

    ‘श्रमिकले समान पारिश्रमिक पाउनुपर्छ’

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले अरु देशका श्रमिक जस्तै नेपालका श्रमिकले पनि समान पारिश्रमिक ज्याला पाउनुपर्ने बताउनुभएको छ । ‘विदेशबाट आउने विप्रेषणको उत्पादनमूलक प्रयोगका लागि अवसर र चुनौती’ विषयक छलफल कार्यक्रमको आज हरिवनमा सम्बोधन गर्दै उहाँले अन्य देशका श्रमिकसरह नेपालका श्रमिकले समान ज्याला पाउनुपर्ने विषयमा आफूले पहल गर्न लागेको जानकारी गराउनुभयो । “अरु देशका...

  • २०७६ मङ्सिर २७, शुक्रबार

    रुकुमपूर्वका हिमशृंखला सेताम्मे

    बिहीबारको हिमपातले रुकुमपूर्वका हिमशृंखला सेताम्मे बनेका छन् । प्रदेश नं ५ को एक मात्र हिमाली जिल्ला रुकुमपूर्वको उच्च हिमाली क्षेत्रमा बिहीबार हिमपात हुँदा पत्थर देखिने पुथा आसपासका साना हिमाल र सिस्ने हिमाल सेताम्मे बनेका हुन् । चार÷पाँच वर्ष अघिसम्म सेताम्मे देखिने यहाँका हिमाल पछिल्लो समय भने जलवायु परिवर्तनका कारण हिउँ पग्लिएर पत्थर मात्र देखिने गरेको थियो । तर बिहीबार परेको हिउँले...

  • २०७६ मङ्सिर २७, शुक्रबार

    नयाँ नक्सा अविलम्ब जारी गर्न अन्तर्राष्ट्रिय समितिको निर्देशन

    प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको भौगोलिक अखण्डताको रक्षा गर्न र भारत सरकारसँग आवश्यक तहमा वार्ता गर्नसमेत नेपाल सरकारलाई निर्देशन दिने निर्णय गरेको...

  • २०७६ मङ्सिर २७, शुक्रबार

    सुस्त श्रवण भएका बालबालिकालाई कम्मल वितरण

    सगरमाथा सिमेन्ट प्रालि घोराहीले राप्ती बहिरा सङ्घ तुलसीपुरलाई ७० थान कम्मल प्रदान गरेको छ । सङ्घले सञ्चालन गर्दै आएको छात्रावासमा बसोबास गर्ने सुस्त श्रवण भएका बालबालिकालाई जाडोबाट बचाउनका लागि बिहीबार उक्त परिमाणको कम्मल प्रदान गरेको हो । सो अवसरमा सङ्घका निर्देशक प्रतिमा शर्माले छात्रावासमा नै आएर बालबालिकालाई कम्मल वितरण गरेकोमा धन्यवाद दिनुभयो । सो छात्रावासमा साविकको राप्ती अञ्चलका पाँच वटै...

  • २०७६ मङ्सिर २७, शुक्रबार

    काठमाडौं महानगरपालिकाले २५ औं महानगर दिवस भव्य रुपमा मनाउने

    काठमाडौं महाननगरपालिकाले भोलि २८ र पर्सि २९ गते दुई दिन काठमाडौं महानगरपालिकाले २५ औं महानगर दिवस भव्य रुपमा मनाउने कुरा आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर शाक्यले बताउनु भएको छ । मेयर शाक्यले आफ्नो मन्तव्य राख्ने क्रममा भन्नु भएको छ कि ‘केही व्यक्तिहरु कुनै न कुनै बहाना खोजिरहेका हुन्छन् । कतिपयलाई चाहिँ सामाजिक सञ्जालमा राख्नका लागि पनि केही–केही बहाना चाहिन्छ । समाचारमा...

Pages