STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ मङ्सिर २५, बुधबार

    पूर्वका दुई विमानस्थलमा सेवा प्रदान गरिने

    पूर्व क्षेत्रको दुई विमानस्थलमा सीता एयर र माउन्टेन हेलिकोप्टरले सेवा प्रदान गर्ने भएको छ । खासगरी धार्मिक पर्यटकका लागि शुरु गरिएको यो सेवाबाट हलेसी महादेव र ताप्लेजुङको पाथीभराको दर्शन गर्न चाहने पर्यटकका लागि निकै फलदायी बन्ने सीता एयरका प्रबन्धक निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । उहाँले पूर्व क्षेत्रमा सबैभन्दा बढी विमानस्थल रहे पनि निजी क्षेत्रले सो विमानस्थलको उपयोग नगरिरहेको...

  • २०७६ मङ्सिर २५, बुधबार

    काठेपोल विस्थापन गरिँदै

    विद्युत् लाइन विस्तारका लागि जिल्लामा प्रयोग भएका सबै काठेपोल चालू आर्थिक वर्षभित्रै विस्थापन गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका अनुसार हाल जिल्लामा करीब चार हजार काठेपोल प्रयोगमा छन् । जिल्लामा रहेका चार हजार काठेपोल विस्थापन गरी स्टिलपोल राखिने केन्द्र प्रमुख ललितनारायण चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी असार मसान्तसम्म सबै काठेपोल हटाउने लक्ष्य राखिएको छ ।...

  • २०७६ मङ्सिर २५, बुधबार

    दुर्गन्धित बन्दै कोल्टीबजार

    जिल्ला सदरमुकाम मार्तडीपछिको दोस्रो ठूलो व्यापारिक केन्द्र कोल्टी दुर्गन्धित बन्दै गएको छ । बजार व्यवस्थापनमा कसैको चासो नहुँदा बजार दुर्गन्धित बन्दै गएको हो । बजारमा ढलको पानीले सुक्खायाममा पनि कोल्टीबजार हिलाम्मे बनेको छ । बजार अव्यवस्थित हुँदै जान थालेपछि सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । स्थानीय तहले ढल निकासका लागि कुनै पहल नगरेको स्थानीयवासीको गुनासो छ । जिल्लामा एक मात्र विमानस्थलसमेत...

  • २०७६ मङ्सिर २५, बुधबार

    उपमहानगरपालिकाद्वारा प्लाष्टिक बिक्रीको तयारी

    घोराही बजारलाई वातावरणीयरूपमा प्रदूषण हुनबाट रोक्ने उद्देश्यले उपमहानगरपालिकाले प्लाष्टिक बिक्री गर्ने भएको छ । जथाभावीरूपमा फोहर फाल्दा शहरमा प्रदूषण बढ्ने र ल्याण्डफिलसाइटसमेत भरिने भएकाले घोराही उपमहानगरपालिकाले नगल्ने फोहरका रूपमा रहेका प्लाष्टिकजन्य वस्तु खरीद गरेर बिक्री गर्ने तयारी गरेको हो । पुनःप्रयोग गर्न सकिने प्लाष्टिक झोला, विभिन्न खाद्यवस्तुका खोललगायतका प्लाष्टिकजन्य वस्तु खरीद...

  • २०७६ मङ्सिर २५, बुधबार

    टिस्टुङ–बज्रबाराही चित्र प्रवद्र्धन

    वरिपरि डाँडाकाँडा । प्राकृतिक दृश्यले सजिएको एउटा खोंच । त्यही सतहमा लिच्छिवीकालीन मन्दिर । हेर्दै आकर्षक र सुन्दर लाग्ने बज्रबाराही । जो–कोही यहाँ पुग्यो भने पनि आनन्दित हुन्छन् । मकवानपुरको थाहा नगरपालिका–६ स्थित टिस्टुङमा रहेको उक्त मन्दिर अहिले जीर्ण बन्दै गएकाले संरक्षणको पर्खाइमा छ । नागरिकको रक्षा तथा मनोकामना पूरा हुने जनविश्वासका साथ स्थानीयवासीले यहाँ खेतबारीमा उब्जिएका नयाँ बाली...

  • २०७६ मङ्सिर २५, बुधबार

    विमानस्थल खुल्यो

    भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरले धावन मार्ग मर्मतसम्भार गर्नका लागि मङ्सिर १५ गतेदेखि विमानस्थल बन्द गरेको थियो । धावन मार्ग मर्मत र रङरोगनका काम सम्पन्न भएसँगै विमानस्थल आजदेखि सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख पवनकुमार गौतमले जानकारी दिनुभयो । विमानस्थलको धावनमार्गमा मर्मतसम्भार र माथि कालोपत्रे थप गरिएको छ । गौतमका अनुसार धावनमार्ग मर्मतसँगै भ्रमण...

  • २०७६ मङ्सिर २५, बुधबार

    करणी प्रयासको आरोपमा वडाध्यक्ष पक्राउ

    सप्तरीमा एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले आज सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्षलाई पक्राउ गरेको छ । वडाध्यक्ष लक्ष्मी साहलाई एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । उहाँका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले आज बिहान साहलाई पक्राउ गरिएको हो । स्थानीय एक...

  • २०७६ मङ्सिर २५, बुधबार

    अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल्स मार्ट भारतमा शुरु

    नेपाल र भारतमा रहेका बुद्ध जीवनीमा आधारित क्षेत्रहरुको प्रवद्र्धन गर्ने उद्देश्यले एशोसिएसन अफ बुद्धिष्ट साइट टूर अपरेटर एबीटीओ भारतको आयोजनामा भारतको विहार राज्यस्थित बोधगयामा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल्स मार्ट शुरु भएको छ । बुद्धिष्ट ट्राभल्स मार्टको उद्घाटन कार्यक्रममा भारत सरकारका पर्यटन मन्त्रालयका सचिव विनोद जुत्सीले नेपाल र भारतका बौद्ध पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनका लागि...

  • २०७६ मङ्सिर २५, बुधबार

    अस्पतालजन्य फोहर व्यवस्थापनसम्बन्धी कार्यशाला शुरु

    स्वस्थ नेपालका लागि एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन तथा स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ एवं स्वच्छता अभियानसम्बन्धी तीनदिने कार्यशाला राजधानीमा शुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागलगायत संस्थाको आयोजनामा मङ्गलबारदेखि शुरु भएको कार्यशालामा स्थानीय तहका जनप्रतिनिधि, स्थास्थ्य संस्थाका अधिकारीलगायत गरी ३५० भन्दा बढीको सहभागिता छ । कार्यशालामा विश्व...

  • २०७६ मङ्सिर २५, बुधबार

    सागका स्वर्ण विजेतालाई २५ लाख देऊ, खेलकुद मन्त्रीलाई बर्खास्त गर तरुण दलको माग

    २५ मंसिर, काठमाडौं । नेपाल तरुण दलले १३ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई जनही २५ लाख रुपैयाँको दरले सम्मान गर्न सरकारसँग माग गरेको छ । यस्तै रजत पदक जित्नेलाई १५ लाख र कांस्य पदक विजेतालाई १० लाख रुपैयाँको दरले सम्मान गर्नुपर्ने तरुण दलको माग छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् । आयोजक राष्ट्र नेपाल ५१ स्वर्ण, ६० रजत र...

  • २०७६ मङ्सिर २५, बुधबार

    नेपाल साहित्य महोत्सव शुक्रबारदेखि

    आईएमई नेपाल लिटरेचर फेस्टिबलको आठौँ संस्करण यही मङ्सिर २७ गतेदेखि ३० गतेसम्म पर्यटकीय नगरी पोखराको बाराहीघाट लेकसाइडमा गरिने भएको छ । महोत्सवबारे जानकारी दिन आयोजक बुकवर्म फाउन्डेसन र ¥यान्डम रिडर्स सोसाइटीद्वारा मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बुकवर्म फाउण्डेसनका निर्देशक अजीत बरालले महोत्सवका अघिल्ला संस्करणभन्दा यसपटक नयाँ वक्तालाई उभ्याइने जानकारी दिनुभयो । यसअघिका संस्करणमा एउटै...

  • २०७६ मङ्सिर २५, बुधबार

    भारी हिमपातको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह

    इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली आज साँझसम्म नेपालको पश्चिमी भूभागमा प्रवेश गर्ने भएको छ । उक्त प्रणालीको प्रभावले नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेकाले सतर्कता अपाउन मौसमविद्ले आग्रह गरेका छन् । यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको मौसमविद् मञ्जु वासीले बताउनुभयो ।...

Pages