राष्ट्रिय
-
२०७६ मङ्सिर २७, शुक्रबार
आजदेखि नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने
नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुनेभएको छ । पहिरो रोक्ने कामका लागि दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाईएको हो । जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै गरेको थियो । सडकको निर्माण कार्य सकिए पनि पहाडको पहिरो रोक्ने काम बाँकी रहेकाले सडक बन्द गरेर काम गर्न...
-
२०७६ मङ्सिर २७, शुक्रबार
विर्तामोड खानेपानी संस्थाको अध्यक्षमा गुरुङ निर्वाचित
विर्तामोड साना सहरी तथा खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा जलकुमार गुरुङ निर्वाचित हुनुभएको छ । आगामी तीन वर्ष कार्यकालका लागि भएको कार्यसमितिको निर्वाचनमा संस्थाको उपाध्यक्षमा पर्शुराम सिटौला, सचिवमा मेघराज बाँस्तोला र कोषाध्यक्षमा शारदा रिजाल निर्वाचित हुनुभएको छ । –
-
२०७६ मङ्सिर २७, शुक्रबार
दाङका सबै गाउँपालिकामा ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ लागू
विकास र सामाजिक दृष्टिकोणले पछाडि परेका दाङका सबै गाउँपालिकामा ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ लागू भएको छ । जिल्लाका १० स्थानीय तहमध्ये सातवटा गाउँपालिका रहेका छन्, ति सबै गाउँपालिकामा प्रदेश नं ५ सरकारले ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ लागू गरेको हो । गत वर्ष बबई, बङ्गलाचुली र राजपुर गाउँपालिकामा यो कार्यक्रम लागू भएको थियो । यो वर्ष शान्तिनगर, दङ्गीशरण, राप्ती र गढवा गाउँपालिकामा...
-
२०७६ मङ्सिर २७, शुक्रबार
उच्च लेकाली क्षेत्रमा हिमपात
बुधबारदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायत यहाँका पहाडी तथा हिमाली जिल्ला बझाङ, बाजुराका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ । डोटीकोे खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथानलगायत उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको खप्तड क्षेत्रसँगै जोडिएको पूर्वीचौकी...
-
२०७६ मङ्सिर २६, बिहिबार
कोहलपुरमा सडक सुरक्षाको बहस
गएको आइतबार बालिका प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि दुई दिन कोहलपुर बजार तनावपूूर्ण बन्यो । घाइते बालिकाको काठमाडौँमा उपचार भइरहेको छ । कोहलपुरका स्थानीयवासीले उक्त दिनलाई कालो दिन भनिरहेका छन् । दुर्घटनाको आलो घाउ निको हुन अझै समय लाग्ने छ । विद्यालय जान हिँडेकी बालिका प्रकृतिलाई ट्रकले ठक्कर दिएपछि दुई दिनपछि सामान्य बनेको कोहलपुरमा अहिले सडक सुरक्षाका विषयमा बहस हुन थालेको छ । उक्त घटना...
-
२०७६ मङ्सिर २६, बिहिबार
दुर्लभ चरा राजधनेश र राज लाहाचेको संरक्षणमा नगरपालिका
भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित जैविक मार्ग क्षेत्रमा पर्ने बन्दा ताल आसपासकै क्षेत्रमा विश्वकै दुर्लभ चरा राजधनेश र राज लाहाचे फेला परेपछि संरक्षणको प्रयासको थालनी गरिएको छ । बन्दा ताल क्षेत्रको जैविक विविधता जोगाउन नगरपालिकाले चासो देखाउन थालेको हो । बन्दा ताल क्षेत्रमा दुर्लभ प्रजातिका चरा पाइन थालेपछि संरक्षणका लागि योजनाबद्धरुपमा कार्यक्रम सञ्चालन भइरहेको नगर प्रमुख सुरेन्द्र विष्टले...
-
२०७६ मङ्सिर २६, बिहिबार
पोखरामा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’ गरिने
गण्डकी प्रदेशको व्यवसाय प्रवद्र्धन तथा पर्यटकीय सम्भावनाको खोजी गर्ने उद्देश्यले आगामी पुस १८ देखि २८ गतेसम्म पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’ गरिने भएको छ । राष्ट्रिय औद्योगिक व्यापार मेला, मूल आयोजक समिति र पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने उक्त मेलामा स्थानीय कृषिजन्य उत्पादन, हस्तकलाका वस्तु, सूचना प्रविधि, दैनिक घरायसी सरसामान, लत्ता कपडा,...
-
२०७६ मङ्सिर २६, बिहिबार
‘नेपालको समृद्धिको यात्रामा सघाउन भारत सदैव तत्पर’
नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले राष्ट्रलाई आर्थिक–सामाजिक विकासको मार्गमाा अग्रसर गराउने नेपाल सरकारको समृद्धिको यात्रामा सघाउन भारत सदैव तत्पर रहेको बताउनुभएको छ । आफ्नो सम्मानमा परराष्ट्र सचिव शङ्करदास वैरागीले आज अपराह्न राजधानीमा आयोजना गर्नुभएको बिदाइ समारोहमा उहाँले तीन तहका निर्वाचन सम्पन्न गरेर नेपालले विश्वलाई एकता, शान्ति र प्रगतिका निम्ति पूर्ण प्रतिबद्ध रहेको सन्देश...
-
२०७६ मङ्सिर २६, बिहिबार
हुम्लामा फेरि हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित
दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ । हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । नेपालगञ्ज सुर्खेतबाट बिहान ७ बजेदेखि हुम्लामा उडान गर्दै...
-
२०७६ मङ्सिर २६, बिहिबार
न्यातापोल अर्थात् पाँचतले मन्दिरको जीर्णोद्धार शुरु
विश्व सम्पदामा सूचीकृत भक्तपुर नगरपालिका–५ टौमढीको प्रसिद्ध न्यातापोल अर्थात् पाँचतले मन्दिरको जीर्णोद्धार शुरु भएको छ । भूकम्पले क्षति पु¥याएको चार वर्षपछि भक्तपुर नगरपालिकाले सो मन्दिरको बुधबारबाट विधिवत्रुपमा जीर्णोद्धार शुरु गरेको हो । न्यातापोल मन्दिर संरक्षण कार्यअन्तर्गत उपभोक्ता समिति गठन गरि मन्दिरको जीर्णोद्धार शुरु गरेको नगरपालिकाले जनाएको छ । भूकम्पले मन्दिरको माथिल्लो तलामा क्षति...
-
२०७६ मङ्सिर २६, बिहिबार
योग्य जनशक्तिले स्थान पाउनुपर्छः डीन शर्मा
त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन सङ्कायका डीन प्रा डा डिल्लीराज शर्माले गुणस्तरीय शिक्षाका लागि हाम्रो नभई राम्रो जनशक्तिले स्थान पाउनुपर्ने बताउनुभएको छ । जनप्रिय बहुमुखी क्याम्पसको २८ औँ वार्षिकोत्सवका अवसरमा बुधबार यहाँ आयोजित कार्यक्रममा उहाँले अन्तरराष्ट्रिय बजारमा पठाउन सक्ने किसिमको योग्य जनशक्ति तयार गर्ने गरी शैक्षिक संस्था लाग्नुपर्ने बताउनुभयो । शैक्षिक उन्नयन र दक्ष जनशक्ति...


