STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ मङ्सिर २४, मंगलबार

    काठमाडौँमा आज बिजोर नम्बरका सवारी सञ्चालनमा रोक

    तेह्रौँ दक्षिण एशियाली खेलकूद साग को समापनको दिन आज काठमाडौँका मुख्य सडक क्षेत्रमा बिजोर नम्बरप्लेट भएका गाडीलाई सञ्चालनमा रोक लगाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्थापनका लागि जोरबिजोर प्रणाली लागू गरेको जनाउँदै आज जोर नम्बरप्लेटका गाडी मात्रै चलाउन अनुरोध गरेको छ । यसअघि साग उद्घाटनका दिन जोर नम्बर प्लेटका गाडी चलाउन रोक लगाइएको थियो । सरकारी, अत्यावश्यक सेवा, खेलसँग आबद्ध...

  • २०७६ मङ्सिर २४, मंगलबार

    पर्यटकलाई रात्रिकालीन सफारी सहित चेपाङ खाना

    भ्रमण वर्ष सन २०२० लाई लक्षित गर्दै सौराहामा आउने पर्यटकलाई रात्रिकालीन सफारीसहित चेपाङ खाना खुवाउँदै उनीहरुको संस्कृति देखाउने तयारी गरिएको छ । दिनको समयमा निकुञ्ज सफारी गरेर रमाउने र साँझमा थारु संस्कृति हेर्नका लागि अहिले पर्यटक सौराहा आउने गरेका छन् । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनका अनुसार सौराहाबाट राप्ती नदी ड्यागको बाटो हुँदै लोथरसम्म रात्रिकालीन सफारी गर्ने तयारी गरिएको छ । करिब...

  • २०७६ मङ्सिर २३, सोमबार

    विपद् पहिचानको नक्सा बनाउँदै कामपा

    काठमाडौँ महानगरपालिकाले विपद् व्यवस्थापन गर्न वडास्तरमा सम्भावित स्थान पहिचानको कार्य शुरु गरेको छ । कामपाको ३२ वटै वडामा रहेका खुला स्थान र विपद्को जोखिमपूर्ण क्षेत्रको पहिचानसहित ती स्थानको नक्सा बनाउने काम भइरहेको जनाएको छ । नेपाल रेडक्रम सोसाइटीको सहयोगमा जोखिम क्षेत्रको नक्सा बनाउने काम भइरहेको कामपाको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो । भूकम्प र आगलागीजस्ता विपद्का दृष्टिकोणले...

  • २०७६ मङ्सिर २३, सोमबार

    साँफे मार्तडी सडकको भाडादर घट्यो

    मार्तडीदेखि अछामको साँफे बगरसम्मको नयाँ भाडादर निर्धारण गरिएको छ । कूल ५७ किलोमिटर सो सडक खण्डको भाडादर रु १६५ कायम गरिएको छ यस अघि जीपले रु ६०० र बसले रु ५०० भाडा लिँदै आएका थिए । यातायात व्यवस्था विभागकै परिपत्रअनुसार नयाँ भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अब यात्रुले मार्तडीदेखि साँफेबगरसम्म रु १६५ भाडा तिरे पुग्छ । नयाँ...

  • २०७६ मङ्सिर २३, सोमबार

    स्वास्थ्यकर्मी नहुँदा सेवा प्रभावमा समस्या

    जिल्लाको पूर्वी भागमा अवस्थित दुर्गम क्षेत्रमा पर्ने निस्दी गाउँपालिका–३ झिरुवामा स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भएको छ । नेपाल सरकारको रु दुई करोडको लागतमा दुईतले १६ कोठासहितको नयाँ भवन निर्माण सम्पन्न भएको हो । विसं २०७३ मा शिलान्यास भएको भवन बनेपछि स्थानीयमा खुशियाली छाएको छ । यस स्वास्थ्यचौकीबाट यहाँका करिब पाँच हजार नागरिक लाभान्वित हुनेछन् । यस स्वास्थ्यचौकीमा हाल एक अहेव, एक अनमीसहित...

  • २०७६ मङ्सिर २३, सोमबार

    मादी नदीमा ताल निर्माण गरिँदै

    व्यास नगरपालिकाले मादी नदीमा निर्माण गर्न लागेको कृत्रिम तालको विस्तृत आयोजना प्रतिवेदन डिपिआर तयार गरेको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दमौलीस्थित मादी नदीमा बाँध बाँधेर कृत्रिम ताल निर्माण गर्न लागिएको हो । सो आयोजना सम्भाव्यता अध्ययन गर्न नगरपालिकाले चालू आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरेको थियो । नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले ताल निर्माणका लागि नगरपालिकाले बोलपत्र...

  • २०७६ मङ्सिर २३, सोमबार

    चराङमा च्याङ्ग्रा फार्म सञ्चालन

    च्याङ्ग्राका पाठापाठी र पश्मिना उत्पादन गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा च्याङ्ग्रा फार्म सञ्चालनमा ल्याएको छ । स्थानीयस्तरमा गठित फार्म सञ्चालन समितिका अध्यक्ष माया विष्टका अनुसार अहिले फार्ममा ३०० च्याङ्ग्रा रहेका छन् । चार जना कर्मचारी कार्यरत रहेका छन् । “फार्म सञ्चालन गर्न स्थानीयस्तरमा उपभोक्ता समिति गठन भएको छ”, अध्यक्ष विष्टले...

  • २०७६ मङ्सिर २३, सोमबार

    दुई गाउँपालिका सचिवविहीन

    काभ्रेपलाञ्चोकको दुई गाउँपालिका वडा सचिवविहीन अवस्थामा रहेका छन् । तेमाल र महाभारत गाउँपालिकाको १७ वटै वडामा महिनौँदेखि सचिव नहुँदा कार्यसम्पादनमा निकै असहज भएको बताइएको छ । तेमाल गाउँपालिकामा नौ र महाभारत गाउँपालिकामा आठ वडा रहेका छन् । साविकका वडा सचिवहरु कर्मचारी समायोजनसँगै बढुवासहित अन्यत्र गएपछि दुई गाउँपालिका वडासचिवविहीन भएका हुन् । महाभारत गाउँपालिकाको कुनै पनि वडामा सचिव नभएको अध्यक्ष...

  • २०७६ मङ्सिर २३, सोमबार

    ‘उपमहानगर उज्यालो अभियान’ अनिश्चित

    नेपालगञ्ज उपमहानगरपालिकाको ‘उपमहानगर उज्यालो अभियान’ कार्यक्रम अनिश्चित बनेको छ । काठमाडौँ इनर्जी कम्पनीले सम्झौताअनुरुप काम सम्पन्न गर्न नसकेपछि कार्यक्रम अन्यौलमा पर्न गएको हो । नेपालगञ्जको बिपी चोकमा जडान गरिएको उच्च क्षमताको बत्ती ‘हाइमास्ट’ले देशभर चर्चा पाएको थियो । यसपछि उपमहानगरपालिकाले सो कार्यलाई निरन्तरता दिँदै विभिन्न आठ स्थानमा थप बत्ती जडानका लागि प्राथमिकता दिएको थियो । कम्पनीले...

  • २०७६ मङ्सिर २३, सोमबार

    गाडीको ठक्करबाट प्रहरी हवल्दार पाठकको मृत्यु

    भरतपुर महानगरपालिका–१ रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–१० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठक रहेका छन् । जिप्रका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आइतबार राति ११ बजे प्रहरीचौकी रामनगरबाट भरतपुरतर्फ आउने क्रममा बा १७ च ५७५८ नम्बरको बोलेरो गाडीले पाठक चढेको ना ५५ प...

  • २०७६ मङ्सिर २३, सोमबार

    बम निस्क्रिय गरियो

    महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–२ मा अवस्थित डिभिजन वन कार्यालयको प्राङ्गणभित्र फेला परेको बम आज बिहान निस्क्रिय गरिएको छ । आइतबार साँझ वन कार्यालयको हाताभित्र पार्किङ गरी राखिएको चारपाङ्ग्रे गाडीमुनि झोलाभित्र फेला परेको प्रेसरकुकर बम बिहान साढे १० बजेतिर नेपाली सेनाको बम टोलीले निस्क्रिय गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । नेपाली सेनाको...

  • २०७६ मङ्सिर २३, सोमबार

    तापमान वृद्धिको प्रभावबारे ‘कोप–२५’ मा ध्यानाकर्षण गराउँछौँ ः मन्त्री बस्नेत

    वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २५औँ सम्मेलन ९कोप–२५०मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति स्पेन प्रस्थान गर्नुभएको छ । स्पेनको म्याड्रिडमा भइरहेको कोप–२५ को विशेष सभालाई मन्त्री बस्नेतले बुधबार सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । म्याड्रिड प्रस्थानअघि मन्त्री बस्नेतले...

Pages