राष्ट्रिय
-
२०७६ मङ्सिर २५, बुधबार
अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल्स मार्ट भारतमा शुरु
नेपाल र भारतमा रहेका बुद्ध जीवनीमा आधारित क्षेत्रहरुको प्रवद्र्धन गर्ने उद्देश्यले एशोसिएसन अफ बुद्धिष्ट साइट टूर अपरेटर एबीटीओ भारतको आयोजनामा भारतको विहार राज्यस्थित बोधगयामा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल्स मार्ट शुरु भएको छ । बुद्धिष्ट ट्राभल्स मार्टको उद्घाटन कार्यक्रममा भारत सरकारका पर्यटन मन्त्रालयका सचिव विनोद जुत्सीले नेपाल र भारतका बौद्ध पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनका लागि...
-
२०७६ मङ्सिर २५, बुधबार
सागका स्वर्ण विजेतालाई २५ लाख देऊ, खेलकुद मन्त्रीलाई बर्खास्त गर तरुण दलको माग
२५ मंसिर, काठमाडौं । नेपाल तरुण दलले १३ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई जनही २५ लाख रुपैयाँको दरले सम्मान गर्न सरकारसँग माग गरेको छ । यस्तै रजत पदक जित्नेलाई १५ लाख र कांस्य पदक विजेतालाई १० लाख रुपैयाँको दरले सम्मान गर्नुपर्ने तरुण दलको माग छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् । आयोजक राष्ट्र नेपाल ५१ स्वर्ण, ६० रजत र...
-
२०७६ मङ्सिर २५, बुधबार
अस्पतालजन्य फोहर व्यवस्थापनसम्बन्धी कार्यशाला शुरु
स्वस्थ नेपालका लागि एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन तथा स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ एवं स्वच्छता अभियानसम्बन्धी तीनदिने कार्यशाला राजधानीमा शुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागलगायत संस्थाको आयोजनामा मङ्गलबारदेखि शुरु भएको कार्यशालामा स्थानीय तहका जनप्रतिनिधि, स्थास्थ्य संस्थाका अधिकारीलगायत गरी ३५० भन्दा बढीको सहभागिता छ । कार्यशालामा विश्व...
-
२०७६ मङ्सिर २५, बुधबार
भारी हिमपातको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली आज साँझसम्म नेपालको पश्चिमी भूभागमा प्रवेश गर्ने भएको छ । उक्त प्रणालीको प्रभावले नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेकाले सतर्कता अपाउन मौसमविद्ले आग्रह गरेका छन् । यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको मौसमविद् मञ्जु वासीले बताउनुभयो ।...
-
२०७६ मङ्सिर २५, बुधबार
नेपाल साहित्य महोत्सव शुक्रबारदेखि
आईएमई नेपाल लिटरेचर फेस्टिबलको आठौँ संस्करण यही मङ्सिर २७ गतेदेखि ३० गतेसम्म पर्यटकीय नगरी पोखराको बाराहीघाट लेकसाइडमा गरिने भएको छ । महोत्सवबारे जानकारी दिन आयोजक बुकवर्म फाउन्डेसन र ¥यान्डम रिडर्स सोसाइटीद्वारा मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बुकवर्म फाउण्डेसनका निर्देशक अजीत बरालले महोत्सवका अघिल्ला संस्करणभन्दा यसपटक नयाँ वक्तालाई उभ्याइने जानकारी दिनुभयो । यसअघिका संस्करणमा एउटै...
-
२०७६ मङ्सिर २५, बुधबार
राष्ट्रपतिद्वारा खेलाडीलाई बधाई
राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद ९साग० मा स्वर्णसहित विभिन्न पदक हासिल गरेका नेपाली खेलाडीलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपतिले आज अपराह्न ट्वीट गर्दै प्रतियोगितामा सहभागी सबै राष्ट्रका खेलाडी तथा खेल पदाधिकारीमा आभार व्यक्त गर्नुभएको छ । साथै उहाँले सागको सफल आयोजनाका निम्ति युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद्, नेपाल ओलम्पिक कमिटी, प्रशिक्षक...
-
२०७६ मङ्सिर २५, बुधबार
बन्दै गरेको रङ्गशाला हेर्न आउनेको घुइँचो
रामपुरमा निर्माण थालिएको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला हेर्न आउनेको घुइँचो लाग्न थालेको छ । सोमबार मात्र रु २० को टिकट काटेर दुई हजार ५०० ले निर्माणाधीन रङ्गशाला अवलोकन गरेका छन् । विभिन्न जिल्लाबाट भ्रमणका लागि आएका र यस जिल्ला हुँदै अन्यत्र जिल्ला जाने विद्यालयका विद्यार्थीदेखि सहकारी, आमा समूह, टोल विकास समितिलगायतका सङ्घसंस्थाका भ्रमण टोलीको प्रमुख गन्तव्य रङ्गशाला बन्ने गरेको छ...
-
२०७६ मङ्सिर २४, मंगलबार
दुई दशकदेखि विद्युत् सेवाबाट बञ्चित
शुक्लाफाँटा नगरपालिका–८ मा पिलरीफाँटा गाउँमा विद्युत् सेवा विस्तार नहँुदा स्थानीय बासिन्दा अँध्यारोमै बस्न बाध्य भएका छन् । बस्ती बसेको दुई दशक बिते पनि अझै विद्युत् सेवा विस्तार हुनसकेको छैन । विद्युत् सेवा नहँुदा यस क्षेत्रका बासिन्दा टुकीको सहारा लिन बाध्य छन् । केही परिवारले आफ्नै लगानीमा बत्ती बाल्न मात्रै सकिने सौर्यपाता जडान गरेका भए पनि अधिकांश परिवारले मट्टितेलको जोहो गर्दै टुकी बाल्दै...
-
२०७६ मङ्सिर २४, मंगलबार
झोलुङ्गे पुल निर्माण
उपल्लो मुस्ताङ जाने पदमार्गमा झोलुङ्गे पुल निर्माण गरिएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित समरखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले स्थानीयवासी र समरगाउँ भएर उपल्लो मुस्ताङ जाने आउने पर्यटकलाई लक्षित गरेर पुल निर्माण गरेको हो । रु ८८ लाख ७९ हजार ९९९ मा ठेक्का सम्झौता गरेको थानी–हिमशिखर–रामकृष्ण जेभीले पुल निर्माण सकेको कार्यालयका सवइञ्जिनीयर रविन...
-
२०७६ मङ्सिर २४, मंगलबार
युआरएल पत्रकारिता पुरस्कारबाट पौडेल सम्मानित
युनाइटेड रेफरेन्स ल्याबोरेटरी युआरएल द्वारा स्थापित स्वास्थ्य पत्रकारिता पुरस्कारबाट युवा पत्रकार सुरेन्द्र पौडेल सम्मानित हुनुभएको छ । पत्रकारिताका माध्यमबाट स्वास्थ्य क्षेत्रको विकासमा योगदान पु¥याउने पत्रकारलाई प्रत्येक वर्ष सम्मान गरिने सो पुरस्कारको राशि रु १५ हजार, दोसल्ला र सम्मानपत्र रहेको छ । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले सो संस्थाको छैँटाँै वार्षिक साधारणसभाका अवसरमा...
-
२०७६ मङ्सिर २४, मंगलबार
‘अकुपाइ टुँडिखेल अभियान सञ्चालनको अर्थ छैन’
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘अकुपाइ टुँडिखेल अभियान’को सञ्चालन गर्नु कुनै अर्थ नरहेको स्पष्ट पार्नुभएको छ । उहाँले हाल टुँडिखेल आसपासमा भवनको पुनःनिर्माणको काम भइरहेकाले सुन्दरतामा केही कमी आएको बताउनुभयो । निर्माणकार्य सम्पन्न भएसँगै टुँडिखेल पुरानै अवस्था आउने प्रमुख शाक्यले बताउनुभयो । उहाँले रासससँग कुरा गर्दै भन्नुभयो, “टुँडिखेल खुला गर्नुपर्छ भन्ने चाहना हाम्रो पनि...
-
२०७६ मङ्सिर २४, मंगलबार
विमानस्थल स्तरोन्नतिको गुरुयोजना अलपत्र
सरकारले स्तरोन्नतिका लागि नेपालगञ्ज विमानस्थलको गुरुयोजना बनाएको वर्षौँ बितिसकेको छ । तर, योजनाअनुसार अहिलेसम्म कुनै काम हुनसकेको छैन । विमानस्थलमा स–साना काम नहुँदा जहाज अवतरणस्थल रनवे मा बेलाबखतमा समस्या आउने गरेको छ । रनवे चारैतिर घाँसले भरिएको छ । जङ्गल नजिकै भएकाले विमानस्थलको झाडीमा बँदेल, बाँदरजस्ता वन्यजन्तु बस्ने गरेकाले जहाज उडान र अवतरणका समयमा चुनौती अझ थपिएको छ । निर्माणको जिम्मेवारी...


