relans
ni new 83
nib 2082 5

दुई दशकदेखि विद्युत् सेवाबाट बञ्चित

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २४, मंगलबार

शुक्लाफाँटा नगरपालिका–८ मा पिलरीफाँटा गाउँमा विद्युत् सेवा विस्तार नहँुदा स्थानीय बासिन्दा अँध्यारोमै बस्न बाध्य भएका छन् । बस्ती बसेको दुई दशक बिते पनि अझै विद्युत् सेवा विस्तार हुनसकेको छैन । विद्युत् सेवा नहँुदा यस क्षेत्रका बासिन्दा टुकीको सहारा लिन बाध्य छन् । केही परिवारले आफ्नै लगानीमा बत्ती बाल्न मात्रै सकिने सौर्यपाता जडान गरेका भए पनि अधिकांश परिवारले मट्टितेलको जोहो गर्दै टुकी बाल्दै आएका छन् । “आठ वर्षअघि चुनावका बेला बस्तीमा विद्युत् सेवा विस्तारका लागि फालिएका विद्युत्का पोल ल्याउँदा गाउँमा विद्युत् सेवा विस्तार हुन्छ भनेर सोचेका थियौँ”, स्थानीय मिलन जप्रेले भन्नुभयो, “पोल जस्तो अवस्थामा छाडेर गएका थिए, अहिले पनि त्यही अवस्थामा छन्, ठड्याउने कार्यसमेत हुनसकेको छैन ।” टुकीको सहायताले रातिका बेला काम गर्नुपर्दा सबैभन्दा बढी विद्यालय पढ्ने बालबालिका र गृहिणी श्वासप्रश्वासको समस्या खेप्न बाध्य छन् । “रातभरि छिमेकी गाउँमा झिलीमिली विद्युत् बलेको हुन्छ”, कलावती जाग्रीले भन्नुभयो, “हाम्रो गाउँमा धिपधिपे टुकी बलिरहेको हुन्छ, विद्युत् बलेको देख्न चाहन्छौँ, त्यो इच्छा पूरा हुने छाँट देखिँदैन ।” “स्थानीय तहका जनप्रतिनिधिदेखि प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारले चुनावमा विद्युत् बाल्ने, सिँचाइ, खानेपानी पु¥याउने बाचा गरेका थिए, बाचाअनुसार चुनावमा मतदान पनि ग¥यौँ, कसैले पनि समस्या समाधान गरेनन्”, पदम धामीले भन्नुभयो । केही दिनअघि मात्रै नगरप्रमुख दिलबहादुर ऐरले बस्तीमै पुगेर मङ्सिर महिनाभित्रै विद्यत् पु¥याउने बाचा गरे पनि अझै विद्युत् विस्तार गर्ने कार्यको सुरसार नगरिएको उहाँले बताउनुभयो । नगरप्रमुख ऐर पिलरीफाँटामा छिट्टै विद्युत् सेवाका लागि पहल भइरहेको बताउनुहुन्छ । “विद्युत् विस्तारका लागि ठेक्का भइसकेको छ”, उहाँले भन्नुभयो, “केही दिनमा विद्युत् सेवा विस्तारको कार्य हुन्छ, जनतासँग गरेका बाचा पूरा गरेरै छाड्छौँ ।”
Categorized in राष्ट्रिय
ppp 2