राष्ट्रिय
-
२०७६ पौष ६, आइतबार
ठूलीगाडमा माछा मार्न प्रतिबन्ध
दक्षिणी क्षेत्रमा पर्ने ठूलीगाड नदीमा गैरकानूनीरूपमा माछा मार्न प्रतिबन्ध लगाइएको छ । जलीय जैविक विविधता संरक्षण गर्न बडीकेदार र जोरायल गाउँपालिकाले नदीमा माछा मार्न बन्द गर्ने निर्णय गरेका हुन् । जलचर संरक्षण ऐन कार्यान्वयनमा ल्याई जलीय जैविक विविधता संरक्षणमा ती दुई स्थानीय तह संयुक्त रुपमा जुटेका हुन् । अब नदीमा तथा खोलामा बम विष्फोट गरी, विषादी प्रयोग गरी तथा करेन्ट प्रयोग गरी माछा मार्न...
-
२०७६ पौष ६, आइतबार
सांसद विकास कोषको रकम विकास निर्माणमा
संसद् विकास कोषबाट विनियोजित रकमबाट पाल्पामा विभिन्न विकास निर्माणका काम भइरहेका छन् । सरकारले एक निर्वाचन क्षेत्रमा रु ६ करोड विनियोजन गरेको छ । सांसद दलबहादुर रानाले विनियोजन भएको रकम मध्ये ठूला योजनामा रु ५० लाख बराबर र साना योजनामा रु १० लाख बराबरका योजना रहेको जानकारी दिनुभयो । तिनाउ–चर्चरे–मराम मोटरबाटो स्तरोन्नति, तानसेन–गुन्द्रीखोल्सा सामुदायिक रेडियो मदनपोखरासम्म मोटरबाटो, माथगढी–५...
-
२०७६ पौष ६, आइतबार
देउखुरीलाई कृषि सुपर जोन बनाउन अध्ययन
प्रदेश नं ५ सरकारले दाङको देउखुरी क्षेत्रमा कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न विशेष अध्ययन सुरु गरेको छ । देउखुरीमा रेशम सुुपरजोन, भैँसी तथा माहुरीको स्रोतकेन्द्रका रुपमा विकास गर्न सम्भाव्यता अध्ययनन शुरु गरेको छ । किट विकास केन्द्रका प्रमुख हरिहर अधिकारी, प्रदेश नं ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ अधिकृत श्रीधर ज्ञवाली, कार्यक्रम अधिकृत जगन्नाथ शर्मा, प्रदेशसभा सदस्य...
-
२०७६ पौष ६, आइतबार
सूचना केन्द्र स्थापना
तनहुँको भिमाद नगरपालिका–९ स्थित मोहोरियामा सूचना केन्द्र निर्माण गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले रु १९ लाखको लागतमा सूचना केन्द्रका लागि भवन निर्माण गरेको हो । डिभिजन वन कार्यालयको वन उद्यान कार्यक्रमअन्तर्गत निर्माण गरिएको वातावरणमैत्री उद्यानभित्र सूचना केन्द्रका लागि भवन निर्माण गरिएको कार्यालयका प्रमुख केदार बरालले जानकारी दिनुभयो । वातावरणमैत्री उद्यानका लागि काठमाडौँस्थित एशियन सेन्टर...
-
२०७६ पौष ६, आइतबार
‘हस्पिटालिटी नेपाल कन्टेस्ट’को चौथो संस्करण पोखरामा
हस्पिटालिटी नेपाल कन्टेस्ट’को चौथो संस्करण पर्यटकीय नगरी पोखरामा आयोजना हुने भएको छ । एपी इन्टरटेनमेण्टद्वारा प्रतियोगिताका बारेमा जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा आवेदन खुला गरिएको जानकारी दिइयो छ । आयोजक सस्थाका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले प्रतियोगिताका लागि यस पटक अझै बढी अवसर सिर्जना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “हामीले तीन संस्करणलाई उत्कृष्ट ढङ्गबाट सम्पन्न गरिसकेका...
-
२०७६ पौष ६, आइतबार
अब इलमी हातले गाउँ छोड्नु पर्दैन मन्त्री लम्साल
पर्वतको विहादी गाउँपालिका–१ बाच्छामा आयोजित बाच्छा महोत्सव सम्पन्न भएको छ । कला, संस्कृति र खेलकूदको विकासमार्फत गाउँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय जनसेवा युवा क्लबले आयोजना गरेको चारदिने महोत्सव शनिबार सम्पन्न भएको हो । महोत्सवको समापन अवसरमा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले इलमी र परिश्रमी व्यक्ति अब गाउँ छाडेर पलायन हुनुनपर्ने बताउनुभयो ।...
-
२०७६ पौष ६, आइतबार
तीन स्थानीय तहको विद्यालय बन्द
शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन् । राजविराज नगरपालिकाले जाडो बिदा प्रयोजनका लागि छुट्याइएको ६ दिनमध्ये हाललाई आजदेखि मङ्गलबारसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको सूचना जारी गरेको छ । बन्दको निर्णयपछि राजविराज नगरपालिकाअन्तर्गतका ४२ सामुदायिक विद्यालय तीन दिनसम्म बन्द रहने नगरउपप्रमुख साधना झाले बताउनुभयो । तिलाठी कोइलाडी गाउँपालिकाले...
-
२०७६ पौष ६, आइतबार
स्वास्थ्यकर्मी नै बिरामीका रक्तदाता
जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी नै यहाँका बिरामीलाई समय–समयमा रगत दिन बाध्य भएका छन् । कर्णाली प्रतिष्ठानमा रगत अभाव भएका बेलामा कर्मचारीसमेत काम लाग्ने गरेका छन् । “प्रतिष्ठानमा निकै सिकिस्त बिरामी आउँछन् । रगत नपुग्दा मान्छेको ज्यान जोगाउनुपर्छ, रगत नपाइएको समयमा त्यसै टिक्न नसकिने भएकाले पटक–पटक रगत दिने गरेका छौँ”, प्रतिष्ठानको...
-
२०७६ पौष ६, आइतबार
शीतलहर र हुस्सुले विपन्नलाई सास्ती
बाँकेमा शीतलहर शुरु भएपछि जनजीवन कष्टकर भएको छ । चिसो हावासँगै पानीको मसिनो थोपा र बाक्लो हुस्सु लागेका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारण घरबाहिर निस्कनसमेत सकेका छैनन् । शीतलहर र हुस्सुका कारण विपन्नलाई सास्ती भएको छ । अघिल्लो साता परेको वर्षापछि अत्यधिक जाडो बढेको छ । चिसाले बाँकेका अल्पसङ्ख्यक तथा विपन्न समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् । चिडिमार, घँसियार, मगन्ता, कुचबधियालगायत गरीब...
-
२०७६ पौष ६, आइतबार
भारत जान लागेको बालकको उद्धार
अभिभावकलाई भेट्न भारत जान लागेको बताउने २० जना बालबालिकालाई नेपालगञ्जस्थित सीमामा रोकी सम्बन्धित अभिभावक र आफन्तलाई जिम्मा लगाइएको छ । सिविन बाल हेल्पलाइन नेपालगञ्जका प्रमुख सिद्धराज पनेरुले प्रशासनको रोहबरमा बालबालिकालाई अभिभावकको आफन्तको जिम्मा लगाएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसरी असुरक्षित यात्राले बालबालिका जोखिममा पर्र्ने सम्भावना रहन्छ ।” उहाँका अनुसार बेवारिसे अवस्थामा रहेका...
-
२०७६ पौष ६, आइतबार
आँखा उपचारमा नेपालीको पहुँच बढ्दो
नेपालमा अन्धोपन निवारणका लागि भिजन ट्वान्टी–ट्वान्टी कार्यक्रम सञ्चालन भएपछि आँखा उपचार सेवामा सबै नेपालीको पहुँच क्रमशः बढ्दै गएको छ । कार्यक्रमअन्तर्गत नेपालका विभिन्न स्थानमा आँखा अस्पताल र उपचार केन्द्र सञ्चालनमा आएपछि आँखा रोगको समस्या झण्डै आधा घटेको नेपाल नेत्र ज्योति सङ्घ बाँकेका अध्यक्ष रतनकुमार टण्डनले बताउनुभयो । संयुक्त राष्ट्र सङ्घले ‘दृष्टिका लागि अधिकार’ नारासहित भिजन ट्वान्टी–...
-
२०७६ पौष ६, आइतबार
एमसिसीको सहयोग भौतिक पूर्वाधारमा इण्डो प्यासेफिकको रणनीतिमा छैन
नेपालको भौतिक पूर्वाधार विकासका लागि अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसी मार्फत अनुदान सहयोग उपलब्ध गराएको स्पष्ट पार्दै सङ्घीय संसद्बाट अनुमोदन जरुरी रहेको मिलेनियम च्यालेन्ज एकाउन्ट एमसिए नेपालले स्पष्ट पारेको छ । एमसिसीले नेपालको ऊर्जा तथा सडक निर्माणका लागि ५० करोड अमेरिकी डलर उपलब्ध गराएको छ । यस्तै सो कार्यक्रमका लागि नेपाल सरकारले समेत १३ करोड अमेरिकी डलर बजेट उपलब्ध गराएको छ ।...


