STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

निःशुल्क शल्यक्रिया

Janjati Khabar – जनजाति खबर | २०७६ पौष ७, सोमबार

नेपाली सेनाले महोत्तरीमा सञ्चालन गरेको निःशुल्क बृहत् स्वास्थ्य शिविरमा ३२९ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । यही मङ्सिर २७ देखि पुस ५ गतेसम्मका लागि भनिएको शिविर बिरामीको चापलाई दृष्टिगत गर्दै आइतबार एक दिन थपिएको थियो । सोनमा गाउँपालिका–३ खखना माविमा आयोजित शिविरमा आर्मी हस्पिटलबाट आएको सर्जनसहितको विशेषज्ञ टोलीले १९४ पुरुष र १३५ महिलाको निःशुल्क शल्यक्रिया गरिएको सेनाका सर्जन प्रमुख डा सृजन मल्लले बताउनुभयो । शिविरमा १७८ जटिल, ४७ मध्यम र १०४ वटा साधारण शल्यक्रिया गरिएको डा मल्लले बताउनुभयो । त्यस्तै सो शिविरमा करिब २२ हजार बिरामीको उपचार र औषधि वितरणसमेत गरिएको जनाइएको छ ।
Categorized in राष्ट्रिय