राष्ट्रिय
-
२०७६ पौष १७, बिहिबार
जलपन्छी गणना गरिँदै
यतिबेला नेपालका सिमसार क्षेत्रमा चराको चहलपहल बढदो छ । हिउँदको चिसो बढेसँगै न्यानो वासस्थान, आहार र प्रजननका लागि चरा उत्तरी गोलाद्र्धबाट दक्षिणी गोलाद्र्धमा बसाइँसराइ गर्छन् । एकथरी चराले अन्तरदेशीय सीमाको लामो दूरी पार गरी नेपालमा बसाइँसराइ गर्छन् भने केहीले नेपालकै उच्च पहाडी भूभागबाट तराईमा छोटो दूरीको बसाइँसराइ गर्ने गरेका छन् । यही समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको...
-
२०७६ पौष १७, बिहिबार
रु १० मा पेटभरि बासमती चामलको भात खुवाउने अभियान शुरु
विराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ । स्थानीय राजनीतिज्ञ एवं समाजसेवी दिलीप धाडेवालको समूहले मानिसलाई रु १० मा पेटभरि खाना खुवाउने प्रबन्ध मिलाएपछि खाना खाने मानिसको भीड लाग्ने गरेको हो । शुरुमा काली मन्दिर अगाडिबाट शुरु गरिएको सो अभियानमा मानिसको चाप बढ्न थालेपछि जैन भवनको अगाडि खाना खुवाउने कार्य भइरहेको धाडेवालले बताउनुभयो । बासमती चामलको भात र झोल...
-
२०७६ पौष १७, बिहिबार
उच्च हिमाली भेगमा पुनः हिमपात, विद्युत् सेवा समेत अवरुद्ध
मौसममा आएको परिवर्तनसँगै बैतडीका उच्च लेकाली भेगमा हिमपात भएको छ । खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो । यसवर्ष मङ्सिरको अन्तिम साता पहिलोपटक हिमपात भएकोे थियो । गएरातिदेखि उच्च क्षेत्रमा हिमपात भएको स्थानीय बासिन्दाले जनाएका छन् । हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको खोड्पेका स्थानीय मोहन विष्टले बताउनुुभयो । हिमपातले बाहिर निस्कनसमेत...
-
२०७६ पौष १७, बिहिबार
मिथिलामा ‘तिलासक्रायत’ पर्वको चहलपहल
मध्यपूर्वी तराई क्षेत्रमा ‘तिलासक्रायत’ पर्वको चहलपहल शुरु भएको छ । माघे सङ्क्रान्तिका दिन मनाइने यो पर्व महोत्तरीसहितका मध्यपूर्वी तराईका जिल्लामा केही दिन पहिले नै तयारी थालिएपछि जताततै ‘तिलासक्रायत’ को चहलपहल बढेको हो । खासगरी मिथिला क्षेत्रमा नेपालीमा माघेसङ्क्रान्ति भनिने यो पर्वमा तिल, मुरी र चिउरालाई ९सख्खर मिलाएर बनाइएका लड्डु० खाने÷खुवाउने मैथिल चलन छ । आदिवासी थारु, दनुवार, बाँतर र...
-
२०७६ पौष १७, बिहिबार
उत्पादन बढाएर अर्थतन्त्र बलियो बनाऔँ ः अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीले साना र आधारभूत तहमा काम गर्ने किसानलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । चितवनको रत्ननगर– ५ टरौलीमा कृषि तालिम तथा अनुसन्धान केन्द्रको आज उद्घाटन गर्दै अध्यक्ष दाहालले उत्पादनको महाअभियानमा सबै किसानलाई समावेश गर्नुपर्ने बताउनुभयो । कृषि पेशालाई व्यवस्थित र मर्यादित बनाउँदै उत्पादन बढाएर...
-
२०७६ पौष १७, बिहिबार
किसान र चिनी उद्योगका समस्या समाधान हुन्छ ः मन्त्री भट्ट
उद्योग वाणिज्य तथा आपूतिमन्त्री लेखराज भट्टले आगामी माघको पहिलो साताभित्र चिनी मिल र उखु किसानको समस्या समाधान हुने जानकारी दिनुभएकोे छ । राष्ट्रियसभाको आजको बैठकमा समय लिई उहाँले चिनी मिललाई किसानको बक्यौता चुक्ता गर्न निर्देशन दिइसकेको बताउनुभयो । “उखु किसान आन्दोलनमा छन्, चिनी मिलमा समस्या देखिएको छ, किसानले उखुको उचित मूल्य नपाएको कुरा छ”, मन्त्री भट्टले भन्नुभयो, “ चिनी मिल र उखु किसानका...
-
२०७६ पौष १७, बिहिबार
पढाइलाई भन्दा सिकाइमा जोड दिनुपर्छ ः मुख्यमन्त्री पौडेल
प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्राविधिक शिक्षामा लगानीको वतावरण बनाइने ध्यान जानकारी दिनुभएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र प्रदेश नं– ३ द्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले परिणाममुखी शिक्षाको लागि विद्यालयले पढाइलाई भन्दा सिकाइमा जोड दिनुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो,“पढाइ र सिकाइ फरक÷फरक कुरा हो । पढाइले व्यावसायिक बनाउदैन तर सिकाइले व्यावसायिक...
-
२०७६ पौष १७, बिहिबार
प्रधानको निधनमा महासङ्घ र युनियन स्तब्ध
नेपाल पत्रकार महासङ्घले सुनसरी शाखाका पूर्वसभापति अग्रज पत्रकार याम प्रधानको निधनले नेपाली पत्रकारिता क्षेत्रले एकजना अनुभवी र निर्भिक पत्रकारलाई गुमाएको जनाएको छ । महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै पूर्वको पत्रकारिता क्षेत्रमा छुट्टै पहिचान बनाएका प्रधानको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित प्रधानको इटहरी–९ भोजपुरे टोलस्थित निवासमा आज...
-
२०७६ पौष १७, बिहिबार
जमिनको वर्गीकरण गरी भूमि बैंक स्थापनाको तयारी
स्याङ्जाको गल्याङ नगरपालिकाले जमिनको वर्गीकरण गरी भूमि बैंक स्थापना गर्ने तयारी गरेको छ । भू–उपयोग नीतिअनुसार नगरपालिकाले नगरभित्रका ११ वडाका जग्गालाई ११ भागमा वर्गीकरण गरी त्यसैको आधारमा आगामी माघ मसान्तभित्र भूमि बैंक स्थापना गर्ने तयारी भइरहेको गल्याङ नगरप्रमुख भूपराज अधिकारीले बताउनुभयो । “सरकारको १५औँ योजनामा समावेश गरिएअनुसार नै हामीले सबै वडामा जमिनको वर्गीकरण गर्नेछौँ”, नगरप्रमुख...
-
२०७६ पौष १७, बिहिबार
नवीनतम उपकरणसहित नेपालको सबैभन्दा ठूलो ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ सञ्चालनमा
“कुनै अप्ठ्यारो महशुस भएमा विस्तारै हात उठाउनुहोला । हामी बाहिर हुन्छौँ । केही हुँदैन । न आत्तिनु ।” डा वीरेन्द्र यादवले स्वचालित स्टेचरमाथि सुतेका पदम मिश्रलाई सम्झाउनुभयो । विर्तामोड– ८ गरामुनिका २९ वर्षीय मिश्रले बरर आँखाबाट आँशु झार्नुभयो । “म यहीँ छु । मेरो त घाँटी नै काटिएको थियो । मलाई एकपटक हेर त १ रु” समाजसेवी दुर्गा प्रसाईंले उहाँलाई आँशु पुछिदिँदै थप सान्त्वना दिनुभयो । युवापुस्ताका...
-
२०७६ पौष १६, बुधबार
मौसम सफा हुँदै गएपछि जनजीवन सामान्य हुँँदै
दुई साताभन्दा बढी चिसो स्याँठ र मुटु कमाउने जाडो खेपेका महोत्तरीवासी मौसम सफा हुँदै गएपछि सामान्य हुँदैछन् । सोमबारयता क्रमशः पारिलो घाम लाग्दै हुस्सु घटेर स्याँठ चल्ने क्रम पातलिँदै गएपछि यहाँको जनजीवन सामान्य हुँदै गएको हो । गत मङ्सिर २७ गते रातभरि पानी परेपछि एक्कासि बढेको जाडोले महोत्तरीसहित मध्यपूर्वी तराईको जनजीवन निकै कष्टकर बनेको थियो । दिनभरि बाक्लो हुस्सु लाग्ने र रातभरि तुषारो...
-
२०७६ पौष १६, बुधबार
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन संवाद
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज टेलिफोन संवाद भई उहाँहरुले आपसमा अङ्ग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुभएको छ । दुई प्रधानमन्त्रीबीच भएको टेलिफोन संवादमा दुई देशबीचका बाँकी समस्या समाधान गर्दै सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन सन् २०२० सफल रहने विश्वास उहाँहरुले व्यक्त गर्नुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । नेपालको...


