STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ मङ्सिर १९, बिहिबार

    ‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन अमेरिकाको आग्रह

    उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहनुभएका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी सहायकमन्त्री ¥याण्डम जि स्च्रिभरले आज भेट गरी ‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन आग्रह गर्नुभएको छ । सहायकमन्त्री ¥याण्डमले उक्त रणनीतिलाई अमेरिकी सहकार्यको नीतिका रुपमा बुझिदिन आग्रह गर्नुभएको थियो भने जवाफमा उपप्रधानमन्त्री पोखरेलले सो रणनीतिप्रति आफूहरु...

  • २०७६ मङ्सिर १९, बिहिबार

    ‘मातृभाषा शिक्षालाई प्रभावकारी एवं व्यवस्थित बनाइनेछ’

    पाँचथरको फाल्गुनन्द गाउँपालिकाले मातृभाषा शिक्षालाई प्रभावकारी एवं व्यवस्थित बनाउनका लागि फाल्गुनन्द भाषा शिक्षालय निर्माण तथा सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष वीरबहादुर कुरुम्बाङले गाउँपालिकाको कार्यालय घुर्वीसेपञ्चमीमा बुधबार पदभार ग्रहण गर्दै सो निर्णय गर्नुभएको हो । अध्यक्ष कुरुम्बाङले मातृभाषाका शिक्षक उत्पादन गरी मातृभाषा शिक्षालाई प्रभावकारी एवं व्यवस्थित...

  • २०७६ मङ्सिर १९, बिहिबार

    मोहियानी हकसम्बन्धी निवेदनको टुङ्गो लगाउन बाँकी

    बाँकेमा अहिलेसम्म परेको ११ हजारभन्दा बढी जग्गाको सम्पूर्ण खाले मोहियानी हक दाबी निवेदनमध्ये करीब आठ हजार बढी फछ्र्यौट भइसकेको छ । नेपालगञ्जस्थित भूमिसुधार तथा मालपोत कार्यालयका अनुसार, अब झण्डै तीन हजार बढी मोहीसम्बन्धी निवेदनको टुङ्गो लगाउन बाँकी छ । सो कार्यालयले मोही छुट्याउन २०७४ भदौमा आह्वान गरेको एकवर्षे समयसीमा २०७५ भदौ ४ गते नै सकिएको थियो । अहिले पुनः२०७६ फागुन २९ गतेसम्मका लागि निवेदन...

  • २०७६ मङ्सिर १९, बिहिबार

    सहाराविहीन विद्यार्थीलाई विद्यालयमै खाने–बस्ने व्यवस्था

    रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ रुकुमकोटस्थित रुक्मिणी माध्यमिक विद्यालयले सहाराविहीन विद्यार्थीलाई विद्यायमै पढाउन थालेको छ । विभिन्न कारणले सहाराविहीन बनेका जिल्लाका १३ विद्यार्थीलाई विद्यालयमै राखेर पढाउन थालिएको हो । कक्षा १ देखि ९ सम्मका नियमित विद्यालय आउन नसक्ने सहाराविहीन विद्यार्थी छनोट गरेर विद्यालयले पठनपाठनका साथै खाने र बस्ने व्यवस्था पनि विद्यालयमै गरिदिएको विद्यालयले जनाएको छ ।...

  • २०७६ मङ्सिर १९, बिहिबार

    प्रधानमन्त्री निवास फिर्ता हुँदै

    प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि पूर्ण स्वास्थ्यलाभ गरेर त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन सस्थान मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट आज निवास फिर्ता हुँदै हुनुहुन्छ । उहाँ यही मङ्सिर १० गते एपेन्डिसाइटिसको शल्यक्रियाका निम्ति सेन्टर भर्ना हुनुभएको थियो । “सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली आज अपराह्न उक्त सेन्टरबाट...

  • २०७६ मङ्सिर १९, बिहिबार

    मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालन

    सुदूरपश्चिम प्रदेशमा कृषि व्यवसायलाई प्रतिस्पर्धी बनाई उत्पादनमा अभिवृद्धि गर्नका लागि ‘मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम’ सञ्चालन गरिएको छ । कार्यक्रमअन्तर्गत नमूना कृषिगाउँ स्थापनाका लागि कैलाली र कञ्चनपुरमा १५ स्थानीय तहलाई छनोट गरिएको छ । प्रत्येक स्थानीय तहमा बालीको छनोट गरी रु ५० लाखका दरले बजेटको व्यवस्था मिलाइएको छ । कृषि उपजको आन्तरिक माग पूर्ति गर्दै आयात प्रतिस्थापन...

  • २०७६ मङ्सिर १९, बिहिबार

    मुआब्जामाथि पुनःमूल्याङ्कन गर्नुपर्ने माग

    बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित आरुघाट, गोर्खा र विशालनगर खहरे धादिङ क्षेत्रमा निर्धारण गरिएको मुआब्जामाथि पुनःमूल्याङ्कन गर्नुपर्ने माग गरिएको छ । बूढीगण्डकी जलविद्युत् आयोजना सरोकार समितिको नेतृत्वमा पीडितहरुले उचित मुआब्जा निर्धारण गर्नुपर्ने र नभएमा रोक्का जग्गाको क्षतिपूर्तिसहित फिर्ता गर्नुपर्नेलगायत मागसहित आज माइतीघर मण्डलामा धर्नासमेत दिएका छन् । धर्नामा सहभागीहरुले ‘मुआब्जा...

  • २०७६ मङ्सिर १८, बुधबार

    गाउँभरि मौरीपालन

    गलकोट नगरपालिका–९ मल्म, बरेखानीका किसान मित्रलाल गौतमको घरमा १० घार मौरी छन् । एक घारमा वर्षको १५ किलोसम्म मह उत्पादन हुन्छ । एक किलो महको मूल्य रु एक हजार ५०० छ । गौतमले झैँ बरेखानीका सबै किसानले मौरी पालेका छन् । मह बेचेर यहाँका किसानले वार्षिक रु दुई लाखसम्म कमाउँछन् । स्वस्थ र स्वादिलो भएकाले महको माग बढी छ । गाउँघरमा खपत भएर रहेको मह किसानले बजार पु¥याउँछन् । “मौरीपालन यहाँको पुरानै पेशा हो...

  • २०७६ मङ्सिर १८, बुधबार

    होर्डिङ बोर्ड हटाउन कामपाको चासो

    काठमाडौँ महानगरपालिकाले नियम विपरीत शहरलाई कुरूप बनाई राखिएका होर्डिङ बोर्ड हटाउनका लागि चासो देखाएको छ । अदालतको आदेशानुसार कामपाले पछिल्लो समय यस कार्यमा सक्रियता देखाएको हो । विज्ञापन होर्डिङ बोर्ड, भित्तेलेखन, भित्तामा टाँसिएको पोस्टरलगायत सामग्री नहटाएको भन्दै महानगरपालिकाविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता भएको थियो । कामपाका प्रवक्ता ईश्वर डङ्गोलका अनुसार हटाउनका लागि गत सोमबार सात...

  • २०७६ मङ्सिर १८, बुधबार

    आइएफआरसीको महासचिव पदमा चापागाईं चयन

    विश्वको सर्वोच्च मानवीय संस्था रेडक्रस तथा रेडक्रिसियन्ट सोसाइटी महासङ्घ आइएफआरसीको महासचिव पदमा जगन चापागाईं छानिनुभएको छ । उहाँले १ फेब्रुअरी २०२० देखि आफ्नो चार वर्षको कार्यकाल शुरुआत गर्नुहुनेछ । विगत २५ वर्षदेखि रेडक्रस अभियानमा निरन्तर क्रियाशील इन्जिनीयर चापागार्इं सो पदमा पुग्ने पहिलो नेपाली हुनुहुन्छ । देशीय रेडक्रसको विश्व छाता सङ्गठनलाई आइएफआरसी भनिन्छ । नेपाल रेडक्रस सोसाइटीसहित...

  • २०७६ मङ्सिर १८, बुधबार

    दलित पत्रकारद्वारा बजेटबारे स्थानीय सरकारसँग छलफल गर्ने

    राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपाल काठमाडौँ उपत्यका समन्वय कमिटीले नीति तथा कार्यक्रम र बजेटमा दलित समुदाय विषयमा स्थानीय सरकारसँग बहस सञ्चालन गर्ने भएको छ । काठमाडौँ उपत्यका समन्वय कमिटीका अध्यक्ष सुशील दर्नालको अध्यक्षतामा मङ्गलबार काठमाडौँमा सम्पन्न बैठकले स्थानीय सरकारको नीति तथा कार्यक्रम र बजेटमा दलित समुदायलाई समेत समावेश गराउने उद्देश्यले कम्तीमा महिनामा एक दिन स्थानीय तहका...

  • २०७६ मङ्सिर १८, बुधबार

    समयमै पुस्तक नआउँदा दृष्टिविहीनलाई समस्या

    सामान्य विद्यार्थीहरुको पुस्तक वैशाखमै आइपुग्छन् तर फरक क्षमता भएका दृष्टिविहीन विद्यार्थीका लागि पुस्तक आउन ढिलाइ हुन्छ । पुस्तक आउन ढिलाइ हुँदा पठनपाठनमा समस्या हुने गरेको तुलसीपुरको गुरुजजुर माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थी रामप्रसाद विकले बताउनुभयो । “अन्य सामान्य विद्यार्थीको पुस्तक समयमै आउँछ”, उहाँले भन्नुभयो, “तर हामी दृष्टिविहीनका लागि पुस्तक ढिला आउँछ ।” यसरी पुस्तक आउन ढिलो हुँदा...

Pages