relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ मङ्सिर २०, शुक्रबार

    अर्जुनधारामा विपन्न परिवारका लागि घर निर्माण गरिँदै

    विपन्न परिवारका लागि अर्जुनधारा नगरपालिकामा ३३ घर निर्माणको काम शुरु भएको छ । लक्षित वर्ग कार्यक्रमअन्तर्गत प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको शहरी विकास तथा भवन कार्यालय इलामले घर निर्माणको काम शुरु गरेको हो । घर निर्माणका लागि रु एक करोड नौ लाख ७२ हजार ५०० बजेट विनियोजन भएको प्रदेश नं १ का प्रदेशसभा सदस्य वृख प्रधानले बताउनुभयो । अर्जुनधारा नगरपालिका–८ स्थित प्रज्वल साहको घर...

  • २०७६ मङ्सिर २०, शुक्रबार

    नेपाल हवाई खेलकूद संस्थामा भण्डारी

    नेपाल हवाई खेलकूद संस्था ना को अध्यक्ष पदमा कृष्ण भण्डारी निर्वाचित हुनुभएको छ । पोखरामा बिहीबार साँझ सम्पन्न संस्थाको आठौँ अधिवेशन तथा १७औँ साधारणसभामा शोभित बानियाँलाई पराजित गरी भण्डारी अध्यक्षमा निर्वाचित हुनुभएको हो । संस्थाको वरिष्ठ उपाध्यक्षमा वसन्तराज दवाडी, प्रथम उपाध्यक्षमा इन्द्र भण्डारी, द्वितीय उपाध्यक्षमा भरतप्रसाद तिमिल्सिना, तृतीय उपाध्यक्षमा नारायण पराजुली, प्राविधिक उपाध्यक्षमा...

  • २०७६ मङ्सिर २०, शुक्रबार

    शिक्षा क्षेत्रको विकासका लागि राजनीति नगर्न आग्रह

    पूर्वराष्ट्रपति डा रामवरण यादवले शिक्षा नागरिकको नैसर्गिक अधिकार रहेको र मौलिक हकका रूपमा संविधानमा पनि उल्लेख भइसकेकाले यसको प्रत्याभूत गर्न कसैले पनि राजनीति गर्न नहुने बताउनुभएको छ । उहाँले शिक्षा क्षेत्रको विकासका लागि सरकार र जनप्रतिनिधि मुख्य जिम्मेवार रहेको र यसका लागि गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । बारबर्दिया नगरपालिका–६ मा सदाशिव बहुमुखी क्यापसको जग्गा खरीद र पूर्वाधार निमार्णका लागि...

  • २०७६ मङ्सिर २०, शुक्रबार

    हात्ती महोत्सव पुस १० देखि

    अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्न पर्यटकीय नगरी सौराहामा आगामी पुस १० गतेदेखि हात्ती महोत्सव गरिने भएको छ । छ दिनसम्म सञ्चालन हुने सो महोत्सव १६औँ संस्करण हो । भ्रमण वर्ष सन् २०२० लाई विशेष रुपमा महोत्सवबाटै स्वागत गरिँदैछ । महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार महोत्सवमा हात्ती फुटबल, हात्तीपोलो, हात्ती फास्टवाक, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको...

  • २०७६ मङ्सिर २०, शुक्रबार

    मुस्ताङबाट ६५ हजार मेट्रिक टन स्याउ निकासी

    मुस्ताङबाट यस वर्ष ६५ हजार मेट्रिक टन स्याउ निकासी भएको छ । स्याउ बेचेर कृषकले मुस्ताङमा रु साठी करोडभन्दा बढी रकम भित्र्याएका छन् । जिल्लामा उत्पादन भएको मध्ये ८० प्रतिशत स्याउ देशका विभिन्न बजारमा निकासी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख माधव लम्सालले जानकारी दिनुभयो । “जिल्लाभर एक हजार ५०० हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा सात सय हेक्टरमा उत्पादन हुन्छ”, उहाँले भन्नुभयो...

  • २०७६ मङ्सिर १९, बिहिबार

    फिस्टुला रोगबारे अभिमुखीकरण

    महिलामा देखिएको फिस्टुला रोगको न्यूनीकरणका लागि महिला स्वास्थ्य स्वयंसेविकालाई ‘फिस्टुला रोग’बारे अभिमुखीकरण तालीम दिइएको छ । नारायण नगरपालिका स्वास्थ्य शाखाको समन्वय र साइनिङ अस्पतालको आयोजनामा शुरु भएको सो तालीममा नगरपालिकाभित्रका महिला स्वयंस्वसेविकाहरुको सहभागिता रहेको छ । फिस्टुला शरीरको कुनै पनि भित्री अङ्गमा पर्ने अनावश्यक प्वाल हो । महिलामा फिस्टुला बच्चा जन्माउँदा हुने जटिलताका कारण हुने...

  • २०७६ मङ्सिर १९, बिहिबार

    विद्यालय भवन बनेपछि पठनपाठन सहज

    तनहुँको भीमाद नगरपालिका–१ डुम्रीबेँसीस्थित शङ्कर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएपछि पठनपाठनमा सहजता आएको छ । पुरानो र जीर्ण भवनमा पठनपाठन हुँदै आएको यस विद्यालयको चारकोठे नयाँ भवन निर्माण सम्पन्न भएपछि विद्यार्थीलाई पठनपाठनमा सहज भएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत रु ७१ लाख ६१ हजार २६ को लागतमा भवन निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक यमबहादुर श्रेष्ठले जानकारी...

  • २०७६ मङ्सिर १९, बिहिबार

    एकीकरण हँुदै सहकारी

    काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका सहकारीलाई एकापसमा एकीकरण गरी सङ्ख्यात्मकरूपमा कम गर्ने कार्य शुरु गरेको छ । हाल कामपामा एक हजार ८५६ सहकारी संस्था रहेका छन्, जसलाई घटाएर ७०० बनाउने योजनाको साथ कामपा लागिपरेको छ । संवैधानिक व्यवस्थाअनुसार विसं २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन गर्नुपर्ने व्यवस्थाअनुरुप कामपाले आफ्ना...

  • २०७६ मङ्सिर १९, बिहिबार

    राप्रपा अध्यक्ष थापा अमेरिकाका विभिन्न कार्यक्रममा

    संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डिसीमा अन्तरराष्ट्रिय डेमोक्रेटिक युनियन९आइडियु०को अन्तराष्ट्रिय सम्मेलन शुरु भएको छ । क्यानडाका पूर्वप्रधानमन्त्री तथा आइडियुका अध्यक्ष स्टेफेन हार्परले सम्मेलनको उद्घाटन गर्नुभयो । । सम्मेलनमा राप्रपाका अध्यक्ष कमल थापा नेतृत्वको प्रतिनिधिमण्डलले भाग लिइरहेको छ । नेपाली प्रतिनिधिमण्डलमा राप्रपाका सहायक महामन्त्री प्रेमकुमार श्रेष्ठ र आमन्त्रित केन्द्रीय सदस्य...

  • २०७६ मङ्सिर १९, बिहिबार

    एक वर्षमा ९७२ ले गराए गर्भपतन

    पर्वतमा गत वर्ष ९७२ महिलाले गर्भपतन गराएका छन् । जिल्ला अस्पताललगायत सुरक्षित गर्भपतन गराउन सूचीकृत जिल्लाका २६ स्वास्थ्य संस्थामा उनीहरुले सो सेवा लिएका हुन् । जनस्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क अधिकृत प्रवीण भण्डारीले जिल्लामा सुत्केरी हुने सङ्ख्या गत वर्ष ९०१ रहेको बताउँदै सुत्केरी हुनेभन्दा गर्भपतन गराउने धेरै देखिएको जानकारी दिनुभयो । गर्भपतनलाई परिवार नियोजनको विकल्पका रूपमा प्रयोग हुन...

  • २०७६ मङ्सिर १९, बिहिबार

    उनी बितेको दिन आज स्वरसम्राट नारायण गोपाल ।

    उनी बितेको दिन आज । अघिल्लो रात उनले आफैं मरेको सपना देखेकी देखेनन् कुन्नी  तर उनी सबैलाई भावविह्वल बनाई बिती गए । उनी अर्थात् स्वरसम्राट नारायण गोपाल । नेपाली सुगम संगीतका एक कालजयी शिल्पी, एउटा युग जसका अनगिन्ती गीतहरु आज पर्यन्त जीवित छन् र यो जग रहेसम्म जीवितै रहनेछन् । जीवित छँदा हामीले उनको महत्व सायदै बुझ्यौं र त उनी बरालिँदै बेहोसीमा हराए । नहाँसेरै जीउन मन पराए । नयाँ सडकका गल्लीहरुमा...

  • २०७६ मङ्सिर १९, बिहिबार

    सागले भ्रमण वर्षलाई सहयोग पु¥याउने विश्वास

    यतिबेला पोखरा सागमय बनेको छ । १३ आँै दक्षिण एशियाली खेलकूद ९साग० अन्तर्गत पोखरामा आठ खेल भइरहेका छन् । साग खेलका लागि ८४० खेलाडी र अफिसियल यतिबेला पोखरामा छन् । पोखराको सुन्दरतासँग रमाइरहेका खेलाडीबाट नेपाल भ्रमण वर्षको प्रचारप्रसार हुने विश्वास गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले लिनुभएको छ । सागले पर्यटन क्षेत्रमा उत्साह थपेको उहाँको भनाइ छ । मन्त्री लम्साल भन्नुभयो, “यतिबेला...

Pages