STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ मङ्सिर १८, बुधबार

    दलित पत्रकारद्वारा बजेटबारे स्थानीय सरकारसँग छलफल गर्ने

    राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपाल काठमाडौँ उपत्यका समन्वय कमिटीले नीति तथा कार्यक्रम र बजेटमा दलित समुदाय विषयमा स्थानीय सरकारसँग बहस सञ्चालन गर्ने भएको छ । काठमाडौँ उपत्यका समन्वय कमिटीका अध्यक्ष सुशील दर्नालको अध्यक्षतामा मङ्गलबार काठमाडौँमा सम्पन्न बैठकले स्थानीय सरकारको नीति तथा कार्यक्रम र बजेटमा दलित समुदायलाई समेत समावेश गराउने उद्देश्यले कम्तीमा महिनामा एक दिन स्थानीय तहका...

  • २०७६ मङ्सिर १८, बुधबार

    समयमै पुस्तक नआउँदा दृष्टिविहीनलाई समस्या

    सामान्य विद्यार्थीहरुको पुस्तक वैशाखमै आइपुग्छन् तर फरक क्षमता भएका दृष्टिविहीन विद्यार्थीका लागि पुस्तक आउन ढिलाइ हुन्छ । पुस्तक आउन ढिलाइ हुँदा पठनपाठनमा समस्या हुने गरेको तुलसीपुरको गुरुजजुर माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थी रामप्रसाद विकले बताउनुभयो । “अन्य सामान्य विद्यार्थीको पुस्तक समयमै आउँछ”, उहाँले भन्नुभयो, “तर हामी दृष्टिविहीनका लागि पुस्तक ढिला आउँछ ।” यसरी पुस्तक आउन ढिलो हुँदा...

  • २०७६ मङ्सिर १८, बुधबार

    पाँचखालमा सशस्त्र प्रहरीको सुरक्षा

    पछिल्लो समयमा पाँचखाल नगरमा चोरीका घटना बढ्दै गएपछि सशस्त्र प्रहरीले सुरक्षा दिने भएको छ । पाँचखालस्थित सशस्त्र प्रहरी बल १५ नं हेडक्वार्टरले पाँचखाल नगरमा रातको समयमा गस्ती गर्ने व्यवस्था मिलाएको हो । पाँचखालको प्रमुख व्यापारिक केन्द्र तामाघाट बजारमा चोरीका घटना बढ्दै गएपछि पाँचखाल उद्योग वाणिज्य सङ्घले नगरपालिकासँग स्थानीय सुरक्षाको माग गरेपछि सशस्त्र प्रहरीसँग समन्वय गरी रातको समयमा दुई पटक...

  • २०७६ मङ्सिर १८, बुधबार

    सञ्चालन भयो ग्रामीण विकास प्रशिक्षण केन्द्र

    नेपालगञ्ज उपमहानगरपालिका–१४ महेन्द्रनगरस्थित ग्रामीण विकास प्रशिक्षण केन्द्र सञ्चालनमा आएको छ । सत्र वर्षदेखि बन्द रहेको प्रशिक्षण केन्द्र प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रत्यक्ष चासो देखाएपछि सञ्चालनमा आएको केन्द्रका निमित्त निर्देशक चण्डीलाल चौधरीले बताउनुभयो । साविकको मध्य तथा सुदूरपश्चिममा कार्यरत सरकारी कर्मचारीलाई प्रशिक्षण दिन २०२३ सालमा स्थापना भएको उक्त प्रशिक्षण केन्द्र...

  • २०७६ मङ्सिर १८, बुधबार

    गढिमाई मेलामा विधिवत्रूपमा बलि प्रथा शुरु

    विश्वमै सबभन्दा बढी बलि दिइने बारा जिल्लाको गढिमाई नगरपालिकाको बरियारपुरमा रहेको ऐतिहासिक, धार्मिक तथा प्राचीन गढिमाई मन्दिरमा मङ्गलबार विधिवत्रूपमा बलि प्रथाको शुरुआत भएको छ । बाराको सिमरा गाउँबाट आएका दुखा धामीले आफ्नो जिब्रो, आखाँमुनिको तल्लो परेली, छाती, पाखुरा र तिघ्राबाट पाँच थोपा रगत झिकेर गढिमाईलाई चढाएपछि विधिवत्रूपमा मङ्गलबारदेखि बलि प्रथा शुरु भएको मन्दिरका एघारौँ पुस्ताका पुजारी मङ्गल...

  • २०७६ मङ्सिर १८, बुधबार

    प्रधानमन्त्री ओली चिकित्सकीय अवलोकनमा

    एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र उहाँलाइ चिकित्सकीय अवलोकनमा राखिएको चिकित्सकले जनाएका छन् । महाराजगञ्जस्थित ‘मनमोहन ‘काडियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिका बारे आज बिहान १० बजे सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा...

  • २०७६ मङ्सिर १८, बुधबार

    जनयुद्ध उद्यान एवं सङ्ग्रहालय

    मोरङको बेलबारी नगरपालिका–२ मा जनयुद्ध उद्यान सङ्ग्रहालय निर्माण हुने भएको छ । यो उद्यान महेन्द्रराजमार्गदेखि दक्षिण चार किमीको दूरीमा रहनेछ । सङ्ग्रहालयका निम्ति बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले रु सात करोड मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । नेपालको कम्युनिष्ट आन्दोलन र जनयुद्धको इतिहास झल्किने किसिमको बन्ने यो पार्कका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० अध्ययन...

  • २०७६ मङ्सिर १८, बुधबार

    दुर्घटनामा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार

    मङ्गलबार बागलुङको बडिगाड गाउँपालिका–७ अल्छीबाङमा जीप दुर्घटनामा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार गरिएको छ । इस्मा गाउँपालिका–४ दोहोली र पाँच रजस्थलका १० जनाको सामूहिक दाहसंस्कार गरिएको हो । दुर्घटनामा मृत्यु भएका इस्मा–४ का ४० वर्षीय महेन्द्र कार्की, २५ वर्षीया सूचना कार्की, ४० वर्षीया सीता कार्की, ६५ वर्षीय झवि कार्की, ४५ वर्षीय भुमि कार्की, २५ वर्षीया मीना बस्नेत, ६५ वर्षीय धनबहादुर कार्की र...

  • २०७६ मङ्सिर १८, बुधबार

    राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा आयोग

    प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै निर्वाचन आयोग अहिले राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति सङ्घीय संसद्बाट आयोगलाई अनुरोध पत्र प्राप्त भइसकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उनान्नसाठी सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १८ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद रिक्त हुँदैछ । रिक्त...

  • २०७६ मङ्सिर १८, बुधबार

    ‘अशिक्षा नै महिलामाथि हुने हिंसाको प्रमुख कारण’

    सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला वडाल जोशीले महिलामाथि हुने हिंसाको प्रमुख कारण अशिक्षा भएको बताउनुभएको छ । ‘समानताको पुस्ता  बलात्कारविरुद्धको ऐक्यबद्धता’ भन्ने नारासहित मङ्गलबार भीमदत्तनगरमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले शिक्षित समाज निर्माण गर्नसके मात्रै महिलामाथिका हिंसा हट्ने...

  • २०७६ मङ्सिर १८, बुधबार

    प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण चिकित्सकको परामर्शमा निर्णय लिइने ः सचिवालय बैठक

    नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकाले मिर्गौला प्रत्यारोपण चिकित्सकको सल्लाहमा गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय धूम्बाराहीमा आज बसेको सचिवालय बैठकले उहाँको मिर्गौलाको डाइलोसिस भइरहेकाले मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसंग सल्लाह गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो । “...

  • २०७६ मङ्सिर १८, बुधबार

    युएनएचसिआरमा शरणार्थीको ज्ञापनपत्र

    झापाको दमकस्थित शरणार्थी मामिलासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायोग ९युएनएचसिआर० को कार्यालय अगाडि मङ्गलबार भूटानी शरणार्थीले स्वदेश फर्किन पाउनुपर्ने माग राख्दै प्रदर्शन गरेका छन् । करिब तीन दशकदेखि झापा र मोरङका शिविरमा बस्दै आएका शरणार्थीमध्ये स्वदेश फर्कन चाहने शरणार्थीले प्रदर्शन गर्दै युएनएचसिआरको शाखा कार्यालयमा पुगेर त्यस्तो ज्ञापनपत्रसमेत बुझाएका हुन् । आफ्नो थातथलो प्राप्तिको...

Pages