STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ मङ्सिर ९, सोमबार

    लैङ्गिक हिंसा विरुद्धको अभियानमा प्रभातफेरी

    इटहरी उपमहानगरपालिकाको आयोेजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज प्रभातफेरी कार्यक्रमको आयोजना गरी शुुरुआत गरिएको छ । इटहरी नगरपालिकाको प्रवेशद्वारबाट शुुुरु गरिएकोे सो प्रभातफेरी कार्यक्रमको नेतृत्व नगर उपप्रमुख लक्ष्मी गौतमले गर्नुुभएको थियो । प्र्रभातफेरी कार्यक्रममा होटल व्यवसायी सङ्घ, नेपाल प्रहरी महिला सञ्जाल तथा विभिन्न कलेज तथा सङ्घसंस्थाको सहभागिता रहेको थियो । प्रभातफेरी...

  • २०७६ मङ्सिर ९, सोमबार

    उम्मेदवारले बुझाएनन् खर्च विवरण

    दाङका ७४० उम्मेदवारले अझै खर्च विवरण बुझाएका छैनन् । जिल्लामा स्थानीय तहका ७१०, प्रतिनिधिसभाका १२ र प्रदेशसभाका २२ उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २४ तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ ले उम्मेदवारको निर्वाचन खर्चको सीमा निर्धारण गरेको छ । त्यसलाई व्यवस्थित र पारदर्शी बनाउन निर्वाचन आचारसंहिता, २०७२ मा निर्वाचन खर्चसम्बन्धी आचारसंहिताको व्यवस्था...

  • २०७६ मङ्सिर ९, सोमबार

    गरिबीको सङ्ख्या शून्यमा झारिने

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सन् २०२१ सम्ममा विद्यमान गरिबीको सङ्ख्या शून्यमा झार्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी विकास बोर्डले आज यहाँ आयोजना गरेको ‘एशिया प्रशान्त क्षेत्रमा रहेका सहकारी संस्थाको ११आँै वार्षिक भेला’ का अवसरमा मन्त्री अर्यालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा सार्थक तुल्याउन सहकारी क्षेत्रलाई थप व्यावसायिक बनाउँदै लैजाने बताउनुभयो ।...

  • २०७६ मङ्सिर ९, सोमबार

    दलित पत्रकार सङ्घ प्रदेश ३ मा मिजार

    राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको प्रदेश नं ३ को अध्यक्षमा गोरखापत्र दैनिकका सिन्धुपाल्चोक संवाददाता चित्र मिजार निर्वाचित हुनुभएको छ । सङ्घको आइतबार सम्पन्न प्रदेश नं ३ को प्रथम भेलाले मिजारको अध्यक्षमा १७ सदस्यीय प्रदेश समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा कमल विश्वकर्मा मकवानपुर, सचिवमा वसन्त परियार धादिङ, सहसचिव सरोज उपरकोटी चितवन र कोषाध्यक्षमा शर्मिला विश्वकर्मा काठमाडौँलाई चयन गरिएको...

  • २०७६ मङ्सिर ९, सोमबार

    १०८ जोडीको विवाह एउटै मण्डपमा

    यही मङ्सिर १५ गतेका दिन विवाह पञ्चमीका अवसर पारेर १०८ जोडी वर कन्याको एउटै मण्डपमा विवाह हुने भएको छ । माता जानकीको जन्मभूमि जनकपुरधाममा यही मङ्सिर १५ गते हुन लागेको विवाह पञ्चमी महोत्सवमा १०८ जोडी सर्वसाधारण वर कन्याको सामूहिक विवाह हुन लागेको जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले बताउनुभयो । जनकपुरस्थित जानकी मन्दिरसँगै रहेको मणिमण्डपमा विवाह पञ्चमीका दिन भगवान् रामचन्द्र र माता जानकीको...

  • २०७६ मङ्सिर ९, सोमबार

    मुख्यमन्त्री शाहीद्वारा सुझाव सङ्कलन

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला प्रमुखहरुसँग सुझाव सङ्कलन गर्नुभएको छ । कर्णाली प्रदेशअन्तर्गत नेकपाका १० वटै जिल्लाका जिल्ला इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवहरुबाट उहाँले सुझाव लिनुभएको हो । मुख्यमन्त्री शाहीले प्रदेश सरकार सञ्चालनका क्रममा देखापरेका समस्या र प्रभावकारी सञ्चालनका सन्दर्भमा प्रदेश राजधानी सुर्खेतमा दुई...

  • २०७६ मङ्सिर ९, सोमबार

    कोप–२५ मा नेपालले कार्बन व्यापारको विषय उठाउने

    जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २५औँ सम्मेलन कोप–२५ मा नेपालले कार्बनको व्यापारसम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाउने भएको छ । सम्मेलनका लागि धेरै कार्बन उत्सर्जन गर्ने विकसित राष्ट्रले विकासोन्मुख राष्ट्रले सञ्चित गरिएको कार्बन खरिदका लागि प्रक्रिया सरल र उच्च मूल्य हुनुपर्ने तथा विकासोन्मुख मुलुकलाई फाइदा हुने गरी त्यसको संयन्त्र निर्माण...

  • २०७६ मङ्सिर ९, सोमबार

    बुद्ध एयरले उडान भर्ने

    बुद्ध एयरले प्रदेश नं १ बाट प्रादेशिक हवाई उडान भर्ने भएको छ । मङ्सिर १५ गतेदेखि विराटनगर र भद्रपुरबाट काठमाडौँ तथा पोखराका लागि उडान भर्ने तयारी गरिएको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो । भद्रपुर र विराटनगरदेखि पोखरासम्मको ट्रान्जिट फ्लाइटसम्बन्धी बुद्ध एयरद्वारा आइतबार आयोजित कार्यक्रममा उहाँले परीक्षणस्वरुप सो कार्य छ महिना सञ्चालन गरिने र कम्पनीले नोक्सान...

  • २०७६ मङ्सिर ९, सोमबार

    तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न आग्रह

    नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न सरकारसँग आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले नक्सा छापेर सार्वजनिक गर्न सक्दैन भने त्यो कामका लागि काँग्रेस तयार रहेको बताउनुभयो । प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा पार्टी सभापति शेरबहादुर...

  • २०७६ मङ्सिर ९, सोमबार

    दुई नेपाली महिलाको उद्धार

    माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार गरेको छ । राम्रो काममा लगाइदिने भनी काभ्रेपलाञ्चोक र झापा घर भएका दुई महिलाको उद्धार गरिएको हो । माइती नेपालको भारतस्थित ट्रष्टकी सीता अधिकारीका अनुसार काठमाडौँ, वीरगञ्ज हुँदै भारतको नयाँ दिल्ली पु¥याइएका दुवै जनाको नेपाली दूतावास, भारतीय प्रहरी र समाजसेवी बालकृष्ण पाण्डेको सहयोगमा उद्धार...

  • २०७६ मङ्सिर ८, आइतबार

    अध्यक्ष तिमिल्सिनाद्वारा क्याम्पस उद्घाटन

    दक्षिण पर्वतको विहादी गाउँपालिका–४ वहाकीमा सञ्चालित वहाकी बहुमुखी क्याम्पसको सुविधासम्पन्न भवन निर्माण भएको छ । झण्डै रु डेढ करोडको लागतमा निर्माण भएको आठकोठे भवनको शनिबार राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्नुभयो । सो कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले शिक्षा र स्वास्थ्यलाई संविधानमा मौलिक हकको रूपमा व्यवस्था गरिएको बताउनुभयो । उहाँले देशलाई आर्थिकरूपमा सवल बनाउन तीनै तहका सरकार...

  • २०७६ मङ्सिर ८, आइतबार

    कानून पढेर न्यायका पक्षमा लाग्दै मुक्त कम्लहरी

    कुनै समय घोराही बजारको एक घरमा भाडा माझ्ने काम गर्ने पूर्वकम्लहरी विष्णु चौधरीलाई शिक्षा सङ्कायमा स्नाकोत्तर गरेर मात्रै चित्त बुझेन । चौधरीले हाल कानून विषयमा स्नातक अध्ययन गरिरहनुभएको छ । लमही नगरपालिका सतवरिया निवासी चौधरीका दिदीबहिनी पनि अरूकै घरमा भाडा माझ्ने र गोठालो जाने काम गर्थे । “पढाइ दिन्छु भनेर साहुले घरको काम गराउन लगे तर काम मात्रै लगाएँ”, उहाँले भन्नुभयो, “मेरो पढाइ छुटिसकेको थियो...

Pages