STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ मङ्सिर ९, सोमबार

    महोत्सवमा ‘हत्केला खेल्ने’ प्रतियोगिता

    माछा समाउने हत्केला खेल्ने प्रतियोगिताले यहाँ जारी दोस्रो गलकोट घुम्टे महोत्सवमा नौलो आकर्षण थप्यो । आइतबार दरमखोलामा राखिएको प्रतियोगितालाई दर्शकले चाख मानेर हेरे । कुरमा हात हालेर माछा समाउने परम्परागत सीपलाई स्थानीयले ‘हत्केला खेल्ने’ भनेर चिन्छन् । प्रतियोगितामा आठ जनाले सहभागिता जनाएका थिए । महोत्सव मूल आयोजक समितिका अनुसार सङ्ख्या र आकारका आधारमा विजेता घोषणा गरिएको थियो । निर्धारित २२...

  • २०७६ मङ्सिर ९, सोमबार

    उपनिर्वाचन २०७६ नेकपाको निर्वाचन क्षेत्र लक्षित घरदैलो

    कास्की निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन मिति नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी नेकपा ले चुनावी गतिविधि तीव्र बनाएको छ । यही मङ्सिर १४ गते हुने निर्वाचनका लागि वडाका टोल–टोलमा गठित निर्वाचन परिचालन कमिटीको सक्रियतामा नेता तथा कार्यकर्ता घरदैलोमा पुगेर मतदातासँग भोट माग्ने कार्यमा निरन्तर लागेका छन् । पोखरा महानगरका ११ वटै वडाका टोलटोलमा गठित निर्वाचन परिचालन कमिटीले चुनाव...

  • २०७६ मङ्सिर ९, सोमबार

    सीताराम विवाह महोत्सवमा सहभागीका लागि आम समुदायलाई निम्तो

    आजु शुभ दिन मङ्गल–मङ्गल गाउँ हे जानकीक होएत विवाह जनकपुर आउ हे मिथिलाको प्राचीन राजधानी जनकपुरधामको हरेक स्थानमा आजभोलि यस्तै रामायणकालीन मङ्गल गान सुनिन्छ । यही मङ्सिर १५ गते हुने गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नु भएअनुसारको सीताराम विवाह महोत्सवमा आम समुदायलाई सहभागी हुन निम्तो हो – मङ्गाल गान । जनकपुरमा राजा जनकद्वारा धनुष भङ्गको प्रस्ताव राख्नु, धनुष भङ्ग गर्नेसँग पुत्री सीताको विवाह...

  • २०७६ मङ्सिर ९, सोमबार

    पूँजी बजारमा अनलाइन प्रयोग

    बुटवल क्षेत्रका लगानीकर्तालाई पूँजी बजारमा अनलाइनको प्रयोग गर्ने विषयमा जानकारी दिइएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले आइतबार बुटवलमा लगानीकर्तासँग अन्तरक्रिया गर्दै अनलाइनको प्रयोगले पूँजी बजारमा देखिने विभिन्न समस्याको समाधान हुने दाबी गरेको छ । नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेले पूँजी बजार माग र आपूर्तिको सम्बन्धको आधार भएको उल्लेख गर्दै यसलाई कस्तो बनाउने भन्ने विषय लगानीकर्ताको हातमा...

  • २०७६ मङ्सिर ९, सोमबार

    सरकारले लोकतन्त्रको मूल्य मान्यतालाई उल्ट्याउँदै गयो – वरिष्ठ नेता पौडेल

    नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले एकपछि अर्को गर्दै लोकतन्त्रको मूल्य मान्यतालाई उल्ट्याउँदै गएको बताउनुभएको छ । रिपोर्टस क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “अहिलेको वर्तमान सत्तावादीहरु सामन्ती राणा शासनका नयाँ संस्करण हुन्, राणा शासनकै पद चिह्नमा हिँडेर यिनीहरुले देशलाई लान खोजिरहेका छन्, एकपछि अर्को गर्दै लोकतन्त्रको मूल्य...

  • २०७६ मङ्सिर ९, सोमबार

    प्रेस सङ्गठनको एकता टुङ्गियो

    प्रेस सङ्गठन नेपालले साङ्गठनिक एकताका बाँकी कामलाई अन्तिम रुप दिएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को एकतापछि तत्कालीन प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता भई नयाँ सङ्गठन गठन गरिएको हो । दुई सङ्गठनबीच एकता भएको लामो समयपछि आइतबार केन्द्रीय कमिटीको सङ्ख्या, केन्द्रीय सदस्य, आयोग, प्रदेश समितिका इञ्चार्ज, संयोजक र सहसंयोजक तथा जिल्ला संयोजक र सहसंयोजकको टुङ्गो लगाइएको हो । साविक...

  • २०७६ मङ्सिर ९, सोमबार

    शतबीज छर्नेको घुइँचो

    झापाको प्रसिद्ध धार्मिकस्थल अर्जुनधारा जलेश्वरधाम र शिवसताक्षी धाममा बाला चतुर्दशी पर्वको अवसरमा आज बिहानैदेखि शतबीज छर्नेको घुइँचो लागेको छ । महाभारतकालमा अर्जुनले वाण हानी धरतीबाट जलधारा निकालेर गाईको प्यास मेटाएको पवित्रस्थल मानिँदै आएको अर्जुनधारा जलेश्वरधामलाई पूर्वको पशुपतिनाथसमेत भनिन्छ । दिवङ्गत आत्माको मोक्षका लागि धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोलगायत अन्नको शतबीज छर्ने धार्मिक...

  • २०७६ मङ्सिर ९, सोमबार

    सडकलाई प्राथमिकतामा राख्नुपर्छ ः मन्त्री विश्वकर्मा

    युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सडक पूर्वाधार निर्माण तथा स्तरोन्नतिलाई प्राथमिकतामा राखेर स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको योजना छनोट गरी बजेट बाँडफाँड गर्नुभएको छ । कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा पूर्वाधार विकास कार्यक्रमको चालू आवको रु छ करोड बजेटबाट पोखरा महानगरपालिकामा १० योजनामा रु एक करोड ५० लाख तथा अन्नपूर्णमा १० र माछापुच्छ«े गाउँपालिकामा ११ योजना...

  • २०७६ मङ्सिर ९, सोमबार

    पर्यटकीय गाउँमा विद्युतीकरण

    म्याग्दीको धौलागिरि गाउँपालिका–४ स्थित पर्यटकीय गाउँ बगरमा विद्युतीकरण गरिएको छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने बगरमा १६ किलोवाट क्षमताको सोलार पलान्ट जडान गरी विद्युतीकरण गरिएको हो । रु ७५ लाखको लागतमा निर्माण भएको सो योजनाबाट बगर, मिस्तुङ र जेल्तुङका ५२ परिवार लाभान्वित भएका वडासदस्य बमबहादुर पुनले जानकारी दिनुभयो । परियोजना निर्माणमा धौलागिरि गाउँपालिकाको रु ४० लाख, अमेरिकाको गिभ...

  • २०७६ मङ्सिर ९, सोमबार

    २४ वर्षपछि कालोपत्रे शुरु

    ‘ट्रयाक’ खुलेको २४ वर्षपछि जिल्लाको भीमाद नगरपालिका–५ र ६ जोड्ने भीमाद ऋषिङपाटन मोटरमार्गमा कालोपत्रे शुरु भएको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत रु १२ करोड ७८ लाख ९८ हजार ५७३ को लागतमा सडक कालोपत्रे शुरु भएको हो । विसं २०५२ मा ट्रयाक खुलेको उक्त मोटरमार्ग कालोपत्रेका लागि पूर्वाधार विकास कार्यालय नवलपुरले काठमाडौँस्थित महालक्ष्मी कन्स्ट्रक्सन कन्सर्नसँग गत असोज २३...

  • २०७६ मङ्सिर ९, सोमबार

    उम्मेदवारले बुझाएनन् खर्च विवरण

    दाङका ७४० उम्मेदवारले अझै खर्च विवरण बुझाएका छैनन् । जिल्लामा स्थानीय तहका ७१०, प्रतिनिधिसभाका १२ र प्रदेशसभाका २२ उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २४ तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ ले उम्मेदवारको निर्वाचन खर्चको सीमा निर्धारण गरेको छ । त्यसलाई व्यवस्थित र पारदर्शी बनाउन निर्वाचन आचारसंहिता, २०७२ मा निर्वाचन खर्चसम्बन्धी आचारसंहिताको व्यवस्था...

  • २०७६ मङ्सिर ९, सोमबार

    लैङ्गिक हिंसा विरुद्धको अभियानमा प्रभातफेरी

    इटहरी उपमहानगरपालिकाको आयोेजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज प्रभातफेरी कार्यक्रमको आयोजना गरी शुुरुआत गरिएको छ । इटहरी नगरपालिकाको प्रवेशद्वारबाट शुुुरु गरिएकोे सो प्रभातफेरी कार्यक्रमको नेतृत्व नगर उपप्रमुख लक्ष्मी गौतमले गर्नुुभएको थियो । प्र्रभातफेरी कार्यक्रममा होटल व्यवसायी सङ्घ, नेपाल प्रहरी महिला सञ्जाल तथा विभिन्न कलेज तथा सङ्घसंस्थाको सहभागिता रहेको थियो । प्रभातफेरी...

Pages