राष्ट्रिय
-
२०७६ मङ्सिर १०, मंगलबार
पोर्चुगलमा सडकमै सुत्छन् नेपाली
नेपालबाट युरोप छिर्ने सपना धेरै नेपालीमा छ । जीवनलाई सफल बनाउन भन्दै युरोप छिर्ने नेपालीको सङ्ख्या पनि उत्तिकै बढ्दो छ । त्यसमा पनि युरोपेली मुलुक पोर्चुगलमा आउने नेपालीको सङ्ख्या दैनिकजसो बढेको बढ्यै छ । उनीहरु सहजै रुपमा पाइने आवासीय अनुमति पत्र, नागरिकता र युरोपियन पासपोर्ट रातो पासपोर्ट का कारण पोर्चुगल आउने गर्दछन् । नेपालबाट सपना बुनेर पोर्चुगल आइपुगेकाको जीवन भने कष्टकर नै छ । साहुसँग...
-
२०७६ मङ्सिर १०, मंगलबार
मोहनापुल–अत्तरिया ६ लेन सडक कालोपत्रे शुरु
निर्माणाधीन मोहना–अत्तरिया योजनाअन्तर्गत छ लेन सडकमा कालोपत्रको काम शुरु भएको छ । उक्त सडकअन्तर्गत पहिलो चरणमा मोहनापुलदेखि चौराहसम्म कालोपत्र शुरु भएको हो । निर्माणाधीन सडकको लम्बाइ त्रिनगर भन्सारस्थित मोहनापुलदेखि अत्तरियासम्म झण्डै साढे १४ किलोमिटर छ । मोहना—अत्तरिया सडक मोहना पुलदेखि अत्तरियासम्म तीन टुक्रामा ठेक्का दिएर काम भइरहेको सडक योजना कार्यालयका प्रमुख होमबहादुर एसीले बताउनुभयो ।...
-
२०७६ मङ्सिर १०, मंगलबार
नेवाः विद्यार्थी युनियनकाे अध्यक्षमा रिदेन महर्जन
काठमाडौं गत मंसिर ४ गते बुधबार रत्नराज्य लक्ष्मी क्याम्पसमा नेवाः विद्यार्थी युनियन गठन भएको छ । युनियनका संरक्षकका रुपमा रितेश मल्ल रहेका छन् भने अध्यक्षमा रिदेन महर्जनमा चयन भएका छन् । साथै उपाध्यक्षमा शिवराम मुनिकार, सचिवमा प्रशान्त डंगोलका साथै कोषाध्यक्षमा गंगादेवी महर्जन र मुख्य सदस्यहरूमा सुमि डंगोल, रोजा अवाले तथा मणिस कुमार श्रेष्ठ हुनु भएको छ भने सदस्यमा महेश्वर श्रेष्ठ र इन्द्रमान...
-
२०७६ मङ्सिर १०, मंगलबार
बालकले गरे जन्मदिनमा सहयोग
बालकले गरे जन्मदिनमा सहयोहलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका सात वर्षीय समृद्ध राईले आफ्नो जन्मदिनका अवसरमा सानोघर टाँडी चितवनलाई रु सात हजार सहयोग गर्नुभएको छ । यही मङ्सिर ९ गते सोमबार छ वर्ष पूरा गरी सात वर्ष टेकेका सन्दर्भमा बालक राईले सानोघरमा आश्रित फरक क्षमता भएका २० व्यक्तिलाई आर्थिक सहयोग गर्नुभएको हो । विद्या संस्कार ९पहिलेको चेल्सी इन्टरनेसनल स्कूल० काठमाडौँमा कक्षा १ मा अध्ययनरत बालकले...
-
२०७६ मङ्सिर १०, मंगलबार
पशुपति क्षेत्रमा शतबीज उठाउन शुरु
पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशीका दिन पशुपति क्षेत्रमा छरिएको शतवीज उठाउन शुरु गरेको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन मनाइने बालाचतुर्दशीका अवसरमा सोमबार बिहान पशुपति क्षेत्रका मृगस्थली, विश्वरुप, सूर्यघाट, कैलाशडाँडा, उमाकुण्ड, गौरीघाट, वनकालीलगायत क्षेत्रमा बिहानैदेखि शतबीज छरिएको थियो । हेमाद्रिलगायत धर्मशास्त्रका पुस्तकमा धानको सय गेडा छर्ने विधि भए पनि हाल मकै, गहुँ...
-
२०७६ मङ्सिर १०, मंगलबार
वैज्ञानिक वन व्यवस्थापन शुरु
यहाँ पहिलो पटक वैज्ञानिक वन व्यवस्थापनको काम शुरु हुने भएको छ । जिल्लामा रहेका वन व्यवस्थापनसँगै आयमूलक बनाउने उद्देश्यले डिभिजन वन कार्यालय भोजपुरले वैज्ञानिक वन व्यवस्थापन थालनी गर्न लागेको हो । अरुण गाउँपालिकास्थित बञ्चेर सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको काम शुरु भएको तथा अन्य तीन वन छनोट प्रक्रियामा रहेको डिभिजन वन कार्यालयले जनाएको छ । तराईका जिल्लामा यस्तो तरिकाले वन व्यवस्थापन...
-
२०७६ मङ्सिर १०, मंगलबार
प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको उहाँका उपचारमा संलग्न चिकित्सकले जनाउनुभएको छ । उहाँको आज महाराजगञ्जस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न गरिएको थियो । सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारे जारी विज्ञप्तिमा प्रधानमन्त्री ओलीलाई हाल सघन...
-
२०७६ मङ्सिर १०, मंगलबार
तिलोत्तमाका गर्भवतीलाई निःशुल्क क्याल्सियम
तिलोत्तमा नगरपालिकाले गर्भवतीलाई निःशुल्करूपमा क्याल्सियम उपलब्ध गराउने भएको छ । गर्भवती तथा शिशुको पोषणमा सुधार ल्याउन नगर कार्यपालिकाको ७४औँ बैठकले स्वास्थ्य संस्थामार्फत क्याल्सियम निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो । गर्भवती भएको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म दैनिक एक चक्की क्याल्सियम खानुपर्ने स्वास्थ्यकर्मी बताउँछन् । स्वास्थ्यकर्मीले गर्भवतीलाई क्याल्सियम नियमित खान सिफारिश...
-
२०७६ मङ्सिर १०, मंगलबार
१३औं साग स् आर्चरीमा भारत सहभागी हुने भएपछि खेलाडी बढे
आसन्न १३औं दक्षिण एशियाली खेलकूद सागका लागि पोखरामा ८४० खेलाडी सहभागी हुने भएका छन् । यसअघि आर्चरीमा भारत सहभागी नहुने जनाएकाले ८२४ खेलाडीमात्रै पोखरा आउने तय भएकामा अन्तिम समयमा भारत पनि सो खेलमा भाग लिने भएपछि खेलाडी सङ्ख्या बढेको १३औँ साग प्राविधिक समितिका सचिव बलराम लामाले जानकारी दिनुभयो । आर्चरीका लागि ८ पुरुष र ८ महिला भारतबाट खेलाडी आउने भएका छन् । आर्चरीको १० स्वर्ण पदकका लागि भारतसहित...
-
२०७६ मङ्सिर ९, सोमबार
दलित पत्रकार सङ्घ प्रदेश ३ मा मिजार
राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको प्रदेश नं ३ को अध्यक्षमा गोरखापत्र दैनिकका सिन्धुपाल्चोक संवाददाता चित्र मिजार निर्वाचित हुनुभएको छ । सङ्घको आइतबार सम्पन्न प्रदेश नं ३ को प्रथम भेलाले मिजारको अध्यक्षमा १७ सदस्यीय प्रदेश समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा कमल विश्वकर्मा मकवानपुर, सचिवमा वसन्त परियार धादिङ, सहसचिव सरोज उपरकोटी चितवन र कोषाध्यक्षमा शर्मिला विश्वकर्मा काठमाडौँलाई चयन गरिएको...
-
२०७६ मङ्सिर ९, सोमबार
गरिबीको सङ्ख्या शून्यमा झारिने
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सन् २०२१ सम्ममा विद्यमान गरिबीको सङ्ख्या शून्यमा झार्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी विकास बोर्डले आज यहाँ आयोजना गरेको ‘एशिया प्रशान्त क्षेत्रमा रहेका सहकारी संस्थाको ११आँै वार्षिक भेला’ का अवसरमा मन्त्री अर्यालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा सार्थक तुल्याउन सहकारी क्षेत्रलाई थप व्यावसायिक बनाउँदै लैजाने बताउनुभयो ।...
-
२०७६ मङ्सिर ९, सोमबार
मुख्यमन्त्री शाहीद्वारा सुझाव सङ्कलन
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला प्रमुखहरुसँग सुझाव सङ्कलन गर्नुभएको छ । कर्णाली प्रदेशअन्तर्गत नेकपाका १० वटै जिल्लाका जिल्ला इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवहरुबाट उहाँले सुझाव लिनुभएको हो । मुख्यमन्त्री शाहीले प्रदेश सरकार सञ्चालनका क्रममा देखापरेका समस्या र प्रभावकारी सञ्चालनका सन्दर्भमा प्रदेश राजधानी सुर्खेतमा दुई...


