STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ मङ्सिर ८, आइतबार

    निजी क्षेत्रलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्नुपर्छ राज्यमन्त्री दुगड

    उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई व्यवसाय सञ्चालनका लागि बढीभन्दा बढी सेवा सुविधा प्रदान गरी प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । राज्यमन्त्री दुगडले आफ्नै कार्यकक्षमा रासससँग कुरा गर्दै राजनीतिक स्थायित्वपछि मुलुक समृद्धिको दिशामा अघि बढेको बेला निजी क्षेत्रलाई सरकारले रातो कार्पेट ओछ्याएर लगानी गर्नका लागि स्वागत गर्नुपर्ने धारणा व्यक्त...

  • २०७६ मङ्सिर ८, आइतबार

    तमोर र माडीलाई छिट्टै अगाडि बढाइने

    सरकारले चिनियाँ कम्पनीसँगको साझेदारीमा अगाडि बढाउन लागेको दुई महत्वपूर्ण जलविद्युत् आयोजनाको कामलाई छिट्टै गति दिने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा पूर्वको तमोर जलाशयुक्त आयोजना र पश्चिमको माडी जलाशयुक्त आयोजना निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सरकारी स्वामित्वको हाइड्रोइलेक्टिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र चीनको पावर चाइनका...

  • २०७६ मङ्सिर ८, आइतबार

    कृषकले जैविक प्रविधि सिकेपछि विषादी प्रयोगमा कमी

    पाँचखाल नगरपालिकाले कृषकलाई जैविक विषादी तथा जैविक मल बनाउने प्रविधि सिकाएपछि विषादीको प्रयोगमा कमी आउन थालेको छ । नगरपालिकाले प्रशिक्षक कृषक उत्पादन गर्ने समेत उद्देश्यले ‘लभ ग्रिन नेपाल’को सहकार्यमा ६०० कृषकलाई एकीकृत शत्रुजीव व्यवस्थान प्रविधि आइपीएम कक्षा सञ्चालन गरी उक्त प्रविधि सिकाइको हो । नगरप्रमुख महेश खरेलले ‘पाँचखाल नगर, कृषि नगर’ भन्ने उद्देश्यअनुरुप कृषिमा थप परिवर्तन ल्याउन यस्तो...

  • २०७६ मङ्सिर ८, आइतबार

    सीमा अतिक्रमणको विरोधमा सांस्कृतिक अभियान

    ‘सीमा बचाऔँ संयुक्त सांस्कृतिक अभियान, नेपाल’ले हालै भारत सरकारले प्रकाशन गरेको नक्शामा नेपालको भू–भाग राखेकामा त्यसलाई अविलम्ब सच्याउन माग गरेको छ । अभियानले आज पत्रकार सम्मेलन गरी मुलुकको अखण्डता र राष्ट्रिय स्वाधीनताका विषयमा सबै कलाकार एकतावद्ध रहेको जनाएको छ । अभियानका संयोजक एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का केन्द्रीय सदस्य खगेन्द्र राईले नेपाली जनताको सार्वभौम अधिकार रक्षाका...

  • २०७६ मङ्सिर ८, आइतबार

    व्यवस्थापनमा उत्कृष्ट विद्यार्थी सम्मानित

    त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायतर्फ स्नातक तहमा उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको छ । नवोदित कलेज, सामाखुशीले आफ्ना विद्यार्थी राजु भण्डारीलाई चारवर्षे स्नातक तहमा नेपालभरबाट प्रथम स्थान हासिल गरेकाले आज सम्मान गरेको हो । भण्डारीले स्नातक तह ९२०७३–०७६०मा ७८।६५ प्रतिशत अङ्क ल्याई नेपालभरबाट प्रथम भएका थिए । कार्यक्रममा काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज...

  • २०७६ मङ्सिर ८, आइतबार

    भारतसँग सीमा विवाद कूटनीतिक पहलबाट समाधान हुन्छ प्रवक्ता बाँस्कोटा

    सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले अन्तरराष्ट्रिय मान्यताका आधारमा छिमेकी भारतसँगको सिमाना विवाद कूटनीतिक र राजनीतिक प्रयासबाट समाधान गरिने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाटमा उहाँले लिम्पियाधुरा, लिपुलेक र कालापानीका साथै सुस्तालगायत नेपालको भूमि रक्षाका लागि सरकारले दृढता र इमान्दारीसाथ पहल गरिरहेको उल्लेख गर्दै सरकारले ‘कूटनीतिक नोट’समेत...

  • २०७६ मङ्सिर ८, आइतबार

    दण्डहीनता अन्त्य गर्न पत्रकारको माग

    दण्डहीनता अन्त्य गर्न माग गर्दै हेटौँडामा पत्रकारले आज प्रभातफेरी तथा कोणसभा गरेका छन् । ‘विश्व अन्तर्राष्ट्रिय दण्डहीनता विरुद्ध दिवस’का अवसरमा नेपाल पत्रकार महासङ्घ प्रदेश नं ३ ले आयोजना गरेको कार्यक्रममा पत्रकारमाथि हुने आक्रमण, हत्या एवं प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नलाई कारवाही गरी दण्डहीनता अन्त्य गर्नुपर्ने माग गरिएको थियो । पत्रकार महासङ्घ प्रदेश ३ तथा जिल्ला शाखाका पदाधिकारी एवं...

  • २०७६ मङ्सिर ८, आइतबार

    पशुपतिमा लाखबत्ती बाल्दै किड क्विनका प्रतियोगीहरु

    नेप्लिज फेसन होमले आयोजना गर्दै आएको ‘किड क्विन नेपाल’ १७ अौं संस्करणका प्रतियोगीहरुले शनिवार काठमाडौंको पशुपतिनाथको मन्दिरमा विशेष पूजाआजा गर्दै लाख बत्ती बालेका छन् । सोही प्रतियोगिताका २२ जना बालिका तथा किशोरी प्रतिस्पर्धिहरुले प्रशिक्षणको एउटा अंगको रुपमा उक्त विशेष पूजाआजासहित लाखबत्ती बालेका हुन् । ७ वर्षदेखि १३ वर्ष उमेर समुहका बालिका तथा किशोरीहरुको व्यक्तित्व विकासको साथै प्रतिभा...

  • २०७६ मङ्सिर ६, शुक्रबार

    बन्दीपुरमा सिसाको ‘दृश्यावलोकन स्तम्भ ’ बन्ने

    पर्यटक आकर्षणको केन्द्रका रुपमा विकसित भइरहेको जिल्लाको बन्दीपुर गाउँपालिकामा सिसाको ‘दृश्यावलोकन स्तम्भ’ निर्माण गरिने भएको छ । बन्दीपुरको पर्यटन प्रवद्र्धनमा थप योगदान पु¥याउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले सिसाको ‘दृश्यावलोकन स्तम्भ’ निर्माण गर्न लागेको हो । बन्दीपुरको टुँडिखेलमा निर्माण गरिने सिसाको ‘दृश्यावलोकन स्तम्भ’ का लागि करिब रु तीन करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको गाउँपालिकाका...

  • २०७६ मङ्सिर ६, शुक्रबार

    आजदेखि सीमा नाका बन्द

    भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि चार दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार आजदेखि मङ्सिर ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो । यही मङ्सिर ८ गते ९नोभेम्बर २५ तारिख०मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलता कारण जनाउँदै आज साँझ ५ बजेदेखि मङ्सिर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ । सीमा बन्द रहेको अवधिमा...

  • २०७६ मङ्सिर ६, शुक्रबार

    शिक्षामन्त्रीसँग कतार र मलेसियाका समकक्षीको भेटवार्ता

    शिक्षामन्त्री गिरिराजमणि पोखरेल कतारमा जारी ‘वल्ड इनोभेशन समिट फर एजुकेशन’ मा सहभागी कतार र मलेसियाका शिक्षामन्त्रीसँग भेटावार्ता गर्नुभएको छ । कार्यक्रमका क्रममा शिक्षामन्त्री पोखरेल र मलेसियाका शिक्षामन्त्री डा मस्वेली बिन मालिकसँगको भेटवार्तामा नेपालको उच्चशिक्षा र प्राविधिक शिक्षाका क्षेत्रमा साझेदारी गर्ने विषयमा छलफल भएको छ । त्यस्तै मन्त्री पोखरेल र कतारका शिक्षामन्त्री डा मोहम्मद अब्दुल...

  • २०७६ मङ्सिर ६, शुक्रबार

    छयानब्बे जना कैदीबन्दी स्थानान्तरण

    कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढ्दै गएपछि स्थानान्तरणको प्रक्रियालाई तीव्र पारिएको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार चालू आवमा विभिन्न मितिमा गरी ९६ जना कैदीबन्दीको यहाँबाट स्थानान्तरण गरिएको छ । पछिल्लो पटक कात्तिक ३० गते १२ महिला र पाँच पुरुष गरी १७ जनालाई कारागार कार्यालय पाल्पा पठाइएको छ । जसमा महिलासँगै एक आश्रित बच्चा पनि रहेको उहाँले बताउनुभयो । कार्यालयमा...

Pages