राष्ट्रिय
-
२०७६ मङ्सिर ६, शुक्रबार
शिक्षामन्त्रीसँग कतार र मलेसियाका समकक्षीको भेटवार्ता
शिक्षामन्त्री गिरिराजमणि पोखरेल कतारमा जारी ‘वल्ड इनोभेशन समिट फर एजुकेशन’ मा सहभागी कतार र मलेसियाका शिक्षामन्त्रीसँग भेटावार्ता गर्नुभएको छ । कार्यक्रमका क्रममा शिक्षामन्त्री पोखरेल र मलेसियाका शिक्षामन्त्री डा मस्वेली बिन मालिकसँगको भेटवार्तामा नेपालको उच्चशिक्षा र प्राविधिक शिक्षाका क्षेत्रमा साझेदारी गर्ने विषयमा छलफल भएको छ । त्यस्तै मन्त्री पोखरेल र कतारका शिक्षामन्त्री डा मोहम्मद अब्दुल...
-
२०७६ मङ्सिर ५, बिहिबार
पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा
स्वास्थ्य संस्थामा शतप्रतिशत सुत्केरी गराउन सफल बनेको बगनासकाली गाउँपालिका पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको छ । नेपाल सरकारले तोकेको विभिन्न चरणका सूचक पूरा गरी पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताउनुभयो । स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई गाउँपालिकाले झण्डै पाँच हजार रुपैयाँ प्रदान गर्दै आएको छ । घरमै सुत्केरी हुने...
-
२०७६ मङ्सिर ५, बिहिबार
राष्ट्रपतिबाट नवनियुक्त मन्त्रीलाई शपथ
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई आज बिहान पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा उहाँले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, भौतिक पूर्वाधार तथा...
-
२०७६ मङ्सिर ५, बिहिबार
पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा
स्वास्थ्य संस्थामा शतप्रतिशत सुत्केरी गराउन सफल बनेको बगनासकाली गाउँपालिका पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको छ । नेपाल सरकारले तोकेको विभिन्न चरणका सूचक पूरा गरी पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताउनुभयो । स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई गाउँपालिकाले झण्डै पाँच हजार रुपैयाँ प्रदान गर्दै आएको छ । घरमै सुत्केरी हुने...
-
२०७६ मङ्सिर ५, बिहिबार
‘एक वर्षमा सुकुम्वासी समस्या समाधान हुन्छ’
कास्की निर्वाचन क्षेत्र नं– २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवार विद्या भट्टराई अधिकारीले एक वर्षभित्र सुकुम्वासी समस्या समाधान हुने बताउनुभएको छ । चुनावी प्रचारप्रसार अभियानअन्तर्गत पोखरा महानगरपालिकाका विभिन्न वडाका सुकुम्वासी बस्तीमा भएको घरदैलो कार्यक्रममा स्थानीयवासीका गुनासो सुन्दै उहाँले सुकुम्वासी समस्या सधँैका लागि समाप्त हुने विश्वास दिलाउनुभयो...
-
२०७६ मङ्सिर ५, बिहिबार
घुस लिएको आरोपमा मालपोतका कर्मचारी पक्राउ
सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग रु २० हजार घुस लिएको आरोपमा मालपोत कार्यालय राजश्व शाखामा कार्यरत नायबसुब्बा रोसकाजी जसपाउलाई बुधबार दिउँसो पक्राउ गरेको हो । जग्गा नामसारी र लालपुर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग घुसबापतको रकम लिइसकेको अवस्थामा उहाँलाई मालपोत कार्यालय...
-
२०७६ मङ्सिर ५, बिहिबार
जिल्ला प्रशासनमा बैंकको काउन्टर
कार्यालयमा आर्थिक अनुशासन कायम गराउन जिल्ला प्रशासन कार्यालय मोरङमा आज प्रभु बैंकको एक्स्टेन्शन काउन्टर स्थापना भएको छ । आर्थिक रुपमा कर्मचारीले व्यहोर्ने जोखिम कम गर्न सो काउन्टरले मद्दत गर्ने विश्वास गरिएको छ । प्रभु बैंकको देशभरमा १९६ शाखा र ३७ एक्स्टेन्शन काउन्टर छन् । देशभरमा विभिन्न भन्सार कार्यालयमा १०, मोरङमा चार, झापामा चार, इलाममा एक र सुनसरीमा एक वटा सो काउन्टर रहेको बंैँकका प्रदेश...
-
२०७६ मङ्सिर ५, बिहिबार
सरकारी जग्गा व्यक्तिको नाममा
जिल्लाका विभिन्न महत्वपूर्ण क्षेत्रमा रहेको लाखौँ रोपनी सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ । करौडौँ मूल्य पर्ने सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न राजनीतिक दलका स्थानीय नेता र समाजका प्रतिष्ठित व्यक्ति नै लागिपरेको तथ्य खुलेको हो । मालपोत कार्यालयको दर्ता पुस्तिका ९ढड्डा० मै किर्ते ९केरमेट० गरी सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गरेकाविरुद्ध जिल्ला प्रशासन कार्यालय...
-
२०७६ मङ्सिर ५, बिहिबार
अहिले रिक्सा चढ्ने यात्रीको आदेश मान्छु – चौधरी
कुनै बेला उहाँको निर्देशन जनताका लागि आदेश हुन्थ्यो । बोली अकाट्य हुन्थ्यो । मुखबाट निस्केको हरेक शब्द फैसला सरह लागू हुन्थ्यो । कारण थियो, एकातिर मृत्यु, अर्कोतिर अमिन चौधरीको फैसला । मृत्युभन्दा उहाँको आदेश नै उचित लाग्थ्यो जनतालाई । मुसुक्क हाँस्दै उहाँले भन्नुभयो – “मैले कसैको हत्या गरिनँ ।” विसं २०५२ मै माओवादीमा प्रवेश गरेका राप्तीसोनारी गाउँपालिका–५ का ३९ वर्षीय देवीप्रसाद चौधरी ९अमिन०...
-
२०७६ मङ्सिर ५, बिहिबार
मिर्गौलापीडितलाई छ लाख ३४ हजार सहयोग
दुवै मिर्गौला फेल भई उपचार गराइरहेका कास्कीको मादी गाउँपालिका–७ थाक घर भई हाल पोखरा महानगरपालिका–१३ लामोडहरमा बस्दै आउनुभएकी २४ वर्षीया मनिषा गुरुङलाई सञ्जीवनी दिदी–बहिनी केन्द्रले रु छ लाख ३४ हजार ३४० सहयोग गरिएको छ । गुरुङको आर्थिक अवस्था कमजोर रहेकाले मिर्गौला प्रत्यारोपणका लागि सहयोग पु¥याउने उद्देश्यले केन्द्रले बुधबार सो रकम पीडितलाई प्रदान गरिएको हो । हङकङ निवासी केन्द्रका संस्थापक सदस्य...
-
२०७६ मङ्सिर ५, बिहिबार
‘स्मार्ट’ चालक अनुमतिपत्र ५० हजार वितरण गर्न बाँकी
एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालयमा झण्डै ५० हजार कार्ड वितरण गर्न बाँकी रहेको छ । धेरै चालकले अनुमतिपत्र नपाएको गुनासो गरिरहँदा छापिसकेको चालक अनुमतिपत्र भने लिन सेवाग्राही कार्यालय पुगेका छैनन् । छापिसकेका कार्ड लिन सेवाग्राही नआउँदा कार्यालयलाई व्यवस्थापन गर्न कठीन भएको प्रमुख डम्मरबहादुर चन्दले बताउनुभयो । उहाँका अनुसार दैनिक सेवाग्राही कार्ड लिन आउँदा...
-
२०७६ मङ्सिर ५, बिहिबार
नेसनल प्याब्सन कास्कीको अध्यक्षमा अधिकारी
नेशनल प्याब्सन कास्कीको सातौँ अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि हेमन्त अधिकारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । संस्थाको प्रथम उपाध्यक्षमा शिवदत्त तिवारी, द्वितीय उपाध्यक्षमा केशवशरण पौडेल, सचिवमा मनकाजी गुरुङ, सहसचिवमा प्रेमराज अधिकारी, कोषाध्यक्षमा रत्नाकुमारी गुरुङ र सहकोषाध्यक्ष राजु केसी निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यमा शिवराज पौडेल, विष्णुप्रसाद...


