STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ मङ्सिर २, सोमबार

    विकास निर्माणका काममा अनावश्यक मुआब्जा माग्ने प्रवृत्ति बढ्यो– प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको काममा आवश्यकभन्दा बढी मुआब्जा माग्ने प्रचलनप्रति गुनासो व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो, “आफ्नो जग्गा वा सम्पत्ति बिक्री गर्दा राज्यलाई कम राजश्व तिर्न परोस् भन्ने मान्यता राख्ने, तर सरकारसँग लिन परे भने असाध्यै धेरै माग्ने प्रवृत्ति हावी भयो । यस्तो प्रवृत्तिले विकास निर्माणको काममा ढिलाइ हुने गरेको छ ।” प्रधानमन्त्री तथा...

  • २०७६ मङ्सिर २, सोमबार

    धौलागिरि आधार शिविरमा सूचना केन्द्र

    म्याग्दीस्थित संसारको सातौँ ९८,१६७० मिटर अग्लो धौलागिरि हिमालको आधार शिविरमा पर्यटक सूचना केन्द्र सञ्चालनका लागि भवन निर्माण भएको छ । धौलागिरि गाउँपालिकाले पर्यटकको तथ्याङ्क र विवरण राख्न, आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन र सूचना उपलब्ध गराउने उद्देश्यले सूचना केन्द्र स्थापना गर्न लागेको हो । गण्डकी प्रदेशको उद्योग, वन तथा पर्यटन मन्त्रालयको रु ३१ लाखको सहयोगमा तीन कोठे भवन निर्माण भएको...

  • २०७६ मङ्सिर २, सोमबार

    द्वन्द्वकालीन आयोगमा अध्यक्ष तथा सदस्यका लागि ६१ जना इच्छुक

    सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीका लागि नयाँ तथा पूर्व पदाधिकारी गरी ६१ जना इच्छुकको नाम सिफारिस समितिले सार्वजनिक गरेको छ । सिफारिस समितिको आइतबार बसेको बैठकले आज अध्यक्ष तथा सदस्यको नाम सार्वजनिक गर्ने निर्णय गरेअनुसार आज नाम सार्वजनिक गरिएको समितिका सदस्य शर्मिला कार्कीले जानकारी दिनुभयो । सत्य निरुपण तथा मेलमिलापमा अध्यक्ष हुन चाहनेमा कमलनारायण...

  • २०७६ मङ्सिर २, सोमबार

    ‘दिसा–पिसाबले च्यापे कहाँ जाने रु सार्वजानिक शौचालय छैन’

    ‘शौचालयको पहुँचबाट कोही पनि वञ्चित हुन नपरोस्’ भन्ने नाराका साथ साताँै शौचालय दिवस भोलि विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । स्वच्छ खानेपानी र सरसफाइ संविधानको मौलिक अधिकार भित्र रहेको छ । तर संविधान प्रदत्त अधिकार कार्यान्वयनमा चुनौती रहेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार शहरी क्षेत्रमा ३०० मिटरको अन्तरालमा सार्वजानिक शौचालय हुनुपर्ने प्रावधान रहेको छ । नेपालका अधिकांश शहरी क्षेत्रमा सो...

  • २०७६ मङ्सिर २, सोमबार

    सडक दुर्घटनामा ज्यान गुमाएकाको सम्झना गर्दै ‘विश्व सम्झना दिवस’

    जिल्लाका सदरमुकाम धुलिखेल र नमोबुद्ध नगरपालिकाको भकुण्डेबेँसीमा सडक दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा आइतबार ‘विश्व सम्झना दिवस’ मनाइएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक, सुरक्षित र दिगो यात्रा नेपाल, भकुण्डे जेसिस र नेपाल अटोमोबाइल एशोसिएशनको संयुक्त आयोजनामा धुलिखेल नगरपालिकास्थित सरस्वती बजार र नमोबुद्ध नगरपालिकाको भकुण्डेबँेसीमा विविध कार्यक्रम आयोजना गरेर सो दिवस मनाइएको हो ।...

  • २०७६ मङ्सिर २, सोमबार

    उत्खनन नहुँदा हिमाली भेगमा खानी अलपत्र

    हिमाली जिल्ला म्याग्दीका उपल्लो भेगमा रहेका तामा, स्लेट, खरी र चुनढुङ्गालगायतका बहुमूल्य खानी उत्खनन र संरक्षणको अभावमा अलपत्र परेका छन् । म्याग्दी, कालीगण्डकी र रघुगंगा नदीको बहाव क्षेत्र वरपर तथा जिल्लाको उपल्लो भेगमा वर्षौं पहिले उत्खनन गरेर विभिन्न कारणले बन्द भएका खानी अहिलेसम्म पनि सञ्चालनमा नल्याइँदा अलपत्र परेका हुन् । हिमाली पर्यटकीय जिल्लाको पहिचान बनाएको म्याग्दी जिल्लाका पश्चिमी तथा...

  • २०७६ मङ्सिर २, सोमबार

    विवाह गर्न भारतीयको सौराहा आउने क्रम बढ्यो

    भारतबाट विवाह गर्न सौराहा आउनेको सङ्ख्या बढ्दै गएको छ । यो मौसममा दुलाहा दुलहीसहित सबै बन्दोबस्तीका सामान बोकेर भारतीयहरु विवाहका लागि आउने क्रम बढेको हो । सौराहाका कुनै एक होटल दुईदेखि तीन रातका लागि पूरै भाडामा लिएर विवाह गर्ने गर्दछन् । साना होटल भए एउटा होटमा दुलाहा र अर्को होटलमा दुलही बसेर बाजागाजाका साथ जन्ती गएर विवाह गर्ने क्रम बढेको छ । ठूला होटल ‘बुक’ गर्दा एउटै होटलमा दुलाहा दुलही...

  • २०७६ मङ्सिर २, सोमबार

    आन्तरिक पर्यटक बढे

    यसपालि दशैँ–तिहारमा सात हजार बढी आन्तरिक पर्यटकले गाईघाट झरना घुमे । चाडबाड र बिदाका बेला झरनामा बढी चहलपहल हुन्छ । गत आर्थिक वर्षमा झण्डै २० हजारले झरनाको अवलोकन गरेका थिए । ताराखोला गाउँपालिका–१ स्थित झरनामा वर्षको शुरुदेखि नै पर्यटक बढेका छन् । साउनयता १५ हजार बढीले झरना घुमेको व्यवस्थापनले जनाएको छ । पूर्वाधार र प्रचारप्रसारले झरना पर्यटकको रोजाइमा परेको हो । झरनाको रेखदेख र व्यवस्थापन...

  • २०७६ मङ्सिर २, सोमबार

    नयाँ संङ्क्रमित थपिए

    सन् २०१९ को १० महिनामा जिल्लामा ५७ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् । तेह्र हजार ६४१ जनाको रगत परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेशनका अनुसार जिल्लाको विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । फाउण्डेशनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार योसँगै जिल्लामा कार्यक्रम शुरु भएयता एक हजार ७८६...

  • २०७६ मङ्सिर २, सोमबार

    जडीबुटी निकासी अझै भएन

    भारतको प्लान्ट क्वारेन्टाइनको अवरोधका कारण एक वर्षदेखि रोकिएको नेपाली जडीबुटीको निकासी अझै शुरु हुन सकेको छैन । भारत सरकारले २०१९ अक्टोबर १ ९ २०७६ असोज १४ गते ०राजपत्रमा सूचना जारी गरी विदेशबाट आयात गर्ने जडीबुटीको नयाँ सूची जारी गरेको थियो । नयाँ सूची जारी गरेसँगै एक वर्षदेखि रोकिएका जडीबुटीको निकासी खुल्ने कानूनी बाटो खुले पनि त्यसको कार्यान्वयन नहुँदा समस्या भएको नेपाली जडीबुटी व्यवसायीको...

  • २०७६ मङ्सिर २, सोमबार

    नेकपाको सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्छ, पूर्वप्रधानमन्त्री खनाल

    नेपाल कम्युनिष्ट पार्टी नेकपा का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपाको सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्ने बताउनुभएको छ । चाँगुनारायणमा आज चुनावी कार्यक्रममा उहाँले जनताले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी नेकपाको सरकारलाई दिएकाले त्यो जिम्मेवारी ऐतिहासिक रूपमा पूरा गर्ने बताउनुभयो । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्र नं १ प्रदेश नं...

  • २०७६ मङ्सिर २, सोमबार

    वडाध्यक्षबाट राजीनामा दिएर शिक्षकको जागीर

    सल्यानमा एकजना जनप्रतिनिधिले राजीनामा दिएर शिक्षक पेशामा संलग्न हुनुभएको छ । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेश कुमार बुढामगर वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक हुनुभएको हो । विसं २०७४ को स्थानीयतहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित बुढामगरले शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको खुलाकोटाअन्तर्गत मुस्ताङबाट नाम निकाल्नु भएको हो । तत्कालीन नेकपा एमालेका वडाध्यक्षका...

Pages