राष्ट्रिय
-
२०७६ मङ्सिर २, सोमबार
झाँक्रीको हत्यामा संलग्न पाँच पक्राउ
धामीझाँक्रीको घाँटी रेटेर हत्या गरेको आरोपमा सिरहा प्रहरीले पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । गाउँघरमा धामीझाँक्रीको काम गर्दै आएका भारतको विहार राज्यको मधुवनी जिल्ला ललमनिया ग्राम बेल्हा पञ्चायत निवासी ४० वर्षीय राजकुमार यादवको घाँटी रेटेर हत्या गरिएको अवस्थामा सिरहा नगरपालिका–१२ सारस्वरस्थित कमला नदीको छेउमा कात्तिक २१ गते बिहान शव फेला परेको थियो । घटना भएको करिब दुई सातापछि सिरहा...
-
२०७६ मङ्सिर २, सोमबार
सडक दुर्घटनामा ज्यान गुमाएकाको सम्झना गर्दै ‘विश्व सम्झना दिवस’
जिल्लाका सदरमुकाम धुलिखेल र नमोबुद्ध नगरपालिकाको भकुण्डेबेँसीमा सडक दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा आइतबार ‘विश्व सम्झना दिवस’ मनाइएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक, सुरक्षित र दिगो यात्रा नेपाल, भकुण्डे जेसिस र नेपाल अटोमोबाइल एशोसिएशनको संयुक्त आयोजनामा धुलिखेल नगरपालिकास्थित सरस्वती बजार र नमोबुद्ध नगरपालिकाको भकुण्डेबँेसीमा विविध कार्यक्रम आयोजना गरेर सो दिवस मनाइएको हो ।...
-
२०७६ मङ्सिर २, सोमबार
सीमानाका बन्द हुने
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मङ्सिर ६ गतेदेखि ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो । यही मङ्सिर ८ गते ९नोभेम्बर २५ तारिख०मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलताका कारण जनाउँदै मङ्सिर ६ गते साँझ ५ बजेदेखि मङ्सिर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ । सीमा बन्द रहेको अवधिमा...
-
२०७६ मङ्सिर २, सोमबार
उपनिर्वाचन २०७६ ः कोहलपुरमा राजनीतिक प्रतिष्ठाको सवाल
बाँकेको कोहलपुर नगरपालिका¬–६ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनलाई ठूला दलहरुले राजनीतिक प्रतिष्ठाको सवाल बनाएका छन् । दुई प्रमुख पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली काँग्रेस वडाध्यक्षको निर्वाचनलाई राजनीतिक प्रतिष्ठाको विषय बनाएर निर्वाचन प्रचारप्रसारमा खटिएका छन् । नेपाली काँग्रेसलाई पुरानो बर्चस्व जोगाउन र नेकपालाई पार्टी एकीकरणपछिको प्रभाव देखाउन दुबै पार्टी योजनाबद्ध तरिकाले...
-
२०७६ मङ्सिर २, सोमबार
औद्योगिक क्षेत्रका लागि अझै जग्गाको टुङ्गो लागेन
जग्गाको टुङ्गो नलाग्दा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापनामा ढिलाइ भएको छ । यसअघि छनौट गरिएका स्थानहरु उपयुक्त नभएपछि नयाँ स्थानको सम्भाव्यता अध्ययन शुरु गरिएको छ । सङ्घीय सरकारको सहयोगमा सुर्खेतमा स्थापना हुने प्रादेशिक औद्योगिक क्षेत्रका लागि पुनः नयाँ स्थानका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन गर्न लागिएको हो । गत आर्थिक वर्ष २०७५÷७६ देखि निर्माण प्रक्रिया अघि बढ्नुपर्ने भए पनि जग्गाको टुङ्गो...
-
२०७६ मङ्सिर २, सोमबार
सतीप्रथा उन्मूलनका प्रेरक बालागुरु षडानन्द
नेपालमै पहिलोपटक जनताको सहयोगमा संस्कृत पाठशाला स्थापना गर्नुभएका बालागुरु षडानन्दले विसं १९४० मा सती जान बाध्य पारिएका दुई महिलालाई मृत्युको मुखबाट बचाएर समाज सुधार आरम्भ गर्नुभयो । भोजपुर वितलवका ७० वर्षीय हरिलाल लम्सालको निधन हुँदा समवयी जेठी श्रीमती र १८ वर्षीय कान्छी श्रीमतीलाई सतीका रूपमा पठाउन बेग्लाबेग्लै डोलीमा राखिएको थियो । स्थानीयवासी नन्दीकेश्वर अधिकारीबाट यसको जानकारी पाएपछि षडानन्द...
-
२०७६ मङ्सिर १, आइतबार
काँग्रेस उम्मेदवार भँडेललाई मातृशोक
यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ ९क० का प्रदेशसभा सदस्यका लागि उम्मेदवार बन्नु भएका नेपाली काँग्रेसका कृष्णलाल भँडेललाई मातृशोक परेको छ । चाँगुनारायण नगरपालिका–४ निवासी उम्मेदवार भँडेलकी आमा सेतीमायाको आज बिहान ८६ वर्षको उमेरमा मध्यपुर अस्पतालमा निधन भएको हो । उहाँलाई उच्च रक्तचाप भएपछि तीन दिनअघि अस्पताल भर्ना गरिएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा...
-
२०७६ मङ्सिर १, आइतबार
मोबाइल पत्रकारिता तालीम सम्पन्न
सञ्चार रजिष्ट्रार प्रदेश नं ३ को कार्यालयले धुलिखेलमा आयोजना गरिएको ‘पत्रकारितामा नवीनतम प्रयोग प्रवद्र्धनका लागि मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालीम’ शनिबार सम्पन्न भएको छ । प्रदेश नं ३ का काभ्रेपलाञ्चोकलगायत सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीका पत्रकारको सहभागिता रहेको तालीममा मोबाइलबाट नै भिडियो खिच्ने, अडियो रेकर्ड गर्ने, इडिट गर्ने र मिक्सिङ गरी कार्यक्रम उत्पादन गर्ने तालीम दिएको...
-
२०७६ मङ्सिर १, आइतबार
सभापति देउवाद्वारा दुःख व्यक्त
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुर १ क प्रदेशसभाका काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलकी आमा सेतीमायाँ भँडेलको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । काँग्रेस नेतासमेत रहनुभएका कृष्णलाल भँडेलकी आमा सेतीमायाँको ८४ वर्षको उमेरमा उपचारका क्रममा आज बिहान मध्यपुर ठिमी अस्पतालमा निधन भएको हो । सभापति देउवाले उहाँको निधनको खबरले अत्यन्तै दुःख लागेको उल्लेख गर्दै स्व...
-
२०७६ मङ्सिर १, आइतबार
जोमसोम–कोरला सडक तीन दिन बन्द हुने
राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम–कोरला सडक तीन दिन बन्द गरिने भएको छ । जोमसोम–कोरला निर्माणाधीन सडकको तेस्रो प्याकेजमा पर्ने समरको भिरदेखि झोखोलासम्मको सडक फराकिलो बनाउन मङ्सिर ५ देखि ७ गतेसम्म सवारी आवतजावत बन्द गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले सवारी आवतजावत रोकेर विस्फोटक पदार्थको प्रयोग गरेर सडक विस्तार...
-
२०७६ मङ्सिर १, आइतबार
समाचार महोत्सवमा पत्रकारिताका चुनौती र भविष्यबारे छलफल
सङ्घीयतामा अबको पत्रकारिता कस्तो हुनुपर्दछ भन्ने विषयमा केन्द्रित रहेर लुम्बिनीमा समाचार महोत्सवको आयोजना गरिएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि शुरु भएको महोत्सव तीन दिनसम्म चल्नेछ । महोत्सवमा देशभरिका पत्रकारिता क्षेत्रका विज्ञहरु, सम्पादकहरु र पत्रकारहरुबीच फरकफरक विधामा छलफल हुने आयोजक लुम्बिनी प्रेस क्लबका अध्यक्ष दीपेश पछाईले जानकारी दिनुभयो । मुख्यमन्त्री शङ्कर पोखरेलले आज अपराह्न...
-
२०७६ मङ्सिर १, आइतबार
अन्नपूर्णमा माटो परीक्षण
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषिमा उत्पादकत्व वृद्धिका लागि पहिलोपटक आठवटै वडामा माटो परीक्षण गरेको छ । संयुक्त राज्य अमेरिकाको अबिरल फाउण्डेशनका लेस्लीसहित विदेशी कृषि प्राविधिकहरुको टोलीले तीन दिन लगाएर माटोको परीक्षण गर्नुका साथै अन्नपूर्ण गाउँपालिकाका लागि उपयुक्त हुने कृषि बालीको समेत सिफारिश गरेको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले जानकारी दिनुभयो । अध्यक्ष पुनका...


