राष्ट्रिय
-
२०७६ मङ्सिर ३, मंगलबार
पाटनमा सिसी क्यामरा जडान गरी वन्यजन्तुको निगरानी
भूगोलका हिसाबले ठूलो मानिएको डोल्पामा यहाँका वन्यजन्तुको संरक्षण र गणनाका लागि सिसीटिभी क्यामरा जडान गरी काम शुरु भएको छ । जिल्लाको जगदुल्ला गाउँपालिका र गाउँपालिकाभित्रका पाटनलगायत अन्य विभिन्न पाटनमा ५० वटा क्यामरा जडान गरिएको हो । हिम चितुवाको बासस्थान भएका ठाउँमा सिसीटिभी जडान गरिएको छ । विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा कागमारा, टाङटुगे, बाहिर पुदुवभित्र पुदुव, अन्तर पुदुव ठूली पाल्ती र...
-
२०७६ मङ्सिर ३, मंगलबार
न्यून दृष्टियुक्त व्यक्तिका लागि अवसरको खाँचो
न्यून दृष्टियुक्त व्यक्तिसँग मनको आँखा हुन्छ । त्यो मनको चम्किलो आँखाले उनीहरुले पनि जगत हेरिरहेका हुन्छन्, अनुभूति गरिरहेका हुन्छन् । नेपालगञ्जका न्यून दृष्टियुक्त व्यक्ति विष्णु विश्वकर्माको अनुभूति त्यस्तै छ । आफू न्यून दृष्टियुक्त व्यक्ति भएकामा शुरुमा केही खिन्नता भए पनि विष्णुले पाएको अध्ययन, खेलकूद र अन्य रमाइला अवसरले उनले मनकै आँखाले जगत्लाई अहिले राम्ररी अनुभूति गरिरहेका छन् । ब्रेललिपी...
-
२०७६ मङ्सिर ३, मंगलबार
तरुणदलका नगरसभापति जेल चलान
हतियारसहित पक्राउ परेका तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजङ्ग शाह पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत बाँकले सोमबार शाहलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार शाहसँगै पक्राउ परेका अन्य तीन जनालाई भने रु एक लाख ५० हजार धरौटी माग गरिएको छ । सरकारी वकिल कार्यालयले गत...
-
२०७६ मङ्सिर ३, मंगलबार
दाङमा इन्टरनेट प्रयोगकर्ता बढ्दै
दाङमा इन्टरनेट प्रयोगकर्ता बढिरहेका छन् । मुलुकमा विज्ञान र प्रविधिको तीव्र विकाससँगै इन्टरनेट प्रयोगकर्ता बढिरहेका हुन् । दाङमा अहिले करिब चार हजार इन्टरनेटका ग्राहक रहेका छन् । नेपाल टेलिकमले प्रदान गर्दै आएको एडिएसएलका तीन हजार ८७३ ग्राहक रहेका छन् । नेपाल टेलिकम तुलसीपरका सूचना अधिकारी दिलबहादुर केसीका अनुसार तुलसीपुरमा एकहजार ४५१, घोराहीमा एकहजार २८०, बिजौरीमा १०७, बेलझुण्डीमा ६४ हापुरेमा ७१...
-
२०७६ मङ्सिर ३, मंगलबार
नमूना विद्यालयमा ‘नर्सिङ कार्यक्रम’
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माविमा विद्यालय नर्स कार्यक्रम शुरु गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नं १ को ‘विद्यालय नर्सिङ’ कार्यक्रमअन्तर्गत जिल्लाका सामुदायिक विद्यालयमध्ये सरस्वती माविमा सोमबार विद्यालय नर्स कार्यक्रम शुरु गरिएको हो । सरस्वती माविको पाङ्गणमा सोमबार आयोजित कार्यक्रममा नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, प्रमुख प्रशासकीय अधिकृत...
-
२०७६ मङ्सिर ३, मंगलबार
मिलेमतोमा विकास योजनामा भ्रष्टाचार
डोल्पामा मिलेमतोमा विकास योजनामा चरम भ्रष्टाचार हुने गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले बताएको छ । आयोगको क्षेत्रीय कार्यालय सुर्खेतबाट भ्रष्टाचार न्यूनीकरण गर्ने पहिलो चरणको अन्तरक्रिया कार्यक्रम गर्न डोल्पा पुगेको टोलीले यस्तो बताएको हो । भौगोलिकरूपमा विकट डोल्पामा जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिको मिलेमतोमा भ्रष्टाचार हुने गरेको पाइएको आयोगका सुर्खेत प्रमुख...
-
२०७६ मङ्सिर ३, मंगलबार
फिनल्याण्डका परराष्ट्रमन्त्रीलाई सगरमाथा संवादको निम्तो
युरोप भ्रमणमा रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र फिनल्यान्डका परराष्ट्रमन्त्री पेक्का हाभिस्तोबीच फिनल्यान्डमा भेटवार्ता भएको छ । मन्त्री पोखरेलले नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका तर्फबाट यहाँ आयोजना हुने सगरमाथा संवाद २०२० का लागि फिनल्याण्डका मन्त्रीलाई निमन्त्रणा हस्तान्तरण गर्नुभयो । सो अवसरमा दुवै मन्त्रीबीच शिक्षा क्षेत्रमा नेपाललाई नमूनायोग्य...
-
२०७६ मङ्सिर ३, मंगलबार
स्वचालित मौसम उपकरण र पर्यटन सूचना केन्द्र स्थापना
विश्वकै सातौँ अग्लो हिमाल धौलागिरिको फेदीमा अत्याधुनिक प्रविधि जडित मौसम उपकरण र पर्यटन सूचना केन्द्र स्थापना भएका छन् । धौलागिरि गाउँपालिका–१ गुर्जामा पूर्वसूचनाका लागि स्वचालित मौसम उपकरण जडान गर्ने तयारी भएको र धौलागिरि हिमालको आधार शिविरमा पर्यटक सूचना केन्द्र सञ्चालनका लागि भवन निर्माण भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभएको छ । प्रजिअ ढकालका अनुसार जल तथा मौसम...
-
२०७६ मङ्सिर २, सोमबार
कर सप्ताह
‘आठौँ स्वच्छ कर प्रशासन, विकास र सुशासन’ भन्ने नाराका साथ यहाँ कर दिवस सप्ताह शुरु भएको छ । कर सप्ताहको शुभारम्भ गर्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुललाले खर्चका अनुसार कर बुझाउनुपर्छ तथा कर तिर्नेहरुका लागि राज्यले करमैत्री वातावरण बनाउनुपर्छ भन्नुभयो । त्यस्तै, प्रदेश नं ३ सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डा मुकुन्द पौडेलले देशमा करका लागि नयाँ नयाँ क्षेत्र...
-
२०७६ मङ्सिर २, सोमबार
अवरुद्ध विद्युत् सेवा सञ्चालन
अवरुद्ध भएको विद्युत् सेवा आइतबार बिहानदेखि सञ्चालन भएको छ । दार्चुलामा रहेको चमेलिया जलविद्युत्ले डोटीको बुडरमा तीनवटा विद्युत् टावर मर्मत गर्न थालेकाले यहाँका सातवटा पहाडी जिल्ला डडेल्धुरा, अछाम, बैतडी, दार्चुला, बझाङ, बाजुरा र डोटीमा विद्युत् सेवा अवरुद्ध भएको थियो । अवरुद्ध भएको विद्युत् सेवा आजदेखि सञ्चालन भएको हो । विद्युत् सेवा अवरुद्ध हुँदा सुदूरपश्चिमका सात पहाडी जिल्लाका स्थानीय रेडियो...
-
२०७६ मङ्सिर २, सोमबार
हात्ती नियन्त्रणका लागि करेन्टको जथाभावी प्रयोगले झापामा ४० को मृत्यु
गत कात्तिक १६ गते हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परेर झापामा दुई जनाको एकै साथ मृत्यु भयो । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–४ निवासी १८ वर्षीय अनिष राई र उनकै मामा भोजपुर निवासी ३५ वर्षीय मणिराम राई रहेका छन् । उनीहरुलाई वुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परेर करेन्ट लागेको थियो । त्यस्तै हिजो मङ्सिर १ गते आइतबार पनि मेचीनगर–९ निवासी ५७ वर्षीय बुद्धिमाया...
-
२०७६ मङ्सिर २, सोमबार
सार्वजनिक शौचालय निर्माण
गलकोट नगरपालिका–३ हटिया बजारमा अपाङ्गतामैत्री सार्वजनिक शौचालय निर्माण गरिएको छ । जीपपार्क चोक नजीकै निर्मित शौचालय चारकोठे छ । गलकोट नगरपालिकाको रु सात लाख र गण्डकी प्रदेश सरकारको रु नौ लाख बजेटमा शौचालय बनेको हो । शौचालयमा ‘ह्विलचेयर’ लैजान मिल्ने ‘¥याम’, चौडा ढोका, फराकिलो शौचालय, समाउने ठाउँलगायत अपाङ्गतामैत्री संरचना बनाइएको छ । अपाङ्गता भएका व्यक्तिबाहेक अन्य पुरुष तथा महिलाका लागि...


