relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ मङ्सिर ३, मंगलबार

    चौँरीको निःशुल्क बीमा

    सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण चौँरीको बीमा गरेको छ । गाउँपालिकाको यो निर्णयबाट चौँरीपालक किसान उत्साहित भएका छन् । वर्षको नौ महिनाभन्दा बढी समय खर्कमा चौँरी चराउने वडा नं २ का पेम्बा शेर्पाले चौँरी मर्दा हुने जोखिम कम हुने भएपछि खुशी भएको बताउनुभयो । गाउँपालिकाभित्रका फिरन्ते चौँरी गोठलाई लक्षित गर्दै खर्क र गोठमा पालिएका सबै चौँरीको निःशुल्क बीमा योजना अघि...

  • २०७६ मङ्सिर ३, मंगलबार

    महासचिवमा डा रिजालले उम्मेदवारी दिनुहुने

    चिकित्सकको साझा छाता सङ्गठन नेपाल चिकित्सक सङ्घको आगामी नयाँ नेतृत्वका लागि महासचिव पदमा डा बद्री रिजालले उम्मेदवारी दिनुहुने भएको छ । आगामी माघमा सङ्घको नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । अध्यक्ष एक, उपाध्यक्ष दुई, महासचिव एक, कोषाध्यक्ष एक, सहसचिव एक, सहकोषाध्यक्ष एक र सदस्य छ पद गरी कूल १३ पदमा निर्वाचन हुँदैछ । लोकतान्त्रिक चिकित्सक सङ्घको सोमबार बसेको बैठकले उहाँलाई सो पदमा उठाउने...

  • २०७६ मङ्सिर ३, मंगलबार

    आम्दानीका स्रोत बन्दै निजी वन

    सरकारले पारिवारिक निजी वनको अवधारणा अघि सारेसँगै सर्वसाधारणले आफ्नो स्वामित्वमा रहेको खाली जग्गालाई निजी वनका रूपमा विकास गरेर आम्दानीको स्रोत बनाउन थालेका छन् । वनबाट अन्य आम्दानीका साथै जडीबुटी खेतीले राम्रो स्रोत बनाएको छ । आफ्नो स्वामित्वमा रहेको उब्जाउ नहुने खेतबारी र भिर पाखो जग्गालाई निजी वनमा रुपान्तरण गर्नस्थानीयवासी हौसिएका छन् । औद्योगीकरण र शहरीकरणले वन–जङ्गल संरक्षण चुनौती बन्न गएको...

  • २०७६ मङ्सिर ३, मंगलबार

    कुर्था–जयनगर रेल सञ्चालनका लागि सेट आगामी पुससम्ममा आइपुग्ने

    धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको सञ्चालनका लागि खरीद गरिएको रेल सेट आगामी पुससम्ममा आइपुग्ने भएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरीद गर्न लागिएको होे । रेल सेट निर्माणसँगै रेलमार्ग निर्माण र रेलको विनियमावली बनाउने काम भइरहेको रेल विभागका प्रवक्ता ९वरिष्ठ डिभिजनल इञ्जिनीयर० अमन चित्रकारले बताउनुभयो । उहाँका अनुसार वर्षाको समयमा बाढीका कारण कमला नदीको तटबन्ध भत्काउँदा...

  • २०७६ मङ्सिर ३, मंगलबार

    पुराना उद्योगलाई फेरी नवीकरण गरिँदै

    दाङमा लामो समयदेखि नवीकरण रोकिएका पुराना उद्योगको पुनः नवीकरण शुरु गरिएको छ । जिल्लामा सञ्चालित उद्योग विभिन्न कारणले घरेलु तथा साना उद्योग कार्यालयमा नवीकरण हुन सकेका थिएनन् । नवीकरण हुन नसकेका उद्योगहरु उद्योग वाणिज्य सङ्घको लामो प्रयासपछि नवीकरण शुरु गरिएको हो । विभिन्न कारणले समयमा नवीकरण नभएका उद्योगको जरीवाना तिर्दा समेत घरेलु कार्यालयले नवीकरण गरेको थिएन । सङ्घले यसका लागि प्रदेश सरकार तथा...

  • २०७६ मङ्सिर ३, मंगलबार

    आज र भोलि ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ नहुने

    यातायात व्यवस्था विभागले आज र बुधबार ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ नगर्ने भएको छ । अहिले विभागमा सञ्चालनमा रहेका छपाइ उपकरणबाट ठूलो क्षमताको छपाइ उपकरण मास प्रिन्टर मा रहेको तथ्याङ्क भण्डार डाटाबेस मा सार्नका लागि सेवा अवरुद्ध गर्न लागिएको हो । सवारी चालक अनुमतिपत्र प्रणाली पुरानो सर्भरबाट नयाँमा सार्ने हुँदा यी दुई दिन सेवा दिन नसकिने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । विभागले...

  • २०७६ मङ्सिर ३, मंगलबार

    प्रशोधित क्यामोमाइलको तेलले बजार पाएन

    जिल्लाका किसानले क्यामोमाइल खेती गरी उत्पादन गरेको सुगन्धित तेल बिक्री हुन नसक्दा घरमै थन्क्याएर राख्न बाध्य भएका छन् । बजार मूल्य नपाउँदा किसानले तेल बिक्री गर्न नपाएका हुन् । क्यामोमाइल खेती गरेका किसानले उत्पादन गरेको २५१ किलो सुगन्धित तेल बिक्री हुनसकेको छैन । सोको बजार मूल्य रु एक करोड २५ लाख ५० हजार रहेको छ । क्यामोमाइल प्रशोधन गरी तयार गरिएको सुगन्धित तेल प्रतिकिलो बजारमा रु ५० हजार बढीमा...

  • २०७६ मङ्सिर ३, मंगलबार

    ‘जैविक उत्पादनको मापदण्ड छैन’

    बजारमा जैविक खाद्य वस्तुको नाममा तरकारीदेखि विभिन्न खाद्यान्न निर्वाधरूपमा बिक्री वितरण भइरहेको छ । कतिपयले जैविक फार्मको नाममा कम्पनी नै खोलेर ती चिजवस्तु निर्वाधरूपमा बिक्री वितरण गरिरहेका छन् । सरकारले गरेको परीक्षणमा बिक्री वितरण भएको तरकारीलगायत मालवस्तुमा विषादीको मात्रा बढी भएको पुष्टि भएर त्यसको नियन्त्रणको प्रयाससमेत जारी छ । त्यसैले उपभोक्ता पनि साइनबोर्डमा जैविक नाम देखेपछि सामान किन्न...

  • २०७६ मङ्सिर ३, मंगलबार

    काठका पोल हटाइँदै

    तनहुँको व्यास नगरपालिकाले नगरक्षेत्रभित्र रहेका काठका जीर्ण पोल विस्थापन गर्ने भएको छ । काठका पोलले जोखिम बढाएपछि नगरपालिकाले त्यस्ता पोललाई हटाएर स्टिलका पोल राख्ने अभियान शुरु गरेको हो । चौध वडा रहेको नगरपालिकाभित्र काठका पोलको तथ्याङ्क सङ्कलन गरेर स्टिल पोल राख्ने अभियान शुरु गरिएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताउनुभयो । काठका पोल विस्थापनका लागि नगरपालिकाले १४ वडालाई पहिलो चरणमा...

  • २०७६ मङ्सिर ३, मंगलबार

    नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छ ः प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाले नै समृद्ध नेपाल निर्माण गर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा पश्चिम नवलपरासीद्वारा आज परासीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “वर्तमान सरकारले समृद्धिको आधार तयार पारिसकेको छ, मुलुकमा पूर्वाधार विकास धमाधम भइरहेकोे छ, यसलाई अझै तीव्रता दिन आवश्यक छ, नेकपा नेतृत्वकै सरकारले नेपालको भविष्य...

  • २०७६ मङ्सिर ३, मंगलबार

    उपनिर्वाचन २०७६ उम्मेदवारसँगै शीर्षनेता भोट माग्दै घरदैलोमा

    भक्तपुर क्षेत्र नं १ ९क० मा आगामी मङ्सिर १४ गते हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि भोट माग्दै विभिन्न दलका नेता मतदाताको घरदैलोमा पुगेका छन् । विगत एकसातादेखि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०, नेपाली काङ्ग्रेस, साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका नेता ¥यालीसहित घरदैलोमा पुगेका हुन् । नेपाल मजदुर किसान पार्टीले भने हिजोदेखि घरदैलो अभियान शुरु गरेको छ । उम्मेदवारी दर्तादेखि...

  • २०७६ मङ्सिर ३, मंगलबार

    सोल्टी होटलले २६ प्रतिशत लाभांश दिने

    नेपालको होटल व्यवसायको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको सोल्टी होटलले आफ्ना शेयरधनीलाई २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । होटलले चुक्ता पूँजीको कूल ११ दशमलव ३१ प्रतिशत नगद लाभांश दिने भएको छ । त्यस आधारमा शेयरधनीले कूल रु आठ करोड २९ लाख आठ हजार दुई नगद लाभांश प्राप्त गर्नेछन् । यस्तै शेयर लाभांशतर्फ चुक्तापूँजीको १५ प्रतिशत अर्थात् एक करोड नौ लाख ९० हजार १३१ कित्ता शेयर दिने प्रस्ताव...

Pages