STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ मङ्सिर ४, बुधबार

    आरन पेशाबाटै हर्कबहादुरको मासिक आम्दानी ५० हजार

    खाँबाको धरन । डाँडाभाटा र बलाको भर । टिनको छाप्रो । त्यही छाप्रोमा छ सानो आरन । आरनको छेउमा बसेर ट्याकट्याक, टुकटुक पार्न थालेको सयौँ दिन बितिसके । अझै कति समय बिताउने हो त्यो थाहा छैन । आरनमा बसेपछि दिन बितेको पत्तै हुँदैन । भोक, तिर्खा पनि लाग्दैन । आरन पेशामै धेरै दिनहरु बिताएका म्याग्दीको बेनी नगरपालिका–५, डडुवाका हर्कबहादुर विश्वकर्माको धेरै समय यसैमा बितेको छ । सानै उमेरदेखि फलाम र आरनको...

  • २०७६ मङ्सिर ४, बुधबार

    मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम सबै जिल्लामा

    नमूना परियोजनाका रुपमा गत आर्थिक वर्षबाट शुरु गरिएको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई प्रदेश नं ३ का सबै जिल्लामा विस्तार गरिने भएको छ । कार्यक्रममा प्रदेश नं ३ का सर्वसाधारणलगायत सबैको पहुँच विस्तार गरिने भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा सीमान्तकृत जाति, समुदाय, ज्येष्ठ नागरिक, द्वन्द्वपीडितलगायत दायरा निर्धारण गरेर मात्र मुख्यमन्त्री जनता स्वास्थ्य...

  • २०७६ मङ्सिर ४, बुधबार

    साढे चार लाख मेट्रिक टन धान उत्पादन

    यस वर्ष कैलाली र कञ्चनपुरमा गरी साढे चार लाख मेट्रिक टन धान उत्पादन भएको छ । यहाँस्थित कृषि ज्ञान केन्द्र भीमदत्तनगरले कैलालीमा तीन लाख ३३ हजार ७०० र कञ्चनपुरमा एक लाख ३० हजार ७२० मेट्रिक टन धान उत्पादन भएको जनाएको छ । कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामचन्द्र भट्टले विगत वर्षको तुलनामा यस वर्ष पनि धान उत्पादन भएको बताउनुभयो । “समयमा वर्षा नहुनुका साथै किसानले लगाएको गरिमा जातको धान नफल्दा...

  • २०७६ मङ्सिर ४, बुधबार

    बजार क्षेत्रमा सिसी क्यामेरा

    तीव्र बजारीकरण भइरहेको गलकोट नगरपालिका–३ हटियामा सिसी क्यामेरा जडान गरिएको छ । वडा कार्यालयले जिपपार्कलगायत बजारका मुख्यचोक र सडकमा सिसी क्यामेरा जडान गरेको हो । वडा कार्यालय परिसर पनि अबदेखि सिसी क्यामेराको निगरानीमा हुनेछ । वडा र बागलुङ उद्योग वाणिज्य सङ्घ गलकोट एकाइ मिलेर थप १० स्थानमा सिसी क्यामेरा जडान गर्ने भएका छन् । सिसी क्यामेरा राख्नुपर्ने स्थानको पहिचान गरी काम अगाडि बढाइएको वडाध्यक्ष...

  • २०७६ मङ्सिर ४, बुधबार

    नेपाली भूभाग कुनै पनि हालतमा नछोडिने – महामन्त्री कोइराला

    नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली भूभाग कालापानी र लिपुलेक हाम्रो भएकोले कुनै हालतमा छाड्न नसकिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हामी आफ्नो भूभागको एक इन्च पनि नछाड्ने भनी प्रतिबद्धता जनाउनुभएकामा नेपाली काँगे्रसको पनि समर्थन छ भन्नुभयो । महामन्त्री कोइरालाले नेपाल विद्यार्थी सङ्घमा अब...

  • २०७६ मङ्सिर ४, बुधबार

    नगरपालिकाको पहलमा जिल्ला अस्पतालमा चिकित्सक

    जिल्ला अस्पताल फाप्लुमा करीब तीन हप्तापछि चिकित्सकको व्यवस्था गरिएको छ । सोलुदूधकुण्ड नगरपालिकाले छ महिनाका लागि चिकित्सकको व्यवस्था गरेको जनाएको छ । नगरपालिकाले नियुक्त गरेका डा स्मृति गौतमले आइतबारदेखि सेवा दिन थाल्नुभएको अस्पतालले जनाएको छ । अब भने सामान्य उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको सेवाग्राहीको भनाइ छ । जिल्लामा चिकित्सक नहँुदा स्वास्थ्यचौकीसरह तीन हप्तादेखि सेवा दिँदै...

  • २०७६ मङ्सिर ४, बुधबार

    नेकपा सचिवालय बैठक शुरु

    नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक भर्खरै प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । आज बिहानका लागि बैठक बोलाइएको भए पनि तयारी नपुगेको भन्दै ढिला गरी बैठक शुरु भएको हो । बैठकमा पार्टी एकताका बाँकी विषय टुङ्ग्याउने र मन्त्रिमण्डल फेरबदलका विषयमा छलफल हुने बताइएको छ । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल, सचिवालय...

  • २०७६ मङ्सिर ४, बुधबार

    पाथीभरा मन्दिरमा द्वारकापुरी दिव्यधाम निर्माण हुने

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुमा हालै निर्माण गरिएको माता पाथीभरा मन्दिर क्षेत्रमा द्वारकापुरी दिव्यधाम निर्माण गरिने भएको छ । सूर्यविनायक क्षेत्रलाई धार्मिक पर्यटन विकास गर्नका लागि द्वारकापुरी दिव्यधाम निर्माण गर्न लागिएको मन्दिर मूल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बस्नेतले जानकारी दिनुभयो । यस क्षेत्रमा सत्सङ्ग हल, गुरूकुल, यज्ञशाला, पाठशाला, गौशाला, धर्मशाला, प्रतिक्षालय,...

  • २०७६ मङ्सिर ४, बुधबार

    चार दिनदेखि युवती सम्पर्कविहीन

    गुल्मीमा एक युवती चार दिनदेखि सम्पर्कविहीन भएकी छन् । जिल्लाको इस्मा गाउँपालिका–५ रजस्थल जाउनडाँडा बस्ने १७ वर्षीया पूजा अर्याल सम्पर्कविहीन भएकी हुन् । मङ्सिर १ गते आइतबार बिहान घरबाट हिँडेकी उनी सोही दिन साँझबाट नै सम्पर्कविहीन भएको परिवारले जनाएको छ । छोरी सम्पर्कविहीन भएपछि बुबा नारायण अर्यालले २ गते सोमबार इस्मा प्रहरीचौकी, इस्मामा उजुरी पनि दिएका छन् तर अहिलेसम्म कतैबाट पनि भेटिएको जानकारी...

  • २०७६ मङ्सिर ३, मंगलबार

    प्रशोधित क्यामोमाइलको तेलले बजार पाएन

    जिल्लाका किसानले क्यामोमाइल खेती गरी उत्पादन गरेको सुगन्धित तेल बिक्री हुन नसक्दा घरमै थन्क्याएर राख्न बाध्य भएका छन् । बजार मूल्य नपाउँदा किसानले तेल बिक्री गर्न नपाएका हुन् । क्यामोमाइल खेती गरेका किसानले उत्पादन गरेको २५१ किलो सुगन्धित तेल बिक्री हुनसकेको छैन । सोको बजार मूल्य रु एक करोड २५ लाख ५० हजार रहेको छ । क्यामोमाइल प्रशोधन गरी तयार गरिएको सुगन्धित तेल प्रतिकिलो बजारमा रु ५० हजार बढीमा...

  • २०७६ मङ्सिर ३, मंगलबार

    ‘जैविक उत्पादनको मापदण्ड छैन’

    बजारमा जैविक खाद्य वस्तुको नाममा तरकारीदेखि विभिन्न खाद्यान्न निर्वाधरूपमा बिक्री वितरण भइरहेको छ । कतिपयले जैविक फार्मको नाममा कम्पनी नै खोलेर ती चिजवस्तु निर्वाधरूपमा बिक्री वितरण गरिरहेका छन् । सरकारले गरेको परीक्षणमा बिक्री वितरण भएको तरकारीलगायत मालवस्तुमा विषादीको मात्रा बढी भएको पुष्टि भएर त्यसको नियन्त्रणको प्रयाससमेत जारी छ । त्यसैले उपभोक्ता पनि साइनबोर्डमा जैविक नाम देखेपछि सामान किन्न...

  • २०७६ मङ्सिर ३, मंगलबार

    काठका पोल हटाइँदै

    तनहुँको व्यास नगरपालिकाले नगरक्षेत्रभित्र रहेका काठका जीर्ण पोल विस्थापन गर्ने भएको छ । काठका पोलले जोखिम बढाएपछि नगरपालिकाले त्यस्ता पोललाई हटाएर स्टिलका पोल राख्ने अभियान शुरु गरेको हो । चौध वडा रहेको नगरपालिकाभित्र काठका पोलको तथ्याङ्क सङ्कलन गरेर स्टिल पोल राख्ने अभियान शुरु गरिएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताउनुभयो । काठका पोल विस्थापनका लागि नगरपालिकाले १४ वडालाई पहिलो चरणमा...

Pages