राष्ट्रिय
-
२०७६ मङ्सिर २, सोमबार
अवरुद्ध विद्युत् सेवा सञ्चालन
अवरुद्ध भएको विद्युत् सेवा आइतबार बिहानदेखि सञ्चालन भएको छ । दार्चुलामा रहेको चमेलिया जलविद्युत्ले डोटीको बुडरमा तीनवटा विद्युत् टावर मर्मत गर्न थालेकाले यहाँका सातवटा पहाडी जिल्ला डडेल्धुरा, अछाम, बैतडी, दार्चुला, बझाङ, बाजुरा र डोटीमा विद्युत् सेवा अवरुद्ध भएको थियो । अवरुद्ध भएको विद्युत् सेवा आजदेखि सञ्चालन भएको हो । विद्युत् सेवा अवरुद्ध हुँदा सुदूरपश्चिमका सात पहाडी जिल्लाका स्थानीय रेडियो...
-
२०७६ मङ्सिर २, सोमबार
कैदीबन्दीलाई शैक्षिक सामग्री सहयोग
जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई समरजित गुल्मको समन्वय र बडिमालिका नगरपालिकाको सहयोगमा शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । समरजित गुल्म थापाथली ब्यारेकले आइतबार कारागार परिसरमा एक कार्यक्रमको गरी कैदीबन्दीलाई कापी, कलम, मार्कर र ह्वाइटबोर्डलगायतका शैक्षिक सामग्री सहयोग गरिएको गुल्मपति रविन श्रेष्ठले बताउनुभयो । कारागारभित्र रहेका अनपढ तथा अक्षर चिन्न र जान्न नसक्नेका लागि निरक्षर बनाउन...
-
२०७६ मङ्सिर २, सोमबार
हात्ती नियन्त्रणका लागि करेन्टको जथाभावी प्रयोगले झापामा ४० को मृत्यु
गत कात्तिक १६ गते हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परेर झापामा दुई जनाको एकै साथ मृत्यु भयो । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–४ निवासी १८ वर्षीय अनिष राई र उनकै मामा भोजपुर निवासी ३५ वर्षीय मणिराम राई रहेका छन् । उनीहरुलाई वुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परेर करेन्ट लागेको थियो । त्यस्तै हिजो मङ्सिर १ गते आइतबार पनि मेचीनगर–९ निवासी ५७ वर्षीय बुद्धिमाया...
-
२०७६ मङ्सिर २, सोमबार
धौलागिरि आधार शिविरमा सूचना केन्द्र
म्याग्दीस्थित संसारको सातौँ ९८,१६७० मिटर अग्लो धौलागिरि हिमालको आधार शिविरमा पर्यटक सूचना केन्द्र सञ्चालनका लागि भवन निर्माण भएको छ । धौलागिरि गाउँपालिकाले पर्यटकको तथ्याङ्क र विवरण राख्न, आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन र सूचना उपलब्ध गराउने उद्देश्यले सूचना केन्द्र स्थापना गर्न लागेको हो । गण्डकी प्रदेशको उद्योग, वन तथा पर्यटन मन्त्रालयको रु ३१ लाखको सहयोगमा तीन कोठे भवन निर्माण भएको...
-
२०७६ मङ्सिर २, सोमबार
सार्वजनिक शौचालय निर्माण
गलकोट नगरपालिका–३ हटिया बजारमा अपाङ्गतामैत्री सार्वजनिक शौचालय निर्माण गरिएको छ । जीपपार्क चोक नजीकै निर्मित शौचालय चारकोठे छ । गलकोट नगरपालिकाको रु सात लाख र गण्डकी प्रदेश सरकारको रु नौ लाख बजेटमा शौचालय बनेको हो । शौचालयमा ‘ह्विलचेयर’ लैजान मिल्ने ‘¥याम’, चौडा ढोका, फराकिलो शौचालय, समाउने ठाउँलगायत अपाङ्गतामैत्री संरचना बनाइएको छ । अपाङ्गता भएका व्यक्तिबाहेक अन्य पुरुष तथा महिलाका लागि...
-
२०७६ मङ्सिर २, सोमबार
सडक दुर्घटनामा ज्यान गुमाएकाको सम्झना गर्दै ‘विश्व सम्झना दिवस’
जिल्लाका सदरमुकाम धुलिखेल र नमोबुद्ध नगरपालिकाको भकुण्डेबेँसीमा सडक दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा आइतबार ‘विश्व सम्झना दिवस’ मनाइएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक, सुरक्षित र दिगो यात्रा नेपाल, भकुण्डे जेसिस र नेपाल अटोमोबाइल एशोसिएशनको संयुक्त आयोजनामा धुलिखेल नगरपालिकास्थित सरस्वती बजार र नमोबुद्ध नगरपालिकाको भकुण्डेबँेसीमा विविध कार्यक्रम आयोजना गरेर सो दिवस मनाइएको हो ।...
-
२०७६ मङ्सिर २, सोमबार
द्वन्द्वकालीन आयोगमा अध्यक्ष तथा सदस्यका लागि ६१ जना इच्छुक
सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीका लागि नयाँ तथा पूर्व पदाधिकारी गरी ६१ जना इच्छुकको नाम सिफारिस समितिले सार्वजनिक गरेको छ । सिफारिस समितिको आइतबार बसेको बैठकले आज अध्यक्ष तथा सदस्यको नाम सार्वजनिक गर्ने निर्णय गरेअनुसार आज नाम सार्वजनिक गरिएको समितिका सदस्य शर्मिला कार्कीले जानकारी दिनुभयो । सत्य निरुपण तथा मेलमिलापमा अध्यक्ष हुन चाहनेमा कमलनारायण...
-
२०७६ मङ्सिर २, सोमबार
विकास निर्माणका काममा अनावश्यक मुआब्जा माग्ने प्रवृत्ति बढ्यो– प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको काममा आवश्यकभन्दा बढी मुआब्जा माग्ने प्रचलनप्रति गुनासो व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो, “आफ्नो जग्गा वा सम्पत्ति बिक्री गर्दा राज्यलाई कम राजश्व तिर्न परोस् भन्ने मान्यता राख्ने, तर सरकारसँग लिन परे भने असाध्यै धेरै माग्ने प्रवृत्ति हावी भयो । यस्तो प्रवृत्तिले विकास निर्माणको काममा ढिलाइ हुने गरेको छ ।” प्रधानमन्त्री तथा...
-
२०७६ मङ्सिर २, सोमबार
उत्खनन नहुँदा हिमाली भेगमा खानी अलपत्र
हिमाली जिल्ला म्याग्दीका उपल्लो भेगमा रहेका तामा, स्लेट, खरी र चुनढुङ्गालगायतका बहुमूल्य खानी उत्खनन र संरक्षणको अभावमा अलपत्र परेका छन् । म्याग्दी, कालीगण्डकी र रघुगंगा नदीको बहाव क्षेत्र वरपर तथा जिल्लाको उपल्लो भेगमा वर्षौं पहिले उत्खनन गरेर विभिन्न कारणले बन्द भएका खानी अहिलेसम्म पनि सञ्चालनमा नल्याइँदा अलपत्र परेका हुन् । हिमाली पर्यटकीय जिल्लाको पहिचान बनाएको म्याग्दी जिल्लाका पश्चिमी तथा...
-
२०७६ मङ्सिर २, सोमबार
‘दिसा–पिसाबले च्यापे कहाँ जाने रु सार्वजानिक शौचालय छैन’
‘शौचालयको पहुँचबाट कोही पनि वञ्चित हुन नपरोस्’ भन्ने नाराका साथ साताँै शौचालय दिवस भोलि विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । स्वच्छ खानेपानी र सरसफाइ संविधानको मौलिक अधिकार भित्र रहेको छ । तर संविधान प्रदत्त अधिकार कार्यान्वयनमा चुनौती रहेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार शहरी क्षेत्रमा ३०० मिटरको अन्तरालमा सार्वजानिक शौचालय हुनुपर्ने प्रावधान रहेको छ । नेपालका अधिकांश शहरी क्षेत्रमा सो...
-
२०७६ मङ्सिर २, सोमबार
आन्तरिक पर्यटक बढे
यसपालि दशैँ–तिहारमा सात हजार बढी आन्तरिक पर्यटकले गाईघाट झरना घुमे । चाडबाड र बिदाका बेला झरनामा बढी चहलपहल हुन्छ । गत आर्थिक वर्षमा झण्डै २० हजारले झरनाको अवलोकन गरेका थिए । ताराखोला गाउँपालिका–१ स्थित झरनामा वर्षको शुरुदेखि नै पर्यटक बढेका छन् । साउनयता १५ हजार बढीले झरना घुमेको व्यवस्थापनले जनाएको छ । पूर्वाधार र प्रचारप्रसारले झरना पर्यटकको रोजाइमा परेको हो । झरनाको रेखदेख र व्यवस्थापन...
-
२०७६ मङ्सिर २, सोमबार
विवाह गर्न भारतीयको सौराहा आउने क्रम बढ्यो
भारतबाट विवाह गर्न सौराहा आउनेको सङ्ख्या बढ्दै गएको छ । यो मौसममा दुलाहा दुलहीसहित सबै बन्दोबस्तीका सामान बोकेर भारतीयहरु विवाहका लागि आउने क्रम बढेको हो । सौराहाका कुनै एक होटल दुईदेखि तीन रातका लागि पूरै भाडामा लिएर विवाह गर्ने गर्दछन् । साना होटल भए एउटा होटमा दुलाहा र अर्को होटलमा दुलही बसेर बाजागाजाका साथ जन्ती गएर विवाह गर्ने क्रम बढेको छ । ठूला होटल ‘बुक’ गर्दा एउटै होटलमा दुलाहा दुलही...


