राष्ट्रिय
-
२०७६ कार्तिक ३०, शनिबार
चन्द्रागिरि हिल्स रिसोर्टलाई उत्कृष्ट अन्तर्राष्ट्रिय पुरस्कार
काठमाडौँको चन्द्रागिरि हिल्समा अवस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको उत्कृष्ट रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार साँझ आयोजित कार्यक्रममा भारतीय राज्यसभाका सांसद एवम् पूर्वमन्त्री विजय गोयलले चन्द्रागिरि हिल्स लिमिटेडका संस्थापक अध्यक्ष तथा सञ्चालक हेमराज ढकाललाई सो पुरस्कार प्रदान गर्नुभएको हो । सोही...
-
२०७६ कार्तिक ३०, शनिबार
‘राजनीतिक परिवर्तनका लागि आन्दोलन गर्नुपर्दैैन’
नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले अब देशमा राजनीतिक परिवर्तनका लागि आन्दोलन गर्नुपर्ने दिनको अन्त्य भएको बताउनुभएको छ । झापाको दमकमा आज युथ नेटवर्कले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले अब देशलाई राजनीतिक आन्दोलन जरुरी नभएको दाबी गर्नुभयो । उहाँले देश नयाँ युगमा अघि बढिसकेकाले अब राजनीतिक परिवर्तन होइन, देशको विकास र समृद्धिका लागि एकजुट...
-
२०७६ कार्तिक ३०, शनिबार
नेपाली भूमिको रक्षा गर्न सक्षम छौँ पराष्ट्रमन्त्री ज्ञवाली
पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारको पहिलो प्राथमिकता नेपाली भूमिको रक्षा गर्नु भएको बताउनुभएको छ । उहाँले नेपाली भूमि र नागरिकको रक्षा गर्न सरकार सक्षम स्पष्ट पार्नुभयो । पाल्पाको धुवल पुस्तकालयले आज आयोजना गरेको महाकवि नीलकण्ठ न्यौपानेद्वारा लिखित श्रम–साधना महाकाव्यको लोकापर्ण समारोहमा मन्त्री ज्ञवालीले तथ्य र प्रमाणका आधारमा कूटनीतिकरुपमा विवादित सीमा समस्या सुल्झाउने बताउनुभयो ।...
-
२०७६ कार्तिक ३०, शनिबार
सीमा विवादबारे शिक्षामन्त्रीबाट भारतीय मन्त्रीको ध्यानाकर्षण
प्र्र्रन्सको पेरिसमा जारी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को०को ४० औँ महासभा बैठकका क्रममा भारतीय समकक्षीसँगको भेटवार्तामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दुई देशबीचको सीमा विवाद कूटनीतिक संवादबाट चाँडो समाधान गर्न ध्यानाकर्षण गराउनुभएको छ । महासभामा नेपाली प्रमण्डलको नेतृत्व गरिरहनुभएका मन्त्री पोखरेल र भारतीय मानव संसाधन विकासमन्त्री...
-
२०७६ कार्तिक २९, शुक्रबार
विदेशीको सहयोगमा निर्मित भवन हस्तान्तरण
योङ लिभिङ फाउण्डेशनको सहयोगमा निर्मित जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ स्थित सरस्वती नमूना माध्यमिक विद्यालय भवन हस्तान्तरण गरिएको छ । करीब रु एक करोडको लागतमा निर्माण भएको आठकोठे भवनको साँचो गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री आशा कोइराला र योङ लिभिङ फाउण्डेशनका नेपाल निर्देशक सुवास सिंहले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन कुमाललाई हस्तान्तरण गर्नुभएको हो । फाउण्डेशनको आर्थिक सहयोग र...
-
२०७६ कार्तिक २९, शुक्रबार
मुख्य बजारमा टेलिकमको फोरजी सेवा शुरु
नेपाल टेलिकमले जिल्लाका विभिन्न बजारमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकम दिपायल राजपुर कार्यालयका अनुसार यहाँका पिपल्ला, राजपुर, सिलगढीलगायतका बजारमा एकैसाथ उक्त सेवा शुरु गरिएको हो । टेलिकमले बढी व्यावसायिक र व्यापारिक कारोवार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर फोरजी सेवा विस्तार गरेको नेपाल टेलिकमका निमित्त प्रमुख प्रकाश चौधरीले बताउनुभयो । जिल्लाका प्रमुख बजारमा फोरजी सेवा...
-
२०७६ कार्तिक २९, शुक्रबार
रत्ननगरले विपन्न समुदायको बीमा ग¥यो
रत्ननगर नगरपालिकाले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने विपन्न समुदायको बीमा गरेको छ । आजबाट लागू हुने गरी सात वडाका विपन्न परिवारको जीवन र जनधनको बिमा गरिएको हो । नगरप्रमुख नारायण वनका अनुसार वन्यजन्तु र दुर्घटना जुनसुकै कारणले र जुनसुकै ठाउँमा बीमा गरेका व्यक्तिको निधन, घाइते वा अङ्गभङ्ग भएमा बिमा भुक्तानी गरिनेछ । मृत्यु हुँदा रु १० लाख पाउने गरी बीमा गरिएको हो । यसैगरी बालीनाली, घरपालुवा जनावर र...
-
२०७६ कार्तिक २९, शुक्रबार
उपनिर्वाचन २०७६ मतदाता रिझाउँदै उम्मेदवार
विसं २०७४ को स्थानीय निकायको निर्वाचनमा कोहलपुर नगरपालिका–६ का मतदाताले निर्वाचित जनप्रतिनिधि गुमाए । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै खुशी भएका वडावासीलाई निर्वाचित वडाध्यक्ष गुमाएपछि वडाबाट प्राप्त गर्ने सेवा सुविधा लिन झमेला भइरह्यो । वडाध्यक्षको निधनपछि आगामी मङ्सिर १४ गते सो वडामा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको समयमा नजिकिँदै गर्दा जनप्रतिनिधिको रिक्ततालाई आफ्नो पक्षमा पार्न राजनीतिक दल र...
-
२०७६ कार्तिक २९, शुक्रबार
उपनिर्वाचन २०७६ ः चुनावी चहलपहल बढ्दै
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–२ को वडाध्यक्ष पदमा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि जिल्लाका राजनीतिक दलले उम्मेदवारी दर्ता गरेसँगै चुनावी चहलपहल बढाउन थालेका छन् । जिल्लाको आदर्श गाउँपालिका–२ मौवामा हुन लागेको वडाध्यक्षको उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र नेपाली काङ्ग्रेसले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । दुईवटै पार्टीबीच कडा प्रतिस्पर्धा...
-
२०७६ कार्तिक २९, शुक्रबार
सीमा सुरक्षाका विषयमा लिखित जवाफ माग
सर्वोच्च अदालतले सीमा सुरक्षाका विषयमा भइरहेको प्रयासका बारेमा सरकारसँग कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराको एकल इजलासले आज फणीन्द्र नेपाल र अधिवक्ता कञ्चनकृष्ण न्यौपानले नेपाल–भारत सिमानाको नेपाली भूमि संरक्षणका विषयमा छुट्टाछुट्टै दायर गर्नुभएको रिट निवेदनमा सो आदेश जारी गरेको हो । दुवै रिट निवेदनलाई अग्राधिकार दिएर सुनुवाइ गर्ने र सीमा सुरक्षाका विषयमा भएका...
-
२०७६ कार्तिक २९, शुक्रबार
गौराती मेला सम्पन्न
धार्मिक एंव पर्यटकीय रूपले परिचित सिन्धुपाल्चोक जिल्लाकै ठूलो मानिने गौराती भीमेश्वरको मेला सम्पन्न भएको छ । प्रत्येक वर्ष कात्तिक पूर्णिमाको दिनबाट शुरु भई द्वादशीको दिन सम्पन्न हुने उक्त मेला सदरमुकाम चौतारा बजारमा सिन्दुर जात्रा गरी बिहीबारबाट विधिवतरूपमा सम्पन्न भएको हो । चौताराको पुरानो बजारस्थित गुठीघरबाट पूर्णिमाको बेलुका भीमसेनको मूर्ति रथमा राखी गौरातीको भीमेश्वरको मूर्तिसँग मिलन गराउने...
-
२०७६ कार्तिक २९, शुक्रबार
समाचार महोत्सव मङ्सिर १ देखि
नेपालको पर्यटकीय गन्तव्यको केन्द्र लुम्बिनीमा सङ्घीयतापछिको पत्रकारिता विषयमा समाचार महोत्सवको आयोजना गरी सम्पादक र पत्रकारहरुबीच बृहत छलफल हुने भएको छ । लुम्बिनी प्रेस क्लबको आयोजनामा आगामी मङ्सिर १ गतेदेखि ३ गते सम्म चल्ने लुम्बिनी समाचार महोत्सव¬ ९न्यूज फेस्टिभलको० क्रममा देशका छापा, रेडियो, टिभी र अनलाइन मिडियाका सम्पादक तथा देशैभरबाट आउने पत्रकारबीच विभिन्न सत्रमा छलफल गर्नेगरी तयारी गरेको...


