राष्ट्रिय
-
२०७६ मङ्सिर १, आइतबार
मोबाइल पत्रकारिता तालीम सम्पन्न
सञ्चार रजिष्ट्रार प्रदेश नं ३ को कार्यालयले धुलिखेलमा आयोजना गरिएको ‘पत्रकारितामा नवीनतम प्रयोग प्रवद्र्धनका लागि मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालीम’ शनिबार सम्पन्न भएको छ । प्रदेश नं ३ का काभ्रेपलाञ्चोकलगायत सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीका पत्रकारको सहभागिता रहेको तालीममा मोबाइलबाट नै भिडियो खिच्ने, अडियो रेकर्ड गर्ने, इडिट गर्ने र मिक्सिङ गरी कार्यक्रम उत्पादन गर्ने तालीम दिएको...
-
२०७६ मङ्सिर १, आइतबार
सभापति देउवाद्वारा दुःख व्यक्त
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुर १ क प्रदेशसभाका काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलकी आमा सेतीमायाँ भँडेलको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । काँग्रेस नेतासमेत रहनुभएका कृष्णलाल भँडेलकी आमा सेतीमायाँको ८४ वर्षको उमेरमा उपचारका क्रममा आज बिहान मध्यपुर ठिमी अस्पतालमा निधन भएको हो । सभापति देउवाले उहाँको निधनको खबरले अत्यन्तै दुःख लागेको उल्लेख गर्दै स्व...
-
२०७६ मङ्सिर १, आइतबार
जोमसोम–कोरला सडक तीन दिन बन्द हुने
राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम–कोरला सडक तीन दिन बन्द गरिने भएको छ । जोमसोम–कोरला निर्माणाधीन सडकको तेस्रो प्याकेजमा पर्ने समरको भिरदेखि झोखोलासम्मको सडक फराकिलो बनाउन मङ्सिर ५ देखि ७ गतेसम्म सवारी आवतजावत बन्द गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले सवारी आवतजावत रोकेर विस्फोटक पदार्थको प्रयोग गरेर सडक विस्तार...
-
२०७६ मङ्सिर १, आइतबार
समाचार महोत्सवमा पत्रकारिताका चुनौती र भविष्यबारे छलफल
सङ्घीयतामा अबको पत्रकारिता कस्तो हुनुपर्दछ भन्ने विषयमा केन्द्रित रहेर लुम्बिनीमा समाचार महोत्सवको आयोजना गरिएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि शुरु भएको महोत्सव तीन दिनसम्म चल्नेछ । महोत्सवमा देशभरिका पत्रकारिता क्षेत्रका विज्ञहरु, सम्पादकहरु र पत्रकारहरुबीच फरकफरक विधामा छलफल हुने आयोजक लुम्बिनी प्रेस क्लबका अध्यक्ष दीपेश पछाईले जानकारी दिनुभयो । मुख्यमन्त्री शङ्कर पोखरेलले आज अपराह्न...
-
२०७६ मङ्सिर १, आइतबार
अन्नपूर्णमा माटो परीक्षण
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषिमा उत्पादकत्व वृद्धिका लागि पहिलोपटक आठवटै वडामा माटो परीक्षण गरेको छ । संयुक्त राज्य अमेरिकाको अबिरल फाउण्डेशनका लेस्लीसहित विदेशी कृषि प्राविधिकहरुको टोलीले तीन दिन लगाएर माटोको परीक्षण गर्नुका साथै अन्नपूर्ण गाउँपालिकाका लागि उपयुक्त हुने कृषि बालीको समेत सिफारिश गरेको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले जानकारी दिनुभयो । अध्यक्ष पुनका...
-
२०७६ मङ्सिर १, आइतबार
नेवाः पत्रकार दबूको अध्यक्षमा सुरजवीर
नेवाः पत्रकार राष्ट्रिय दबूको अध्यक्ष पदमा सुरजवीर बज्राचार्य चयन हुनुभएको छ । नेवाः पत्रकारहरुको साझा मञ्च दबूको शनिबार सम्पन्न तेस्रो महाधिवेशनले बज्राचार्यलाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको हो । नृपेन्द्रलाल श्रेष्ठ, रचना श्रेष्ठ र संदीप श्रेष्ठ नयाँ केन्द्रीय कमिटीको उपाध्यक्ष छानिनुभएको छ । नयाँ केन्द्रीय कमिटीको महासचिव सुनील महर्जन, सचिव केके मानन्धर, सहसचिव राजु नापित र प्रेरणा शाक्य,...
-
२०७६ मङ्सिर १, आइतबार
‘शान्ति सुरक्षा कायम गर्न पूर्वप्रहरीको भूमिका महत्वपूर्ण’
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पूर्वप्रहरीले आफ्नो ज्ञान, सीप, कला र कौशललाई प्रयोग गर्दै शान्ति सुरक्षामा नेपाल प्रहरीलाई आवश्यक सहयोग गर्न आग्रह गर्नुभएको छ । काठमाडौँको धापासीस्थित नेपाल पूर्वप्रहरी सङ्गठनको २८औँ वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै उहाँले शान्ति सुरक्षा कायम गर्न पूर्वप्रहरीको योगदान मत्वपूर्ण हुने उल्लेख गर्नुभयो । पूर्वप्रहरी कर्मचारीको हकहितका लागि प्रहरी...
-
२०७६ मङ्सिर १, आइतबार
सताक्षीधाममा १०८ कुण्डीय धार्मिक महोत्सव
झापाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थल मध्येको महाभारतकालीन इतिहाससँग जोडिएको क्षेत्र हो, सताक्षीधाम । रतुवामाई वृक्षरोपण आयोजनाको घनाजङ्गल र इलाम महमाईको चुरे वनसँग जोडिएको यो स्थानमा सताक्षीधाम मन्दिर छ । शिवसताक्षी नगरपालिका–११ मा रहेको यो मन्दिरको महत्व हिन्दू धर्मका प्राचीन ग्रन्थमासमेत वर्णित छ । स्थानीयवासीले त्यही आधारमा धार्मिक पर्यटनस्थलका रूपमा सताक्षीधामको विकास गर्न सकिने विश्वास...
-
२०७६ मङ्सिर १, आइतबार
उद्योग व्यवसाय प्रवद्र्धन गर्ने विषयवस्तुलाई प्राथमिकता दिन आग्रह
मिडियामा उद्योग व्यवसाय प्रवद्र्धन गर्ने विषयवस्तुलाई प्राथमिकता दिन रुपन्देहीका उद्योगी व्यवसायीहरुले आग्रह गरेका छन् । समाचार सम्मेलनको पूर्वसन्ध्यामा पत्रकार महासङ्घ रुपन्देहीको संयोजनमा लुम्बिनीमा शनिबार साँझ आयोजना गरिएको मिडियाका सम्पादक र उद्योगी व्यवसायीबीचको छलफलमा यस्तो सुझाव दिइएको हो । मिडियाले जहिले पनि राजनीतिक विषयलाई प्राथमिकता दिँदा उद्योगी व्यवसायीका समस्या ओझेलमा परेको...
-
२०७६ मङ्सिर १, आइतबार
उडान आंशिकरुपमा बन्द हुने
कैलालीको धनगढी विमानस्थलमा मङ्सिर महिनाभरि आंशिक रुपमा उडान बन्द हुने भएका छन् । धावनमार्गको मर्मतसम्भार र स्तरवृद्धिको काम बाँकी रहेकाले सो कामलाई निरन्तरता दिन आजबाट दिउँसो ३ देखि बेलुकी ७ बजेसम्म एक महिनाका लागि उडान आंशिकरुपमा बन्द हुने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिनुभयो । गत जेठमा एक हजार ८०० मिटरमध्ये ४२० मिटर धावनमार्गमा कालोपत्र र पार्किङ क्षेत्रको काम बाँकी...
-
२०७६ मङ्सिर १, आइतबार
डिजिटल एक्सरे मेसिनबाट सेवा शुरु
जिल्ला अस्पताल डोटीमा आधुनिक डिजिटल एक्सरे मेसिनबाट सेवा दिन थालिएको छ । सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लाहरुमा सादा खालको एक्सरे मेसिनबाट सेवा प्रवाह भइरहेका बेला यहाँको जिल्ला अस्पतालमा भने पहिलोपटक आधुनिक डिजिटल एक्सरे मेसिनबाट बिरामीलाई सेवा दिन शुरु गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले लाखौँ मूल्य पर्ने उक्त डिजिटल एक्सरे मेसिन डोटी अस्पतालमा पठाएपछि अहिले सेवा दिन शुरु गरिएको हो ।...
-
२०७६ मङ्सिर १, आइतबार
क्यान्सर अस्पतालमा आजदेखि विस्तारित स्वास्थ्य सेवा
क्यान्सर रोगको उपचार गर्न यहाँ आउने जो कोहीले आजबाट पालो नपाएर निजी अस्पताल धाउनु नपर्ने भएको छ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आजदेखि विस्तारित स्वास्थ्य सेवा शुरु गरेसँगै साँझको समयमा अस्पतालमा नै न्यून अतिरिक्त शुल्क तिरेर उपचार गर्न पाउने भएका छन्् । अस्पतालको नियमति सेवामा बिरामीको चाप हुँदा पालो नपाएर बिरामीले चर्को शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य हुनु परेको...


