राष्ट्रिय
-
२०७६ कार्तिक २९, शुक्रबार
उपनिर्वाचन २०७६ निर्वाचनको गतिविधि तीव्र
आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि सप्तरीमा मनोनयन दर्ता भएपछि निर्वाचनको गतिविधिसमेत तीव्र बनेको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा उक्त पदका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी नौ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनुभयो । राजनीतिक...
-
२०७६ कार्तिक २९, शुक्रबार
बङ्लादेशका राष्ट्रपतिको भ्रमण दलका सदस्य चन्द्रागिरिमा
बङ्लादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिदको नेपाल भ्रमण दलमा रहेका सदस्यले आज काठमाडाँैको चन्द्रगिरि हिल्समा अवलोकन भ्रमण गरेका छन् । भ्रमण दलमा रहनुभएका बङ्लादेशका सांसदहरु, राष्ट्रपति कार्यालयका उच्च अधिकारी तथा सल्लाहकार, राजनीतिक दलका नेता, बङ्लादेशकै परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, अन्य विशिष्ट व्यक्तिहरुलगायत २७ जनाले अवलोकन भ्रमण गर्नुभएको हो । उहाँहरुलाई चन्द्रागिरि केबलकारमा...
-
२०७६ कार्तिक २९, शुक्रबार
सवारी साधन मैलुङतर्फ केन्द्रित
सामान आयातका लागि रसुवागढी जाने सबैखाले सवारी साधन मैलुङतर्फको राजमार्गमा केन्द्रित हुन थालेका छन् । जिल्ला ट्राफिक इन्चार्ज शिवप्रसाद भट्टराईका अनुसार वर्षा कम हँुदा गत भदौ ३१ गते पुनः सञ्चालनमा आएको बेत्रावती, मैलुङ, स्यापु्रmबँेसीतर्फको राजमार्ग क्रमशः सहज हुन थालेपछि धुन्चे हुँदै केरुङ जाने सबैखाले मालवाहक सवारी साधन बेत्रावतीदेखि मैलुङतर्फ रहेको नयाँ राजमार्गबाट आवतजावत गर्न थालेका हुन् ।...
-
२०७६ कार्तिक २९, शुक्रबार
सडक विस्तारका लागि गैँडाकोटबाट माटो ल्याइने
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि आवश्यक पर्ने माटो गैँडाकोट नगरपालिका–१४ को भागरबाट ल्याइने भएको छ । त्यहाँका १० जना व्यक्तिको नाममा रहेको ७५ रोपनी जग्गाबाट बाटो विस्तारका लागि आवश्यक माटो लैजाने सहमति भएको गैँडाकोट नगरपालिकाले जनाएको छ । रुख बिरुवा नभएको पहाडको डिस्को खनेर बाटो विस्तारमा प्रयोग गर्दै खेतीयोग्य जमीन बनाउने उद्देश्यले स्थानीयले माटो बिक्री गरेका...
-
२०७६ कार्तिक २९, शुक्रबार
सडक अतिक्रमणको चपेटामा नेपालगञ्ज
नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा मापदण्डविपरीत सडक अतिक्रमण बढेको छ । चारलेन सडकको बिपी–गणेशमानचोकदेखि राझाँसम्म तथा भित्री सडक सदरलाइनमा व्यापारीले फुटपाथमा सामान राखेर अतिक्रमण गर्दै आएका छन् । सडकको किनारमा रहेको फुटपाथ पैदलयात्रीका लागि आवतजावत गर्ने ठाउँ भए पनि त्यो क्षेत्रलाई अहिले अधिकांश स्थानमा व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्ने गरिएको पाइएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले...
-
२०७६ कार्तिक २९, शुक्रबार
रामग्राम स्तूप क्षेत्रको जियो फिजिक्स सर्भे सम्पन्न
बेलायतका जियो फिजिक्स विज्ञहरुको संलग्नतामा पश्चिम नवलपरासीस्थित भगवान् गौतम बुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूप क्षेत्रमा चौथो पटकको जियो फिजिक्स सर्भे ९भू–भौतिक अध्ययन० सम्पन्न भएको छ । युनेस्कोमार्फत फ्रान्सको ओरेन्टिल कल्चरल हेरिटेज साइट प्रोटेक्शन एलाइन्सको आर्थिक सहयोगमा नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र बेलायतको दुरह्याम विश्वविद्यालयका विज्ञ टोलीले एक हप्तासम्म...
-
२०७६ कार्तिक २९, शुक्रबार
उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्दै
घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको छ । आन्तरिक राजश्व कार्यालयले पान नम्बर लिन अनिवार्यरूपमा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधान ल्याएसँगै उद्योग दर्ता गर्नेको सङ्ख्या ह्वात्तै बढेको हो । करीब साढे तीन महिनाको अवधिमा एक हजार ४७९ उद्योग दर्ता भएका छन् । साउनदेखि हालसम्म घरेलुतर्फ ७४४ र वाणिज्यतर्फ ७३५ गरी उक्त सङ्ख्यामा दर्ता भएका उद्योग...
-
२०७६ कार्तिक २९, शुक्रबार
रामपुरमा नयाँ प्रविधिमा आकर्षण बढ्यो
पाल्पाको रामपुर नगरपालिकामा निर्माण भएको उच्च प्रविधि ९हाइटेक० को तरकारी टनेलमा आकर्षण बढ्दो छ । पाल्पा जिल्लामै ठूलो क्षमताको टनेल निर्माण भएपछि धेरैले नयाँ प्रविधिको अवलोकन गरी घरघरमा आधुनिक कृषि प्रविधि अवलम्बन गर्न थालेका छन् । यहाँ टनेल निर्माण भएपछि अहिले रामपुरमा विभिन्न क्षेत्रबाट कृषि समूह, विद्यार्थी, विभिन्न सङ्घसंस्था, व्यक्तिहरु टनेल हेर्न आउने गरेका छन् । व्यावसायिक कृषिमा कृषकलाई...
-
२०७६ कार्तिक २९, शुक्रबार
अझै शुरु भएन गुम्बा पुनःनिर्माणको काम
खानीखोला गाउँपालिका–६ का आसमान थोकरले गुम्बाको पुनःनिर्माणको काम कहिले शुरु हुन्छ भनेर पुनःनिर्माण प्राधिकरणमा धाएको चार वर्ष भयो । शुभशक्ति मङ्गल गुम्बाका व्यवस्थापन समिति सदस्य थोकरले भूकम्प गएको चार वर्ष बितिसक्दा पनि रकम नपरेको भन्दै पटक–पटक पुनःनिर्माण प्राधिकरण धाउँदै आएको बताउनुभयो । “बल्ल गुम्बा पुनःनिर्माणका लागि रकम प्राप्त भएको छ भन्ने कुरा आएको छ, हेरौँ कहिलेसम्ममा प्राप्त हुन्छ रु”,...
-
२०७६ कार्तिक २९, शुक्रबार
क्याम्पस प्रमुखको राजीनामा मागसहित अनिश्चितकालीन तालाबन्दी
जिल्ला सदरमुकाम मार्तडीमा रहेको बाजुरा क्याम्पसका प्रमुख सुरेशप्रसाद पण्डितको राजीनामा मागसहित नेपाल विद्यार्थी सङ्घ नेविसङ्घ बाजुराले अनिश्चितकालीन तालाबन्दी गरेको छ । नेविसङ्घ बाजुरा क्याम्पस एकाइ कार्य समितिले क्याम्पसप्रमुख पण्डितको राजीनामासँगै सातबुँदे मागको आवश्यक छानबिन गर्न क्याम्पस प्रशासनमा तालाबन्दी गरेको एकाइ सचिव धनबहादुर थापाले बताउनुभएको छ । आर्थिक अनियमितताको आरोपसहित नेविसङ्घले...
-
२०७६ कार्तिक २९, शुक्रबार
सहकारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सहकारी क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह गर्नुभएको छ । मन्त्रालयले आज आयोजना गरेको ‘सामाजिक सुरक्षा कोष कार्यान्वयन’ विषयक अभिमुखीकरण कार्यक्रममा उहाँले सबै कर्मचारीलाई सुरक्षित गराउन ल्याइएको कोषमा सबै सहकारीलाई आबद्ध हुन आग्रह गर्नुभएको हो । उहाँले सरकार र जनताको चाहना नै गरीबी तथा अभावबाट मुलुकलाई मुक्त गर्नु...
-
२०७६ कार्तिक २९, शुक्रबार
पर्यटकीयस्थल बढैयातालको विस्तार गरिँदै
बर्दियाको बढैयाताललाई पर्यटकीयस्थलका रूपमा विस्तार गर्ने काम अहिले धमाधम भइरहेको छ । त्यहाँका स्थानीय जनप्रतिनिधिहरुले पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना अगाडि बढाएपछि अहिले बढैयातालको मुहार पनि फेरिँदै गएको छ । तालमा वनभोज रिसोर्ट, तालसम्म पुग्ने बाटो, खानेपानी, बिजुली बत्ती, दृश्यावलोकन स्तम्भ निर्माण भइसकेका छन् भने थप संरचना निर्माणको काम पनि योजनामा परेको गाउँपालिकाका अध्यक्ष लालबहादुर...


